समाचार

पोखराका एक सव इन्जिनियर र कन्सल्टेन्सिका एक जना घुस सहित पक्राउ

पोखरा २८, चैत, घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिने भन्दै पोखरा महानगरपालिकाका एक सव इन्जिनियर उसा किरण रोका र गोदार इन्जिनीयरिङ कन्सल्टेन्सिका सुरज कुंवरलाई घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । १ लाख ५० हजार नगद सहित पोखराका एक इन्जिनियर रोका र कन्सल्टेन्सिका कुंवरलाई आज साँझ पक्राउ गरी थप अनुसन्धान प्रकृया अघि बढाईएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका सूचना अधिकारी जगदिश शिवाकोटीले पोखराक्लिकलाई बताउनु भयो । गोप्य सूचनाको आधारमा घुस लिदै गर्दा पक्राउ गरिएको आयोगले दाबी गरेको छ… पुरा पढौ

पोखरामा भोलि देखि फेवा महोत्सव सुरु हुने

पोखरा, २८ चैत, नेपाली नयाँ बर्षका अवसरमा भोलि (विहिबार) देखि पोखराको फेवा किनारमा १९ औं संस्करणको फेवा नव बर्ष महोत्सव २०८१ सुरु हुने भएको छ । उक्त महोत्सवमा नेपाली रैथाने खाना महोत्सव समेत समावेश गरिने भएको होटल संघ पोखरा नेपालका महासचिव एवं फेवा महोत्सवका प्रचार संयोजक राजेन्द्र ढकालले जानकारी दिनु भयो । तीन चल्ने महोत्सव आगामी बैशाख १ गतेसम्म संचालन हुने छ । होटल संघ नेपाल केन्द्रको सहयोग र सेफ एसोसियसन अफ नेपालको सहकार्यमा पोखरा ६ गौरीघाट स्थित होटल ग्लेसियर… पुरा पढौ

तीन दिने गन्तव्य पहिचान एवम् प्रवद्र्धन कार्यक्रम सम्पन्न

नेपाल एशोसिएसन अफ टुुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको आयोजना एवम् गण्डकी प्रदेशको उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालयको प्रवद्र्धनमा तीन दिने गन्तव्य पहिचान एवम् प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ । पर्यटन व्यवसायी, सञ्चारकर्मी सहितको १९ सदस्यीय टोलीले तीन दिने कार्यक्रमका साथ २४ गते शनिबारदेखि २६ सोमबारसम्म गन्तव्य पहिचान एवम् प्रवद्र्धन यात्रा गरेको हो । बाग्लुुङ हुँदै कालीगण्डकी करिडोरबाट नवलपुरसम्मको यात्रा गरेको टोली फर्कदा दलदलेबाट डेढगाउँ भिमादको बाटो पोखरा आएको थियो । कार्यक्रमका अवसरमा बाग्लुुङ र नवलपुरका धार्मिक पर्यटकीय गन्तव्यको… पुरा पढौ

एबिसी फोर्टी फाइभ प्लस एट ए साईड भेट्रान्स फुटवल उपाधीको लागि ढोलाहिटि र हेटौडा भिड्ने

पोखरा रंगशालामा जारी दोश्रो एबिसी फोर्टी फाइभ प्लस एट ए साईड भेट्रान्स फुटवल प्रतियोगिताको उपाधीको लागि ढोलाहिटि फ्रीडम र हेटौडा भेट्रान्स भिड्ने भएका छन । प्रतियोगिता अन्तर्गत बुधवार सम्पन्न पहिलो सेमि फाईनल खेलमा चितवन भेट्रान्सलाई २–० गोल अन्तरले पराजित गर्दै ढोलाहिटि फ्रीडमले फाईनल यात्रा तय गरेको हो । खेलमा ढोलाहिटिको तर्फबाट तेज वहादुर गलामि र प्रकाश राना मगरले १÷१ गोल गरे । खेलमा भोटाहिटिका प्रकाश राना मगर म्यान अफ द म्याच घोषित भए । खेलको ३५ औ मिनेटमा चितवनका गोलरक्षक… पुरा पढौ

महोत्सवमा आलु किन्ने बढे

२ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ । बुधवारसम्म करिव २० हजारले महोत्सव अवलोकन गरेकोमा ९ सय १० घरपरिवारले आलु किनी लगेको कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिए ।जसमध्ये प्रति घरपरिवारले सबैभन्दा कम १० देखि बढीमा ३ सय केजीसम्म आलु किनी लगेको तिम्सिनाको भनाई छ। हेमजाको आलु बढी स्वास्थ्यकर मानिने, छिटो पाक्ने तथा खानमा पनि मिठो हुने भएकाले अधिकाशं उपभोक्ताको रोजाईमा पर्दै आएको बुधवार महोत्सव स्थलमा आलु खरिद गर्दै… पुरा पढौ

तीनै तहका सरकार बीच समन्वय र सहकार्य आवश्यक छः प्रदेश प्रमुख भट्ट

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । स्थानीय, प्रदेश र केन्द्र सरकारबीच हुने सहकार्य सहअस्तित्व र साझेदारीले सङ्घीयता कार्यान्वयनमा महत्वपूर्ण योगदान गर्ने प्रदेश प्रमुख भट्टको विश्वास छ । जिल्ला समन्वय समिति, कास्कीको सातौं जिल्ला सभाका प्रमुख अतिथि भट्टले मुलुक गणतन्त्र र सङ्घीयता कार्यान्वयनको चरणमा नै रहेकाले यसलाई सफल बनाउन सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताए । उनले भने, ‘संविधानको मर्म र भावनाअनुसार तीनै तहको सहअस्तित्व, समन्वय र सहकार्यको भावना… पुरा पढौ

घान्द्रुक पर्यटन महोत्सवः क्लबस्तरीय भलिबलको सेमिफाइनल समिकरण पूरा

कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ घान्द्रुकमा जारी ‘पर्यटन महोत्सव’ मा पु रुषतर्फ क्लबस्तरीय भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । क्लबस्तरीय भलिबल प्रतियोगितामा विद्यान स्पोर्टस हाउस, तान्ले युवा क्लब, अन्नपूर्ण युवा क्लब र भुका देउराली सेमिफाइनल प्रवेश गर्न सफल भए । लिकचरणको खेलमा विद्यान स्पोर्टस हाउस समूह ए को विजेता र भुका देउराली उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरे । यस्तै समूह बी तर्फ अन्नपूर्ण युवा क्लब किम्चे र तान्ले युवा क्लब उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरे । भोलि हुने पहिलो सेमिफाइनलमा… पुरा पढौ

नेपालमै पहिलो पटक पोखरामा साबर बन्जी सुरु (भिडियो सहित)

दीननाथ बराल,पोखरा २८, चैत, पोखरामा सहासिक पर्यटकहरुले अब साबर (पानीको फोहोरा माथि) बन्जी गर्न पाउनु हुने भएको छ । १२ बर्ष अघि पोखरामा सहासिक खेल सहासिक खेल गतिविधि अघि बढाएको हाईग्राउण्ड एडभेन्चर नेपाल प्रा.लि.ले पोखरामा पछिल्लो प्रोडक्टको रुपमा साबर (पानीको फोहोरा माथि) बन्जी को प्रोडक्ट ल्याएको हो । पोखरामा पर्यटकहरुको लागि नयाँ प्रोडक्टको रुपमा उक्त साबर बन्जी संचालन गरिएको कम्पनीका निर्देशक तथा प्रमुख संचालक अधिकृत दिनेश मर्हजनले पोखराक्लिकलाई बताउनु भयो । जिपलाईन, बञ्जी, स्वीङ र एटिभि लगायतका प्रोडक्ट मार्फत पाहुनालाई… पुरा पढौ

पोखराका समाजसेवी बिल गुरुङको निधन, आज अन्त्यष्टी गरिदै, सहारा क्लवका सल्लाहकार सुनिल गुरुङलाई पितृ शोक

दीननाथ बराल,पोखरा २८, चैत, पोखरा क्षेत्रका एक समाजसेवी एवं विभिन्न संघ संस्थामा आबद्ध हुनु भएको बिल बहादुर गुरुङको उपचारकै क्रममा निधन भएको छ । पोखरा बुद्धचोक निबासि ९१ बर्षीय गुरुङको काठमाण्डांैंमा उपचारकै क्रममा मंगलबार(हिजो) बेलुका ९ः०० बजे निधन भएको उहाँको पारिवारीक श्रोतले जनाएको छ । पेट्रेलियम डिलर्स एशोसियसन गण्डकीका संस्थापक अध्यक्ष, बौद्ध अघौं सदनका संस्थापक सचिव एवं पूर्व अध्यक्ष, कालिका मावि बिद्यालय व्यबस्थापन समितिका पूर्व अध्यक्ष, पोखरा उद्योग बाणिज्य संघका पूर्व सदस्य, मनकामना पेट्रोल पम्प, जय बुद्ध आयल स्टोर्सका पूर्व… पुरा पढौ

पोखरामा सुरु भएको कृषि जैविक विविधता सम्बन्धी अन्र्तराष्ट्रिय सम्मेलनमा ३२ राष्ट्रका प्रतिनिधि सहभागि (फिचर फोटो)

दीननाथ बराल, पोखरा, २७ चैत, कृषि जैविक विविधतामा धनि मुलुक नेपालले यसबाट फाइदा लिन नसकेको एक कार्यक्रमका वक्ताहरुले बताउनु भएको छ । मंगलबार देखि पोखरामा सुरु भएको कृषि जैविक विविधता सम्बन्धी अन्र्तराष्ट्रिय सम्मेलनमा सहभागीहरुले विश्वकै दुर्लभ कृषि जैविक विविधतामा नेपाल त्यसको अथाह सम्भावना भएको नेपालले यसबाट खासै फाइदा लिन नसकेको बताउनु भएको हो । अझै पनि नेपाल यस क्षेत्रबाट व्यवसायिक हुन नसकेको बताउँदै सहभागीहरुले यसको उचित संरक्षण, संर्बद्धन र उत्पादन गरी त्यसबाट उचित ढंगले फाइदा लिन सक्नुपर्नेमा बताउनु भयो ।… पुरा पढौ

This will close in 20 seconds