जिवनशैली पत्रिका

फोटो पत्रकार अक्षयकोषमा समाजसेवी विवेक रानाको सहयोग

पोखरा, १९ वैशाख, नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा समाजसेवी विवेक रानाले आर्थिक सहयोग गरेका छन् । पर्वत घर भई अहिले यूके बस्ने रानाले अक्षयकोषमा नगद १५ हजार रुपैयाँ सहयोग गरेका हुन् । नव सिर्जनशील युवा क्लव, पैयु, चिन्देखर्क पर्वतका पूर्व अध्यक्ष समेत रहेका उनले एनपिजेए कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् । अक्षयकोष सहयोगदाता रानाले फोटो पत्रकारको हितका लागि फोटो पत्रकार अक्षयकोषमा सहयोग गरेको बताए । सहयोग प्राप्त भएपछि एनपिजेए… पुरा पढौ

पोखरामा ‘मालती मंगले’ टोलीः सामाजिक यथार्थ बोकेको प्रेमकथाले दर्शकको मन जित्ने विश्वास

पोखरा, बैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको बहुप्रतीक्षित नेपाली चलचित्र मालती मंगले को प्रचारप्रसारलाई तीव्र पार्दै यसको कलाकार तथा निर्माण टिम पोखरा आइपुगेको छ। चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा फिल्मका मुख्य कलाकार र निर्माण टिमले चलचित्रबारे आफ्ना अनुभव र अपेक्षाहरू साझा गरेका छन्। कार्यक्रममा बोल्दै प्रस्तुतकर्ता तथा चर्चित गायक रामकृष्ण ढकाल ले मालती मंगले विशुद्ध सामाजिक यथार्थमा आधारित फिल्म भएको बताए। उनका अनुसार चलचित्रले हाम्रो समाजमा भइरहेका वास्तविक घटना, सम्बन्धका उतारचढाव तथा भावनात्मक जटिलतालाई… पुरा पढौ

पोखरामा महिला गोल्डकप जारीः संकटालाई हराउँदै आर्मी फाइनलमा

पोखरा, त्रिभुवन आर्मी क्लब पोखरामा जारी महिला गोल्डकप फुटवल प्रतियोगिता २०८३ को फाइनलमा प्रवेश गरेको छ । आर.एस. पोखरा फुटबल क्लबको आयोजनामा जारी गोल्डकप अन्तरगत शनिबार संकटा क्लबलाई ४–२ गोलअन्तरले हराउँदै आर्मी फाइनलमा पुगेको हो । पोखरा रंगशालास्थित फुटबल मैदानमा पहिलो हाफमा १–० को अग्रता कायम गरेको आर्मीले दोस्रो हाफमा थप ३ गोल ग¥यो । आर्मीको जितमा चन्द्रा भण्डारीले दुई तथा दिपा शाही र हिमा चौधरीले एक–एक गोल गरिन् । संकटाको तर्फबाट भने दुई विदेशी खेलाडी क्वीनबेल ए अमनाराह र… पुरा पढौ

पोखरामा तेक्वान्दो कोच तथा खेलाडीका लागि विशेष तालिम

पोखरा, नेपाल तेक्वान्दो संघको आयोजनामा गण्डकी प्रदेशका कोच तथा खेलाडीहरुका विशेष तालिम सम्पन्न भएको छ । नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार गण्डकी प्रदेशको पोखरामा गण्डकी प्रदेशका कोच तथा खेलाडीको ग्योरोगी र पुम्से समिनार तथा रिफ्रेसर तालिम सम्पन्न भएको हो । वैशाख १५ देखि १९ गते सम्म पोखरा रंगशाला स्थित कभर्ड हलमा उक्त तालिम सम्पन्न भएको उक्त तालिममा पुम्सेतर्फ चौथो रेफ्री सेमिनार तथा तेस्रो रेफी रिफ्रेसर, ग्योरोगी तर्फ १२ औं रेफ्री सेमिनार र ११ औं रिफ्रेसर कोर्ष सम्पन्न भएको हो… पुरा पढौ

टेम्पल बेल बुटिक होटल एण्ड स्पाको वार्षिकोत्सवमा विभिन्न कार्यक्रम

बैशाख १९,पोखरा, पोखराको लेकसाइडस्थित टेम्पल बेल बुटिक होटल एण्ड स्पाले विभिन्न सामाजिक काम गर्दै पहिलो वार्षिकोत्सव मनाएको छ । अन्र्तराष्ट्रिय श्रम दिवश तथा बुद्ध जयन्तिको अवसर समेत पारेर टेम्पल बेलले रक्तदान, सरसफाई तथा उत्कृष्ट कर्मचारी सम्मान कार्यक्रम गरेको हो । नेपाल रेडक्रस सोसाईटिको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन गरिएको थियो । त्यस्तै, लेकसाइडको स्ट्रिट नं १७ मा बृहत सरसफाई कार्यक्रम गरियो । कार्यक्रममा होटलमा आवद्ध कर्मचारीहरुको सहभागिता रहेको थियो । टेम्बल बेलमा कार्यतर ७० जना कर्मचारीहरु… पुरा पढौ

गण्डकी प्रदेशबाट १४ जना युवालाई सम्मान

पोखरा, १८ बैशाख, गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले विभिन्न क्षेत्रमा योगदान पु¥याएका १४ जना युवालाई सम्मान गरेको छ । गण्डकी प्रदेशस्तरीय युवाप्रतिभा सम्मानबाट बिहिबार १४ जना युवाहरुलाई सम्मान अर्पण गरिएको हो । गण्डकी प्रदेशमा रहेर कृषि,कला,उद्यम,सञ्चार,अध्ययन अनुसन्धान लगायतका क्षेत्रमा योगदान पु¥याएका ४० वर्ष मुनिका युवाहरुलाई नगदसहित सम्मान गरिएको हो । यसरी पुरस्कृत हुनेहरुमा सञ्चार क्षेत्रबाट रेडियो अन्नपूर्णकी कविता श्रेष्ठ सहित अध्ययन अनुसन्धानको क्षेत्रबाट डा. राजकुमार थापा, स्वास्थ्य क्षेत्रबाट डा शिशिर देवकोटा, शिक्षा क्षेत्रबाट अग्निधर भुषाल, युवा सशक्तिकरण… पुरा पढौ

बुद्ध जयन्तीको अवसरमा भुवन सिंह गुरुङ र ज्याक तामाङ पोखरामा सम्मानित

‎दीननाथ बराल,पोखरा, १८ वैशाख, बुद्ध जयन्तीको अवसरमा पोखरामा समाजसेवा तथा बुद्ध धर्मको प्रवर्द्धनमा योगदान पुर्‍याउनु भएका भुवन सिंह गुरुङ र ज्याक तामाङ सम्मानित हुनुभएको छ। बुद्ध जयन्ती समारोह समिति, कास्कीको आयोजनामा शुक्रबार पोखरामा सम्पन्न २५७०औँ बुद्ध जयन्ती समारोहका अवसरमा उहाँहरूलाई एक विशेष कार्यक्रमबीच सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको हो। कार्यक्रममा हेम्जा गुम्बाका प्रमुख दुपसिंह रिम्पोछे प्रमुख अतिथिका रूपमा उपस्थित भई सम्मान प्रदान गर्नुभएको थियो।समारोह कार्यवाहक अध्यक्ष चन्द्र लक्ष्मी गुबाजुको अध्यक्षतामा सम्पन्न भएको थियो । धर्मशिला बुद्ध बिहार, नदीपुरबाट सुरु… पुरा पढौ

लेकसिटी कलेजमा समावेशिताको सन्देश

पोखरा, १८ वैशाख, केही समयका लागि आँखामा पट्टी बाँधिँदा संसार अचानक शून्यजस्तै हुन्छ । न देखिने बाटो, न चिनिने अनुहार, केवल अनुमान र अनुभूतिको भरमा अघि बढ्नुपर्ने अवस्था देखीन्छ । पोखरा महानगरपालिका वडा न ४ गैह्रापाटन स्थित लेकसिटी कलेजका विद्यार्थीहरूले यस्तै अनुभवसँग साक्षात्कार गरे, जहाँ श्रवण दृष्टि विहीन संघ नेपालको आयोजनामा कलेज परिसरमा हालै एक फरक किसिमको सचेतनामूलक कार्यक्रम सम्पन्न भयो । कार्यक्रम केवल औपचारिक भाषणमा देखिएन । यसले सहभागीहरूलाई प्रत्यक्ष अनुभूतिमार्फत अपाङ्गता भएका व्यक्तिहरूको जीवन बुझ्ने अवसर दियो ।… पुरा पढौ

आयोजक माथि गोलको बर्षा, रेखाको ५ गोलको सहायतामा पुलिस महिला गोल्डकपको फाइनलमा

दीननाथ बराल,पोखरा १८, वैशाख, आयोजक आर एस पोखरा फुटबल क्लब माथि एकतर्फी ८ गोल बर्षाउदै नेपाल पुलिस क्लव महिला गोल्डकप फुटवल प्रतियोगिता २०८३ को फाइनलमा प्रबेश गरेको छ । आज (शुक्रबार) पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको उद्घाटन खेलमा पुलिसले आयोजक माथि ८–० को सानदार जित निकाल्दै उपाधि नजिक पुगेको हो । पुलिसको जितमा रेखा पौडेलले सर्वाधिक पाँच गोल निर्मला विक र साहारा लिम्बुले एक÷एक गोलको योगदान दिनुभयो । पुलिसले थप एक गोल भने उपहार गोल प्राप्त गर्यो । पाँचौ मिनेटमा… पुरा पढौ

हेमजा युनाइटेडको आठौँ साधारण सभा सम्पन्न

हेमजा,वैशाख १८, पोखरा महानगरपालिका–२५, हेमजामा २०७० सालमा स्थापना भई सक्रिय सामाजिक तथा खेलकुद संस्थाका रूपमा आफ्नो पहिचान बनाउन सफल हेमजा युनाइटेड को आठौँ वार्षिक साधारण सभा तथा २०८३ सालको संस्थागत वार्षिक कार्यपालिका सहितको भित्ते पात्रो विमोचन एवं खेलाडी सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका सचिव महादेव अधिकारीले आर्थिक वर्ष २०८१(८२ का संस्थागत गतिविधिहरूको समीक्षा सहित आगामी योजना प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष निराजन अधिकारीले सोही आर्थिक वर्षको आर्थिक प्रतिवेदन पेश गरेका थिए। प्रस्तुत आर्थिक प्रतिवेदन सभाबाट… पुरा पढौ