देश तथा समाज पत्रिका

लिटल फ्लावरले गर्यो खेलाडीको सम्मान

पोखरा १, पुष, पोखरा महानगरपालिका वडा नं २७ रिठेपानीस्थित लिटल फ्लावर एजुकेशनल एकेडेमीले नेशनल प्याब्सन कास्कीको गत साता सम्पन्न १४औं खेलकुद महोत्सवमा विभिन्न विधामा उत्कृष्टता देखाउन सफल आफ्ना विद्यालयका खेलाडीहरु तथा प्रशिक्षकहरुलाई सम्मान गरेको छ । विद्यालयमा आयोजित कार्यक्रममा खेलाडीहरु तथा प्रशिक्षकहरुलाई सम्मान गर्दै प्रिन्सिपल बिकल पौडेलले पढाइसगै खेलकुदको माध्यमले विद्यार्थीहरुको सर्वाङ्गिण विकासमा सहयोग पुग्ने धारणा राखे । विद्यालयकी संस्थापक एवम् सञ्चालक अध्यक्ष देवी खड्का, कक्षा ११, १२ संयोजक बिष्णुहरि पौडेल, अतिरिक्त क्रियाकलाप संयोजक विचित्र न्यौपाने,सञ्चालक रामप्रसाद अधिकारी,हेमा पुन,शिक्षक रामभक्त… पुरा पढौ

लेखनाथमा सामी परियोजना अन्तर्गत आप्रवासी स्रोत उपकेन्द्र स्थापना 

पोखरा, ०१ पौष , इलाका प्रशासन कार्यालय लेखनाथमा सामी परियोजना अन्तर्गत आप्रवासी स्रोत उपकेन्द्र स्थापना गरिएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी र पोखरा महानगरपालिकाको सहकार्यमा उक्त उपकेन्द्र सञ्चालनमा ल्याइएको हो । केन्द्रको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्साल लगायतले शुभारम्भ गर्नुभएको हो ।  अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको अवसरमा पोखरा महानगरपालिकाका वडा नं २६ देखि ३३ सम्म र रुपा गाउँपालिकाका बासिन्दाहरूले समेत सेवा लिन सक्ने… पुरा पढौ

इक्यान कास्की अध्यक्षमा ओमप्रकाश गैरे, सचिवमा सुरेन्द्र बराल चयन

पोखरा, १ पुस, नेपाल शैक्षिक परामर्श संघ ९इक्यान० कास्कीमा नयाँ नेतृत्व आएको छ । शाखाको १३ औँ साधारण सभा तथा सातौं अधिवेशनबाट ओमप्रकाश गैरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । इक्यानको सातौं अधिवेशनबाट पदाधिकारीसहित ८ जनाको नयाँ नेतृत्व चयन भएको संघका सचिव सुरेन्द्र बरालले जानकारी दिए । अधिवेशनबाट उपाध्यक्षमा धनबहादुर शाही ९सन्तोष० पुनः दोहोरिएका छन् । यस्तै सचिवमा सुरेन्द्र बराल, कोषाध्यक्षमा देवबहादुर क्षेत्री निर्वाचित भएका छन् । उपाध्यक्ष वाहेकका पदाधिकारीका लागि सहमती नभए पछि मतदान प्रकृयाबाट नेतृत्व चयन गरिएको… पुरा पढौ

सुनौलो सहकारीको १७ औँ वार्षिक साधारणसभा सम्पन्न

पोखरा, १ पुुस, पोखरा महानगरपालिका वडा नं ६ बैदाममा मुख्य कार्यालय रहेको सुनौलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको एक कार्यक्रमका बीच पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि रविरमण तिवारी उद्घाटन गर्नुुभएको थियो । सहकारी क्षेत्र चलायमान नभएसम्म देशको अर्थतन्त्र सुधार हुन नसक्ने बताउँदै उहाँले केही सहकारीमा समस्या भएपनि वित्तीय अनुशासनमा चलिरहेका सहकारीहरूमा बाहिर प्रचार भए जस्तो समस्या नरहेको उल्लेख गर्नुुभयो । समुदायमा आधारित सहकारीमा तरलता बढी भएकोले… पुरा पढौ

पोखरामा व्यवसायीक खेलकुदको अर्को रौनक, यही पौष १० गते देखि थाई–बक्सिङ हुने

पोखरा १, पुष, व्यवसायीक खेलकुदमा विश्वमानै आकर्षक खेल मध्येको ‘कन्टेन्डर सिरिज–२’ थाई–बक्सिङ यहि पौष १० गते देखि पोखरामा सुरू हुने भएको छ । शक–यान मुवाँथाई क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको प्रवद्र्धनमा उक्त प्रतियोगिता यहि पौष १० गते देखि १२ गते सम्म हुने भएको हो । खेलकुद मार्फत व्यवसायिक खेलकुदको विकास संगै खेल पर्यटन प्रवद्र्धनका लागि आयोजित प्रतियोगिता पोखराको मुख्य आकर्षणको केन्द्र लेकसाइडस्थित बाराही घाट खेल मैदानमा हुनेछ । प्रतियोगितामा विभिन्न ५ प्रदेशका ८४ जना फाइटरहरुको सहभागिता हुने… पुरा पढौ

स्व. गुरुङको आदर्श र योगदानलाई पछिल्लो पुस्ताले अनुसरण गर्नुपर्छ ः मन्त्री थापा

पोखरा, पुस १, गण्डकी प्रदेशका सामाजिक विकास,युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले स्व. डिल बहादुर गुरुङको आदर्श र योगदानलाई पछिल्लो पुस्ताले अनुसरण गर्नुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेस कुश्मा नगरपालिका वडा नं १४ द्धारा पोखरामा सोमबार आयोजित स्व. गुरुङ्गको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै मन्त्री थापाले सो कुरा बताउनुभएको हो । उहाँले स्व.गुरुङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै समाज र पार्टीको विकासका लागि पु¥याएको योगदानको चर्चा गर्नुहुदै राजनीतिलाई पद र प्रतिष्ठा भन्दा पनि समाजको परिर्वतनको मुल नीतिका रुपमा लैजानुपर्छ भन्ने स्व. गुरुङको सोचलाई… पुरा पढौ

लायन्स क्लब अफ पोखरा लेकसाइड र फोन नेपाल द्धारा चितवन सैपामका चेपाङ समुदायका बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण (भिडियो सहित)

दीननाथ बराल,चितवन, १, पुष, चितवन कालिका नगरपालिका ११ सैपाम मा रहेको शुभ शान्ति राष्ट्रिय आधारभुत बिद्यालयका बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । लायन्स क्लब अफ पोखरा लेकसाइड र फेण्ड अफ नेचर (फोन नेपाल) को संयुक्त आयोजनामा क्लवले आइतबार एक समारोहका बिच बिद्यालयमै पुगेर एक सय भन्दा बढी छात्र÷छात्रालाई न्यानो (पोलर ज्याकेट) वितरण गरेको क्लवका अध्यक्ष धर्मराज थापाले जानकारी गराउनु भयो । चेपाङ समुदायका बिद्यार्थीहरुलाई यस बर्षको जाडोबाट केही हदसम्म भए पनि बचाउन क्लव र फोन नेपालले न्यानो कपडा वितरण… पुरा पढौ

पोखरा सडक महोत्सव सफल पार्न विभिन्न उपसमितिहरुको बैठक, स्वास्थ्य तथा सुरक्षालाई विशेष जोड

पुष १,पोखरा, रेवान पोखराको आयोजनामा यही पुष १३ देखि १७ गतेसम्म पोखराको लेकसाइडमा आयोजना हुन लागेको २६ औँ पोखरा सडक महोत्सव सफल पार्न आयोजकले विभिन्न उप–समितिहरूसँग छलफल गर्दै तयारी तीव्र पारेको छ । यसै क्रममा रेवान पोखराले सुरक्षा परिषद् बैठक, स्वास्थ्य समितिको बैठक, सांस्कृतिक समूहको बैठक, लगायतका बैठकहरू सम्पन्न गरेको छ । सुरक्षा परिषद् बैठकका सहभागीहरूले रेवान पोखराले आयोजना गरेको पोखरा सडक महोत्सवमा दर्शकहरुको अत्यन्तै भिड लाग्ने भएकाले सुरक्षाको विषयमा गम्भीर बन्नुपर्ने औल्याए । उनीहरूले विगतका संस्करणहरूमा जस्तै यसपटक पनि… पुरा पढौ

मिस तामाङ पोखरा माघमा हुने, तालिम शुरु

पोखरा, ३० मंसिर, पोखरामा नवौं संस्करणको मिस तामाङ पोखरा प्रतियोगिता हुने भएको छ । सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ समाज पोखराले हरेक बर्ष जस्तै यस बर्ष पनि प्रतियोगिता आयोजना गर्न लागेको हो । माघ १२ गते पोखरा सभागृहमा हुने मिस तामाङ पोखराका लागि १३ जना तामाङ समुदायको युवतीले सहभागिता जनाउने कार्यक्रम संयोजक रोश्मा ब्लोन तामाङले बताए । प्रतियोगिहरुलाई बिभिन्न बिषयमा प्रदान गरिने तालिमको शुरुवात गरिएको संयोजक तामाङले जानकारी दिएका छन् । पहिलो दिनको ओरेन्टेशन कक्षाको सहजीकरण पोखरेली युवा साँस्कृतिक परिवारका… पुरा पढौ

पोखरामा सम्पन्न महिला भलिबलको उपाधि धादिङ स्पोर्टस् क्लबलाई

पोखरा, ३० मंसिर, पोखरा महानगर २३ वाम्दीर्मा पर्यटन प्रवद्र्धनमा खेलकुद’ भन्ने नाराका साथ सुरु भएको महिला भलिबल प्रतियोगिता धादिङ स्पोर्टस् क्लब, धादिङले जितेको छ । आइतबार भएको फाइनल खेलमा शान्त भलिबल टे«निङग सेन्टर, झकुण्डे पोखरालाई ३–० को सोझो सेटमा हराउदैँ धादिङले प्रतियोगिता जितेको हो । धादिङले २५–१०, २५–७ र २५–९ को सेटमा सहज जित निकाल्यो । जितसगै धादिङले नगद एक लाख रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । भने उपविजेता बनेको शान्त भलिबलले नगद ५० हजार, ट्रफि, मेडल र… पुरा पढौ