प्रमुख समाचार

धावक अर्जुन गोदार काठमाण्डौंबाट दौडन सुरु, पोखरा आउदै

दीननाथ बराल,पोखरा ५, कार्तिक, नेपाली सेनाबाट निवृत्त भई यूएईको सार्जा पोर्ट हाप म्याराथन दौड प्रतियोगितामा ह्याट्रिक पूरा गर्न सफल कास्की रुपा गाँउपालिकाका धावक अर्जुन गोदार आज बिहान देखि काठमाण्डौंबाट पोखरा तर्फ दौडेर आउदै हुनुहुन्छ । काठमाडौँको दशरथ रंगशाला देखि सुरु भएको उक्त दौड करिब २ सय किलोमिटरको दौड उहाँले तीन दिन भित्र पूरा गर्ने लक्ष्य सहित आजबाट उक्त दौड सुरु गर्नु भएको हो । आज बिहान ५ः१७ बजे काठमाण्डौंबाट दौड सुरु भएको विकास खड्काले काठमाण्डौंबाट पोखराक्लिकलाई जानकारी गराउनु भएको छ… पुरा पढौ

रवि लामिछानेलाई अनुसन्धानको लागि ६ दिन म्याद थप, प्रशासनले ढिला गरी निषेधाज्ञाको सूचना जारी गर्दा स्थिती केही समय तनाव

दीननाथ बराल,पोखरा ४, कार्तिक, सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ पर्नु भएको रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन म्याद थप भएको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा शुक्रबार पक्राउ पर्नु भएको लामिछानेलाई जिल्ला अदालत कास्कीमा आज उपस्थित गराइएको थियो । शुक्रबार काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ पर्नु भएको लामिछानेलाई सोही दिन राति पोखरा ल्याई जिल्ला प्रहरी कार्यालय कास्कीको नियन्त्रणमा राखिएको छ । हिजो शनिबार सार्वजनिक बिदा परेकाले उहाँलाई आजमात्रै… पुरा पढौ

रविलाई आज बिहान अदालतमा उपस्थित गराइने, सहकारी पिडितले आन्दोलन गर्ने

पोखरा ४, असोज, रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतमा आज बिहान उपस्थित गराइने भएको छ । सहकारीको रकम अपचलनको अभियोगमा अनुसन्धानका निम्ति प्रहरी हिरासतमा रहेका उनलाई आज बिहान १०ः०० बजे पछि अदालतमा उपस्थित गराइने तयारी गरिएको प्रहरीले जनाएको छ । सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा सङ्गठित अपराधमा शुक्रबार पक्राउ परेका रविलाई सोही दिन राति पोखरा ल्याएर जिल्ला प्रहरी कार्यालय कास्कीमा हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए । यसैबिच सहकारी… पुरा पढौ

रास्वपाका सभापति लामिछाने पक्राउ परेको बिरोधमा पोखरा र काठमाण्डौंमा बिरोध प्रर्दशन, बचत फिर्ता हुनेमा सहकारी पिडित झिनो आशामा

दीननाथ बराल, पोखरा ३, कार्तिक, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (शनिबार) पोखरा र काठमाण्डौंमा बिरोध प्रर्दशन गरेको छ । पार्टी सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको बिरोधमा रास्वपाले पोखराको चिप्लेढुंङगा र काठमाण्डौंको माइतीघर मण्डलामा बिरोध प्रर्दशन गरेको हो । पार्टीका नेता तथा कार्यकर्ताले राजनीतिक प्रतिसोचका आधारमा रविलाई फसाउने सडेन्त्र गर्दै केपी शर्मा ओली नेतृत्वको सरकारले रविलाई पक्राउ गरेको आरोप लगाउनु भयो । रास्वपाका नेता तथा कार्यकर्ताहरुले धनराज गुरुङ, ऋषिकेश पोखरेल लगायतलाई सरकारले जोगाउन खोजेकोे आरोप लगाउदै गुरुङ र पोखरेलको… पुरा पढौ

समाजबादीका संयोजक डा. बाबुराम भट्टराईद्धारा रविका बिषयमा निर्दोष भए फसाउन नहुने र दोषी भए उम्कन नहुने प्रतिकृया (भिडियो) सहित

दीननाथ बराल,पोखरा ३, कार्तिक, नेपाल समाजबादी पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले रास्वपाका सभापति रवि लामिछाने पक्राउ परेको बिषयमा निर्दोष भए फसाउन नहुने र दोषी ठहर गरे उम्कन नहुने बताउनु भएको छ । नेपाल समाजबादी पार्टीले आज (शनिबार) पोखरामा आयोजना गरेको विधान महाधिवेशनको तयारीको बारेमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उक्त कुरा बताउनु भएको हो । रविको बिषयमा राम्रो होस भन्ने कामना गर्दै संयोजक डा. भट्टराईले सत्यता नभए पनि न्यायलयलाई रवि आफैले सघाउछु भन्नुले उहाँ प्रति सहानुभूति समेत व्यक्त… पुरा पढौ

हेमजामा हुने बिच एण्ड फिस फेस्टिवल अन्र्तगत फाइभ ए साइड फुटवल बिजेतालाई ५० हजार पुरस्कार

पोखरा ३, कार्तिक, पोखरा महानगरपालिका वडा नम्बर २५ मा रहेको आर.एस.बिच क्लबको आयोजनामा बिच एण्ड फिस फेस्टिभल २०८१ हुने भएको छ । आज (शनिबार) आर.एस.बिच क्लबको खेल मैदानमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उक्त कुरा जानकारी गराइएको हो । उक्त फेष्टिवल अन्र्तगत विभिन्न खेलकुद प्रतियोगिताहरु हुने भएको आर.एस.बिच क्लबका अध्यक्ष रमेश कार्कीले बताउनु भयो । पोखरा २५ हेमजा क्षेत्र एैतिहासिक महत्व बोकेको अम्मट गुफा लगायतका ऐतिहासिक धरोहरहरुको प्रचार प्रसारको अभावले प्रवद्धन हुन नसकेकोले उक्त स्थानहरुको प्रचार प्रसार गर्ने उद्धेश्यले फेस्टिभल आयोजना… पुरा पढौ

फेवातालमा फसेका ७ जनालाई सशस्त्र प्रहरीद्वारा उद्धार

पोखरा २, कार्तिक, पोखराको फेवातालको बिच भागमा फसेकालाई आज(शुक्रबार) शकुसल उद्धार गरिएको छ । आज दिउँसो करिब ३ः३५ बजे आएको हावाहुरी, बतास सँगै पानीको छाल आई दुई वटा स्ट्याण्डी बोर्ट र एउटा प्याडल बोर्ट मा सवार ७ जना फेवातालको बिचमा फसेकाहरु लाई सशस्त्र प्रहरी बल कालिका गण अन्र्तगत फेवातालमा रहेको एपीएफ रेस्क्यु टावरमा खटिएको विषेश विपद् व्यवस्थापन तथा उद्धार टोलीले उद्धार(रेस्क्यू) गरेको कालिका गणका गणपति (एसपी) अरुण कुमार शर्माले बताउनु भयो । स्मरण रहोस विहिबार उक्त टोलीले दुई जनाको तालबाट… पुरा पढौ

रास्वपाका सभापति लामिछाने पक्राउ, पोखरा ल्याइदै

पोखरा २, कार्तिक, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाटै आज(शुक्रबार) प्रहरीले पूर्व उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई सहकारीको रकम अपचलन गरेको आरोपमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा उहाँ विरुद्ध अनुसन्धानका लागि पक्राउ गर्न कास्की जिल्ला अदालतले नेपाल प्रहरीलाई अनुमति दिएको दिए लगत्तै उहाँलाई आज पक्राउ गरी पोखरा ल्याउदै गरेको बताइन्छ । सभापति लामिछानेलाई पक्राउ गर्न पुर्जी लिएर प्रहरी टोली पार्टी केन्द्रीय कार्यालय पुगेको… पुरा पढौ

के तपाईका बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउनु भयो ?

पोखरा २, कार्तिक, के तपाईका बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउनु भयो ? यदि ६ देखि ५९ महिनासम्मका बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि नखुवाउनु भएको छ भने नजिककोे स्वास्थ्य चौकीमा लगेर खुवाउन सक्नु हुन्छ । यसैक्रममा, आजदेखि पोखरा महानगरपालिका लगायत देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सुरु गरिएको छ । नेपाल सरकारको प्राथमिकता प्राप्त यस अभियानको पोखरा महानगरपालिका भित्र नगर प्रमुख धनराज आचार्यले शुभारम्भ गर्नु भयो । अभियान अन्तरगत महानगरपालिकाका ६ देखि ५९ महिनासम्मका करिब… पुरा पढौ

कोजाग्रतपूर्णिमा पर्वमा तालवराही मन्दिरमा दर्शनार्थी एवं पर्यटकको भिड (भिडियो सहित), नगर प्रहरीले मेला बिथल्यो

दीननाथ बराल, पोखरा १, कार्तिक, पोखरा फेवातालको बिच भागमा रहेको तालवाराही मन्दिर अवलोकन तथा दर्शन गर्नेहरुको बिहिबार अत्याधिक भिड भएको छ । दशैं पर्वको अन्तिम दिन विहिबार (कोजाग्रतपूर्णिमा) पर्वको अवसरमा तालवराही मन्दिरमा दर्शन गर्ने दर्शनार्थी एवं पर्यटकहरुको बर्षकै अत्याधिक भिड भएको फेवा डुंगा व्यवसायी संगठनका निवर्तमान अध्यक्ष बुद्धिबहादुर नेपालीले बताउनु भयो । पोखराको धार्मिक एवं पर्यटकीय गन्तव्य तालवराही मन्दिरमा बर्षको ३ सय ६५ दिन मध्य कोजाग्रतपूर्णिमा पर्वको दिनमा सबै भन्दा बढी भिड भएको उहाँले दाबी गर्नु भयोे । तालवराही मन्दिरको… पुरा पढौ