समाचार

गण्डकी प्रदेशका कास्की सहित ९ जिल्लामा दादुरा तथा रुबेला खोप आइतबार देखि लगाइने

दीननाथ बराल, गण्डकी प्रदेशका हिमाल पारीका जिल्ला मनाङ र मुस्ताङ बाहेकका ९ जिल्लामा आउँदो आइतबार देखि दादुरा तथा रुबेला खोप अभियान सञ्चालन हुने भएको छ । मनाङ र मुस्ताङमा फागुनको अन्तिम साता देखि चैतको पहिलो सातासम्म उक्त खोप अभियान संचालन हुने भएको हो भने अन्य जिल्लामा फागुन १३ अर्थात आइतबार देखि लगाइने भएको विहिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । दादुरा तथा रुबेला खोप अभियान अन्र्तगत गण्डकी प्रदेशका २ लाख ५३ हजार ३५ जना बालबालिकाहरुलाई खोप लगाउने तयारी… पुरा पढौ

मगर चलचित्र ‘माराङ’ को प्रिमियर शो बाराही हलमा ‘माराङ’ फागुन २६ गते प्रदर्शन हुने

पोखराः १०, फागुन मगर कथानक चलचित्र ‘माराङ’को पोखरामा प्रिमियर शो गरिएको छ । नेपाल मगर संघ कास्कीको समन्वयमा मगर कथानक चलचित्र ‘माराङ’ को प्रिमियर गरिएको हो । पोखरामा आज (बिहीबार) प्रिमियर शो गरिएको मगर कथानक चलचित्र ‘माराङ’को प्रदर्शन बाराही हलमा फागुन २६ गते प्रदर्शन गर्ने निर्माता तुलबहादुर सारु मगरले बताए । ‘मगर कथानक चलचित्र माराङ हामीले देशको विभिन्न जिल्लामा प्रदर्शन गरिसकेका छौं’, निर्माता सारु मगरले भने, ‘भाषा र संस्कृतिकलाई मुख्य जोड दिएको माराङ पोखरामा फागुन २६ गते प्रदर्शन गर्दै छौं… पुरा पढौ

स्व.लक्ष्मी सुन्दरी कर्माचार्यको ४५ औें पून्य तिथीमा मृगौला पिडित सहयोग कोषको स्थापना

पोखरा १०, फागुन स्वर्गीय लक्ष्मी सुन्दरी कर्माचार्यको ४५ औें पून्य तिथीमा मृगौला पिडित सहयोग कोषको स्थापना गरिएको छ । कर्माचार्य समाज, कास्कीका अध्यक्ष, समाजसेवी तथा उद्योगपति चन्द्रकृष्ण कर्माचार्यका धर्मपत्नी, समाजका सदस्य, नेपाली काँग्रेस कास्कीका कोषाध्यक्ष माइकल कर्माचार्य एंव कर्माचार्य महिला समाजका अध्यक्ष रेखा कर्माचार्यका आमा लक्ष्मी सुन्दरी कर्माचार्यको मृगौला सम्बन्धी उपचारको क्रममा गत पौष २४ गते असामायिक निधन भएकोले विहिबार ४५ दिनको पून्यतिथीमा उहाँको परिवारजनले मृगौला पिडीतलाई सहयोग गर्ने उद्धेश्यले कोषको स्थापना गर्नु भएको छ । कोषवाट प्राप्त रु १… पुरा पढौ

सातौ विरेन स्मृति १७ औं बिटी कपमा ‘लामागाउँ च्याम्पियन’

‘हामी एक हौं’ भन्ने नारासहित सामाजिक तथा खेलकुद क्षेत्रमा क्रियाशिल बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा सम्पन्न सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगितामा लामागाउँ गुम्बा एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा आज (बिहीबार) भएको फाइनल खेलमा एट टु नाइन एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै लामागाउँ च्याम्पियन बनेको हो । लामागाउँलाई उपाधि जिताउन अनुज भण्डारीले निर्णायक गोल गरे । उपाधिसँगै लामागाउँ गुम्बाले नगद १ लाख ७१ हजार १ सय ११… पुरा पढौ

सूर्य नेपाल वेस्टर्न ओपन, कोर्स रेकर्ड सहित भुवन शीर्ष स्थानमा कायमै

पोखरा १०, फागुन, पुर्व नम्बर एक प्रो गल्फर भुवन नगरकोटी सूर्य नेपाल गल्फ टुर २०२३(२४ अन्तर्गतको चौंथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन कोर्स रेकर्ड सहित शीर्षस्थानमा कायमै रहेका छन। पोखरास्थित पार(६९ को हिमालयन गल्फ कोर्समा ७(अन्डर ६२ को रेकर्ड सहित भुवनले ३६ होलको समाप्तीमा १०(अन्डर १ सय २८ को उत्कृष्ट प्रदर्शन गरे। उनले सन २०१७ मा शिवराम श्रेष्ठको नाममा रहेको ६(अन्डर ६३ को रेकर्ड तोडेका हुन। भुवनले रवि खड्का र एमेच्योर गल्फर सदभाव आचार्यमाथि ११ स्ट्रोकको सानदार अग्रता… पुरा पढौ

पोखरा कप क्रिकेटः प्रतिभा र नेपाल भारतमैत्रीको जित

पोखरा १०, फागुन पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगितामा प्रतिभा माध्यमिक विद्यालय र नेपाल भारतमैत्री विद्यालय विजयी भएका छन् । पोखरा रंगशालको क्रिकेट मैदानमा जारी प्रतियोगिताको दोस्रो दिनको खेलमा प्रतिभाले सगरमाथा माध्यमिक विद्यालय र नेपाल भारतमैत्रीले एसओएस हर्मन माइनर विद्यालयलाई पराजित गरेको हो । पहिलो खेलमा प्रतिभाले दिएको १४७ रनको लक्ष्य पछ्याएको सगरमाथा निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२१ रन मात्र बनाउन सफल भयो । सगरमाथाका किर्बिन श्रेष्ठले सर्वाधिक ३७ रन जोडे । प्रतिभाका स्वागत अधिकारीले सर्वाधिक ४ विकेट लिए… पुरा पढौ

अमेरिकामा हुने अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवमा पोखराका कृष्णमणि बराल सहभागी हुने

पोखरा ९, फागुन नेपालमा लाटोकोसेरो तथा हुचिल, गिद्धको संरक्षण तथा उपचारमा सहयोग गर्दै आउनु भएको पोखराका कृष्णमणि बराल अमेरीकामा हुने अन्तर्राष्ट्रिय लाटोकोसेरो महोत्सवमा सहभागि हुनु हुने भएको छ । अमेरिकामा मार्च १ देखि ३ गतेसम्म हुने उक्त महोत्सवमा पोखराका बराल सहभागी हुनुहुने भएको हो । नेपालका लाटोकोसेरो तथा हुचिल सम्बन्धी डकुमेन्ट्री तथा फोटो प्रदर्शन गर्ने गरी गरी आफु छनौटमा परेकोमा उहाँले खुसि व्यक्त गर्नु भयो । नेपालमा संरक्षणका क्षेत्रमा भएका काम र संरक्षणमा चुनौती विषय समेटेर तयार पारिएको १० मिनेटको… पुरा पढौ

कास्कीको मादी गाँउपालिकामा प्रथम पालिका स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिता हुने

दीननाथ बराल,पोखरा ९, फागुन, कास्कीको मादी गाउँपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा प्रथम पालिका स्तरीय अध्यक्ष कप भलिवल प्रतियोगिता– २०८० को आयोाजना गर्ने भएको छ । यही फागुनको २७ देखि २९ गतेसम्म स्याङ्जाकोटमा उक्त भलिवल खेल हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । स्थानिय मिलन क्लवको सहकार्यमा उक्त भलिवल प्रतियोगिता हुने तयारी गरिएको मादी गाउँपालिकाको अध्यक्ष देविजङ्ग गुरुङले बताउनु भयो । उक्त प्रतियोगिता गण्डकी प्रदेश स्तरिय रहेकोले प्रदेशका ८४ वटै पालिकालाई पत्राचार गरिने भएको उहाँले जनाउनु भयो… पुरा पढौ

होटलकर्मीद्वारा विकृति विरुद्ध कार्वाही अगाडि बढाउन जिप्रका कास्कीको ध्यानाकर्षण

पोखरा, ९ फागुन पोखराका होटल सम्वद्ध दुई संस्थाले यस क्षेत्रको भ्रमणमा आउँदै गरेका पर्यटकलाई विच बाटोबाटै पिछा गरी जवर्जस्ती आफूले भनेको होटलमा पुर्याउने व्यक्ति र गिरोह विरुद्ध कार्वाही अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय कास्कीको ध्यानाकर्षण गराएका छन् । होटल संघ पोखरा नेपाल र पृथ्वी होटल व्यवसायी समिति सम्वद्ध व्यवसायीका तर्फबाट जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापालाई बुधबार भेट गरी पोखरा छिर्ने विभिन्न नाकाबाटै पर्यटकलाई पिछा गरी अबाञ्छित ढंगले आफूले भनेको होटलमा पुर्याउने प्रवृति विरुद्ध अपरेसन अगाडि बढाउन… पुरा पढौ

लायन्स क्लब अफ पोखरा चौतारीद्धारा न्यानो कपडा तथा स्टेशनरी वितरण

पोखरा, फागुन ९ , लायन्स क्लब अफ पोखरा चौतारीले माछापुच्छ«े गाउँपालिका–२ मा रहेको वाराहि आधारभुत विद्यालयमा न्यानो कपडा तथा स्टेशनरी वितरण गरेको छ । गरिमा बिकास बैँकको मुख्य प्रायोजन रहेको सो कार्यक्रममा बैैँकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले विद्यार्थीहरुलाई न्यानो कपडा तथा स्टेशनरी वितरण गर्नुभएको हो । कार्यक्रममा प्रमुख अतिथि ढकालले सरकारको लगानीले मात्र कुनै पनि क्षेत्र सुधार नहुने बताउनुहुदै निजि क्षेत्र र सामाजिक संघसंस्थाको भुमिकालाई प्रभावकारी ढंगले लैजानुपर्ने बताउनुभयो । बैँकले आफ्नो सामाजिक उत्तरदायित्वको बिषयलाई गम्भीरताका साथ लिएको उहाँको… पुरा पढौ