देश तथा समाज पत्रिका

बालबालिकाको अधिकार सुनिश्चिततामा प्रदेश सरकार प्रतिबद्ध ः मन्त्री थापा

पोखरा ५, मंसिर, गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले बालबालिकाको अधिकार सुनिश्चिततामा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका अवसरमा मन्त्रालय र बाल परिषद गण्डकीले आयोजना गरेको निबन्ध लेखन प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै उनले बालबालिको अधिकारको सम्मान गर्ने भनेको राष्ट्रको समृद्धि र प्रगतिको आधार तयार गर्नु भएको उल्लेख गरे । “बालबालिका हाम्रो समाजको भविष्य हुन् । उनीहरुको अधिकारको सम्मान गर्ने भनेको हाम्रो राष्ट्रको समृद्धि र प्रगतिको आधार तयार गर्नु हो… पुरा पढौ

पोखरा यूनाइटेड एकेडेमीमा बार्षिक स्पोटर्स मिट सुरु मेसी, रोनाल्डो, सन्दीप लामिछाने, सावित्रा जस्ता प्रतिभा पोखरामा पनि जन्मन सक्छनः सांसद गुरुङ

दीननाथ बरालपोखरा ५, मंसिर, पोखरा १२ भद्रकालि मार्गमा रहेको पोखरा यूनाइटेड एकेडेमीमा बार्षिक स्पोटर्स मिट २०८१ सुरु भएको छ । तीन दीनसम्म संचालन हुने उक्त स्पोटर्स मिटको आज (बुधबार) एक समारोहका बिच सांसद मन बहादुर गुरुङले उद्घाटन गर्दै बिद्यालयले शिक्षासंगै खेलाडी उत्पादनको लागि विभिन्न खेलकुद गतिविधि गर्नूपर्नेमा जोड दिनु भयो । उहाँले हरेक व्यक्तिसंग विभिन्न क्षमता हुने हुदा आफ्नो प्रतिभा प्रष्फुटन गर्न बिद्यार्थीहरुमा आग्रह गर्नु भयो । सांसद गुरुङले नेपालका सन्दिप लामिछाने, सावित्रा भण्डारी देखि विदेशी खेलाडी मेसी, रोनाल्डो जस्ता… पुरा पढौ

बागलुङको ट्रायल सेन्टरमा यातायात मन्त्रीको छड्के

बागलुङ, ५ मंसिर, गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले यातयात व्यवस्था कार्यालय बागलुङको प्रयोगात्मक परीक्षा स्थल (ट्रायल सेन्टर)को छड्के निरीक्षण गरेका छन् । ट्रायल सेन्टरको भौतिक अवस्था र प्रयोगात्मक परीक्षाको विषयमा जानकारी लिन मन्त्री केसी बुधबार बागलुङ नगरपालिका–१ खनियाबासमा रहेको ट्रायल सेन्टरको छड्के निरीक्षणमा पुगेका हुन् । दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधन परीक्षा प्रणालीलाई सरल र गुनासो नआउने गरी परीक्षा चलाउन यातायात कार्यालयका निमित्त प्रमुख अशोक घिमिरे र ट्राफिक प्रहरी प्रमुख सुमन न्यूरेलाई… पुरा पढौ

कोरला नाकाको अध्यागमन कार्यालय उद्घाटन गर्न हतारः कार्यालय संचालन गर्न ढिलाई

दीननाथ बरालपोखरा ४, मंसिर, नेपालका राजनीतिक दलहरु जनताबाट आलोचित हुदै आएको सन्दर्भमा कुनै भौतिक संरचनाको उद्घाटन गरे पनि त्यसबाट आम जनताले सेवा दिने गरी सेवा प्रवाहमा खासै ध्यान नदिदा थप आलोचित हुने गरेका हुन् । देशका धेरै ठाँउमा यो घटना देख्न पाइन्छ भने गण्डकी प्रदेशको कोरला नाकाको अध्यागमन कार्यालय उद्घाटनको २१ दिन बितिसक्दा अझै कार्यालय संचालनमा आउन सकेको छैन् । निकै तामझाम र ठुलो खर्चमा भव्य रुपमा नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले गत कार्तिक १४ गते कोरला नाकाको अध्यागमन कार्यालयको… पुरा पढौ

खेलकुदमा देखिएको अन्यौल हटाउन प्रदेश खेलकुद परिषद गण्डकीको माग, दशौं खेलकुदको तत्काल मिति तोक्न सदस्य सचिव शर्माको आग्रह

दीननाथ बरालपोखरा ४, मंसिर, खेलकुद क्षेत्रमा देखिको अन्यौल हटाउन प्रदेश खेलकुद परिषद गण्डकीले माग गरेको छ । आज भन्दा दुई बर्ष अघि गण्डकी प्रदेशको राजधानि पोखरामा सम्पन्न भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता समापन संगै कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदको मिति २०८१ म्ंसिर २ देखि ९ गतेको मिति घोषणा गरे पनि हालसम्म राष्ट्रिय खेलकुद परिषदले यसका बिषयमा मौन रहेकोले खेलकुद क्षत्रमा भएको अन्यौल अन्त्य गर्न परिषदले माग गरेको हो । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति यथासिघ्र घोषणा गर्न यूवा तथा… पुरा पढौ

पोखरामा मंसिरको पहिलो साता शिव फोर्टी प्लस सिक्स ए साइड फुटसल प्रतियोगिता हुने

पोखरा ४, मंसिर, मंसिरको पहिलो साता पोखरामा पहिलोपटक फोर्टी प्लस सिक्स ए साइड भेट्रान्स कप २०८१ हुने भएको छ ।चालिस वर्ष उमेर पुगेकाहरुलाई लक्षित गरी आगामी मंसिरको ७ र ८ गते पोखरामा उक्त प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा प्रथम हुने टीमले नगद ५० हजार ट्रफी र मेडल, दोश्रो हुनेले नगद २५ हजार, ट्रफी र मेडल प्राप्त गर्ने प्रतियोगिताका संयोजक शिव भट्टराइले जानकारी दिए । भट्टराइका अनुसार प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद १५ सय र ट्रफी र बेष्ट कीपरलाई नगद १… पुरा पढौ

गण्डकी प्रदेशमा खर्च कटौती गरि पुँजीगत खर्च बढाउने तयारीमा

पोखरा ४, मंसिर, गण्डकी प्रदेशमा वित्त व्यवस्थापनलाई प्रभावकारी बनाउँदै अनुत्पादक खर्च कटौती गरि गुणस्तरीय पुँजीगत खर्च बढाउन प्रदेश सरकारले रणनीति तर्जुमाको तयारी थालेको छ । पुँजीगत खर्च क्षमता बढाउन, आन्तरिक आय अभिवृद्धि तथा अनाबश्यक चालु खर्चमा कटौती गरी प्रदेशको समग्र सार्वजनिक वित्त व्यवस्थापनलाई थप प्रभावकारी बनाउन समिति गठन गरिएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे बताउनुभयो । ‘वित्तिय सुशासन कायम गर्न आवश्यक भएकोले सो सम्बन्धमा सबै मन्त्रालयहरुसँग अन्तरक्रिया र छलफल गरी सुझाव सहितको प्रतिवेदन समितिले पेश गर्नेछ’ मुख्यमन्त्री पाण्डेले भन्नुभयो ‘प्रतिवेदन प्राप्त भएपछि… पुरा पढौ

२ हजार ५ सय मिटर माथि जाने पदयात्री र उच्च भेगमा जाने पर्यटकका लागि कोरियन अक्सिजन मास्क नेपाली बजारमा

दीननाथ बराल, पोखरा ३, मंसिर, २ हजार ५ सय मिटर भन्दा माथिको भेगमा जाने पर्यटन तथा पदयात्रीहरुको लागि अक्सिजन उतपादन गर्ने मास्क मानव जीवन रक्षाको लागि अति आवश्यक भएको बताइएको छ । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) गण्डकीले आज (सोमबार) पोखराको वरपिपल रिसोर्टमा आयोजना गरेको उक्त मास्क प्रर्दशनी तथा महत्वको बारेमा जानकारी गराउन आयोजित छलफल कार्यक्रममा सहभागिहरुले उक्त मास्क नेपालको पदयात्रामा जाने पदयात्री सहित धेरै उचाईमा जाने पर्यटकहरुको लागि आति नै आवश्यक भएको जोड दिनु भएको हो । दक्षिण… पुरा पढौ

आमाद्धारा छोराको कन्सल्टेन्सी व्यवसाय शुभारम्भ

पोखरा ३, मंसिर, पोखरा महानगरपालिका वडा नं. ९ न्युरोडमा एक एजुुकेशन कन्सल्टेन्सीका संचालकले सोमबार आफ्नी आमालाई प्रमुख अतिथि बनाएर सेवा शुभारम्भ गरेका छन् । बराह एजुकेशन कन्सल्टेन्सी प्रा.लि.का संचालन सन्तोष कुइकेलले आफ्नै आमा विष्णु माया कुइकेलले रिबन काटेर छोराको व्यवसायको शुभारम्भ गर्दै छोराको व्यवसाय राम्रो होस् भन्दै शुभकामना व्यक्त गरेकी थिइन् । कार्यक्रममा स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष तथा दरबारथोक मिडिया प्रा.लि.का अध्यक्ष कृष्ण रानाभाटले वैदेशिक अध्ययनमा जानेलाई विश्वासिलो वातावरण तयार गर्न सके कन्टल्टेन्सी व्यवसायको भविष्य रहेको वताए । सो… पुरा पढौ

दोबिल्लाघाटमा शिव मन्दीर निर्माणका लागि देश विदेशबाट आर्थिक सहयोग प्राप्त,

३ कार्तिक, पोखर, पोखरा महानगरपालिका वडानम्बर २१ दोबिल्लाघाटमा १०८ धारासहतिको शिव मन्दीरको शिलान्यास गरिएको छ । देवघाट महेश्वरधाम, हरिहरगुफा एवम् नर्वदेश्वर मन्दीर सन्यास आश्रमधामका पीठाधीश डा. स्वामी श्री १००८ आत्मनन्द गिरी महाराज जीले एक कार्यक्रमकाबिच मन्दीरको शिलान्यास गरेका हुन् । दोबिल्लाघाटलाई धार्मिक स्थलको रुपमा विकास गर्ने दोबिल्लाघाट संरक्षण तथा व्यवस्थापन समितिको योजना अनुसार घाटमा शिव मन्दीरको शिलन्यास गरिएको हो । उक्त घाटमा यस पहिले शवदाहस्थल व्यवस्थित गर्न मलामीको लागि बिश्राम स्थल, अन्त्यष्टिका लागि आवश्यक दाउदा र दाउदा राख्ने गोदामघर निर्माण,… पुरा पढौ