काठमाडौं, १८ असार, गण्डकी प्रदेश प्रमुखसहित सातै प्रदेशका प्रदेश प्रमुखहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्। बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा प्रदेश प्रमुखहरूले आ–आफ्नो प्रदेशको समग्र अवस्था बारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए। भेटमा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टका साथै कोशी प्रदेश प्रमुख परशुराम खापुङ, मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी, वागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर, कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ सहभागी थिए। शिष्टाचार भेटका…
पुरा पढौ