समाचार

अन्नपूर्ण गाउँपालिकालाई पुनः पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि

दीननाथ बराल,पोखरा २२, वैशाख, कास्की जिल्ला तेस्रो अन्तर पालिका स्तरीय भलिबल प्रतियोगिताको उपाधि गत बर्षको विजेता अन्नपूर्ण गाउँपालिकाले जितेको छ । पोखरा रंगशालाको भलिवल टे«निङ सेन्टरमा आज (शनिबार) भएको फाइनल खेलमा अन्नपूर्णले माछापुच्छ्रे गाउँ पालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरेको हो । अन्नपूर्णले २५–१५, २५–१६ र २५–१९ को सोझो सेटमा माछापुच्छ«े माथि जित हासिल गरी उपाधि सहित १ लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ त्यस्तै उपविजेता माछापुच्छ्रेले नगद रु ६० हजारका साथमा ट्रफी… पुरा पढौ

पोखरा ७ स्तरिय वृहत दौड प्रतियोगिता सम्पन्न

पोखरा महानगरपालिका वडा नं. ७ स्तरिय वृहत दौड प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ । पाँच किलोमिटरको दुरिमा पोखरा ७ नुवारथोक पुष्पलाल पार्कबाट सुरु भएको दौड शिव मार्ग ,मदरल्याण्ड मावि ह्याप्पी बोडिङ्ग हुदै मासबार, रत्नचोक, जनप्रिय क्याम्पस, पुरानो एयरपोर्ट, मुस्ताङ्ग चोक हुदै घारीपाटनको हिमाली टोल ,तिनकुने चोक हुदै राधाकृष्ण मन्दिर परिसरमा पुगेर समापन भएको थियो । प्रतियोगितामा २३ वर्ष मुनिको छात्र दौडमा रितिक ढकाल, समिर मर्हजन, विश्वास गदाल, अमृत खड्का क्रमश प्रथम, द्वितिय, तृतीय र चौथो स्थान प्राप्त गरे ।… पुरा पढौ

रबिन्द्रको जन्मजयन्तीमा रक्तदान र परिसंवाद

दिबङ्गत मन्त्री रबिन्द्र अधिकारीको ५५ औं जन्मजयन्तीको अबशरमा पोखरामा शनिबार रक्तदान र परिसंवाद कार्यक्रम सम्पन्न भएको छ । शनिबार उनको स्मृतिमा स्थापना भएको रबिन्द्र अधिकारी स्मृति प्रतिष्ठानले दुई छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरि जन्मजयन्ती मनाएको हो । बिहान आयोजित रक्तदान कार्यक्रममा चालीस युनिट रगत संकलन भएको प्रतिष्ठानले जनाएको छ।रक्तदानको प्रतिष्ठानका अध्यक्ष बिद्या भट्टराईले उद्घाटन गरेकी थिइन। त्यसैगरी ूस्मृतिमा रबिन्द्र अधिकारीू बिषयक परिसंवाद कार्यक्रममा बोल्ने बक्ताहरूले बिकासका कुशल योजनाकार र जनताको सच्चा जनप्रतिनिधिको रूपमा स्मरण गरे। कार्यक्रमका प्रमुख बक्ता गण्डकी प्रदेश नीति… पुरा पढौ

एमालेको गण्डकीका जनप्रतिनिधिलाई ३ दिने प्रशिक्षण शुरु

ने क पा९एमाले०ले स्थानीय तहमा आफ्नो पार्टीबाट निर्बाचित जनप्रतिनिधिहरूलाई आयोजना गरेको तिन दिने प्रशिक्षण शनिबार पोखरामा शुरु भएको छ । प्रशिक्षणको पार्टी स्थायि कमिटी सदस्य थममाया थापाले उदघाटन गर्नु भएको थियो । थापाले एमालेका नेतृत्वमा रहेका पालिकाहरू सुशासन र बिकासका नमुना बनाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको उल्लेख गर्नुभयो । आफ्नो पार्टीले पारदर्शिता जवाफदेहिता सहितको विधिको सुशासनमा जोड दिदै आएको र आफ्ना जनप्रतिनिधि त्यसमा अब्बल हुनुपर्ने मान्यता अनुरुप काम गर्न आग्रह गर्नुभयो । एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डमा पोखरा मोबाईल टावरको साथ

‘आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८०’मा पोखरा मोबाईल टावरले साथ दिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख २८ गते पोखरा सभागृहमा आयोजना गर्ने पोखरा स्पोर्टस् अवार्ड–२०८० मा पोखरा मोबाईल टावर प्रा.लि संस्थागत रुपमा नै जोडिएको हो । शुक्रबार सो टावरका अध्यक्ष उदयबहादुर केसी ‘लाहुरे दाई’ र मञ्चका उपाध्यक्ष एंव पोखरा स्पोर्ट्स अवार्ड सह–संयोजक सुरज श्रेष्ठबिच सो समझदारीपत्रमा हस्ताक्षर भएको छ । टावरले अवार्ड कार्यक्रमलाई आवश्यक पर्ने खाजा व्यवस्थापन गर्ने गरि सहमती गरिएको मञ्चका उपाध्यक्ष एंव अवार्डका सह–संयोजक… पुरा पढौ

द्वितीय युद्धकालीन उपन्यास खोजीमा पोखरा आइपुग्यो

डा. कालु शर्मा सुवेदीको द्वितीय विश्व युद्धकालीन परिवेश केन्द्रित अनुसन्धानात्मक उपन्यास खोजीमा पोखरा आइपुगेको छ ।पूर्वायण प्रकाशन असम भारतबाट प्रकाशित कृतिको शुक्रवार पोखरामा एक कार्यक्रमका बीच लोकार्पण गरिएको हो । कृति लोकार्पण गर्दै वरिष्ठ साहित्यकार सरुभक्तले पोखराका वरिष्ठ चिकित्सक जीवनको लामो कालसम्म चिकित्सका सेवामा क्रियाशील राखेर पेशाबाट निवृत्त भएसँगै साहित्य सेवामा लाग्नु निकै प्रशंसनीय कार्य भएको बताए । उनले शर्माको आख्यानशैली र सिर्जनशीलताको प्रशंसा गर्दै सरुभक्तले व्यक्ति आफ्नो पेशा व्यवसायमा जुनसुकै निकाय र क्षेत्रमा रहे तापनि साहित्य सबैको साझा विषय… पुरा पढौ

किसान र उपभोक्ताको हितको लागि विचौलियाको अन्त्य आवश्यक ः मुख्यमन्त्री अधिकारी

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पशुपालक किसान तथा उपभोक्ताको हितको लागि विचौलियाको अन्त्य गर्नुपर्ने बताउनुभएको छ । शनिबार पशुपन्क्षी तथा मत्स्य विकास निर्देशनालय पोखराले आयोजना गरेको तृतीय त्रैमासिक तथा नौमासिक प्रगति समिक्षा गोष्ठीमा बोल्दै उहाँले यसको समाधानका लागि पशुपालक किसान र उपभोक्ताबीचमा पुलको काम सरकारले गर्नुपर्ने बताउनुभयो । विचौलियाका कारण उपभोक्ता चर्को मुल्य तिर्न बाध्य हुनुपर्ने तथा पशुपालक किसानलाई लागत खर्च उठाउन मुस्किल भएर पलायन हुनुपर्ने अवस्थासम्म देखिने गरेको उहाँको भनाइ छ । पशु फार्मका सञ्चालक, सरकार र बीमा कम्पनी… पुरा पढौ

शुक्रबार प्रकाश सपुतले पोखरा घन्काउने, प्रवेश निःशुल्क

गायक प्रकाश सपुतको प्रस्तुतीमा पोखरेली दर्शक झुम्न पाउने भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८०’मा समावेश गरिएको सांगीतिक तथा साँस्कृतिक प्रस्तुतीमा मुख्य आर्कषणको रुपमा गायक सपुतले प्रस्तुती राख्ने भएका हुन् । यहीं वैशाख २८ गते शुक्रबार दिउँसो ३ बजेबाट पोखरा सभागृह हलमा आयोजना हुने कार्यक्रममा उनले आफ्ना चर्चित गीत सुनाउँदै पोखरा घन्काउने छन् । उनको प्रस्तुतीमा रम्न इच्छुक संगीतप्रेमी निर्बाध रुपमा यो कार्यक्रममा सहभागी बनेर झुम्न सक्नेछन् । कार्यक्रम हेर्नको लागि प्रवेश… पुरा पढौ

‘प्रथम क्रस लेक खुल्ला पौडी प्रतियोगिता’ पोखरामा हुने

‘प्रथम क्रस लेक खुल्ला पौडी प्रतियोगिता’ पोखरामा हुने भएको छ । गण्डकी प्रदेश पौडी संघको आयोजनामा उक्त प्रतियोगिता यहि बैशाख २९ गते शनिबार फेवातालमा हुने भएको शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । प्रतियोगितामा पुरुष र महिलातर्फ ५०० मिटर एर्व पर्यटक तर्फ (स्विम फर फन) समावेश गरिएको संघ गण्डकीका अध्यक्ष आनन्द कुंवरले जानकारी गराउनु भयो । प्रतियोगितामा महिला र पुरुषतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेलाई जनही नगद रु १० हजार, ८ हजार र ५ हजारका साथमा मेडल… पुरा पढौ

सुदूरपश्चिमबाट दुनाटपरीको बजारीकरण गर्न टोली पोखरामा

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले सुदूरपश्चिममा बनेका दुनाटपरी गण्डकीमा बजारीकरणका लागि सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सुदूरपश्चिमबाट दुनाटपरीको बजारीकरण एवं अवलोकन भ्रमणका लागि पोखरा आएको वनदेवी सामुदायिक वन उपभोक्ता समिति कृष्णपुर नपा ९, राजघाट, कञ्चनपुरको टोलीले प्रदेश प्रमुखसँग भेट गरी आवश्यक सहयोगका लागि अनुरोध गरेको थियो । उक्त अवसरमा प्रदेश प्रमुख भट्टले आवश्यक सहजीकरण गर्ने बचनवद्धता प्रकट गर्नुभएको हो । ‘अहिले डढेलोका कारण पूरै देशलाई असर पुगेको छ । जंगलमा रुखका पातपतिङ्गरकै कारण डढेलो फैलन पुगेको… पुरा पढौ