समाचार

नेपालको आर्थिक बिकासको लागि नेपाली परम्परागत मौलिकमा बस्तु उत्पादन गर्नुपर्छः पूर्व अध्यक्ष मुल्मी,पोखरामा ६० जिल्लाका साना तथा मझौला व्यवसायीहरुको भेला

दीननाथ बराल, पोखरा १५, मंसिर, नेपालका ६० जिल्लाका साना तथा मझौला व्यवसायीहरु पोखरामा भेला हुनु भएको छ । साना तथा मझौला व्यवसायी महासंघ नेपालको २० औं साधारण सभा तथा बिषेश अधिवेसनमा सहभागि हुन देश भरका ६० जिल्लाका २ सय ५० जना पोखरामा सहभागि हुनु भएको महासंघका अध्यक्ष हरिभक्त पराजुलीले बताउनु भयो । आइतबारसम्म चल्ने उक्त कार्यक्रमबाट नयाँ नेतृत्व समेत चयन हुने भएको महासंघ गण्डकीका पूर्व अध्यक्ष सुदिप ढुंगनाले बताउनु भयो । नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले उक्त… पुरा पढौ

सहकारी पीडीतको रकम फिर्ता गर्न सरकारले प्रकृया सुरु गरेको छः उपप्रधान तथा शहकारी मन्त्री सिंह (भिडियो सहित)

दीननाथ बराल, पोखरा १५, मंसिर, नेपाल सरकारका उपप्रधान तथा शहरी बिकास मन्त्री प्रकाशमान सिंहले सहकारी पीडीतहरुको रकम फिर्ता गर्न सरकारले प्रकृया सुरु गरेको बताउनु भएको छ । नेपाल प्रेस यूनियन कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले सहकारीका पीडीतहरुको रकम फिर्ता गर्ने बिषयमा सरकार गम्भिर भएको उल्लेख गर्दै सहकारी पीडीतलाई रकम फिर्ता गर्न प्रकृया सुरु गरेको बताउनु भएको हो । यसै सम्बन्धि एक भिडियो सामाग्रि । https://www.youtube.com/watch?v=d2Zc_9OFSH0 सहकारी ठगि प्रकृयामा जोडिएका ए, बी, सी जो कोहीलाई पनि… पुरा पढौ

१४ औं नेसनल खेलकुद महोत्सवमा ४६ बिद्यालयका ८ हजार ५ सय खेलाडी मैदानमा, मंसिर २५ देखि नेसनल खेलकुद महोत्सव सुरु हुने

पोखरा १५, मंसिर, १४ औं संस्करणको नेसनल खेलकुद महोत्सव २०८१ मा ४६ बिद्यालयका ८ हजार ५ सय बिद्यार्थीहरु खेलाडीको रुपमा मैदानमा उत्र्रिने भएका छन्। यही मंसिर २५ गते देखि सुरु हुने ‘१४ औं नेसनल खेलकुद महोत्सव’ २०८१ को तयारी तिब्र पारिएको शनिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोजक राष्ट्रिय निजी तथा आवाशिय विद्यालय एसोसियसन नेसनल प्याब्सन (एन प्याब्सन) कास्कीले जनाएको छ । यहि मंसिर २८ गते सम्म संचालन हुने प्रतियोगितामा विभिन्न खेलमा धेरै खेलाडीहरुको सहभागिता हुने भएकोले गर्दा यही मंसिर… पुरा पढौ

कलम सहकारीको सम्मान कार्यक्रम

पोखरा १५, मंसिर, पोखरा महानगरपालिका ९ पालिखेचोकमा रहेको कलम बचत तथा ऋण सहकारी संस्थाद्वारा हालै सम्पन्न पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघको ३१ औं साधारण सभा एवं १२ औं अधिवेशनबाट निर्वाचित कार्यसमिति तथा पोखरा उधोग वाणिज्य संघको कार्यसमिति सदस्यमा मनोनित भएका कलम सहकारीका शेयर सदस्य तथा पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघका पुर्व सदस्य मनोहरि पौडेललाई सम्मान गरेको छ । सम्मान कार्यक्रममा वोल्दै प्रमुख अतिथि कलम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष तथा सल्लाहकार प्रेम वहादुर श्रेष्ठले पोखरा… पुरा पढौ

आज देशभर बालाचतुर्दशी पर्व मनाईयो

पोखरा १५, मंसिर, आज बालाचतुर्दशी पर्व देशै भरी धुमधामका साथ मनाइएको छ। पन्चासे, आर्वाजियको महाप्रमुधाम, पाखरा भलामको हरिहर गुफा, घार्मी, केदारेश्वर महादेवमणि लगायतका तिर्थ स्थलहरुमा सदविज छरेर धुमधामका साथ बालाचतुर्दशी पर्व मनाइएको हो । यसैबिच, पोखरा महानगरपालिका वडा नं १९ घार्मीस्थित मणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा सयौं भक्तजनको सहभागितामा सद्विज छरेर बालाचतुर्दशी पर्व मनाईएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढुण्डिराज पौडेलले जानकारी दिनुभयो। बिभिन्न ध्वजा पताका र तोरणले सजिएको मन्दिरमा सद्विज छर्न र दर्शनका लागि विहानै देखि भक्तजनको भीड लागेको… पुरा पढौ

ड्यामसाईड क्लब पोखराको अध्यक्षमा बराल चयन

पोखरा, मंसिर १५, पोखराको ड्यामसाईड क्लबको अध्यक्षमा रमेश प्रसाद बराल चयन हुनुभएको छ । आज (शनिबार) क्लबको १७ औँ साभारण सभा तथा १३ औँ अधिवेशनले अध्यक्ष बरालको अध्यक्षतामा १३ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । जसमा बरिष्ठ उपाध्यक्ष पुजन थकाली, उपाध्यक्ष नितीन शेरचन(किरण), महासचिव राकेश श्रेष्ठ, सचिव प्रमिन्द्र थापा र कोषाध्यक्षमा सफल थापा चयन हुनुभएको छ ।त्यसैगरी सदस्यहरुमा सुनिल हिराचन, प्रकाश गुरुङ, सन्ध्या श्रेष्ठ, बिकास रानाभाट, गम्वीर परियार, प्रकाश गुरुङ र मिराज थापामगर र्निविरोध चयन हुनुभएको छ । नवनिर्वाचित… पुरा पढौ

स्याङ्जाको राक्सेघाट र पवैखोलामा पुल बन्ने

पोखरा, १५ मंसिर, बर्खाको समयमा आवातजावतमा समस्या हुने स्याङ्जाका दुई वटा खोलामा मोटरेबल सडक पुल बन्ने भएको छ । पुतलीबजार नगरपालिका–५ स्थित पवैखोला र विरुवा गाउँपालिका १ र ८ जोड्ने राक्सेघाट खोलामा मोटरेबल पुल बन्ने भएको हो । दुवै पुलको गण्डकी सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले शनिबार शिलान्यास गरेका छन् । पुलको शिलान्यासपछि बोल्दै भौतिक मन्त्री केसीले वर्षोंदेखि नबनेको पुल प्रदेश सरकार आएकैले बनेकाले यो खुसीको विषय भएको बताए । धेरैले प्रदेश सरकारको औचित्यमाथि प्रश्न… पुरा पढौ

गण्डकी जी आई वायर एण्ड मेटल इन्डष्ट्रीज प्रालिको दोश्रो वार्षिकोत्सव सम्पन्न

पोखरा १५, मंसिर गण्डकी जी आई वायर एण्ड मेटल इन्डष्ट्रीज प्रा.लि.को दोश्रो वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले उद्योगहरु विस्थापित भइरहेको अवस्थामा युवाहरुद्धारा सञ्चालित उद्योग दोश्रो वर्ष पार गरेकोमा खुसी ब्यक्त गरे । उद्योग सञ्चालनले युवाहरुलाई स्वदेशमै स्वरोजगार गर्ने र अन्यलाई रोजगार गर्ने भएकाले गण्डकी प्रदेश सरकारले लोकाहा र पुँडीटारमा औधोगिक क्षेत्र सञ्चालन गर्न लागेको समेत वताए । उद्यमीहरुलाई बैंकले सहुलियत दरमा ब्याज कायम गराउन तर्फ समेत गण्डकी प्रदेश… पुरा पढौ

प्रेम–शान्ति आख्यान पुरस्कारबाट दीपक समीप पुरस्कृत

पोखरा, मङ्सिर १५, साहित्यकार दीपक समीप ‘प्रेम–शान्ति आख्यान पुरस्कार २०८१’ बाट सम्मानित भएका छन् । शनिवार पोखरामा आयोजित कार्यक्रममा साहित्यकार सरुभक्तले समीपलाई नगद १० हजार रुपियाँसहित दोसल्ला र सम्मानपत्र प्रदान गरे । नेपाली साहित्यको आख्यान विधामा विशेष योगदान पु¥याएको भन्दै लमजुङ–पोखरा सम्पर्क समितिले समीपलाई सो पुरस्कार अर्पण गरेको हो । मूलतः गजलकार र मुक्तककार रूपमा स्थापित समीपले पुरस्कारले आफूलाई आख्यानका क्षेत्रमा थप मिहिनेत गर्ने प्रेरणा प्राप्त भएको बताए । समीपका भूगोलभित्र नकोरिएको देश ९गजल सङ्ग्रह, २०६२०, अक्षर अक्षरमा देश ९मुक्तक… पुरा पढौ

गण्डकी प्रदेशमा प्रिमियम व्राण्डका एशोसरिज खरिदकर्ता व्यवसायीलाई चार वटा स्कुटर उपहार

पोखरा १५, मंसिर, प्रिमियम व्राडका एशोसरिजहरुको गण्डकीका लागि आधिकारिक विक्रेता डि एच एन ईन्टरप्राईजेजले आफ्ना ग्राहक व्यवसायीलाई लक्षित गरी लक्की ड्र मार्फत् ४ वटा स्कुटर वितरण गरेको छ । स्कुटरहरु एक लाख भन्दा वढी मुल्यका एशोसरिजहरु किनेका व्यवसायीहरुलाई लक्की ड्र मार्फत् वितरण गरेको हो । यो सिजनको स्कुटर विजेताहरुमा स्याङ्जाको राङ्खोल स्थित रिहानन मोईलका सुकुल अलिमिया, भिमादको ए टु जेड मोवाईलका उत्तम सुवेदी, एन्जिला मोवाईल वेगनासतालका सन्दिप तिमिल्सिना, दुलेगौंडाको पुन मोवाईलका संचालक हेमराज पुनले स्कुटर जितेका छन् । लक्कि ड्र… पुरा पढौ

This will close in 20 seconds