समाचार

सुरक्षा कारण देखाउँदै अझै सार्वजनिक सडक खुल्न सकेन

पोखरा, सशस्त्र द्वन्द्वका बेला बन्द गरिएको पोखराको एक सार्वजनिक सडक दुई दशक बितिसक्दा पनि सञ्चालनमा आउन नसकेको भन्दै स्थानीयवासीले पुनः सडक खुलाउन दबाब बढाएका छन्। पोखरा महानगरपालिका–७ स्थित खानेपानी संस्थानको गेटदेखि मालपोत तथा नापी कार्यालय जोड्ने सडक २०६०र०६१ सालतिर माओवादी सशस्त्र द्वन्द्व चर्किएका बेला सशस्त्र प्रहरी बलले सुरक्षा संवेदनशीलता देखाउँदै बन्द गरेको थियो। द्वन्द्व समाप्त भएको २० वर्षभन्दा बढी समय बितिसक्दा पनि उक्त सडक अझै खुल्न नसकेको हो। सडक बन्द भएपछि वडा नम्बर ६ र ७ का बासिन्दाले खानेपानी संस्थान,… पुरा पढौ

गण्डकी प्रदेशमा रातो प्लेटका दुई पाङ्ग्रे सवारी साधनलाई ’राइड शेयरिङ’ अनुमति दिन्छौंः मुख्यमन्त्री पाण्डे (भिडियो सहित)

दीननाथ बराल,पोखरा २, असार, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल, स्कुटर) लाई रातो प्लेटकै रुपमा पनि राइड शेयरिङ अनुमतिः दिइने बताउनु भएको छ । मंगलबार पोखरामा आयोजना भएको गण्डकी प्रदेश ट्राफिक व्यबस्थापन सम्बन्धी प्रादेशिक समिक्षिा गोष्ठीमा वोल्दै मुख्यमन्त्री पाण्डेले प्रदेशमा हाल रातो प्लेटका दुई पाङग्रे सवारी साधनलाई राइड शेरिङको रुपमा संचालन गर्न दिने बताउनु भएको हो । https://www.youtube.com/watch?v=YDl0ApnJb4I&t=912s उहाँले भन्नुभयो “कलेज पढ्ने विद्यार्थीहरूको आयआर्जन, घरभाडा र पढाइ खर्च धान्न सहज होस् भनी रातो प्लेटका दुई पाङ्ग्रे… पुरा पढौ

पोखरामा अन्तर्राष्ट्रिय ओलम्पिक दिवस मनाउन शुरु

पोखरा,असार २, पोखरामा अन्तर्राष्ट्रिय ओलम्पिक दिवस मनाउन शुरु गरिएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक दिवस ९२३ जुन २०२६०को अवसर पारेर प्रदेश खेलकुद परिषद् गण्डकीमा मंगलबार एक कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको सहजिकरण नेशनल ओलम्पिक एकेडेमी, नेपालका अध्यक्ष तेज बहादुर गुरुङले गरेका हुन् । कार्यक्रममा प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । कार्यक्रममा एकेडेमीका अध्यक्ष गुरुङले माइन्डफुलनेस मेडिटेशन तथा ओलम्पिक अभियानका विषयमा प्रस्तुतिकरण राख्दै खेलकुद केवल मनोरञ्जन, जित र हारसँग मात्र सम्बन्धित नभई समाज… पुरा पढौ

गण्डकीको खेलकुदको बजेट एक तिहाई घट्यो, दशौं राष्ट्रिय खेलकुद र राष्ट्रपति रनिङ शिल्ड प्रभावित कसरी संचालन गर्ने भन्ने चिन्त्ता

दीननाथ बराल, पोखरा, २ असार, आज भन्दा करिब ४ बर्ष अघि पोखरामा सम्पन्न भएको नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले प्रदेशमा प्रथम हुुदै राखेको साख जोगाउन आउँदो आर्थिक बर्षको सुरुबाटै खेलाडी छनौट सहित प्रशिक्षणमा जुट्नु पर्ने समयमा यस बर्ष खेलकुदको बजेट भारी कटौति भएसंगै खेलाडी र खेलकुदकमीै चिन्त्तित हुनु भएको छ । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि कुल बजेटको आकार बढाए पनि खेलकुद क्षेत्रको बजेट भने करिब एक तिहाई भन्दा बढी बजेट कटौती गरेसंगै खेलाडी तथा खेलकुदकर्मीमा… पुरा पढौ

फेवातालमा डुंगा पल्टिँदा दुई भारतीय पर्यटकको सशस्त्र प्रहरीद्वारा उद्धार

पोखरा, २ असार, पोखराको पर्यटकीय स्थल फेवातालमा आज (मंगलबार) अचानक आएको हावाहुरी र पानीको छालका कारण डुंगा पल्टिँदा डुबेका दुई जना भारतीय पर्यटकको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । मंगलबार साझ ६ः१५ बजेको समयमा पोखरा महानगरपालिका वडा नं. ६ लेकसाइडस्थित फेवातालमा अचानक आएको हावाहुरी र छालका कारण दुईवटा सर्फेस डुंगा पल्टिना पुग्दा तालमा अलपत्र परेका पर्यटकहरूलाई फेवा वाच एण्ड रेस्क्यु टावरमा खटिएको सशस्त्र प्रहरीको टोलीले तत्कालै सकुशल उद्धार गरेको स्थानियले पोखराक्लिकलाई जनाउनु भयो । सशस्त्र प्रहरी बल नं. २४… पुरा पढौ

रास्वपा गण्डकी प्रदेशका नवनिर्वाचित सभापति नवीन त्रिपाठीलाई लायन्स क्लब अफ पोखरा हेमजाद्वारा सम्मान

पोखरा, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को प्रथम गण्डकी प्रदेश अधिवेशनबाट निर्वाचित प्रदेश सभापति नवीन त्रिपाठीलाई लायन्स क्लब अफ पोखरा हेमजाले सम्मानपत्र सहित सम्मान गरेको छ। क्लबद्वारा आयोजित विशेष कार्यक्रममा त्रिपाठीको नेतृत्व क्षमता, सामाजिक सक्रियता तथा सार्वजनिक जीवनमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान प्रदान गरिएको हो। त्रिपाठी लायन्स क्लब अफ पोखरा हेम्जाका निर्देशक समेत हुन्। सम्मान ग्रहण गर्दै त्रिपाठीले प्राप्त सम्मानले आफूलाई थप जिम्मेवार र प्रेरित बनाएको बताउँदै समाज र राष्ट्रप्रतिको सेवामा निरन्तर समर्पित रहने प्रतिबद्धता व्यक्त गरे। उनले लायन्स क्लबसँगको… पुरा पढौ

टेम्पल ट्रि रिसोर्ट एण्ड स्पालाई अति उत्तमको स्तरिकरण

२ असार, पोखरा, पोखराको लेकसाइडस्थित टेम्पल ट्रि रिसोर्ट एण्ड स्पालाई खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयले स्तरिकरण गरेको छ । कार्यालयले ‘सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको समाधान’ भन्ने नारा सहित स्थलगत अनुगमन गरी मूल्याङ्कन गरेको हो । होटल, रेष्टुरेण्ट, चमेना गृह तथा क्याटरिङ व्यवसाय स्तरिकरण कार्यविधी अनुसार गरिएको मूल्याङ्कनमा टेम्पल ट्रि रिसोर्ट एण्ड स्पाले १०० अंक मध्ये ९२ अंक प्राप्त गर्दै ३ तारा (थ्री स्टार) अंकित ‘अति उत्तम’ श्रेणीको हरियो स्टिकर तथा प्रमाणपत्र प्राप्त गरेको हो । खाद्य प्रविधि गुण नियन्त्रण… पुरा पढौ

यसपालीको असार रोपाई महोत्सव असार १४ गते शिशुवामा हुने तयारी तिव्र

दीननाथ बराल,पोखरा, २, असार पोखराका पर्यटन व्यवसायीहरुको छाता संस्था पोखरा पर्यटन परिषद्को आयोजनामा यस बर्ष आउँदो असार १४ गते २१ औँ संस्करणको असारे रोपाइँ महोत्सव २०८३ हुने भएको छ । कृषि, पर्यटन र स्थानीय संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यसहित यस बर्ष पोखरा ३० को शिशुवा चोक मोहरियाबीच रहेको देउराली खोलाको खेतमा महोत्सव आयोजना हुने तयारी गरिएको परिषदका महासचिव जीवनराज सापकोटाले पोखराक्लिकलाई बताए । यस बर्ष असार १५ गते पुर्णिमा व्रत अर्थात गोरु नचल्ने दिन परेका कारण परम्परागत रुपमा मनाइदै आएको असारे… पुरा पढौ

पोखरामा आयोजित यूथ–२३ राष्ट्रिय मुआथाई च्याम्पियनसिपमा जलनलाई स्वर्ण

पोखरा, १ असार नेपाल राष्ट्रिय मुआथाई संघको आयोजनामा पोखरामा सम्पन्न दोस्रो नेपाल यूथ–२३ राष्ट्रिय मुआथाई च्याम्पियनसिपमा लेखनाथ डोजो मुआथाई क्लबका जलन पुनले स्वर्ण पदक जित्न सफल भएका छन् । पोखरा महानगरपालिकाको खेलकुद विकास समितिले सञ्चालन गरेको दोस्रो पोखरा खेलकुद महोत्सवमा समावेश गरिएको यस प्रतियोगिताको सबैभन्दा आकर्षक प्रतिस्पर्धा यूथ १८–२३ वर्षअन्तर्गत ६३–६५ केजी तौल समूहमा भएको थियो । उक्त प्रतिस्पर्धामा स्वर्ण जितेका जलनले २० हजार रुपैयाँ नगद पुरस्कार हात पार्न सफल भए । सोही समूहमा लेखनाथ डोजोका कुशल नेपाली द्वितीय बने… पुरा पढौ

छोरपाटन मा.विमा स्वागत तथा अभिमुखीकरण

पोखरा, पोखरा १७ स्थित छोरेपाटन माध्यमिक विद्यालयमा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई सोमबार एक कार्यक्रमका बीच स्वागत तथा अभिमुखीकरण गरिएको छ । सो अवसरमा भनाई राख्दै शिक्षक अभिभावक संघका अध्यक्ष इन्द्रबहादुर खत्रीले छोरेपाटन गण्डकी प्रदेशकै नमूना शैक्षिक संस्था रहेको जनाउँदै विद्यार्थीलाई अनुशासीत बन्न सुझाए। प्रधानाध्यापक डिल्लीराम शर्मा भुषालले विद्यार्थीलाई नियमित पठनपाठनमा ध्यान दिन आग्रह गर्दै विद्यार्थीको चौतर्फी विकासमा विद्यालय चनाखो रहेको स्पष्ट पारे। सहायक प्रधानाध्यापक खेमराज बरालले विद्यार्थीलाई भविष्य ख्याल गरी अध्ययन गर्न सुझाव दिर्दै पठनपाठनका अलवा अतिरिक्त क्रियाकलापलाई पनि… पुरा पढौ

This will close in 20 seconds