देश तथा समाज पत्रिका

पोखरा आइटिएफ जे३० टेनिसः सिंगल्सतर्फ चिनका हाईनुओ र भारतकी माहिकालाई बिजयी

पोखरा २२, मंसिर, पोखरामा जारी आइटिएफ जे३० वल्र्ड टेनिस टुर सर्किट १ अन्तर्गत शनिबार सम्पन्न सिंगल्सतर्फको फाइनलमा ब्वाइजतर्फ चिनका हाइनुओ गुओ र गल्र्सतर्फ भारतकी माहिका खन्ना बिजयी भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा सम्पन्न सर्किटको फाइनलमा चिनका हाइनुओले भारतका आश्रव्य मेहेरालाई सोझो सेटमा पराजित गरे । निकै आक्रमक खेल प्रस्तुत गरेका हाइनुओले आश्रव्यलाई खेलमा फर्किने कुनै मौका नै दिएनन् । उनले आश्रव्यलाई ६–३, ६–४ ले पराजित गरे । यत गल्र्स सिंगल्सतर्फको खेल भने निकै रोमाञ्चपूर्ण रह्यो । भारतकी… पुरा पढौ

पर्यटन प्रर्वद्धन गर्न पोखरा व्यवसायी कोशी र मधेश प्रदेश तर्फ

पोखरा, २२ मंसिर पोखरा र गण्डकी प्रदेशको पर्यटन प्रर्वद्धन गर्न पोखराका पर्यटन व्यवसायी पूर्वको भ्रमणमा निस्केका छन् । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश पर्यटन मन्त्रलायको सहयोगमा प्रर्वद्धनमा निस्केको हो । टोलीले नेपालको मधेश प्रदेश तथा कोशी प्रदेशका मुख्य सहरहरुमा गण्डकी प्रदेशको पर्यटकिय गन्तव्यहरु प्रचारप्रसार, प्रवर्द्धनात्मक र अन्तरक्रिया कार्यक्रमहरु गर्ने छ । शनिबारबाट शुरु भएको अन्तरप्रदेश पर्यटन प्रवर्द्धन तथा अन्तरक्रिया कार्यक्रम मंसिर २८ गते सम्म सञ्चालन हुने नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालले… पुरा पढौ

१४ औ नेशनल प्याव्सन खेलकुद महोत्सव, एन प्याव्सनको सडक दौडमा छात्र तर्फ दुतमान र छात्रा तर्फ कविता प्रथम

पोखरा२२, मंसिर, एन प्याव्सन कास्कीले आयोजना गरेको ५ किमि सडक दौडमा छात्र तर्फ सिद्धार्थ लवडेल वोर्डिङ स्कुलका दुतमान गुरुङ र छात्रा तर्फ त्रिवेणी पब्लिक सेकेण्डरी स्कुलकी कविता घर्ती क्षेत्री प्रथम भए । ५ किमिको सडक दौड गुरुङले २० मिनेट ५६.०८ र घर्तीले २८ मिनेट ५५.५५ सेकेण्डको समयमा पुरा गरेका थिए । यस्तै छात्र तर्फ अक्सोफोर्ड स्कुलका इश्वर ढकाल (२१ मिनेट ०३.०९ सेकेण्ड) दोस्रा, न्यू लेखनाथ पब्लिक स्कुलका अजय कार्की (२१ मिनेट ४५ सेकेण्ड) तेस्रा, ज्ञानज्योति विद्याकुञ्ज माविका सक्क्षम भुजेल (२२… पुरा पढौ

हेमजामा निशुल्क स्वास्थ्य शिविर, २ सय जना लाभान्वित

मंसिर २२, हेमजा नेपाली जनप्रगतिशिल मञ्च जापानले शनिवार पोखरा–२५ हेमजामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।शिविरमा किरण गुरुङ मेडिकल र आर।सी हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा सुगर, मृगौला तथा महिला संग सम्बन्धीत विभिन्न रोगहरुको परिक्षण गरिएको थियो । सोहि अवसरमा विशेषज्ञ डाक्टरहरुको उपस्थितिमा स्वास्थ्य परामर्श सेवा समेत प्रदान गरिएको छ् । शिविरबाट विशेष गरि पोखरा–२५, हेमजा साथै छिमेकी गाउँपालिकाका गरि २ सय भन्दा बढी नागरीकहरुले प्रत्यक्ष स्वास्थ्य लाभ लिए । कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिका प्रवत्ता एव।वडा न। २५ हेमजाका… पुरा पढौ

आँगन सहकारीको पाँचौँ साधारणसभा

पोखरा, २२ मङ्सिर, पोखरा महानगरपालिका वडा नं।१३ गौडामुख स्थित आँगन बहुउद्देश्यीय सहकारी संस्थाको पाँचौँ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ। पोखराको पर्यटकीय स्थल कार्की डाँडामा साधारणसभा सम्पन्न भएको हो । साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभाका सदस्य तथा पूर्व ऊर्जा तथा जलश्रोत मन्त्री वेदबहादुर गुरुङ ‘श्याम’ले आर्थिक उपार्जन र समृद्धिका लागि सहकारीको भूमिका महत्त्वपूर्ण रहने बताए । पछिल्लो समय एकाध सहकारीमा देखिएको समस्याका कारण सहकारी क्षेत्रमा त्रासको वातावरण सृजना भइरहेको बताउँदै उनले ऐन, विधि र नियमानुसार सञ्चालित सहकारीहरूमा कुनै… पुरा पढौ

भौतिक मन्त्री केसीले गरे मोटरेबल पुलको उद्घाटन, सम्झौताभन्दा सात महिनाअघि नै बन्यो पुल

पर्वत, २२ मंसिर, पर्वतको मोदी गाउँपालिकामा निर्माण सम्पन्नको सम्झौता मितिभन्दा सात महिनाअगाडि नै मोटरेबल पुलको निर्माण सकिएको छ । मोदी–६ स्थित लिदी खोलामा २ करोड ५३ लाख ३९ हजार रुपैयाँ लागतमा मोटरेबल पुल तयार भएको हो । पुलको गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले शनिबार उद्घाटन गरेका छन् । उद्घाटनपछि बोल्दै मन्त्री केसीले समय अगावै मोटरेबल पुल निर्माण सम्पन्न गरेकोमा ठेकेदार कम्पनीको प्रशंसा गरे । जनताले तिरेको करको पैसा विकासमा सही तरिकाले सदुपयोग भएको भन्दै… पुरा पढौ

बेरोजगार नागिरकलाई रोजगारी दिलाउन प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी मन्त्री थापा

पोखरा २२, मंसिर, गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले बेरोजगार नागरिकलाई रोजगारी दिलाउन प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी रहेको बताएका छन् । शनिबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमको दुई दिवसीय वार्षिक समीक्षा कार्यक्रमको उद्घाटन गर्दै उनले बेरोजगारी समस्यालाई समाधान गर्न र जीवनस्तर सुधार्न उक्त कार्यक्रम सफल भएको उल्लेख गरे । मन्त्री थापाले गण्डकी प्रदेशमा पनि सीमान्तकृत समुदाय, महिला र युवाहरूलाई रोजगारीको अवसर प्रदान गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत उल्लेखिय काम… पुरा पढौ

लैंङ्गिक हिंसाविरुद्धको अभियानमा जुट्दै जोण्टा क्लव अफ पोखरा, सडक नाटकसंगै द्विप प्रज्वलन

२२ मंसिर,पोखरा, लैंङ्गिक हिंसाविरुद्धको अभियानमा विभिन्न कार्यक्रमको आयोजना गर्र्दै आएको जोण्टा क्लव अफ पोखराले चेतनामुलक सडक नाटकसंगै द्विप प्रज्वलन गरेको छ । मानवअधिकार चोकमा आयोजित कार्यक्रममा पोखरा थिएटरका कलाकारहरुसंगको सहकार्यमा सडक नाटक ‘दविएका आवाजहरु ’ प्रस्तुत गरिएको हो । त्यसैगरि हिंसारहित समाज निर्माण गरौं भन्दै द्विप प्रज्वलनमा सहभागिहरुले मानवअधिकार चोकदेखि विपि चोक हुँदै पुन ः मानवअधिकार चोकसम्म द्विप प्रज्वलन गरे । सो अवसरमा बोल्दै कार्यक्रमा संयोजक बन्दना कार्की केसीले जोण्टा क्लव अफ पोखराद्वारा सञ्चालित अभियानले सभ्य र हिंसारहित समाज निर्माण… पुरा पढौ

प्याब्सन स्पोर्टस् मिट,ह्याण्डबलमा हिमालयन र सरस्वती आदर्श विद्याश्रम प्रथम

पोखरा, २२ मंसिर प्याब्सन कास्कीको आयोजनामा पोखरामा जारी १८ औं प्याब्सन स्पोर्टस् मिटको आइतबार समापन हुँदैछ । पोखरा रंगशालामा दिउँसो गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टको प्रमुख आतिथ्यमा स्पोर्टस् मिटको समापन हुने अध्यक्ष मथुराप्रसाद पौडेलले बताए । उनले पाँचदिने महोत्सवले विद्यार्थीको खेल प्रतिभाको प्रस्फुटन तथा विकासमा सहयोग पुगेको बताए । स्पोर्टस् मिटको चौथो दिन शनिबार विभिन्न इभेन्टमा खेल भए । जुनियर ह्याण्डबलमा हिमालयन बोर्डिङ स्कुल, बिरौटा र सरस्वती आदर्श विद्याश्रम, लामाचौरले उपाधि जितेका छन् । गल्र्सतर्फ फाइनलमा हिमायनले सरस्वती आदर्शलाई ४–२… पुरा पढौ

‘यातायातका ढड्डामा बिचौलियाको पहुँच किन ? ’यातायात कार्यालय कास्कीमा पनि छिट्टै टोकन सिस्टम

पोखरा, २१ मंसिर, यातायात व्यवस्था कार्यालय सवारी कास्कीमा रहेका सवारीको अभिलेखसम्बन्धी ढड्डामा बिचौलियाको पहुँचको विषयमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले चासो राखेका छन् । शुक्रबार निरीक्षणको क्रममा कार्यालय पुगेका मन्त्री केसीले बिचौलियाले कार्यालयका फाइल भित्रै छिरेर हेर्ने गरेको गुनासो आफूसम्म आएको सुनाए । त्यसपछि उनले कार्यालयका निमित्त प्रमुख अशोक गौतमलाई सोधे – बाहिरको मान्छेले ढड्डा किन भित्रै पसेर हेर्छन् ? भोलि फाइल च्यातियो, फोटो हेरफेर भए कसले जिम्मा लिन्छ ? किन यस्तो पहुँच भयो… पुरा पढौ