जिवनशैली पत्रिका

पोखरामा नयाँ नोट सटही गर्नेहरुको भिड बढ्दो दुई दिनमै ९ करोड सटही

डि.एन.बी. पोखरा ३०, असोज पोखरामा मंगलबार देखि नयाँ नोटको सटही गर्नेहरुको संख्यामा बृद्धि भएको छ । सोमबार देखि सुरु भएको नयाँ नोट सटही मंगलबारदेखि अत्याधिक भिडभाड सहित अघिल्लो दिन भन्दा मंगलबार बढी रकम सटही भएको नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले जनाएको छ । कार्यालयले मंगलबार ५ करोड ३३ लाख बराबरको नयाँ नोट सटही गरेको कार्यालयका उपनिर्देशक पुष्कर शुर्खालीले एटुजेडलाई बताउनु भयो । नेपालीहरुको महान पर्व दशैं पर्वको अवसरमा नेपाल राष्ट्र बैंक पोखरा कार्यालयले आम सर्वसाधरणको लागि दुई दिनमै ९ करोड… पुरा पढौ

सहुलियत पसल पोखराको साल्ट ट्रेडिङमै छैन चिनी

पोखरा ३० असोज । पोखरा नयाँबजार निवासी प्रेमबहादुर क्षत्री दसैँका लागि चिनी खरिद गर्न सोमबार दिउँसो पोखराको पृथ्वीचोकस्थित साल्ट ट्रेडिङ कर्पोरेशनको सहुलियत पसलको बिक्री केन्द्र पुगे । तर त्यहाँ चिनी नै बिक्रीमा नभएपछि रित्तो हात घर फर्कनुपर्‍यो । “उपभोक्तालाई लक्षित गरी काठमाडौँमा सहुलियत पसलबाट चिनी बिक्री भइरहेको समाचार हेरेर पोखराको साल्ट ट्रेडिङले पनि बिक्री गरेको होला भन्दै आएको हुँ तर यहाँ चामल, नून, तेल र साबुन मात्र बिक्री भइरहेको रहेछ, मलाई चिनी चाहिएको हो”, क्षत्रीले भने, “बजारमा चिनी खरिद गर्दा… पुरा पढौ

नव आदर्शको तीज महोत्सवमा ५० लाख खर्च, शुभकामना आदानप्रदान

पोखरा, ३० असोज नवआदर्श सामुदायिक विकास समाजले दसैं, तिहार, नेपाल संवत् तथा छठ पर्व लगायत पर्व अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । लामाचौरस्थित संस्थाको सभाहलमा मंगलबार सञ्चालित कार्यक्रममा संस्थाका कार्यसमिति पदाधिकारीहरु, पूर्व अध्यक्षहरु, पूर्व कार्य समिति सदस्यहरु, पूर्व कार्यसमिति सल्लाहकारहरु, आजीवन तथा साधारण सदस्यहरु, आमा समूह, विभिन्न संघसंस्था तथा क्लबहरुका प्रतिनिधिको उपस्थिति थियो । संस्थाका अध्यक्ष स्वागतसिंह भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, जिल्ला न्यायाधीश सूर्यबहादुर थापा, संस्थाका पूर्व सल्लाहकार तारा गर्वुजा, पूर्व अध्यक्ष सञ्जयकुमार अधिकारी… पुरा पढौ

पोखराको पकेट क्षेत्रमा खसिबोका प्रर्दशनी

पोखरा, असोज ३० पोखरा महानगरपालिकाले पकेट क्षेत्र घोषणा गरेको वडामा खसिबोका प्रर्दशनी गरिएको छ । पोखरा महानगरपालिका वडा नं २८ सौर्यमा पोखरा महानगरले बाख्राको पकेट क्षेत्र घोषणा गरेको थियो । सो क्षेत्रका किसानले अहिले बाख्रा पालनलाई तिब्रता दिएपछि प्रदर्शनीमा मात्र १७५ वटा खसिबोका प्रर्दशन गरिएको थियो । पोखरा महानगरपालिका कार्यालय, पोखरा महानगर वडा नं २८, को आयोजना तथा जिल्ला पशुपंक्षी तथा मत्य बिकास र्निदेशनालय, जिल्ला भेटनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र, पोखरा टेलिभिजन, ब्यबशायिक बाख्रापालन समिती पोखरा २८ को सहकार्यमा… पुरा पढौ

शाखा विस्तार गर्दै सिटिजन फर्निचर

पोखरा ३०, असोज कुनै समय पोखरामा सिटिजन फर्निचरलाई किन यत्रो लगानी गर्न आटेको होला भन्नेहरुलाई नै छक्क पार्दै अघि बढेको सिटिजन फर्निचरले हाल अर्को सोरुम विस्तार गरेको छ । सम्भवत पोखरामै सबैभन्दा ठूलो फर्निचर शो रुम ‘सिटिजन फर्निचर ट्रेड लिन्क प्रालि’ सामाजिक क्षेत्रमा पनि उत्तिकै ठूलो मनले उत्तरदायित्व वहन गर्दै आएको पाइन्छ । यहाँ हुने हरेक सामाजिक तथा धार्मिक कार्यक्रममा सिटिजन फर्निचरको सहयोग रहने गर्दछ । पसलमा आएका सेवाग्राहीलाई तातोचिसोको व्यबस्था सहित मोठो वोली वचन् सायद उनको पसलमा पुगेका जो… पुरा पढौ

खुला फुटसल प्रतियोगितामा च्याम्पियन बन्दै मेन्टेन एफसीले जित्यो ५ लाख अमित बने सर्वोत्कृष्ट खेलाडी

पोखरा, ३० असोज पोखरामा सम्पन्न नेपालकै सर्वाधिक पुरस्कार राशीको ‘दोस्रो खुला फुटसल’ प्रतियोगितामा काठमाडौंको मेन्टेन एफसी च्याम्पियन बनेको छ । ‘परिवर्तनका लागि खेलकुद’ नारासहित राजन एण्ड द ब्रदर्शको आयोजनामा पोखरा रंगशालास्थित कभर्ड हलमा आज ९मंगलबार० भएको फाइनल खेलमा काठमाडौंको ढुकु फुटसल हबलाई ३–० गोलले पराजित गर्दै मेन्टेन एफसी च्याम्यियन बनेको हो । मेन्टेनेको जितमा रफि महर्जन, विशाल सारुमगर र युकेश श्रेष्ठले समान १÷१ गोल गरे । च्याम्पियन बनेको मेन्टेन एफसीले उपाधिसँगै नगद रु ५ लाख, शिल्ड, मेडलसहित प्रमाणपत्र प्राप्त गर्यो… पुरा पढौ

क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

पोखरा ३० असोज क्षेत्री समाज नेपाल पोखरा– १६, ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा सहित धार्मिक विधी पुर्वक आरती गर्ने भएको छ । वाटुलेचौरमा रहेको चण्डीका, कालिका र अम्विका मन्दिरमा फुलपातीको दिन विहान कलश यात्रा गरिने र साझँ महाआरती सहित शुभकामना आदान प्रदान र चियापान गरिने आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिईएको छ । विभिन्न जातजाति र समुदायको समवन्यमा हुने कलश यात्रा चण्डीका मन्दिरवाट शुरु भई अम्विका मन्दिर हँुदैं कालिका मन्दिरमा पुगेर शुभकामना तथा चियापान कार्यक्रममा परिणत हुने समाजका… पुरा पढौ

प्रतिभा माविमा वार्षिक खेल गतिविधि सुरु

पोखरा, असोज ३० पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा मंगलबारदेखि वार्षिक खेल गतिविधि सुरु भएको छ । तीनदिनसम्म चल्ने खेल गतिविधिमा विभिन्न खेलकुद प्रतियोगिता संचालन हुनेछन् । गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङ र विद्यालय संचालक समितिका अध्यक्ष नारायणप्रसाद पौडेलले वार्षिक खेल कार्यक्रमको उद्घाटन गरेका थिए । विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार तीनदिने खेल गतिविधिमा ब्याडमिन्टन, टेवलटेनिस, भलिवल र बास्केटबलका प्रतियोगिता संचालन हुनेछन् । कक्षा ११ र १२ का छात्र तथा छात्राले विभिन्न समूह बनाएर प्रतिश्पर्धा गर्ने सापकोटाले बताए । प्राचार्य… पुरा पढौ

साइबर सुरक्षा सचेतना कार्यक्रम

पोखरा, ३० असोज बरपाण्डेथुम बहुउद्देश्यीय सामुदायिक शिकाइ केन्द्रले बिद्यार्थी र अभिभावकहरुलाई साइबर सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा बरपाण्डेथुम बहुउद्देश्यीय सामुदायिक शिकाइ केन्द्रले अभिभावक एबम् बिद्यार्र्थीकेन्द्रित साइबर सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम गरेको हो । साइबर अपराध भन्ने बित्तिकै अधिकांश घटना फेसबुक, टिकटक, इमो, व्हाटसप, भाइबर, ट्वीटर जस्ता सामाजिक सञ्जालबाट हुने गरेको र त्यस्ता घटनालाई सामान्य रुपमा लिंदा समस्या बढीरहेको भन्दै साइबर अपराध न्युनीकरण गर्न सचेतना कार्यक्रम गरिएको सामुदायिक शिकाइ केन्द्रका अध्यक्ष केशवराज आचार्यले… पुरा पढौ

बालबालिकाहरुको खुसिको लागि दशैंमा नयाँ नोट सटही गर्नेहरुको भिड

दीननाथ बराल पोखरा २९, असोज चारै तर्फ रमाईलो सरसफाई र हात हातमा नयाँ नोट ठाँउ ठाँउमा पिङ र सम्भव भए चंगा उडाउनु प्रायः बालबालिकाहरुको लागि दशैंको आएको भान हुन्छ जसले दशैंको रौनक दिएको हुन्छ । प्रायः अधिकांशको घर घरमा भएका ती बालबालिकाहरुको खुसिको लागि हामीले परम्परा देखि चल्दै आएका धेरै कुरालाई चट्ट छाड्न सक्दैनौं । ती मध्यको एक हो दशैंमा नयाँ नोट । हरेक बालबालिकाहरुको लागि दशैं भने पछि चाहे ५ रुपैया को नोट होस तर नयाँ नोटको महत्व छुट्टै… पुरा पढौ