साहित्य

लेखनाथ महोत्सवमा कवि शिरोमणिलाई सम्झिदै ढकाललाई अभिनन्दन

लेखनाथ, कवि शिरोमणि लेखनाथ पौड्यालको योगदान स्मरण गर्दै साहित्यिक कार्यक्रम अन्तर्गत शनिवार अभिनन्दन सम्पन्न भएको छ ।नेपाल संस्कृत विश्वविद्यालयबाट ’लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन’ शीर्षकमा विद्यावारिधि उपाधि प्राप्त गरेका डाक्टर वोधराज ढकाललाई अभिनन्दन गरिएको छ । आँधीखोला–६ स्याङ्जामा जन्मेर हाल पोखरा–८, सिमलचौर निवासी ढकालले त्रिभुवन विश्वविद्यालय अन्तर्गत पृथ्वीनारायण क्याम्पसमा नेपाली वाङ्मयका विविध विधाहरुको प्राध्यापन, विभिन्न अनुसन्धानमूलक समीक्षात्मक कृतिहरुको प्रकाशन, शोध निर्देशन जस्ता महत्वपूर्ण कार्यहरु गरेका छन् । कार्यक्रममा बोल्दै नेपाली भाषा तथा साहित्यमा उनको योगदानको कदर भएकोमा साहित्यकार एवम्… पुरा पढौ

पोखरा महानगरको नवरत्न सम्मानबाट ९ जना श्रष्टा सम्मानित (भिडियो सहित)

दीननाथ बराल, पोखरा, २ पुस, पोखरा महानगरपालिकाले पोखराको गौरवको रुपमा रहेका नौं जना श्रष्टालाई पोखरेली नवरत्न सम्मानबाट सम्मान गरेको छ । पोखरा महानगरपालिकाको ६७ औं स्थापना दिवसको अवसरमा महानगरले पोखरामा बसेर विभिन्न क्षेत्रमा उल्लेखनिय रुपमा योगदान पुर्याउनु भएको ९ जनालाई पोखरेली नवरत्न सम्मान सहित नगद २ लाख २ हजार २०२ रुपैया प्रदान गर्दै सम्मान अपर्ण गरेको हो । https://www.youtube.com/watch?v=JN4AvFmr3S8 धार्मिक पर्यटन तथा कृषि उद्यमतर्फ चन्द्रकान्त बराल, संगीत तथा गायनतर्फ नेपथ्य व्याण्डका अमृत गुरुङ, उद्यमशिलतातर्फ रामकली खड्का, खेलकुद तथा शिक्षातर्फ प्रा.डा.बिरेन्द्रसिंह… पुरा पढौ

अन्तर बिद्यालय स्तरिय खुल्ला चित्रकला प्रतियोगितामा न्यू मिलेनियम स्कुलका समृद्ध जंग गोदार प्रथम

पोखरा २८, मंसिर, अन्तर बिद्यालय स्तरिय खुल्ला चित्रकला प्रतियोगितामा न्यू मिलेनियम स्कुलका समृद्ध जंग गोदार प्रथम हुनु भएको छ । ड्यामसाइड क्लबको आयोजनामा आइतबार पोखराको माछापुच्छ«े प्रतिबिम्ब पार्क (ड्यामसाइड) मा सम्पन्न चित्रकला प्रतियोगितामा कक्षा १० का गोदारले उत्कृष्ट चित्र कोर्दै प्रथम स्थान हासिल गर्न सफल हुनु भएको हो । त्यस्तै एक्स–आर्मी स्कुलका कक्षा ८ का शिसम श्रेष्ठले दोस्रो स्थान हासिल गर्नु भयो भने हार्वर्ड एकेडेमीका कक्षा १० का तेजस सुनारले तेश्रो स्थान हासिल गर्नु भयो । प्रतियोगितामा बालोदय सेकेन्डरी स्कुलकी… पुरा पढौ

आइतबार पोखराको ड्यामसाइडमा चौथो संस्करणको विद्यालय स्तरीय चित्रकला प्रतियोगिता हुने

पोखरा, २७ मंसिर, पोखराको ड्यामसाइड क्लबको आयोजनामा भोलि (आइतबार) पोखराको ड्यामसाइड स्थित माछापुच्छ«े प्रतिबिम्ब पार्कमा खुल्ला विद्यालय स्तरीय चित्रकला प्रतियोगिता हुने भएको छ । विद्यार्थीहरूमा भएको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले चित्रकला प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष रमेश प्रसाद बरालले पोखराक्लिकलाई बताउनुभयो। प्रतियोगितामा विभिन्न बिद्यालयका करिब ४० जना प्रतियोगिहरु सहभागि हुने भएको उहाँले जनाउनु भयो । उक्त पार्कमा बिहान ११ बजेदेखि सुरु हुने प्रतियोगितामा करिब २ घण्टा जसो प्रतियोगीहरूले विभिन्न कलाकृतिमा चित्रहरू कोर्ने भएको अध्यक्ष बरालले जनाउनुभयो। त्यसैगरी कार्यक्रमका प्रमुख… पुरा पढौ

करातेका अन्तराष्ट्रिय प्रशिक्षक असोक लामा रुम्बालाई सम्मान लिन भ्याई नभ्याई

पोखरा, करातेका अन्तराष्ट्रिय प्रशिक्षक असोक लामा रुम्बालाई यतिवेला सम्मान लिन भ्याई नभ्याई भएको छ । केही समय अघि स्पेनमा कराते खेलको मुख्यप्रशिक्षकको जिम्मेवार वहन गर्नु भएको रुम्बालाई पोखरा देखि हटौंडा हुदै काठमाण्डौंसम्म विभिन्न संघ संस्थाहरुले सम्मान तथा स्वागत गर्दा उहाँलाई हाल भ्याई नभ्याई भएको हो । यसैबिच, फुलकन्ट्याक्ट कराते महासंघले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको गौरव र पहिचान उच्च बनाउने खेलाडी, प्रशिक्षक तथा योगदानकर्ताहरूलाई विशेष सम्मान कार्यक्रममार्फत सम्मान गरेको छ। त्रिपुरेश्वर, काठमाडौंमा शुक्रबार सम्पन्न उक्त कार्यक्रममा कराते खेलका समर्पित प्रशिक्षक देव कुमार… पुरा पढौ

गीतकार प्रतिष्ठानको अध्यक्षमा अनुराग, आरजुलाई गीतकार सम्मान

पोखरा, कार्तिक १५, गीतकार प्रतिष्ठान, नेपालको अध्यक्षमा अनुराग अधिकारी सर्वसम्मत चयन भएका छन् । शनिवार पोखरामा सम्पन्न प्रतिष्ठानको पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशनबाट अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन भएको हो । समितिका उपाध्याक्षमा लाल कार्की ‘अन्जान’, सचिवमा रुपिन्द्र प्रभावी, कोषाध्यक्षमा आदर्श पोखरेल र सहसचिवमा बिर्सना बस्नेत चयन भए । यस्तै सदस्यहरूमा राजाराम पौडेल, सुरज उपाध्याय, रेशम रचक, जमुना पौडेल बराल र गणेशराज सदाशङ्कर चयन भएका छन् । प्रतिष्ठानका अध्यक्ष शीतल गिरीको अध्यक्षतामा भएको साधारण सभाबाट प्रगति प्रतिवेदन… पुरा पढौ

सहारा बिद्यालयमा गर्‍यो एल. जी.एशोशिएसन यु.के.ले कम्पयुटर सहयोग

पोखरा, एल.जी.एसोसिएसन यु.के.ले पोखरा ९ स्थित वसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा ५ थान कम्प्युटर हस्तान्तरण गरेको छ ।विद्यालयमा एक कार्यक्रमका विच ५ थान कम्प्युटर हस्तान्तरण गर्न पाउँदा खुशी रहेको एल।जी। एसोसिएन नेपालका अध्यक्ष डम्बर जंग गुरुङले बताए । पोखरा मनपा वडा नं ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीले स्वागत मन्तव्य गरेकी थिइन् । विद्यालयको भौतिक, सामाजिक र शैक्षिक अवस्था वारे समेट्दै सहयोगी दाताहरु र अतिथीहरुलाई स्वगत गरेकी थिइन् । कार्यक्रममा विशेष… पुरा पढौ

स्याङ्जामा विशाल रानाभाट जिताऔं अभियान

मेरो भ्वाइस यूनिभर्स २ को उत्कृष्ट १४ मा पर्न सफल विशाल रानाभाटलाई थप अगाडिको यात्रामा बढाउन विशाल रानाभाट जिताऔँ अभियान शुरु गरिएको छ । अबका चरणमा ५० प्रतिशत निर्णायक र ५० प्रतिशत दर्शकको भोटका आधारमा अगाडिको यात्रा तय हुने भएकाले विशालको जन्म जिल्लामा उक्त अभियान शुरु गरिएको हो । विशालको प्रगतिको कामना गर्ने आफन्तजनलाईसमेत भोट गर्नुपर्ने त्यसको विधि र प्रक्रियाबारे जानकारी नभएकाले उक्त अभियान शुरु गरिएको हो । पैसाको बलमा विशाल जस्ता प्रतिभा ओझेलमा पर्छन् कि भनेर शुभेच्छुकलाई जानकारी गराउन… पुरा पढौ

गीत संगीतमै विशाल सम्भावना खोज्दै विशाल रानाभाट

स्याङ्जा जिल्लाको साविक भाटखोला गाउँ विकास समितिको आफ्नै गौरव र गरिमा छ । देशमा संघीय व्यवस्था आउनु भन्दा अगाडि रानाभाट जातिको बाहुल्यताकै कारण गा.वि.स नामकरण गरिएको त्यही भाटखोलाको वडा नम्बर ५ मा लोलासरी गाउँ अवस्थित छ । विभिन्न किंवदन्तीमध्ये त्यहाँको भू–भाग लोलैलोला जस्तो देखिने भएकाले लोलासरी नामकरण गरिएको पनि पाइन्छ । जुन लोलासरी वर्तमान व्यवस्था अनुसार फेदीखोला गाउँपालिकाको वडा नम्बर ३ अन्तर्गत पर्दछ । प्रस्तुत सन्दर्भ त्यहीँ भाटखोलाको लोलासरीमा नाँभी गाँडिएका विशाल रानाभाटसँग जोडिएको गीत संगीतको हो । बुबा गोविन… पुरा पढौ

अल्पायूको ‘न घाम न जून’ वर्तमानको चित्र

पिता कृष्णचन्द्र र माता अन्नपूर्ण पौडेलको कोखबाट २०१८ सालमा पोखरा–३२ तल्लो गगनडौँडामा जन्मेका धर्मराज पौडेल नेपाली वाङ्मयका क्षेत्रमा अल्पायूका नामले परिचित छन् । कविता र मुक्तक लेखनमा क्रियाशील अल्पायूको साहित्यप्रतिको रुझान भने विद्यालय तहदेखि नै रहेको पाइन्छ । पोखराका विभिन्न साहित्यिक र सामाजिक संघसंस्थामा संलग्न अल्पायू २०७१ सालदेखि संगम टोल विकास संस्थाको अध्यक्ष रहेर आफ्नो टोल छिमेकको विकासमा मात्र लागेका छैनन् । उनी गीताञ्जली साहित्य परिवारको उपाध्यक्ष, लेखनाथ साहित्य प्रतिष्ठान र अली मियाँ लोकवाङ्मय प्रतिष्ठानको सहसचिवसमेत रहेका छन् । भानु… पुरा पढौ