समाचार

शनिबार हुने पोखरा म्याराथनमा अमेरीका सहित १४ देशका धावक पोखरामा दौडने

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा शनिबार पोखरामा हुने १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा अमेरीका सहित १४ देशका धावकहरु सहभागि हुने भएका छन्। पोखरा म्याराथनको विभिन्न विधामा गरी नेपाल बाहेक १३ राष्ट्रका धावकले सहभागिता जनाउने भएको बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । शनिबार हुने म्याराथनका लागि सम्पूर्ण तयारी पुरा भएको र सहभागि धावकहरुका लागि नाम दर्ता समेत माघ २८ गते सकिएको आयोजकले जनाएको छ । प्रतियोगिताको म्याराथनतर्फ १ सय ८ जनाको सहभागिता… पुरा पढौ

पोखरामा अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता जारी, शुक्रबार देखि क्वाटरफाइनलका खेलहरु हुने

पोखरा स्थित ड्याम साइड क्लवको आयोजनामा पोखरामा जारी अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८० अन्र्तगत भोलि (शुक्रबार) देखि क्वाटरफाइनलका खेलहरु हुने भएका छन्। विहिबार पोखरा ड्याम साइड स्थित गण्डकी प्रदेश प्रहरी गणको खेल मैदानमा समुह बीको ४ वटा प्रि क्वाटरफाइनलका खेलहरु सम्पन्न भएसंगै शुक्रबार देखि क्वाटरफाइनलका खेलहरु हुने भएको क्लवले जनाएको छ । विहिबारकोे खेलमा गत बर्षको विजेता छोेरेपाटन मावि, एल.पी.देवकोटा मेमोरियल, पार्दी मावि र बालोदय बोर्डिङ स्कुलले जित हासिल गर्दै क्वाटरफाइनलमा यात्रा बनाएको क्लवका अध्यक्ष प्रताप गुरुङले बताउनु… पुरा पढौ

भरतपुरका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरको नतिजा उत्कृष्टस् प्रमुख दाहाल

चितवन ३, फागुन भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरको नतिजा क्रमशस् उत्कृष्ट आउन थालको बताउनुभएको छ । बुधबार राष्ट्रिय माध्यमिक विद्यालय भरतपुर ७ कृष्णपुरको स्वर्ण महोत्सवलाई समापन गर्दै प्रमुख दाहालले भरतपुरका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा आमुल परिवर्तन आएको उल्लेख गर्नुभयो । “विगत ७ वर्षमा शैक्षिक क्षेत्रमा ठुलो लगानी भएको छ”प्रमुख दाहालले भन्नुभयो,“भरतपुरका १ सय १५ सामुदायिक विद्यालयमा धेरै पूर्वाधार निर्माण भए । संघ, प्रदेश र स्थानीय तहको ठुलो लगानीको प्रतिफल आइरहेको छ ।” प्रमुख दाहालले भरतपुर महानगरपालिकाले… पुरा पढौ

सरस्वतीको पूजा आरधाना गर्दै पोखरा क्षेत्रमा पनि मनाइयो बसन्त पञ्चमी पर्व

पोखरा २, माघ वसन्त पञ्चमी९श्रीपञ्चमी० पर्वको अवसरमा बिद्या खानी सरस्वती माताको पूजा आरधाना गर्दै पोखरा क्षेत्रमा पनि बसन्त पञ्चमी पर्व मनाइएको छ । सरस्वती मन्दिरहरुमा पुजा आज गनृको लागि बुधबार बिहानै देखि बिद्यार्थीहरुको भिडभाड भएको थियो । पोखरा क्षेत्रका सरस्वती मन्दिरहरुमा पूजा गर्न प्राय गरी बिद्यार्थीहरुको बढी भिडभाड भएको थियो ।यसैबिच विभिन्न बिद्यालयहरुले यस पर्वलाई बिद्यालयमै मनाएका छन्। यसैबिच, माउन्ट अन्नपूर्ण मा।वि। भि सि मार्ग नदीपुरमा सरस्वतीको विधिवत पूजा अर्चना गरी बाल बालिकाहरुलाई अक्षरारम्भ गराइएको छ। उक्त कार्यक्रममा आजको शिक्षा… पुरा पढौ

पोखरा कप विद्यालयस्तरीय क्रिकेट हुँदै, १२ विद्यालयको सहभागिता

पोखरा २, फागुन पोखरामा पहिलो पटक विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिएको छ । बि–बग इभेन्टले पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरेको हो । फागुन ९ देखि १६ गतेसम्म पोखरा रंगशालाको खेल मैदानमा प्रतियोगिता सञ्चालन हुनेछ । पोखराका १२ विद्यालय सहभागी हुने प्रतियोगिता संयोजक उदीपराज ढुंगानाले जानकारी दिए । बुधबार प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा विद्यालयस्तरमा क्रिकेटका गतिविधि शून्य भएकाले प्रतियोगिता आयोजना गरेको ढुंगानाको भनाइ थियो । ‘अहिले नेपालको राष्ट्रिय टिमले विभिन्न प्रतियोगिताहरु लगातार खेलिरहेको भएपनि विद्यालयस्तरमा क्रिकेट गतिविधिहरु… पुरा पढौ

पोखरा म्याराथनलाई च्यारिटी रकम हस्तान्तरण तथा प्रायोजन सम्झौता

पोखरा २, फागुन, नेपाल भुतपुर्व खेलाडी मञ्चलाई च्यारिटी रकम हस्तान्तरण गरिएको छ । मञ्चको कार्यालय पोखरामा बुधबार पोखरा म्याराथनका लागि रकम हस्तान्तरण तथा छुट्टाछुट्टै प्रायोजन सम्झौता सम्पन्न भएको छ । तमु धि युके, डायमण्ड बुद्धिष्ट सेन्टर युकेले च्यारिटी रकम हस्तान्तरण गरेका हुन भने ब्रिटिश ग्रामर स्कुल पोखरा र टुडेज मिनरल वाटरबिच प्रायोजनको सम्झौता भएको हो । सहयोग अन्तरर्गत च्यारिटी रनबाट तमु धि युकेले तीन लाख रुपैयाँ प्रदान गरेको छ । यस्तै बुद्धिष्ट सेन्टरले भने एक लाख ३५ हजार दुई सय… पुरा पढौ

पोखरामा अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता जारी, बुधबार प्रि—क्वाटरफाइनलका ४ खेल सम्पन्न

पोखरा २, फागुन पोखराको ड्याम साइड क्लवको आयोजनामा पोखरामा जारी अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८० अन्र्तगत आज (बुधबार) प्रि—क्वाटरफाइनलका ४ वटा खेल सम्पन्न भएका छन् । पोखरा ड्याम साइड स्थित गण्डकी प्रदेश प्रहरी गणको खेल मैदानमा बुधबारको खेलमा पार्दी मावि, शान्ति निकुन्ज, शिशु कल्याण र फिस्टेल एकेडेमीले जित हासिल गर्दै क्वाटरफाइनलमा यात्रा बनाएका छन्। बुधबार भएको पहिलो खेलमा पार्दी माविले जानकी माविलाई १—० को अन्तरले पराजित गरेको हो । पार्दीको जितमा लोक बहादुर गुरुङले एक गोलको योगदान दिए… पुरा पढौ

पोखरामा साँढे दुई तलाको घर भाडामा लियर अवैध सुन तथा चाँदीको कारोवार गर्ने ६ किलो सुन सहित भारतीय नागरिक पक्राउ

दीननाथ बरालपोखरा २, फागुन पोखरामा साँढे दुई तलाको घर भाडामा लियर अवैध सुन तथा चाँदीको कारोवार गर्ने एक जना भारतीय नागरिक पक्राउ पर्नु भएको छ । गोप्य सूचनाको आधारमा कास्की प्रहरीले मंगलबार पक्राउ गरेको भारत पश्चिम बंगाल मेदिनिपुर दासपुर–११ घर भई हाल पोखरा २ मोहोरिया टोल बस्ने ४० बर्षका सुरजित भौमिकलाई मंगलबारकै बेलुका पत्रकार सम्मेलना मार्फत सार्वजनिक गरेको हो । श्रोत नखुलेको(अवैध) ६२ लाख ८१ हजार नगद सहित ६ किलो सुन र ६ किलो चाँदी सहित भौमिकलाई पक्राउ गरी राजस्व… पुरा पढौ

म्याराथनका दिन यातायात नचलाउने प्रतिबद्धता

पोखरा १, फागुन पोखरामा रहेका यातायातहरुले पोखरा अन्तर्राष्ट्रिय म्याराथनका दिन विहान तीन घण्टा सवारी रोक्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल भुतपुर्व खेलाडी मञ्च, सुरक्षा निकाय र यातायात व्यवसायीहरु बिच भएको छलफलको क्रममा पोखरामा सञ्चालन हुने सार्वजानिक सवारी म्याराथनको रुट पर्ने स्थानमा तीन घण्टाका लागि रोक्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनीहरुले आफुहरुलाई असर पर्ने भएपनि म्याराथन पोखराको ब्रान्ड भएका कारण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । पृथ्वी राजमार्ग यातायात व्यवसाय प्रा.लिका अध्यक्ष देवेन्द्र केसीले छोटो बाटोमा सवारी रोक्न… पुरा पढौ

हुर्जामा यशकुमारीको स्मृतिसभा

फाल्गुन १ पोखरा । मानवअधिकार पत्रकार संघ हुर्जा गण्डकीले यश कुमारी जिसीको ३५ औं वार्षिक पुण्यतिथिमा स्मृति सभाको आयोजना गरी यशकुमारीको योगदानको चर्चा गरेको छ । साहित्यकार मदन भण्डारीले अदक्ष नेतृत्वका कारण राज्यमा सुधार र सुशासन ओझेलमा पर्दै गएकोमा चिन्ता व्यक्त गरे । उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको कुशल नेतृत्वको दृष्टान्त दिँदै सबैलाई आफ्नो जिम्मेवारी बोध गर्नसमेत आग्रह गरे । संस्थाका निवर्तमान अध्यक्ष राजेश पराजुलीले यशकुमारीको परिवारले हुर्जाप्रति देखाएको विश्वासलाई कहिल्यै मर्न नदिने बताए । साथै उनले हुर्जाले १२ वर्ष अगाडि… पुरा पढौ