जिवनशैली पत्रिका

शुभम् बचतमा पौडेल

पोखरा, २९ भदौ, पोखरा शुभम् बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा सुर्य प्रसाद पौडेल चयन भएका छन् । शुक्रबार पोखरामा सम्पन्न संस्थाको १२ औ साधारणसभाले पौडेलको अध्यक्षतामा नौ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको हो । पौडेल यस अघि संस्थाको उपाध्यक्ष थिए । निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता पदमपाणी देवकोटाका अनुसार सञ्चालक समितिको उपाध्यक्षमा कृष्ण प्रसाद पोखरेल, सचिवमा अशोक पौडेल र कोषाध्यक्षमा होमराज भट्टराई चयन भएका छन् । समितिको सदस्यमा गोविन्द प्रसाद बास्तोला, चीज कुमारी गुरुङ, अमृत पन्त, अनुप पाण्डे… पुरा पढौ

घनश्याम खड्काको ‘आनन्द संहिता’ को पोखरामा चर्चा

पोखरा, भदौ २९, र्‍यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा घनश्याम खड्काको नवीनतम कृति ‘आनन्द संहिता’ को चर्चा गरेको छ । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा कृतिमाथि संस्थाकै सहसचिव दीपक पराजुलीले अवधारणापत्र प्रस्तुत गरेका थिए । ‘मिथ्या’ उपन्यासका लेखकसमेत रहेका साहित्यकार पराजुलीले ‘आनन्द संहिता’ लाई स्वसहयोगी कृति मात्रै नभई पाठकलाई बोध र बुद्धत्वतर्फ अभिमुख गराउने चेष्टा गरिएको कृतिका रूपमा चित्रण गरे । ‘यो पुस्तकमा घनश्याम दार्शनिक चिन्तकका रूपमा प्रस्तुत भएका छन् यद्यपि सारमा यो कृति आध्यात्मिक देशना हो, जसको प्राथमिक… पुरा पढौ

स्याङजाको वालिङ देखि काठमाण्डौंसम्म भोलि देखि अत्याधुनिक सुविधा भएको बस सेवा सुरु हुने

पोखरा २९, भदौ, स्याङजाको वालिङ देखि पोखरा हुदै काठमाण्डौंसम्म भोलि देखि अत्याधुनिक सुविधा सम्पन्न भएको बस सेवा सुरु हुने भएको छ । रोयल स्याङ्जाको उक्त बस पृथ्वी राजमार्ग बस संचालक कम्पनीले मार्फत आइतबार देखि नियमित रुपमा संचालन हुने भएको कम्पनीका अध्यक्ष योगेन्द्र केसीले बताउनु भयो । उक्त बस सेवा वालिङबाट बिहान ७ बजे र काठमाण्डौ नयाँ बसपार्कबाट ६ः४५ बजे छुट्ने भएको उहाँले जनाउनु भयो । स्तरीय सुबिधा सम्पन्न २÷१ सोफा, बिस्कुट, फ्रुटि पानी, ब्लैंकेट एयरस्सपेन्स सहित, नम्र बोलि मिठो ब्यबहार… पुरा पढौ

गण्डकी प्रदेशको प्रेस रजिस्टारमा भण्डारी नियुक्त

पोखरा २८, भदौ, गण्डकी प्रदेशको प्रेस रजिस्टारमा विमला भण्डारी नियुक्त हुनु भएको छ । आज (शुक्रबार) बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई रजिस्टारमा नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष समेत रहनु भएको भण्डारी ४ वर्षका लागि गण्डकीको प्रेस रजिस्टार हुनु भएको हो । गण्डकीको पहिलो प्रेस रजिष्टार नियुक्तिका लागि सरकारले गत १६ साउनमा १५ दिनको म्याद दिएर सार्वजनिक सूचना मार्फत दरखास्त आह्वान गरेकोमा ५ जनाको मात्र आवेदन परेको थियो । भण्डारी सहित भरत कोइराला, दुर्गा अधिकारी, भानु… पुरा पढौ

पल्सर स्पोर्ट्स अवार्डको उपाधि क्रिकेटका पौडेल र महिला तर्फ कराँतेकी गुरुङलाई

काठमाडौँ २८, भदौ, कराँतेकी एरिका गुरुङ र क्रिकेटका रोहितकुमार पौडेल एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० को वर्ष उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आज (शुक्रबार) आयोजना गरेको कार्यक्रममा एरिका महिलामा र रोहित पुरुषमा वर्ष उत्कृष्ट खेलाडी घोषित भएका हुन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न अवार्डमा १९औँ एसियाली खेलकुदमा रजत पदक विजेता एरिकाले फुटबलकी साबित्रा भण्डारी, क्रिकेटकी रुबिना क्षेत्री, एथलेटिक्स सन्तोषी श्रेष्ठ र कबड्डी मेनुका राजवंशी पछि पारिन् । पुरुष क्रिकेटका रोहितले क्रिकेटकै दिपेन्द्रसिंह ऐरी,… पुरा पढौ

साना, मझौला र ठूला व्यवसायी सबैको पीर मर्कालाई बुझेर आएका छौंः पोखरेल प्यानल

पोखरा २८, भदौ, पोखरा उद्योग वाणिज्य संघको ३५ औं महाधिवेशन भदौ २९ गते सम्पन्न हुँदैछ । नयाँ नेतृत्वका लागि अर्जुन पोखरेल र गोकर्ण कार्की चुनावी मैदानमा होमिएका छन् । पोखरेल प्यानल सहित अगाडि बढ्दै छन् । यसअघि पोखरेलकै समूहमा रहेका पदाधिकारीहरु निर्विरोध निर्वाचित भइसकेका छन् । वरिष्ठ उपाध्यक्षमा उत्तममान बज्राचार्य, उद्योग उपाध्यक्षमा दिनेशचन्द्र बास्तोला, वाणिज्य उपाध्यक्षमा बलराम आचार्य, महासचिवमा शोभा गौतम र कोषाध्यक्षमा मनोज कुमार श्रेष्ठ अर्जुन पोखरेल प्यानलबाट निर्विरोध भएका हुन् । अघिल्लो पटक हार बेहोरेका पोखरेल यसपाली भने… पुरा पढौ

पोखरामा विद्यालय स्तरीय ब्याटमिन्टन प्रतियोगिता सुरु

पोखरा,भदौ २८, पोखरामा शुक्रबार देखि दुई दिने २० औ इन्द्र बहादुर गुरुङ मेमोरियल विद्यालय स्तरीय ब्याटमिन्टन प्रतियोगिता सुरु भएको छ । कास्की जिल्ला ब्याटमिन्टन संघको आयोजनामा शुक्रबार देखि पोखराको रंगशालामा रहेको ब्याटमिन्टन हलमा प्रतियोगिता सुरु भएको हो । स्वास्थ्यको लागि खेलकुद,राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ आयोजना भएको प्रतियोगितामा कास्की जिल्लाका विभिन्न ४० वटा विद्यालयका १ सय ९५ विद्यार्थीहरुले सहभागिता जनाएको छ । खेलको विकास तथा विस्तार गर्ने,स्कुलका विद्यार्थीहरुमा ब्याटमिन्टन खेल प्रति रुचि जगाउने,राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितहरुमा प्रतिस्पर्धा गर्ने उत्कृष्ट… पुरा पढौ

व्यवसायी पलायन रोक्ने पोउवा संघले नै हो ः कार्की

पोखरा २८, भदौ, पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले पछिल्लो समय व्यवसायी पलायन बढ्दै गएको बताएका छन् । पोउवासंघको ३५ औं महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै कार्कीले व्यवसायी पलायन हुँदा सटरहरु खाली हुँदै गइरहेको र यसको समाधान संघले गर्न सक्ने बताए । संघको नयाँ नेतृत्वका लागि अध्यक्ष पदका उम्मेदार समेत रहेका कार्कीले संघ सद्यैं उद्योगी र व्यवसायीको अधिकारका लागि अघि बढिरहेको संस्था रहेको र यसको गरिमा घट्दै गएका कारण त्यसको साखँ जोगाउन समेत अत्यावश्यक रहेको बताए । उद्योगी तथा… पुरा पढौ

सुनास कास्कीको अध्यक्षमा सिरोज कोइराला निर्विरोध

पोखरा, २८ भदौं ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालसँग आवद्ध सुशासनका लागि नागरिक समाज (सुनास) कास्की, गण्डकीको अध्यक्षमा सिरोज कोइराला शुक्रबार निर्विरोध चयन भएका छन् । सुनासको १८ औं वार्षिक साधारण सभा तथानवौं अधिवेशनले कोइरालाको नेतृत्वमा निर्विरोध दुई वर्षे कार्यकालको लागि नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा विष्णुप्रसाद अधिकारी, सचिवमा शान्तिकुमारी गुरुङ, सहसचिवमा विष्णुप्रसाद पौडेल र कोषाध्यक्षमा शिवहरि आचार्य निर्विरोध चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा मञ्जु गौतम, इन्दिरा भण्डारी, घनश्याम पौडेल र ईन्दिरा दाहाल रहेका छन् । बाँकीदुई सदस्य पछि… पुरा पढौ

पोखरामा लोटस ट्राभल्सले सञ्चालनमा ल्यायो सुपर एसि भिआइपी बस सेवा

पोखरा,२८ भदौ, पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालि अन्तर्गतको लोटस ट्राभल्सले पोखरा–काठमाडौँ रुटमा सुविधा सम्पन्न अन्तर्राष्ट्रिय मापदण्डको बस सेवा सञ्चालनमा ल्याएको छ । आउदै गरेको विजयादशमी लगायतका चाडपर्वलाई लक्षित गरी सो ट्राभल्सले सुविधासम्पन्न सोफासेटको सिट जडान गरिएको अशोक लेल्याण्ड कम्पनीले निर्माण गरेको सुपर एसि भिआइपी दुई वटा बसबाट सेवा सुरु गरेको हो । केही दिनभित्रमा थप दुई वटा बस समेत सञ्चालनमा आउने कम्पनीले जनाएको छ । यात्रुहरुको सुविधालाई ध्यानमा राखेर लामो यात्राका लागि आधुनिक सोफा सेट, एसी, हिटर,मोवाइल चार्ज गर्ने प्वाइट… पुरा पढौ