देश तथा समाज पत्रिका

कास्की प्रहरीलाई कार्यालय सञ्चालनमा सहयोग जुट्न सुरु

दीननाथ बराल,पोखरा, ३१ भदौ, जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षति पुगेका प्रहरी कार्यालयहरूलाई सञ्चालनमा ल्याउन सहयोग जुट्न थालेको छ । सुन चाँदी रत्न तथा आभूषण व्यवसायी संघ कास्कीले जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बगर र जिल्ला ट्राफिक कार्यालय कास्कीलाई विभिन्न कार्यालय सामग्री हस्तान्तरण गरेको हो । संघले वडा प्रहरी कार्यालय बगरलाई दराज र फाइल र्याक, जिल्ला प्रहरी कार्यालय कास्कीलाई कुर्सी, टेवल र प्रिन्टर तथा जिल्ला ट्राफिक कार्यालय कास्कीलाई टेवल र कुर्सी एक÷एक थान सहयोग स्वरूप बुझाएको छ । जेनजी… पुरा पढौ

नयाँ मन्त्रिपरिषद्ले पहिला दिनमै लिए कडा निर्णयः जनतामैत्री नीति सार्वजनिक

काठमाडौं, ३० भदौ, युवा नेतृत्वको दबाबमा बनेको नयाँ सरकारले कार्यभार सम्हालेको पहिलो दिनमै आम जनताको मन जित्ने गरी ठोस निर्णयहरू सार्वजनिक गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले मुलुकको पुनर्निर्माण, पारदर्शिता, निर्वाचन तयारी र जनउत्तरदायित्वलाई प्राथमिकतामा राख्दै मन्त्रिहरूले आफूहरू जनताको सेवक बन्ने प्रतिबद्धता जाहेर गरेका छन्। सबैभन्दा पहिले, अर्थमन्त्री रामेश्वर खनालले ऐतिहासिक घोषणा गर्दै सरकारबाट कुनै पनि सेवा सुविधा, भत्ता र विशेष सुविधा नलिने स्पष्ट पारे। उनले सवारी चालक बाहेक कुनै पनि व्यक्तिगत सुविधा नलिने घोषणा गर्दै आगामी ६… पुरा पढौ

पोखरामा सुरु भयो सहुलियत पसल, ५ देखि १० प्रतिशत छुटमा खाद्यान्न लिनेहरुको भिड

दीननाथ बराल,पोखरा, ३० भदौ, पोखरामा चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनमा आएसंगै सामान लिनेहरुको भिड हुन थालेको छ। आगामी दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गण्डकी प्रादेशिक कार्यालयले सोमबारदेखि पोखराको पार्दी बिरौटामा सहुलियत पसल सुरु गरेसंगै सामान लिनेहरुको भिड नै हुन थालेको हो । उक्त पसल पसल बिहान १०ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म सञ्चालन हुने भएको कम्पनीका प्रादेशिक कार्यालय प्रमुख कौशल घिमिरेले पोखराक्लिकलाई बताउनु भयो । बजार मूल्यभन्दा सस्तो दरमा आम उपभोक्तालाई खाद्यान्न उपलब्ध… पुरा पढौ

कास्कीको यातायात व्यबस्था कार्यालय एक साता पछि खुल्ने, लाइसेन्स तर्फ अन्योल, सरसफाई गर्दै कर्मचारी (भिडियो सहित)

दीननाथ बराल, पोखरा ३०, भदौं, जेनजी आन्दोलनको क्रममा आगजनीबाट डकुमेन्ट सहित कार्यालय जलेको यातायात व्यबस्था कार्यालय कास्कीले एक हप्ता भित्र सेवा संचालन गर्र्ने तयारी गरेको छ । कार्यालय व्यबस्थापन गरी एक हप्तामा पुनः संचालनमा ल्याउने तयारी भएको कार्यालय प्रमुख ढाकाप्रसाद शर्माले पाखराक्लिकलाई बताउनु भयो । https://www.youtube.com/watch?v=Oiot6QRjZHU दैनिक ५ सय जना सेवाग्राही आउने उक्त कार्यालयमा आवश्यक पर्ने केही सामाग्रिहरु पनि हाल नभएको अबस्थामा अस्थायी कार्यालय बाहिरको क्यान्टिन सहितको टहराबाट सेवा सुरु गर्ने तयारी गरिएको उहाँले उल्लेख गर्नुभयो । सोमबार कार्यालयका कर्मचारी… पुरा पढौ

दोस्रो संस्करणको नेपाल खुला स्नूकर प्रतियोगिताको उपाधिको लागि फुर्वा दोर्जे शेर्पा र वाङचु तामाङ भिड्ने

दीननाथ बराल,पोखरा ३० भदौ, पर्यटनको राजधानी पोखरामा जारी दोस्रो संस्करणको नेपाल खुला स्नूकर प्रतियोगिता–२०८२ को उपाधिको लागि काठमाण्डौंका फुर्वा दोर्जे शेर्पा र वाङचु तामाङ भिड्ने भएका छन् । पोखरा–१७ ड्यामसाइडस्थित फाइनल स्कोर स्पोट्र्स बारमा सोमबार भएको पहिलो सेमिफाइनल खेलमा काठमाण्डौंका शेर्पाले हेटौडाका नितेश खण्डवाललाई ५–१ को सेटमा पराजित गर्दै फाइनलमा यात्रा बनाए । अर्को खेलमा काठमाण्डौंकै तामाङले पोखरेली खेलाडी विकास मर्हजनलाई ५–२ को सेटमा पराजित गर्दै फाइनलमा यात्रा सुनिश्चित गरे । फाइनल खेल मंगलबार बिहान १०ः०० बजे पछि हुने भएको… पुरा पढौ

मन्त्रीमण्डल विस्तार, तीन मन्त्रीले सपथ लिए

पोखरा, प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीमण्डल विस्तार गरेकीछन् । राष्ट्रपति कार्यालयको खण्डहर भवन बाहिर सोमबार नवनियुक्त तीन मन्त्रीहरूले आजै शपथ लिएका छन् । प्रधानमन्त्री कार्कीको उपस्थितीमा राष्ट्रपति रामचन्द्र पौडेलले शपथ लिएका थिए । अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक योजान र सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह र कानुनमन्त्री ओमप्रकाश अर्यालले सपथ लिएका हुन् । जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि शीतल निवास पनि बस्न नमिल्ने अवस्थामा पुगेको थियो । त्यसैले गत शुक्रबार प्रधानमन्त्री सुशीला कार्कीको शपथ राष्ट्रपति निवास भित्रै भएको थियो ।आज… पुरा पढौ

इन्टरयाक्ट लेकसाइडको अध्यक्षमा मदरल्याण्डका निर्देश

पोखरा, २९ भदौ, इन्टरयाक्ट क्लव अफ पोखरा लेकसाइडको पाँचौ पदस्थापना समारोहवाट निर्देश वाँस्तोला अध्यक्षमा चयन भएका छन् । अध्यक्ष वाँस्तोला मदरल्याण्ड स्कूलमा विज्ञान विषय लिएर कक्षा १२ पढ्दै छन् । हालै सम्पन्न भएको पदस्थापनावाट निवर्तमान अध्यक्षमा सुयोग अधिकारी, उपसभापति द्धयमा मृदुल जंग पाण्डे र सम्पदा लम्साल, सचिवमा दिव्या पराजुली, सहसचिवमा अमिर चौधरी, कोषाध्यक्षमा ज्ञापन वराल, सह कोषाध्यक्षमा रक्षा अधिकारी, प्रमुख सम्पादकमा श्रीस पौडेल चयन भएका छन् । त्यसैगरी सह सम्पादकमा विराज सुवेदी, इभेन्ट कोर्डिनेशन चियर सुजल सिलवाल, क्लव मेम्वरसिप चियरमा… पुरा पढौ

ठुलो क्षतिको मारमा परेका युवा व्यवसायी शौगात थापाको नक्कली फेसबुक मार्फत रकम असुल्न खोज्ने ४ जना पक्राउ

दीननाथ बराल,पोखरा, २९ भदौ, जेन–जी आन्दोलनका क्रममा घरसहित व्यवसाय जलेर खरानी बनेपछि शोक र पीडामा रहेका गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री समेत रहनुभएका बिन्दुकुमार थापाको परिवारमाथि अर्को प्रहार भएको छ । नक्कली फेसबुक खाता खोल्दै सहयोगको बहानामा रकम असुल्ने अपराधिक प्रयास गरेको एक समुहलाई प्रहरीले पक्राउ गरेको छ । मन्त्री थापाका छोरा शौगात थापाको नक्कली फेसबुक आइडी बनाएर ठग्ने प्रयास गर्ने चार जना व्यक्तिलाई कास्की प्रहरीले पक्राउ गरेको छ । थापा परिवारको सम्पूर्ण संरचना जलेर खरानी बनेको… पुरा पढौ

कास्कीका सरकारी कार्यालयहरुमा सरसफाई गरिदै, केही कार्यालयबाट आंंशिक सेवा सुरु

दीननाथ बराल, पोखरा २९, भदौं, कास्कीका सरकारी कार्यालयहरुमा सरसफाई गरिदै छ भने केही कार्यालयबाट आंंशिक सेवा सुरु गरिएको छ । जेनजी आन्दोलनले आगजनीबाट प्रायः ध्वस्त भएका अधिकांश सरकारी कार्यालयहरुमा आज(आइतबार) सरसफाई गर्न सुरु भएको छ भने केही कार्यालयबाट आंशिक सेवा सुरु भएको हो । जिल्ला प्रशासन कार्यालय कास्कीमा सरसफाइ गरी हाल आंशिक सेवा सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले पोखराक्किलाई बताउनु भयो । उहाँका अनुसार आजदेखि मुद्दा दर्ता, शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन सम्बन्धी अत्यावश्यक सेवा सञ्चालनमा ल्याइएको… पुरा पढौ

लामाचौरमा जेन–जी आन्दोलनमा क्षतिग्रस्त प्रहरी सीआरभी भवन पुनः सञ्चालन

पोखरा, जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको लामाचौरस्थित प्रहरी सीआरभी भवन पुनः सञ्चालनमा ल्याइएको छ । नव आदर्श सामुदायिक विकास समाजको पहलमा र स्थानीय समुदायको सक्रिय सहयोगमा उक्त भवनको सरसफाइ, मर्मत–संहार तथा रंगरोगन सम्पन्न गरी भवनलाई पुनः प्रयोगमा ल्याइएको हो । नव आदर्श सामुदायिक विकास समाजले लामाचौर, बाटुलेचौर, पोखरा–१६ र १९ क्षेत्रका स्थानीय संघसंस्था, एलसी ब्रदर्स क्लब, व्यापारी, आमा समूह, बैंक तथा सहकारी संस्था, विद्यालयहरू, स्थानीय बासिन्दा लगायत सबैको भौतिक, नैतिक, जिन्सी, जनश्रम र आर्थिक सहयोगप्रति आभार प्रकट गरेको छ ।… पुरा पढौ