पोखरा, ७ पुस, पोखरा महानगरपालिका–१३ स्थित भद्रकाली माध्यमिक विद्यालयलाई सत्य युवा क्लव बि १३ले आइतवार भौतिक तथा शैक्षिक सामग्री सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत समितिले आइतबार विद्यालयलाई एक लाख ५३ हजार रुपैयाँ बराबरका सामग्री हस्तान्तरण गरेको हो । विद्यालय परिसरमा आयोजित एक औपचारिक कार्यक्रमका बीच समितिले ५ सिटे सोफा सेट १ थान, प्लास्टिकका कुर्सी ७० थान, मेटलका कुर्सी १० थान तथा अफिस टेबल र कुर्सी १÷१ थान प्रदान गरेको छ । उक्त सामग्रीहरू समितिका अध्यक्ष हितमान गुरुङ, उपाध्यक्ष…
पुरा पढौ