देश तथा समाज पत्रिका

गण्डकी प्रदेश शुटिङ्ग संघको अध्यक्षमा मोतिराम गुरुङ

गण्डकी प्रदेश शुटिङ्ग संघको अध्यक्षमा मोतिराम गुरुङ सर्वसम्मत निर्वाचित हुनु भएको छ । संघको आज (सोमबार) पोखरामा सम्पन्न प्रथम अधिवेशनले उहाँलार्ई आगामी चार वर्षका लागि अध्यक्षमा निर्वाचित गरेको संघले जनाएको छ । नव निर्वाचित अध्यक्ष गुरुङ शिक्षा क्षेत्रमा संलग्न हुनुहुन्छ । यसै गरी संघको उपाध्यक्षमा दलराज पुन र लिला शेरचन, महासचिवमा पुरन कुंवर, सचिवमा विजयन्त शेरचन, कोषाध्यक्षमा बुद्ध गुरुङ सर्वसम्मत निर्वाचित हुनु भयो । संघको कार्यसमिति सदस्यमा आशिषराज भण्डारी, खम्वा गुरुङ, कविन गुरुङ, चिन बहादुर थापा, विजय क्षेत्री, विवश क्षेत्री… पुरा पढौ

पोखरामा पहिलो पटक मोर्डन पेन्टाथलनको दोश्रो लेवलको प्रशिक्षक, प्रशिक्षण सुरू

दीननाथ बराल,पोखरा १४, जेठ, पोखरामा पहिलो पटक मोर्डन पेन्टाथलन (खेल) दोश्रो लेवलको प्रशिक्षक, प्रशिक्षण सुरू भएको छ । मोर्डन पेन्टाथलन संघको आयोजनामा मोर्डन पेन्टाथलन गण्डकी प्रदेशको व्याबस्थापनमा पोखरामा पहिलो पटक ५ दिने उक्त प्रशिक्षण आयोजना भएको संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनु भयो । पाँच वटा खेलहरुको संमिश्रण रहेको यस खेलमा रनिङ, सुटिङ, फेन्सिङ, सुइमिङ र घोडचडी समावेस हुने हँुदा यस खेल निकै खर्चिलो र जहाँ पनि यसको प्रशिक्षण गर्न नसकिने अध्यक्ष श्रेष्ठले जनाउनु भयो । पोखरामा भएको उक्त कार्यक्रमले पोखरा… पुरा पढौ

उभौली साकेला स्पेनमा पनि मनाइयो

स्पेन १३, म्याड्रिड किराँत तथा राई समुदायको उभौलि साकेला पर्वको अवसरमा सात समुद्र पारि स्पेनको म्याड्रिडमा एक भव्य कार्यक्रमको आयोजना गरी उक्त पर्व मनाइएको छ । विभिन्न ढंगले विदेशीका नेपालीहरुले आफ्नो कला संस्कृतिलाई विदेशमा रहेर पनि उक्त पर्वलाई महत्वका साथ मनाउदै आएको स्पेनबाट एकराज गिरीले बताउनु भयो । पुरा पढौ

आशिर्वाद क्लवको कविता वाचनमा अक्सफोर्डकी लीला प्रथम

पोखरा, १३ जेठ, आशिर्वाद क्लव अफ नेपालको आयोजनामा आशिर्वाद साहित्यिक साँझ दोस्रो संस्करणकोपूर्व सन्ध्यामा महानगर स्तरीय कविता वाचन प्रतियोगिता हालै सम्पन्न भयो । प्रतियोगितामाअक्सफोर्ड सेकेन्डरी स्कुलकी छात्रा लीला गुरुबले प्रथम भएकी छन् । प्रतियोगितामा भास्करमेमोरियलका अभियान बास्तोला द्धित्तिय र मदरल्यान्ड माविका अनुष्ठान रेग्मी तृत्तिय भए ।प्रतियोगितामा प्रथम, द्धित्तिय र तृत्तिय हुनेलाई क्रमश नगद १० हजार, पाँच हजार, तीन हजारर प्रमाणपत्र आशिर्वाद साहित्यिक साँझ दोस्रो संस्करणमा शनिवार वितरण गरियो । प्रतियोगितामा ३३ जना विद्यार्थी सहभागिता रहेका थियो । प्रतियोगिताको निणार्यक मण्डलकोसंयोजकमा… पुरा पढौ

मुख्यमन्त्री अधिकारी र राजदुत लोरेन्जोको शिष्टाचार भेट

पोखरा १३ जेठ, गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीसँग नेपालका लागि युरोपियन युनियन ९ईयू०का राजदुत भेरोनिक लोरेन्जोले आइतबार शिष्टाचार भेट गर्नुभएको छ । मुख्यमन्त्री अधिकारी र राजदुत लोरेन्जोसबीच मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पोखरामा भेट भएको हो । भेटमा नेपाल र युरोपियन युनियनबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका बिषयमा महत्वपूर्ण छलफल भयो ।भेटका क्रममा मुख्यमन्त्री अधिकारीले युरोपिन युनियन नेपालको आर्थिक विकासमा निकै महत्वपूर्ण साझेदार भएको बताउनुभयो ।‘गण्डकी प्रदेश प्राकृतिक र साँस्कृतिक रुपमा धनी प्रदेश हो, हाम्रा प्राथमिकतामा पर्यटन, विद्युत, पशुपालन, कृषि… पुरा पढौ

स्वतन्त्र प्रेस जगतमा हस्तक्षेपको काम भइरहेको छ ः विष्णुप्रसाद लामिछाने

नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेले स्वतन्त्र प्रेस जगतमा हस्तक्षेपको काम भइरहेको बताएका छन् । नेपाल प्रेस युनियनको ३३ औं स्थापनाको सन्दर्भमा नेपाल प्रेस युनियन कास्की शाखाले आईतबार आयोजना गरेको ‘प्रेस माथिका चुनौती’ विषयक परिसंवाद कार्यक्रममा महामन्त्री लामिछानेले प्रेस कसरी गलत सावित गर्न सकिन्छ भनेर केही पक्ष लागिरहेको बताएका हुन् । ‘कहीँ न कहीँबाट हस्तक्षेप भइरहेको छ । कुनै न कुनै माध्यमबाट कुनै न कुनै शक्तिले प्रेस जगतलाई कसरी गलत सावित गर्न सकिन्छ भनेर लागि रहेको छ,’ उनले भने,… पुरा पढौ

पञ्चासेमा प्रदेश प्रमुख, प्रचार प्रसार गर्न सुझाव

गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ऐतिहासिक धार्मिक पर्यटकीय स्थल पञ्चासे क्षेत्रको अवलोकन भ्रमण गर्नुभएको छ ।पारिस्थितिकीय रूपमा समेत अत्यन्त महत्वपूर्ण क्षेत्र पञ्चासेको यात्रा उहाँले पञ्चासेद्वार भञ्ज्याङदेखि पैदल नै गर्नुभएको हो । गण्डकीका तीन जिल्लाहरु कास्की, स्याङ्जा र पर्वतको संगमस्थल रहेकाले पनि उहाँले निकै उत्साहपूर्ण तबरले पैदलयात्रा गर्नुभयो । पोखरा महानगरपालिका वडा नंंं. २३ का अध्यक्ष रामकाजी गुरुङ, युवा पर्यटन व्यवसायी गोविन्द लामिछानेले सुनाखरी पदमार्ग यात्राका क्रममा सहजीकरण गर्नुभएको थियो । पोखराबाट शुक्रबार पञ्चासेको लागि निस्केको टोलीले पोखरा महानगरपालिका वडा नंं.… पुरा पढौ

दुःखमा अधिकार खोज्ने सुखमा उल्लङ्घन गर्ने मानवीय चरित्र होइन_ मुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले दुःखको बेलामा मानव अधिकार खोज्ने सुखको बेलामा त्यसको उल्लङ्घन गर्ने चरित्र मानवीय चरित्र नभएको बताउनुभएको छ । रााष्ट्रिय मानवअधिकार आयोगको २४ औं वार्षिकोत्सवको अवसरमा आयोगको गण्डकी प्रदेश कार्यालय पोखराले आइतबार गरेको कार्यक्रममा बोल्दै उहाँले मानवअधिकार र मौलिक हकबीचमा अन्योन्याश्रित सम्बन्ध रहेको खुलाउनुभयो । ‘मानवअधिकार र मौलिक हक अन्योन्याश्रित रुपमा अन्तरसम्बन्धीत छन् तीनको कार्यान्वयन गर्ने कुरामा हामी उदासिन हुन पाउदैनौ । तीनलाई कसरी व्यस्थित गर्ने गम्भिरता पूृर्वक लागौं’ उहाँको जोड थियो । अधिकार खोजेर मात्र नहुने… पुरा पढौ

सरकारले जनताले अपेक्षाकृत काम गर्न नसकेको पूर्व राष्ट्रपति डा.यादवको भनाई

दीननाथ बराल, पोखरा १२, जेठ, पूर्व राष्ट्रपति डा.रामवरण यादवले सरकारले जनताले अपेक्षाकृत काम गर्न नसकेको बताउनु भएको छ । नेपाल पत्रकार महासंघ कास्कीको शनिबार पोखरामा सम्पन्न भएको १७ ओै साधारण सभा एवं १२ ओै अधिवेशनको उद्घाटन गर्दै उहाँले जनताले अपेक्षा गरे अनुसारको अहिलेको सरकारले काम गर्न नसकेकोले बताउनु भएको हो । राज्यको चरित्र पहिलाकै अबस्थामा रहेको उल्लेख गर्दै उहाँले डिजिटल प्रविधिले विश्वलाई धेरै अघि लगेको अबस्थामा नेपाल पनि यस क्षेत्रमा पछि परेको पूर्व राष्ट्रपति यादवले जनाउनु भयो । उहाँले भन्नुभयो“धेरै… पुरा पढौ

गायक विनोद वानियाँ बेलायत जाँदै, सहाराले गर्‍यो बिदाइ

पोखरा १२ जेठ, गायक विनोद वानियाँ सांगीतिक यात्राको सिलसिलामा शनिबार बेलायत प्रस्थान गर्दैछन् । बेलायतमा हुने दुई कार्यक्रममा आफ्नो प्रस्तुती राख्न उनी बेलायत जान लागेका हुन् ।पोखरामा रहेर सांगीतिक फाँटमा स्थापित बनेका गायक वानियाँ पहिलोपटक बेलायत भ्रमणमा निस्कन लागेकोमा उत्साहित छन् । त्यहाँ हुने कार्यक्रममा आफ्ना चर्चित गीतहरू सुनाउदै माहोल रमणीय बनाउने उनको तयारी छ । ुगोर्खा कप आफ्टर पार्टीु उनी सहभागी बन्ने कार्यक्रम हो । मे २६ तारिखमा अल्टरसट लण्डनमा यो कार्यक्रम हुनेछ। जहाँ वानियाँसँगै सुगम पोखरेलको प्रस्तुति समेत… पुरा पढौ