देश तथा समाज पत्रिका

उत्पादन र रोजगारीलाई शिक्षासँग जोड्न आवश्यक : मन्त्री थापा

पोखरा २, मंसिर, गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्री विन्दु कुमार थापाले उत्पादन र रोजगारीलाई शिक्षासँग जोड्न आवश्यक रहेको बताएका छन् । शनिबार पोखरा १६ स्थित विन्ध्यवासिनी क्याम्पसको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री थापाले परम्परागत शैलीको शिक्षाले मात्र सोचेजस्तो उपलब्धी हासिल नहुने बताए । “ परम्परागत शिक्षाले सोचेजस्तो उपलब्धी हासिल हुन सकेन । परिवर्तनको कडी नै शिक्षा हो । शिक्षाको माध्यम बाट नै समृद्धि प्राप्त हुन्छ । उत्पादन र रोजगारी सङ्ग शिक्षालाई जोड्नपर्छ । व्यवसायिक र सीपयुक्त… पुरा पढौ

पोखराको उन्नति बचत तथा ऋण सहकारीको १६ औँ साधारण सभा

पोखरा,१ मंसिर पोखरा महानगरपालिका–९ नयाँबजारमा अवस्थित उन्नति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारणसभा आज शनिबार पोखरामा सम्पन्न भएको छ । साधारणसभाको सहकारी संस्थाका ज्येष्ठ सदस्य पोखरा महानगरपालिका–३१ निवासी ८१ वर्षीया चिजमाया गुरुङले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । सभामा सहकारीका अध्यक्ष राजेश रानाभाटले सदस्यहरुको हित र लगानीलाई संरक्षणलाई प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँले पछिल्लो समय केही सहकारी संस्थामा देखिएको अपचलनका घटनाले राम्रो गरेका र वित्तिय अनुसासन भएका सहकारीमा समेत असर पुगेको बताउनुभयो ।अध्यक्ष रानाभाटले भन्नुभयो,“सहकारीका विषयमा… पुरा पढौ

डा श्रेष्ठलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, पत्रकार शर्मालाई पुरस्कार

पोखरा, २, मंसिर, युआरएल फाउन्डेसनले यस वर्षको लाइफ टाइम एचिभमेन्ट अवार्डबाट डा खगेन्द्रबहादुर श्रेष्ठ र राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कारबाट पत्रकार जमुना वर्षा शर्मालाई सम्मान गर्ने भएको छ । नेपालको जनस्वास्थ्य क्षेत्रमा सामाजिक उत्तरदायित्वसहित लामो समय योगदान गर्ने चिकित्सक श्रेष्ठलाई २०८१ को लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गर्न लागिएको हो । ललितपुरको कुपन्डोल निवासी डा श्रेष्ठ पूर्वराजा वीरेन्द्र शाहका शाही चिकित्सकसमेत हुन् । ८९ वर्षीय श्रेष्ठ अहिले ब्लुक्रम अस्पतालका मेडिकल डाइरेक्टर छन् । नेपालसहित भारत, बेलायत, अमेरिकाबाट चिकित्साबारे अध्ययन र तालिम… पुरा पढौ

पोखरामा कर दिवस मनाउन सुरु, शनिबार प्रभातफेरी सम्पन्न

पोखरा १, मंसिर आन्तरिक राजस्व कार्यालय पोखराले राष्ट्रिय कर दिवस शनिबार देखि मनाउन थालेको छ । शनिबार पोखरामा प्रभातफेरीको आयोजना गरी कार सप्ताहव्यापी कार्यक्रमको सुरु वात गरिएको हो । पहिलो दिन प्रभावतफेरि गरी राष्ट्रिय कर दिवसको शुरु गरेको छ । कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले कर सप्ताह पछि राज्यले गर्ने व्यवहारमा र व्यवसायीक वातावरणमा फरक पन आउने विश्वास व्यक्त गर्नु भयो । उद्योगी व्यवसायीहरु कर तिर्न तयार रहेको बताउदै उनले कर तिर्ने सहज वातावरण सृजना गर्न… पुरा पढौ

यु १९ विश्वकप क्रिकेटमा छनौट भएका गण्डकी प्रदेशका ४ खेलाडीलाई पोखरामा स्वागत

पोखरा १, मंसिर, यु १९ महिला विश्वकप र एसिया कपमा नोपली टिममा छनौटमा परेका गण्डकी प्रदेशका ४ जना खेलाडीहरुलाई पोखरामा स्वागत गरिएको छ । नेपाली युवा टोलीका चार सदस्यलाई गण्डकी प्रदेश क्रिकेट संघले स्वागत गरेको हो । ऐतिहासिक सफलता दिलाउन सफल महिला टिमलाई क्रिकेट संघ गण्डकीले पोखरा अन्तराष्ट्रिय विमानस्थलमा स्वगत गरेको संघ गण्डकीका अध्यक्ष संजयकान्त सिग्देलले बताउनु भयो । प्रदेश खेलकुद परिषद गण्डकी सदस्य सचिव श्रीधर शर्मा, क्रिकेट संघ गण्डकीका अध्यक्ष संजयकान्त सिग्देल लगाएतले टिमलाई स्वागत गर्नु भएको हो ।… पुरा पढौ

मुक्तिनाथ केवलकार दर्शन परियोजनाको लागि भारतको एक्जिम बैंकले ३ अर्ब सहुलियतमा ऋण प्रवाह गर्न इच्छुक

दीननाथ बराल, पोखरा १, मंसिर, कास्कीको वीरेठाँडीदेखि मुस्ताङको मुक्तिनाथ मन्दिरसम्म आयोजना हुने मुक्तिनाथ केवलकार दर्शन परियोजनाको लागि भारतको एक्जिम बैंकले सहुलियत दरमा ऋण प्रवाह गर्न इच्छुक भएको छ । मुक्तिनाथ दर्शन लिमिटेडले शनिबार पोखरामा आयोजना गरेको छलफल कार्यक्रममा लिमिटेडका निर्देशक डि.बी.गुरुङले उक्त परियोजना संचालनको लागि भारतको एम्जिम बैंकले सहुलियत दरमा ३ अर्ब ऋण प्रवाह गर्न इच्छुक भएको बताउनु भएको हो । विश्वकै सबै भन्दा लामो केलवकार परियोजना मुक्तिनाथ दर्शन केवलकार ८१ किलोमिटरको उक्त परियोजना ५५ अर्बको लागतमा निर्माण हुने भएको… पुरा पढौ

प्रदेश सांसदकी सांसद गौचनको निधन प्रति दुःख व्यक्त

पोखरा ३०, कार्तिक गण्डकी प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेस, गण्डकी प्रदेश सदस्य विमला गौचनको हृदयाघातवाट भएको असमायिक निधनप्रति गण्डकी प्रदेश सरकारले गहिरो दुःख व्यक्त गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेद्धारा हस्ताक्षरित शोक वक्तव्यमा सांसद गौचनको निधनले गण्डकी प्रदेश सभा, गण्डकी प्रदेश सरकार तथा नेपाली कांग्रेस, गण्डकी प्रदेश समितिलाई अपूरणीय क्षति भएको उल्लेख गरिएको छ । उहाँले समग्र गण्डकी प्रदेश, प्रदेश सभा, पार्टी र समग्र म्याग्दी जिल्लाको विकासमा पुरÞ्याउनु भएको योगदानलाई उच्च सम्मान सहित स्मरण गर्दै उहाँको निधनप्रति… पुरा पढौ

लेक टु लेक साइकल ट्र्याकको गुरुयोजनाका लागि छलफल

पोखरा, २९ कात्तिक, पोखरा महानगरपालिका क्षेत्रमा रहेका तालहरूलाई जोड्ने गरी निर्माण गर्न लागिएको लेक टु लेक साइकल ट्र्याकको गुरुयोजनाका लागि छलफल गरिएको छ। विकास साझेदार एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा निर्माण हुने उक्त ट्र्याकको रुटका विषयमा सरोकारवालाहरूसँग छलफल गरिएको हो । छलफलमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ८५ कि।मी लम्बाइको लेक टु लेक जोड्ने साइकल ट्र्याक पोखराका लागि महत्त्वपूर्ण पर्यटकीय पूर्वाधार बन्ने विश्वास व्यक्त गर्नुभयो । ‘यसले संसार भरीका साइकल प्रेमीहरूलाई पोखरामा आकर्षण गर्नेछ, पर्यटकहरूलाई हिमाल हेर्दै तालको किनारमा गरिने… पुरा पढौ

शिक्षा मन्त्री भट्टराइद्वारा कार्यालयहरूको आकस्मिक निरीक्षण

कार्तिक २९ ,काठमाडौं, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बिद्या भटटराईले सानोठिमी स्थित विभिन्न कार्यालयहरूको बिहिबार आकस्मिक निरीक्षण गर्नुभएको छ। विशेष शिक्षा परिषद्को बैठकको अध्यक्षता गर्न परिषदको सचिवालय शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी पुग्नुभएकी मन्त्रीले बैठकपछि केन्द्रका तालिम, शैक्षिक सामग्री विकास र पुस्तकालय सम्बद्ध शाखाको निरीक्षण गर्नुभएको हो । निरीक्षण लगत्तै मन्त्री भट्टराइले एकीकृत पाठ्यक्रम परिमार्जनको कार्ययोजना एक हप्ताभित्र पेस गर्न र पाठ्यसामग्रीलाई भाषिक र चित्राङ्कनका दृष्टिले त्रुटिरहित बनाउन सुझाब दिनुभयो । सो अबशरमा मन्त्री भट्टराइले चिकित्सा शिक्षा आयोग… पुरा पढौ

जैमिनीधामको संरक्षणमा प्रदेश सरकारको चाँसो, मन्त्री थापाद्वारा निरिक्षण

पोखरा २९, कार्तिक, जैमिनीधामको संरक्षणमा गण्डकी प्रदेश सरकारले चाँसो देखाएको छ । बुधबार मात्र गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले निरिक्षण गरेका छन् । जैमिनी नगरपालिका–१ जैमिनीधाम पवित्र कालीगण्डकीको तटीय क्षेत्रमा अवस्थित छ । जैमिनी ऋषिले तपस्या गरेको गुफा र जैमिनीधामलाई संरक्षण, पूर्वाधार निर्माण र प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्न आवश्यक रहेको मन्त्री थापाले बताएका छन् । “कालीगण्डकीकै छेउछाउमा रहेको र प्राचीनकालमा जैमिनी ऋषिले तपस्या गरेको तपोभूमिका रुपमा चासो र चर्चा पाएको जैमिनी धामको… पुरा पढौ