जिवनशैली पत्रिका

फिस्टेल ड्रिम पार्कको ३० लाख कित्ता आईपीओ निष्कासन हुने, बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल

दीननाथ बराल, पोखरा, ३ मंसिर, पर्यटन सहर पोखरामा फिस्टेल ड्रिम पार्क सञ्चालन गर्दै आएको आयु इन्टरटेन्मेन्ट लिमिटेडले सर्वसाधारणका लागि आयोजना गरिएको आईपीओ प्रक्रिया अघि बढाएको छ । कम्पनीले ३० लाख कित्ता शेयर सार्वजनिक गर्ने तयारी गर्दै बिक्री व्यवस्थापनको जिम्मा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई दिएको छ । यस सम्बन्धी सम्झौता पत्रमा आयु इन्टरटेन्मेन्ट लिमिटेडका अध्यक्ष कदम के.सी. र नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका गर्नु भएको हो । कम्पनीले जारी पूँजीको २० प्रतिशत बराबरका शेयर प्रति कित्ता… पुरा पढौ

प्रतिभा माविमा ‘स्पोर्टस् फेस्ट’ शुभारम्भ

पोखरा, पोखराको नदिपुरमा रहेको प्रतिभा माध्यमिक विद्यालयको वार्षिक कार्यक्रम अनुसार स्पोर्टस् फेस्ट २०८२ को औपचारिक शुभारम्भ बुधबार गरिएको छ । दुई साता चल्ने स्पोर्टस् फेस्टमा हरियो, रातो, पहेंलो र निलो गरी सदनात्मक रुपमा विद्यार्थीले प्रतिष्पर्धामा भाग लिनेछन् । विद्यालयका पूर्वप्राथमिकदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले विभिन्न खेलहरुमा प्रतिष्पर्धा गर्नेछन् । स्पोर्टस् मीटको प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतमले उद्घाटन गरे । उनले खेलकुदले विद्यार्थीलाई सामूहिक भावनाको विकास, प्रतिस्पर्धात्मक क्षमताको विकास, अनुशासन पालना गर्न सघाउने बताए । अध्यक्ष गौतमले प्रतिभा माविले शिक्षासँगै खेलकुद… पुरा पढौ

नगरिक समाज पोखराको अगुवाईमा फेवातालमा सरसफाई, कर्मचारी, जनप्रतिनिधि सहित सरोकारवालाहरु सफाईमा जुट्दै

दीननाथ बराल, पोखरा ३, मंसिर, नागरिक समाज पोखराको संयोजनमा पोखराको फेवातालमा सरसफाई गरिएको छ । बुधबार पोखराको हल्लनचोक डुङ्गाघाटदेखि बंगलादी डुङ्गाघाटसम्म करिब १ किलोमिटर पैदलमार्गमा जथाभावी फालिएका प्लास्टिकजन्य फोहर, रक्सीका वोत्तल सहित अन्य फोहोर संकलन गरिएको समाजका संस्थापक अध्यक्ष एवं कार्यक्रम संयोजक रामबहादुर पौडेलले पाखराक्लिकलाई बताउनु भयो । पोखराको मुख्य पर्यटकीय गन्तव्य फेवाताल संरक्षण अभियानमा पोखरा महानगरपालिकाका कर्मचारी सहित जनप्रतिनिधि, जलारी समुदाय, पर्यटन व्यवसयाी सहितका सरोकारवालाहरु जुटेको उहाँले बताउनु भयो । पर्यटनको राजधानि पोखरा आउने अधिकांश पर्यटकहरु घुमघाम गर्ने फेवाताल… पुरा पढौ

आर्वाको महाप्रभुधाममा शतबीज छरियो

पोखरा, ३ मङ्सिर, पोखरा महानगरपालिका वडा नं १३ मा अवस्थित महाप्रभुुधाममा आज शतबीज छरिएको छ । दुई शताब्दीभन्दा अघिदेखि धार्मिक आस्था र विश्वासको केन्द्र बन्दै गएको महाप्रभुधाममा प्रत्येक वर्ष बाला चतुदर्शीका दिनमा शतबीज छर्ने परम्परा अनुुसार आज यहाँ शतबीज छरिएको छ । बालाचतुर्दशीका अवसर पारी आजै श्री महाप्रभुधाम पर्यटकीय क्षेत्र विकास समितिद्वारा रुद्राभिषेक, राष्ट्रिय खुल्ला भजन प्रतियोगिता तथा महाआरती कार्यक्रम समेत राखिएका कारण बिहानैदेखि भक्तजनहरूको ठूलो उपस्थिति रहेको समितिका अध्यक्ष नवराज बरालले जानकारी दिनुुभयो । उहाँका अनुुसार पछिल्ला वर्षमा पोखरा… पुरा पढौ

पत्रकार धनबहादुर गुरुङ ‘सुमन’ युवा पत्रकारिता पुरस्कारबाट सम्मानित

पोखरा,३ मंसिर, पोखराका युवा पत्रकार धनबहादुर गुरुङ ‘सुमन’ मेजर लक्ष्मीप्रसाद÷हुमकुमारी गुरुङ एमबिओ बिइएम टुजि आर युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले बुधबार पोखरामा आयोजना गरेको कार्यक्रममा फोनिजका संघीय सचिव एमबी आस्थामगरले उनलाई नगद र समानपत्रसहित सम्मान गरेका हुन् । पुरस्कार दाता मेजर लक्ष्मीप्रसाद र हुमकुमारी गुरुङको ५२ औँ वैवाहिक वार्षिकोत्सवको अवसरमा पुरस्कार प्रदान गरिएको हो । पुरस्कार अर्पणपछि गुरुङले पत्रकारिता क्षेत्रमा लाग्नका लागि प्रेरणा मिलेको बताए । आगामी दिनमा दृढताका साथ अघि बढ्न… पुरा पढौ

पोखरामा पहिलो पटक नेशनल अटोक्रश च्याम्पियनसिप हुने

दीननाथ बराल, पोखरा, २ मंसिर, साहसिक खेलकुद मार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरामा पहिलो पटक नेशनल अटोक्रश च्याम्पियनसिप हुने भएको छ । पोखरा महानगरपालिकाको प्रबद्र्धनमा जायोन ओभरल्याण्डको आयोजना, मोटो स्पोटर््स क्लवको सहकार्य तथा नासा गण्डकीको समन्वयमा आउँदो पुष ११ गते उक्त प्रतियोगिता पोखरामा हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । आगामी संस्करणमा दुई वटा विधामा २४ कार वटा सहभागी हुने भएको नासा गण्डकीका अध्यक्ष शिव श्रेष्ठले बताउनु भयो । २००० सिसीभन्दा कम क्षमताका १२ र २०००… पुरा पढौ

कर प्रशासन जनमुखी होस् ः पोउवा संघ अध्यक्ष कार्की

पोखरा, २ मंसिर, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले कर प्रशासन जनमुखी हुनुपर्नेमा जोड दिएका छन् । उनले राज्यले संकलन गरेको कर जनताकै हितमा पारदर्शी तरिकाले खर्च गर्दामात्र राजश्व संकलनको दायरा बढ्ने पनि बताए । निजी क्षेत्र कर तिर्नुपर्छ भन्नेमा स्पष्ट रहेको बताउँदै उनले भने,‘आफूले तिरेको कर आफ्नै हितमा खर्च भएको छ भन्ने अनुभूति होस्,सजिलो तरिकाले कर तिर्न पाइयोस् र झन्झट नहोस्, आफू हेपिएको वा पेलाइमा परेकोजस्तो पनि नलागोस् । अध्यक्ष कार्की सोमबार पोखरा महानगरपालिकाको आयोजना तथा संघकै समन्वयमा… पुरा पढौ

पोखरा–भूटान सिधा हवाई उडान शुभारम्भः नियमित उडान सञ्चालनका लागि मेयर आचार्यको भुटान एयरलायन्स र युटिटीलाई आग्रह

दीननाथ बराल,पोखरा, २ मंसिर, पर्यटन नगरी पोखराबाट भुटानको राजधानी थिम्पुसम्म सिधा हवाई उडान औपचारिक रूपमा शुभारम्भ भएको छ । भुटान एयरलायन्सले आज (मंगलबार) बाट पोखरा–पारो–थिम्पु उडानको शुभारम्भ गरेसँगै दुई देशबीच को पर्यटन तथा व्यापारिक सम्भावनामा नयाँ ढोका खुलेको छ । भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट खाली आएको भुटान एयरलायन्सको १२६ सिट क्षमताको विमानले पोखराबाट ९ जना पाहुना तथा क्रु सदस्य सहित पारो हुँदै थिम्पु सुरक्षित अवतरण गराएको पोखरा महानगरका मेयर धनराज आचार्यले जानकारी गराउनु भयो । पोखरा विमानस्थलमा केक काटेर उक्त… पुरा पढौ

सहारा एकेडेमीमा दुधजङ्ग गुरुङको सहयोग

पोखरा, सहारा क्लब हङकङका सल्लाहकार दुधजङ्ग गुरुङले सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीमा २० हजार नगद सहयोग गरेका छन् । पोखराको माटेपानी घर भई हाल रोजगारी सिलसिलामा हङकङ बसोबास गर्दै आएका उनले एकेडेमी संयोजक विष्णु गुरुङ सो रकम हस्तान्तरण गरेका हुन् । साथै, उनले एकेडेमीका बालकहरुका लागि फलफूलसमेत प्रदान गरे । यसैबीच, सहारा क्लब पोखराले एकेडेमी सहयोग सञ्चालनार्थ गरेको च्यारिटी डिनर नाइटमा समेत उनले १० हजार सहयोग गरेका थिए । क्लबको उद्देश्यप्रति प्रभावित भई गुरुङले आगामी दिनमा पनि सहयोग… पुरा पढौ

पोखरामा टाइटनको एक्सक्लुसिभ स्टोर सञ्चालन, एक हजारभन्दा बढी मोडलको घडी उपलब्ध

पोखरा, प्रिमियम घडी ब्रान्ड टाइटनले पोखरामा आफ्नो पहिलो एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको छ। चिप्लेढुङ्गास्थित ट्रेड मलमा सञ्चालित यो स्टोर शनिबार एक विशेष समारोहबीच उद्घाटन गरिएको हो। स्टोरको उद्घाटन पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले रिबन काटेर गरेका हुन्। टाइटनका अन्तर्राष्ट्रिय व्यवसाय व्यवस्थापक वसन्त वासुदेवनका अनुसार यो स्टोर नेपालभरको ११औँ टाइटन एक्सक्लुसिभ आउटलेट हो। पोखरामा भने पहिलोपटक यस्तो प्रिमियम रेंजको आधिकारिक स्टोर खुल्दै ठूलो संख्यामा ग्राहक आकर्षित हुने अपेक्षा गरिएको छ। उनले जानकारी दिएका अनुसार स्टोरमा एक हजारभन्दा बढी मोडलका… पुरा पढौ