प्रमुख समाचार

गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब

पोखरा, १७ भदौ गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले भदौ १० गतेको विनाशकारी बाढीबाट पीडितहरूको सहयोगार्थ एक महिनाको तलब प्रदान गरेका छन् । प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव रञ्जन अधिकारीले विज्ञप्तिमार्फत् एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जानकारी गराएका छन् । बाढी प्रभावितहरूको राहत तथा पुनःस्थापनाको सहयोग हेतु प्रदेश प्रमुखले सहयोग जम्मा गरेको उनले जनाए । प्रदेश प्रमुख भट्टले उद्धार र राहत कार्यमा भोकनिद्रा नभनी अनवरत खटिएका सुरक्षाकर्मी, मित्र राष्ट्रहरूबाट आएका उद्धार टोली, तीनै तहका सरकार,… पुरा पढौ

व्यवसायमा सफल, व्यवसायी नेतृत्वको नजिक बुद्धाचार्य

पोखरा, विक्रमको २०४२/०४३ सालतिर अहिले पोखराको मुटु भनेर चिनिने चिप्लेढुङ्गा बजार यस्तो गुल्जार थिएन । उसो त, दिउँसै स्याल डुल्ने, फाट्टफुट्ट घरहरु भएको चिप्लेढुङ्गाले बजारकै उपमा गुथ्न पनि बाँकी नै थियो । अहिलेको चिप्लेढुङ्गालाई ‘पोखराको मुटु’ उपमाले सजाउन अनेकौ व्यवसायीका दुरदृष्टि, पसिना र संघर्षका कथाहरु छन् । चालिसको दशकदेखि आजसम्म निरन्तर चिप्लेढुङ्गामै उभिएको र उसले प्राप्त गरेको उपमामा केहि योगदान गरेको एउटा व्यवसाय हो– ‘एलिगेन्स ट्रेड सेन्टर’ र सुनचाँदी व्यवसायीको पुस्तैनी पृष्ठभूमि भन्दा बाहिर फ्लोरिङ् तथा फर्निसिङ् व्यवसाय शुरु गर्ने… पुरा पढौ

व्यवसायबाट संस्थागत नेतृत्वतर्फ स् तारानाथ ढुंगानाको यात्रा

पोखरा, व्यवसायमा सक्रिय रहँदै संस्थागत नेतृत्वको यात्रामा अघि बढेका तारानाथ ढुंगाना अहिले पोखरा उद्योग वाणिज्य संघको महासचिव पदका उम्मेदवारका रूपमा चुनावी मैदानमा छन्। आगामी भदौ २० र २१ गते हुने संघको ३६औँ महाधिवेशनमा उनी अध्यक्ष पदकी उम्मेदवार शोभा गौतम नेतृत्वको प्यानलबाट महासचिवमा प्रतिस्पर्धा गर्दैछन्। ढुंगानाको परिचय भने चुनावी उम्मेदवारमा मात्र सीमित छैन। लामो समयदेखि व्यवसायसँग जोडिएका उनी विभिन्न व्यावसायिक प्रतिष्ठानसँग आबद्ध छन्। व्यवसायसँगै उनी व्यवसायीका साझा सवाललाई संस्थागत रूपमा उठाउने गतिविधिमा पनि सक्रिय रहे। पोखरा उद्योग वाणिज्य संघमा समेत उनी… पुरा पढौ

‘अब पालो युवाको’ स् व्यवसायको मैदानबाट नेतृत्वको यात्रामा सौगात

पोखरा, देशको राजनीतिक तथा सामाजिक परिवर्तनमा युवाको नेतृत्व स्थापित हुँदै गएको अवस्थामा उद्योग व्यवसाय क्षेत्रको नेतृत्वमा पनि युवाको सक्रिय सहभागिता आवश्यक रहेको बहस चलिरहेका बेला भदौ २० र २१ गते हुने पोखरा उद्योग वाणिज्य संघको ३६औँ महाधिवेशनमा युवा व्यवसायी सौगात थापा उद्योग उपाध्यक्ष पदका लागि चुनावी मैदानमा छन्। शोभा गौतम नेतृत्वको प्यानलबाट उम्मेदवारी दिएका थापा यतिबेला पोखराका उद्योगी–व्यवसायीको घरदैलोमा पुगेर आफ्ना एजेन्डा र प्रतिबद्धता प्रस्तुत गरिरहेका छन्। व्यवसायीहरूसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, अपेक्षा र सुझाव सुन्दै आएका थापाले घरदैलो… पुरा पढौ

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिद्वारा २ लाख नगदसहित राहत सहयोग

पोखरा, विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले विपद् तथा दुःखमा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले राहत सामग्री प्रदान गरेको छ। समितिले जिल्ला प्रशासन कार्यालय कास्की मार्फत् २ लाख रुपैयाँ नगद र २ सय ४५ थान वस्त्र राहत स्वरूप सहयोग गरेको हो। समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठसहित पदाधिकारीले कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई नगद तथा कपडा हस्तान्तरण गरेका हुन्। राहत हस्तान्तरण गर्दै अध्यक्ष श्रेष्ठले मन्दिर भक्तजनले भेटी तथा दक्षिणा चढाउने ठाउँ मात्र नभई सामाजिक सेवाको केन्द्रसमेत बन्नुपर्ने बताए। दुःख र विपद्मा परेका… पुरा पढौ

चीनमा पूर्ण छात्रवृत्तिमा पीएचडी अध्ययन गर्न एनटीबी गण्डकीका प्रमुख मणिराज लामिछाने छनौट

पोखरा, नेपाल पर्यटन बोर्ड (एनटीबी) गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछाने चीनको प्रतिष्ठित झेजियाङ विश्वविद्यालयमा पूर्ण छात्रवृत्तिमा विद्यावारिधि (पीएचडी) अध्ययनका लागि छनोट हुनुभएको छ। चीनको हाङजाउस्थित झेजियाङ विश्वविद्यालयअन्तर्गतको इन्स्टिच्युट अफ ग्लोबल डेभलपमेन्टले सन् २०२६ सेप्टेम्बरदेखि सञ्चालन गर्न लागेको ३ वर्ष ६ महिना अवधिको विशेष पीएचडी कार्यक्रममा विश्वभरबाट छनोट भएका १५ जनाभित्र पर्न उहाँ सफल हुनुभएको हो। नेपाल पर्यटन बोर्डलाई चिनियाँ दूतावास मार्फत प्राप्त मनोनयन कोटा र तोकिएका कडा मापदण्ड पार गर्दै लामिछाने अन्तराष्ट्रिय सम्बन्ध र विश्वव्यापी शासन विषयमा विद्यावारिधि अध्ययनका… पुरा पढौ

पोखराका रेष्टुरेन्ट व्यवसायी, रेवान पोखरा, पदाधिकारी र सदस्यको सहकार्यमा १२ लाख राहत कोषमा

दीननाथ बराल, पोखरा १६, भदौं, रसुवा, भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेबान) पोखराले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ लाख २७ हजार ७ सय ७६ रुपैया सहयोग गरेको छ । रेबान पोखराका अध्यक्ष विश्वराज पौडेल सहितको टोलीले आज (मंगलबार) कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई उक्त रकम बराबरको भौचर हस्तान्तरण गर्नु भएको हो । संस्थाको सामाजिक उत्तरदायित्वको भावना सहित रेबान पोखरासँग आबद्ध रेष्टुरेन्ट तथा क्याफे व्यवसायी, संस्थाका पदाधिकारी र सदस्यहरूको सहकार्यमा रकम… पुरा पढौ

बैठक भत्ता सहयोग गर्दै जिल्ला खेलकुद विकास समिति कास्कीबाट राहत कोषमा एक लाख सहयोग

पोखरा, जिल्ला खेलकुद विकास समिति कास्कीले भोटेकोशी बाढी प्रभावितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख रुपैयाँ सहयोग गरेको छ । समितिका अध्यक्ष मिलन गुरुङ सहितको टोलीले आव (मंगलबार) कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई राहत रकम जम्मा गरिएको भौचर हस्तान्तरण गरेको हो । समितिका अध्यक्ष गुरुङका अनुसार पदाधिकारी तथा सदस्यहरूबीचको सहमतिअनुसार समितिको एक वर्षको सम्पूर्ण बैठकबाट प्राप्त हुने बैठक भत्ता रकम राहतका लागि सहयोग गर्ने निर्णय गरिएको हो। सोही निर्णयअनुसार बैठक भत्ताबाट प्राप्त रकमलाई बाढी प्रभावितको सहयोगमा… पुरा पढौ

आदर्श युवा क्लबद्वारा रसुवा बाढी पीडितलाई चार लाख सहयोग

लेखनाथ, १६ भदौ, गत भदौ १० गते रसुवामा गएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि पोखरा महानगरपालिका–२९ स्थित आदर्श युवा क्लबले चार लाख रुपैयाँ राहत सहयोग घोषणा गरेको छ। क्लबले आफूले सञ्चालन गर्दै आएको आदर्श कप प्रतियोगिताबाट बचत भएको रकममध्येबाट उक्त राशि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। मंगलबार आयोजित राहत रकम घोषणा कार्यक्रममा क्लबका अध्यक्ष पदम गुरुङले वडा सदस्य निर्मला पौडेलको रोहबरमा सहयोग रकम घोषणा गरेका थिए । क्लबले विगतमा तीजका अवसरमा दर खुवाउने कार्यक्रम गर्दै आए… पुरा पढौ

पोखरा जाभा कफीले ५ दिनको आम्दानी प्रधानमन्त्री राहत कोषमा सहयोग गर्दै

पोखरा, १६ भदौ, पोखरा जाभा कफी हाउसले पाँच दिनको सम्पूर्ण बिक्रीबाट प्राप्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्दैछ । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले कफी हाउसले यस्तो अभियान सञ्चालन गरेको हो। पोखरा जाभाले भदौ १४ देखि १८ गतेसम्म सञ्चालन गर्ने अभियानअन्तर्गत पाँच दिनमा बिक्री हुने सबै सामग्रीको बिल बराबरको रकम सिधै सरकारी कोषमा जम्मा हुने व्यवस्था मिलाएको संचालक एवं पर्यटन व्यवसायी ममता न्यौपाने तथा एकराज न्यौपानेले बताउनु भयो । अभियानमा ग्राहकले बिल भुक्तानी… पुरा पढौ