देश तथा समाज पत्रिका

चैत २२ गते पोखरा सभागृहमा पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ, प्रवेश निशुल्क

पोखरा, पोखरा सभागृहमा चैत २२ गते शुक्रबार पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ हुँदैछ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा आउँदो शुक्रबार दिउँसो ३ बजेदेखि वरिष्ठ लोकदोहोरी गायक तथा सर्जक पुरुषोत्तम न्यौपानेको सांगीतिक साँझ हुन लागेको हो । आयोजक प्रतिष्ठानले बुधबार पत्रकार सम्मेलन गर्दै उक्त साँझमा पुरुषोत्तमका १८ गीत प्रस्तुत हुने जनाएको छ । सांगीतिक साँझमा पुरुषोत्तम न्यौपानेको जीवनीमा तयार पारिएको वृत्तचित्र पनि प्रदर्शन गरिने प्रतिष्ठानकी अध्यक्ष रिता थापामगरले जानकारी दिइन् । सांगीतिक साँझमा प्रवेशका लागि निशुल्क राखिएको अध्यक्ष मगरले… पुरा पढौ

पोखराबाट एकै दिन दुई वटा अन्तराष्ट्रिय फ्लाइट

दीननाथ बराल,पोखरा १९, चैत, पर्यटनको राजधानि पोखराबाट आज(मंगलबार) एकै दिनमा दुई वटा अन्तराष्ट्रिय हवाई उडान भएको छ । पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट एउटा व्यवसायीक चार्टर्ड उडान भयो भने अर्को व्यवसायीक उडान भएको पोखरा अन्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । चिनको सिचुवान एयरलाइन्सले व्यवसायीक चार्टर्ड फ्लाइट गर्यो भने हिमालयन एअराइन्सले पोखरा देखि ल्हासा व्यवसायीक उडान गरेको हो । चिनको छेन्दुबाट पोखरा आएको सिचुवान एयरलाइन्सको जहाजमा ६० जना यात्रु पोखरा आएसंगै पोखराबाट १ सय २० जना यात्रु छेन्दु प्रस्थान गर्नु भएको पोखराका मेयर… पुरा पढौ

फोटो यात्रा–गन्तव्य मेघौली

पोखरा, १९ चैत, नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीको आयोजनामा ‘फोटो यात्रा–गन्तव्य मेघौली’ कार्यक्रम भएको छ । बाराही जंगल लजको सहयोगमा भएको कार्यक्रम २ दिनसम्म सञ्चालन भएको थियो । आइतबार कास्कीबाट निस्किएको एनपिजेए कास्कीको टिम चितवनको भरतपुर महानगरपालिका २८ मेघौलीस्थित बाराही जंगल लज पुगेर सोमबार पोखरा फर्किएको हो । टोलीले पृथ्वी राजमार्गको सडक विस्तार, बाराही जंगल लजको सुन्दरतासँगै आतिथ्य, थारु समुदायको नृत्य, डुंगा सफारी, मेघौलीबाट देखिने सूर्यास्त, जंगल सफारीको फोटो, भिडियो खिचेका थिए । नवलपुरको गैडाकोट नगरपालिका स्थित मौलाकाली मन्दिरसँगै… पुरा पढौ

फेवा महोत्सवलाई आमा समूह र संघसंस्थाको साथ

पोखरा, १९ चैत, होटल संघ पोखरा नेपालले यही चैत ३० गतेदेखि आगामी बैशाख १ गतेसम्म पोखरामा आयोजना गर्न लागेको २० औं फेवा नव बर्ष महोत्सव २०८२ लाई पर्यटनसँग सम्वन्धित विभिन्न संघसंस्था र आमा समूहहरुले सघाउने प्रतिवद्धता जनाएका छन् । उल्लेखित संस्थाका अध्यक्ष तथा पदाधिकारीसँग संघले सोमबार र मंगलबार दुई अन्तरक्रिया तथा छलफल कार्यक्रम राखी महोत्सव सफल बनाउन सल्लाह र सुझाव मागेको थियो । छलफल कार्यक्रममा संघसंस्था र आमा समूहका पदाधिकारीले फेवा महोत्सव आफ्नै घरगाउँको महोत्सव भएको र यसले नेपाली कला… पुरा पढौ

पोखरा स्पोट्र्स अवार्डलाई सफल बनाउने खेल संघहरुको प्रतिबद्धता

चैत्र १९, पोखरा, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी खेल संघ तथा क्लबसँग छलफल कार्यक्रम सम्पन्न गरेको छ । आगामी बैशाखमा हुने नवौं संस्करणको पोखरा स्पोटर्स् अवार्ड लक्षित गर्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । अन्तरक्रिया कार्यक्रममा विभिन्न खेल संघका पदाधिकारीले अवार्ड सम्पन्न गराउन प्रतिबद्धता जनाउँदै छनोट गर्दा विशेष ध्यान दिन समेत सुुझाव दिए । सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालले अवार्डका लागि आफुहरुको तर्फबाट आर्थिक नैतिक र भौतिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले स्पोट्र्स अवार्ड विशुद्ध गण्डकी प्रदेशको… पुरा पढौ

गण्डकी प्रदेशका ८ जिल्लामा खेलकुद विकास समितिहरूले पदाधिकारी पाए

पोखरा, गण्डकी प्रदेशका ८ जिल्ला खेलकुद विकास समितिहरूले पदाधिकारी पाएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको सभाकक्षमा आयोजिक एक कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामजिक विकास, यूवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाको रोहबरमा परिषदका सदस्य सचिब श्रीधर शर्माले सपथ ग्रहण गराए संगै ८ जिल्लामा पदाधिकारी मनोनयन भएका छन् । गण्डकी प्रदेशका जिल्ला खेलकुद विकास समितिहरु गत फागुन ९ गते रिक्त भएका थिए । गण्डकी प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले ६ जिल्लामा अध्यक्ष सहित कोषाध्यक्ष र सरकारमा सहकार्यको भूमिकामा रहेको… पुरा पढौ

गण्डकी प्रदेशका मन्त्री थापाद्धारा प्राप्त सेवा सुविधा ७ बर्षमा ७९ लाख सामाजिक सेवामा समर्पित

गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले राज्यबाट प्राप्त सेवा–सुविधा सासमाजिक कार्यमा खर्च गर्दै आएका छन् । मंगलबार नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री थापाले आफ्नो पहिलो कार्यकालदेखि नै सेवा–सुविधाको रकम स्थानीय जनताका आवश्यकता अनुसार रचनात्मक तथा सृजनात्मक कार्यमा खर्च गर्दै आएको उल्लेख गरे । “जनताको प्रतिनिधि भएपछि तिनको आवश्यकतालाई सम्बोधन गर्नु मेरो कर्तव्य हो। मैले पाएको सेवा–सुविधा बापतको रकम सामाजिक कार्यमा खर्च गर्दै आएको छु”, मन्त्री थापाले भने। मन्त्री थापाका अनुसार… पुरा पढौ

वालवालिकाको सर्वाङ्गीण विकासको लागि दिक्षान्त कार्यक्रम महत्वपूर्णः भण्डारी

चैत १९, पोखरा, ग्लोवल वाल वाटिका मण्टेश्वरी प्रि स्कुलबाट ९० जना विद्यार्थीहरु दिक्षित भएका छन् । नवौं दिक्षान्त समारोहमा युकेजीको परीक्षा सकेर पास भएका विद्यार्थीहरुलाई दिक्षित कार्यक्रममा समावेश गरिएको थियो । युकेजी सन, मुन र स्टारका ३०–३० जनाको सहभागिता रहेको थियो । पोखरा महानगरपालिका शिक्षा महाशाखाका बरिष्ठ विद्यालय निरीक्षक कृष्णप्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा भएको थियो । भण्डारीले दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै उनले पोखरामा करिब ४ सय ५३ भन्दा विद्यालयमा २ सय ३ सामुदायिक विद्यालय… पुरा पढौ

तेक्वान्दोमा तुलसी गुरुङको कीर्तिमान, बने ९ डान प्राप्त गर्ने पहिलो नेपाली

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र अन्तिम उपाधि हो । गुरुङले गत वर्ष डिसेम्बरमा ९ डान प्राप्तिका लागि कोरियाको सियोलास्थित विश्व तेक्वान्दो महासंघमा प्रयोगात्मक र लिखित परीक्षा दिएका थिए । महासंघले सोमबार यसको नतिजा घोषणा गरेको हो । सो–सम्बन्धी प्रमाणपत्र यसवर्ष जुनमा आयोजना हुने कार्यक्रममा प्रदान गरिनेछ । ओलम्पियन दीपक विष्ट कुनै पनि नेपालीले हालसम्म ७ डानभन्दा माथि प्राप्त गर्न नसकेको बताउँछन् । ७ डान प्राप्त… पुरा पढौ

हिमालय एअरलाइन्सको पोखरामा अन्तराष्ट्रिय व्यवसायीक उडान सुरु

दीननाथ बराल,पोखरा १८, चैत, पर्यटकीय नगरी पोखरामा हिमालय एअरलाइन्सले अन्तराष्ट्रिय व्यवसायीक उडान गर्न सुरु गरेको छ । हिमालय एअरलाइन्सले ल्हासा—पोखराको सिधा हवाई उडान गर्न सोमबार देखि सुरु गरेको हो । पहिलो फ्लाइटमा चाइनिज नागरिक सहित अन्य पर्यटक गरी १ सय ७ जना यात्रु लियर हिमालय एअरलाइन्स कम्पनीको एज ९ ७३२ विमानबाट सोमबार दिउँसो पोखरा अन्तराष्ट्रिय विमानस्थलमा आएको हिमालय एअरलाइन्स्का उपाध्यक्ष एवम् प्रवक्ता विजय श्रेष्ठले पोखराक्लिकलाई बताउनु भयो । उक्त विमानबाट मंगलबार १ सय भन्दा बढी चिनियाँ सहित पोखराका केही पर्यटन… पुरा पढौ