प्रमुख समाचार

१ करोड ८६ लाखको लागतमा पौवै खोलामा मोटरेबल पुल निर्माण

पोखरा, १० साउन, स्याङ्जाको पुतलीबजार नगरपालिका–५ पौवै खोलामा मोटरेबल पुल निर्माण गरिएको छ । सिद्धार्थ राजमार्गको स्याङ्जा र पोखरा खण्डको विकल्प बाडखोला–पौवैगौंडे–टक्सार–दुलेगौंडा सडकखण्ड अन्तर्गत पर्ने खोलामा गण्डकी प्रदेश सरकारको लगानीमा १५.६ मिटर लम्बाइको पुल निर्माण गरिएको हो । पुलको शनिबार गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले उद्घाटन गरे । यो पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय स्याङ्जा र राङ्खोला सिद्धबाबा निर्माण सेवाबीच ०८१ वैशाख १७ मा ठेक्का सम्झौता भएको थियो । ०८२ साउन ६… पुरा पढौ

वाईसीएल गण्डकीद्धारा शहीद स्मृति आवासीय माध्यमिक विद्यालयमा बृक्षारोपण गर्यो

पोखरा ,१० साउन, योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपाल गण्डकी प्रदेश समितिले पोखरा १४ मझेरी पाटनमा रहेको शहीद स्मृति आवासीय माध्यमिक विद्यालयमा बृक्षारोपण गरेको छ । वाईसियलले वातावरण संरक्षण अभियान अन्र्तगत वृक्षारोपण गरेको वाइसीएलका गण्डकी अध्यक्ष थमन गुरुङले पोखराक्लिकलाई बताउनुभयो। बिद्यालय परिसरमा फलफूल तथा डालेघाँसका १ सय ५० वटा बिरुवा रोपिएको उनले जनाउनु भयो । केन्द्रको वृक्षरोपण अभियान अन्तर्गत वातावरण संरक्षण र उत्पादनमूलक कार्यलाई जोड दिने सन्देशको लागि उक्त कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो। वृक्षारोपण सँगै त्यसको नियमित संरक्षण एवं बिरुवा… पुरा पढौ

गण्डकीका पूर्वप्रदेश प्रमुख पृथ्वीमान गुरुङको निधन

पोखरा, गण्डकी प्रदेशका पूर्वप्रदेश प्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ। ७६ वर्षको उमेरमा उहाँको आज बिहान ८ बजे चितवनको आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। कांग्रेसका नेता समेत रहनु भएका गुरुङ विगत केही वर्षदेखि क्यान्सर रोगसँग लड्दै आउनुभएको थियो। स्वास्थ्य अवस्था बिग्रँदै जाँदा अन्ततः आज उहाँले प्राण त्याग गर्नुभएको हो। पृथ्वीमान गुरुङ २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त हुनुभएको थियो। त्यसअघि नेपाली कांग्रेस चितवनका सभापति समेत रहनुभएको उहाँ नेपाली कांग्रेस विभाजन हुँदा प्रजातान्त्रिक कांग्रेसबाट जिल्ला… पुरा पढौ

दोस्रो पर्वतीय दौड प्रतियोगितामा नेलम्बो नेपालको सहकार्य

विश्व पर्यटन दिवसको अवसरमा आउँदो असोज ४ गते हुने दोस्रो संस्करणको पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगितामा नेलम्बो नेपालले पनि सहकार्य गरेको छ । उक्त प्रतियोगिताका लागि नेलम्बो नेपालले मेडिकल सहयोग सहित तेस्रो पुरस्कार प्रायोजन गर्ने भएको हो । नेलम्बो नेपालले उक्त प्रतियोगितालाई सफल पार्न प्रतियोगिताको दिनमा आवश्यक मेडिकल टिमसहित हेल्थडेक्स राख्ने र तेस्रो पुरस्कार बापत १५ हजार रुपैयाँसमेत सहयोग गर्ने संस्थाका अध्यक्ष एकदेव देवकोटाले जानकारी गराउनु भयो ।पोखरा क्लिकका अध्यक्ष दीननाथ बराल र नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा बीच उक्त सम्झौतामा… पुरा पढौ

३० करोडको लागतमा धम्पुस–खानीगाउँ सडक स्तरोन्नति सुरू, ग्रामीण पर्यटन र अर्थतन्त्रमा नयाँ उचाइको अपेक्षा (भिडियो सहित)

दीननाथ बराल,पोखरा, ९ साउन, कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ मा पर्ने घट्टेखोला–देउराली–धम्पुस–खानीगाउँ सडकको स्तरोन्नतिको काम औपचारिक रूपमा सुरु गरिएको छ। गण्डकी प्रदेश सरकारले ग्रामीण सम्पर्क सुधार परियोजना (आर.सी.आई पि.)अन्तर्गत दुई वर्षभित्र १३ किलोमिटर लामो उक्त सडक ३० करोड १८ लाख ९४ हजार रुपैयाँको लागतमा पिच गर्ने योजना अघि सारेको हो। आयोजनाका प्रमुख लक्ष्मिप्रसाद भण्डारीका अनुसार हाल ढुंगा निकाल्ने र साइड क्लियर गर्ने काम जारी छ। https://www.youtube.com/watch?v=HTqPwfPFm3o शिलान्यास समारोहमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाशबहादुर केसीले निर्माण कार्यमा कुनै ढिलाइ नगरी… पुरा पढौ

पुम्दी–भुम्दी पर्वतीय दौडलाई भव्य बनाउने सरोकारवालाको प्रतिबद्धता

पोखरा, यही असोज ४ गते पोखरामा आयोजना हुने दोस्रो संस्करणको पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न सरोकारवालाहरूले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रतियोगितालाई ध्यानमा राखेर बिहीवार आयोजना गरिएको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले आफ्नै जन्मभूमिमा आयोजना हुने यस्ता गतिविधि जन्मभूमिको पहिचानसँगै राष्ट्रिय गौरवसँग पनि जोडिने विषय भएकाले प्रतियोगिता सफल बनाउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाउनुभयो । “हामीले गर्ने कर्मले माता–पिता, गुरु वर्ग र मातृभूमिको उन्नयनमा टेवा पु¥याउनुपर्छ,” भन्दै उहाँले प्रतियोगिता खेलकुदसँगै पर्यटन… पुरा पढौ

विमानस्थल संचालनका लागि होटल संघ द्वारा अर्थमन्त्री र युएईका राजदूतसँग भेट

काठमाडौं, ८ साउन, पोखरा अन्तर्राष्ट्रीय विमानस्थलको यथोचित संचालनका लागि होटल संघ पोखरा नेपालको टोलीले विहिबार प्रधानमन्त्री, अर्थमन्त्री र युएईका राजदूतको ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमण अघि संघको टोलीले अर्थमन्त्री विष्णुप्रसाद पौडेलमार्फत् प्रधानमन्त्रीलाई भारतका विभिन्न शहरबाट पोखरासम्म उडानको पहलका लागि कुरा राख्न आग्रह गरेको हो । यसैगरी अर्थमन्त्री पौडेलसँगको संवादको क्रममा पोखरा र भैरहवाको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रीय उडान संचालनका लागि आफूले सक्दो पहल गर्ने मन्त्री पौडेलले बताएको होटल संघ नेपालका केन्द्रिय सदस्य एवं होटल संघ… पुरा पढौ

पोखरामा ध्वनी प्रदुषण गर्ने सवारीलाई कारवाही गर्ने डिएसपी भट्टराईको चेतावनी

पोखरा, ७ साउन, वडा प्रहरी कार्यालय बैदाम, पोखराका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज भट्टराइले पोखरामा ध्वनी प्रदुषण गर्ने सवारी साधनलाई नियन्त्रण गर्ने चेतावनी दिएका छन् । साउन ५ गते वडा प्रहरी कार्यालय बैदामामा प्रमुखको रुपमा आएका भट्टराइले स्वरुप परिवर्तन गरेका र ध्वनी प्रदुषण गर्ने मोटरसाइकललाई तत्काल कारवाही गर्ने गरी प्रहरी परिचालन गरिएको दाबी गर्नु भयो । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामले आयोजना गरेको स्वागत कार्यक्रममा भट्टराइले शान्ती सुरक्षा सबैको सरोकारको विषय रहेको बताउदै यसको नतिजा केही समय… पुरा पढौ

पोखराको सडकमै खोला

पोखराको विरेन्द्रचोक देखि अम्मरसिहचोक क्षेत्रमा जाने भित्रि सडकको अबस्था । सडकमै खोला हिडेको छ । साइडमा सडक पेटि संरचना भएको अबस्था छ भने सडकको भागमा कुनै सवारी साधन संचालन हुन नसक्ने अबस्थाले खोला नै बनेको देखिन्छ । तष्विर दीननाथ बराल \ पोखरा पुरा पढौ

लामो समयदेखि नविकरण नभएका फार्म धमाधम नविकरण हुदै

दीननाथ बराल,पोखरा, ६ साउन, लामो समयदेखि नविकरण नभएका प्राइभेट फार्म हिजोआज धमाधम नविकरण हुन थालेका छन् । प्राइभेट फार्म संशोधनका क्रममा नविकरण अवधि सकिएका फार्महरुलाई पनि निश्चित जरिवाना र शुल्क तिरेर नविकरण गर्न खुला गरिएकाले हाल नविकरण गर्नेहरुको उत्साह जनक रुपमा सहभागिता रहेको पर्यटन तथा उद्योग कार्यालय कास्कीले पोखराक्लिकलाई बताउनु भयो । नविकरण गर्नेहरुको उल्लेखनिय बृद्धि भएसंगै गत बर्ष राजस्वमा वृद्धि भएको कार्यालय प्रमुख दिनेश प्रकाश आचार्यले बताउनु भयो । २० लाख रुपैयाँसम्मको पूँजी भएका फार्महरुले प्रति वर्ष २५ सय… पुरा पढौ