पोखरा, २, मंसिर, युआरएल फाउन्डेसनले यस वर्षको लाइफ टाइम एचिभमेन्ट अवार्डबाट डा खगेन्द्रबहादुर श्रेष्ठ र राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कारबाट पत्रकार जमुना वर्षा शर्मालाई सम्मान गर्ने भएको छ । नेपालको जनस्वास्थ्य क्षेत्रमा सामाजिक उत्तरदायित्वसहित लामो समय योगदान गर्ने चिकित्सक श्रेष्ठलाई २०८१ को लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गर्न लागिएको हो । ललितपुरको कुपन्डोल निवासी डा श्रेष्ठ पूर्वराजा वीरेन्द्र शाहका शाही चिकित्सकसमेत हुन् । ८९ वर्षीय श्रेष्ठ अहिले ब्लुक्रम अस्पतालका मेडिकल डाइरेक्टर छन् । नेपालसहित भारत, बेलायत, अमेरिकाबाट चिकित्साबारे अध्ययन र तालिम…
पुरा पढौ