समाचार

पोखरामा मंगलबार देखि अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता हुने,उद्घाटन खेलमा शान्ति निकुन्ज र पि.के.जी. प्रतिष्प्रर्धा गर्ने

पोखराको ड्याम साइड क्लवको आयोजनामा भोलि (मंगलबार) देखि अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८० हुने भएको छ । पोखरा ड्यामसाइड स्थित गण्डकी प्रदेश प्रहरी गणको खेल मैदानमा मंगलबार हुने उद्घाटन खेलमा शान्ति निकुञ्ज स्कुल र पोखरा किन्डरगार्डेन मावि (पि.के.जी.) बिच प्रतिष्प्रर्धा हुने भएको क्लवका अध्यक्ष प्रताप गुरुङले बताउनु भयो । त्यसै गरी मंगलबार नै दिउँसो १ः०० बजे पछि शिशु कल्याण स्कुल र पोखरा स्पाइरल स्कुल बिच खेल हुने भएको हो । फागुन ६ गतेसम्म संचालन हुने तेश्रो संस्करणको उक्त… पुरा पढौ

काली गण्डकीमा दोश्रो दिन र्‍याफटिङका दुई स्पर्धा सम्पन्न

पोखरा २९, माघ गण्डकी प्रदेशलाई सहाशीक खेलकुदको गन्तब्य बनाउने उद्धेश्यका साथ पहिलो पटक पर्वत र बागलुङको संगम मालढुङ्गास्थित काली गण्डकीमा नेशनल र्‍याफटिङ च्याम्पियनसिप प्रतियोगिता दोश्रो दिन पनि जारी रहेका छन् । प्रतियोगिताको अन्तर्गत दोश्रो दिन मेन्स स्प्रिन्ट टिम इभेन्ट र मेन्स स्प्रिन्ट हेड टु हेड गरी दुई वटा इभेन्ट सम्पन्न भएको परिषदका सदस्य एवं सहाशीक खेलकुदका संयोजक बसन्तराज दवाडीले जानकारी दिएका हुन् । प्रतियोगितामा मेन्स स्प्रिन्ट टिम इभेन्टमा प्याडल नेपाल ‘ए’ टिमले जित हासिल गरेको छ भने गण्डकी प्रदेश टिम… पुरा पढौ

नासिर र गौरिकाद्वारा किर्तिमान भङ्ग

पोखरा २९, माघनासिर याहा हुसेन र गौरिका सिंहले मित्र राष्ट्र कतारको दोहामा जारी बिश्व एक्वाटिक्स च्याम्पियनसिपमा पुरानो किर्तिमान भंग गरेका छन् । नासिरले २०० मिटर फ्रिस्टायलमा अर्को किर्तिमान बनाएका हुन् । नासिरले जापानको फुकुवाका सहरमा आयोजना भएको बिश्व एक्वाटिक्स च्याम्पियनसिप २०२३ मा कायम गरेको १ मिनट ५७।२६ सेकेन्डको समयमा ०।८७ सेकेन्ड समय सुधार गर्दै १ मिनट ५६।३९ सेकेन्ड समयको नयाँ किर्तिमान काय गरेको दोहाबाट नेपाल पौडी संघका अध्यक्ष अशोक रत्न बज्राचार्यले जानकारी गराएका छन् । नासिरले हिजो आईतबार भएको ४००… पुरा पढौ

‘रोटरी वा रोट्याक्ट डान्सिङ स्टार्स २०२४’ आयोजना हुँदै, प्रथम पुरस्कार १ लाख

रोटरी दिवसको छेको पारेर पोखरामा ‘रोटरी वा रोट्याक्ट डान्सिङ स्टार्स २०२४’ नृत्य प्रतियोगिता आयोजना हुने भएको छ । स्टार्स स्टुडियो प्रालि, स्टार्स फाउण्डेशन नेपाल र रोटरी क्लब अफ पोखरा प्याराडाइजको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो । रोटरी वा रोट्याक्टलाई मात्र लक्षित गरेर नेपालमानै पहिलोपटक यस्तो प्रतियोगिता आयोजना गरिएको आयोजकको दावी छ । फागुन ५ गते गण्डकी प्रज्ञा–प्रतिष्ठानको भानु हलमा आयोजना हुने प्रतियोगिताको तयारीमा तीव्रता दिइएको स्टार्स स्टुडियो प्रालिको सञ्चालक जसमाया गुरुङ जसुले जनाइन् । नृत्य प्रतियोगितामा एकल र समुहगतरुपमा… पुरा पढौ

पोखरा–बुटवल–नारायणगढ त्रिकोणात्मक सहर रुपमा विकास हुँदै ः ठाकुर गैरे

पोखरा, २९ माघ एमालेका युवा नेता एवं प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले पोखरा–बुटवल र नारायणगढ त्रिकोणात्मक सहरको रुपमा विकास हुँदै गरेको बताएका छन् । बुटवल–नारायणगढ तथा मुग्लिन–पोखरा सडक स्तरोन्नति भइरहँदा सिद्धार्थ राजमार्गसमेत स्तरोन्नतिका लागि विश्व बैंकसँग सम्झौताको अन्तिम तयारी भएको उनले जनाए । ‘पोखरा–बुटवल सडकलाई साढे २ घण्टामा छोट्याउने गरी डबल लेनमै भए पनि स्तरोन्नतिका लागि विश्व बैंकसँग सम्झौताको अन्तिम तयारी भएको छ । यही वर्षदेखि सम्झौता भएर कार्यान्वयनमा गयो भने नारायणगढ–पोखरा–बुटवल ३ सहरलाई साढे ७ घण्टाको दुरीमा सीमित गर्न… पुरा पढौ

फोटो पत्रकार रञ्जितलाई पल्सर स्पोर्ट्स अवार्डमा स्पेशल अवार्ड प्रदान

पोखरा २८, माघ पोखराका अग्रज फोटो पत्रकार सुदर्शन रञ्जितलाई पल्सर स्पोर्ट्स अवार्डमा स्पेशल अवार्ड प्रदान गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका सदस्य रन्जितलाई नेपाल खेलकुद पत्रकार मञ्च काठमाण्डौंले आइतबार काठमाण्डौंमा आयोजित २०औं एनएसएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको अवसरमा उक्त अवार्ड प्रदान गरेको हो । नेपाली खेलकुद देखि विभिन्न समसामहिक बिषयमा फोटो पत्रकारिता गर्दै आएका रन्जितले पोखरामा हुने धेरै खेलकुद गतिविधि देखि पोखरा स्पोट्र्स अवार्डलाई सफल पार्न समेत निसवार्थ भावले लाग्दै आएका छन्। नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजंग शाह र… पुरा पढौ

एक महिने सारंगी प्रशिक्षण कार्यक्रम सम्पन्न

माघ २८, पोखरा एक महिने सारंगी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रज्ञा–प्रतिष्ठानले हेम्जा साहित्य प्रतिष्ठानसँगको सहकार्यमा कास्कीको हेम्जामा यो कार्यक्रम आयोजना गरेको थियो । प्रशिक्षण कार्यक्रममा गन्धर्व समुदायका २५ जना बालबालिकाको सहभागी बनेका थिए । उनीहरुलाई स्थापित सारंगी बाधक सम्मर बहादुर गायकले सहजीकरण गरेका हुन् । समापन कार्यक्रमा आफूले सिकेका ज्ञानलाई उनीहरुले दुईवटा गीतमा सारंगी बजाएर प्रस्तुत समेत गरेका थिए । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेलको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रमा बोल्दै उनले… पुरा पढौ

पोखरा म्याराथनमा सडक सुरक्षालाई प्राथमिकता दिने कास्की प्रजिअ घिमिरेको प्रतिवद्धता

पोखरा २८, माघ १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको सडक सुरक्षाका लागि सुरक्षा निकायसँग छलफल कार्यक्रम सम्पन्न भएको छ । नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा आगामी फागुन ५ गते हुने म्याराथनको समयमा हुन सक्ने ट्राफिक व्यवस्थापन सँगै धावकका लागि सडक सुरक्षाको विषयमा आइतबार जिल्ला प्रशासन कार्यालय कास्कीमा छलफल भएको हो । जिल्ला प्रशासन कार्यालय कास्कीको समन्वयमा धावक तथा खेलाडीहरुको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै पहिलो पटक यस्तो छलफल सम्पन्न भएको हो । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख प्रमुख जिल्ला अधिकारी… पुरा पढौ

पर्वत र बागलुङको संगम मालढुङ्गास्थित काली गण्डकीमा सुरु भयो सहाशिक खेलकुद गतिविधि

पोखरा २८, माघ गण्डकी प्रदेशलाई सहाशिक खेलकुदको गन्तब्य बनाउने उद्धेश्यका साथ पहिलो पटक पर्वत र बागलुङको संगम मालढुङ्गास्थित काली गण्डकीमा नेशनल ¥याफटिङ च्याम्पियनसिप प्रतियोगिता सुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा चार दिन सम्म सञ्चालन हुने प्रतियोगिताको पहिलो दिन राष्ट्रिय कायाक सालोलम प्रतियोगिता सुरु भएको परिषदका कार्यालय प्रमुख तोपलाल भुसालले जानकारी दिएका हुन् । आइतबार सम्पन्न राष्ट्रिय कायाक सालोलम प्रतियोगितामा तनहुँका प्रमोद गुरुङले आफ्ना दुई हिटमा कुल ८६ं।६१ मिनेटको समय लिदैं पहिलो हुन सफल भएका छन् । प्रतियोगितामा… पुरा पढौ

पोखरा महानगरको १४ औँ नगरसभा ३ विधेयक ३ प्रतिवेदन र १५४ नयाँ दरबन्दी स्वीकृत

पोखरा, २८ माघ पोखरा महानगरपालिकाको १४ औँ नगरसभा सम्पन्न भएको छ । पौष २९ गते सुरु भएको नगरसभा आइतबार सम्पन्न भएको हो । नगर सभाले विभिन्न विधेयक तथा प्रतिवेदनहरू पास गरेको छ भने, केही महत्त्वपूर्ण निर्णयहरू समेत गरेको छ । नगरसभामा विधायन समितिको तर्फबाट संयोजक पुष्पेन्द्र पाण्डेद्वारा प्रस्तुत भवन नियमित तथा अभिलेखीकरण सम्बन्धी कार्यविधि २०८०, आर्थिक ऐन २०८० पहिलो संशोधन र बाल अधिकार सम्बन्धी ऐन २०७४ तेस्रो संशोधन विधेयक सर्वसम्मतिले पास गरेको हो । यस्तै पोखरा महानगरपालिकाकी उपप्रमुख तथा न्यायिक… पुरा पढौ