दीननाथ बराल,पोखरा ५, माघ, गण्डकी प्रदेशको राजधानी जिल्ला कास्कीमा प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढ्दै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि आफ्ना उम्मेदवार टुंगो लगाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रास्वपाले कास्की क्षेत्र नम्बर १, २ र ३ मा उम्मेदवारको नाम सार्वजनिक गरेको हो । रास्वपाले कास्की क्षेत्र नम्बर १ मा गनेस पौडेललाई उम्मेदवार बनाएको छ । पौडेल २०७९ सालको स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिकाको मेयर पदमा ‘अटेरी उम्मेदवार’का रूपमा लौरो चुनाव चिह्नबाट उम्मेदवार बनेका…
पुरा पढौ