जिवनशैली पत्रिका

रामेछापमा निर्वाचन टोली बोकेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु, ७ जना घाइते

रामेछाप, रामेछाप नगरपालिका–२ देउराली अन्तर्गत सिरुबारीमा निर्वाचन टोली बोकेको गाडी आज दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ७ जना घाइते हुनु भएको छ । फागुन २१ गतेका लागि तय गरिएको निर्वाचनमा खटिएको टोली लिएर जाँदै गरेको ना ४ ख ६७६८ नम्बरको मिनी ट्रक आज दिउँसो दुर्घटनामा परेको हो। दुर्घटनामा प्रहरी सहायक निरीक्षक आरपी यादवको घटनास्थलमै ज्यान गएको थियो भने साघुटार वडा कार्यालय ‘ख’ मतदान केन्द्रका निर्वाचन अधिकृत तथा रुद्राक्षेश्वर मावि मुगिटारका शिक्षक डोरप्रसाद घिमिरेको उपचारका क्रममा मृत्यु भएको… पुरा पढौ

हिमालय आँखा अस्पतालमा एक बर्षमा १५ हजार ८ सय जनाको शल्यकृया

पोखरा, १८ फागुन, नेपाल नेत्रज्योति संघ, हिमालय आँखा अस्पताल पोखरा–१७ घारीपाटनले आइतबार आफ्नो ३३औँ वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । वि.सं. २०४९ (सन् १९९३) मा स्थापित यस अस्पतालले हालसम्म झन्डै ४३ लाख नागरिकको जीवनमा उज्यालो छरेको जानकारी मेडिकल डाइरेक्टर डा. बबिता गुरुङले दिइन् । समारोहमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अस्पतालको भौतिक विकासमा महानगरले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै यसलाई स्वास्थ्य पर्यटनसँग जोड्नुपर्नेमा जोड दिए । कार्यक्रममा नेत्रज्योति संघका केन्द्रीय अध्यक्ष प्राडा चेतराज पन्तले पूर्वाधार विकासमा सरकारको साथ खोजे भने उपाध्यक्ष… पुरा पढौ

बाराही मावि पोखराका पूर्वविद्यार्थीले गरे शिक्षकको सम्मान

पोखरा, १८ फागुन, पोखरा मालेपाटनमा रहेको बाराही माविका पूर्वविद्यार्थीले शिक्षकहरुको सम्मान गरेका छन् । वि।सं। २०३६ सालमा एसएलसी दिएका पूर्वविद्यार्थीको समूहले आफूलाई अध्यापन गराउने शिक्षकहरुको सम्मानमा सो कार्यक्रम आयोजना गरेका हुन् । विद्यालय परिसरमा आइतबार आयोजित सम्मान कार्यक्रमको उद्घाटन पूर्वविद्यार्थी समूहका अगुवा कपिलनाथ कोइरालाले गरेका थिए । सो अवसरमा बोल्दै पूर्वविद्यार्थी कोइरालाले वैदिक संस्कृतिको अनुयायी भएको नाताले शिक्षकहरुको सम्मान गर्नु आफ्नो कर्तव्य भएको बताए । शिक्षकहरुले दिएको शिक्षाका कारणले जीवनमा अगाडि बढ्न प्रेरणा मिलेको उनको भनाइ थियो । कार्यक्रममा सम्मानितहरुको… पुरा पढौ

कम्युनिष्ट मत बुर्जुवातिर नलग्न आग्रह गर्दै एमाले नेता वेदबहादुर गुरुङको अपिल – “सूर्य मन नपरे तारामा हालौँ”

पोखरा, १८ फागुन, नेकपा एमाले नेता तथा गण्डकी प्रदेश सभा सदस्य वेद बहादुर गुरुङले कम्युनिष्ट मत बुर्जुवा पार्टीतर्फ नलैजान आग्रह गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उहाँले कम्युनिष्ट मत विभाजन भए पनि त्यो कम्युनिष्ट पार्टीभित्रै सीमित हुनुपर्ने बताउनुभयो। गुरुङले सूर्य चिन्हमा चित्त नबुझे अर्को कम्युनिष्ट पार्टी नेकपाको तारा चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो। “कम्युनिष्ट मत बुर्जुवा पार्टीतिर सर्नु दीर्घकालीन रूपमा वामपन्थी आन्दोलनका लागि घातक हुन्छ,” उहाँले उल्लेख गर्नुभएको छ। उहाँका अनुसार विगतमा नेकपा (एमाले) र माओवादी केन्द्रको आकार… पुरा पढौ

बुलेटबाट ब्यालेटसम्मः हेमबहादुर थापाको समाजवादी अभियान, कास्की–२ मा पर्यटन र कृषिको उज्यालो भविष्य खोज्दै

पोखरा, १७ फागुन, कुनै समय काँधमा एसएलआर बोकेर राज्यसत्ता विरुद्ध लडेका एक कमाण्डर आज मतपेटिका मार्फत जनमत खोज्दै छन्। ‘आमोद’ नामले जनयुद्धकालमा चिनिएका हेमबहादुर थापा (किरण) अहिले बुलेट छाडेर ब्यालेट हुदै जनताको माझ समाजबादीको यात्रा अघि बढाएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कास्की निर्वाचन क्षेत्र नम्बर–२ बाट उनलाई उम्मेदवार बनाएको छ। जनयुद्धदेखि जनमतसम्म-२०४० साल वैशाख १ गते कास्कीको पोखरा–३३ भरतपोखरीमा जन्मिएका किरणको राजनीतिक यात्रा विद्यार्थी आन्दोलनबाट सुरु भयो। अखिल… पुरा पढौ

पश्चिमाञ्चल माविमा फूड फेस्टिवल

पोखरा, फागुन १७, पोखरा–४, गैह्रापाटनस्थित पश्चिमाञ्चल माविमा फूड फेस्टिवल आयोजना गरिएको छ । विद्यालयमा होटल व्यवस्थापन अध्ययनरत विद्यार्थीमा प्रयोगात्मक ज्ञान दिलाउनका लागि विद्यालयमा फूड फेस्टिवल आयोजना गरिएको हो । कार्यक्रमको पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्राडा रामनाथ ओझाले कार्यक्रमको उद्घाटन गरेका थिए । विद्यार्थीलाई किताबी ज्ञानसँगै प्रयोगात्मक अभ्यास गराउनका लागि फूड फेस्टिवल आयोजना गरेको उनले बताए । ‘विद्यार्थीले सैद्धान्तिक ज्ञान त कक्षाकोठामा पाएका थिए । तर उनीहरुलाई प्रयोगात्मक ज्ञानको पनि आवश्यकता थियो । त्यही ज्ञान हासिल गराउनका लागि यो अभ्यास गराएका हौं,’… पुरा पढौ

नेशनल क्रियशनमा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम

पोखरा, पोखरा–८ स्थित नेशनल क्रियशन एकेडेमीमा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम आइतबार सम्पन्न भएको छ । कार्यक्रममा गत वर्षको वार्षिक परीक्षामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्न सफल विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । विद्यार्थीलाई विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोपालबहादुर थापा, प्राचार्य ज्ञानेन्द्र थापा, प्रशासक विक्रम थापालगायतले पुरस्कार प्रदान गरेका थिए । प्रशासक थापाका अनुसार कार्यक्रममा सबै कक्षाका एक सय ५० बढी विद्यार्थी पुरस्कृत भए ।सोही अवसरमा विद्यालयले आय‍ोजना गरेको विभिन्न अतिरिक्त क्रियाकलापमा विजेता विद्यार्थीलाईसमेत पुरस्कार प्रदान गरिएको क्रियाकलाप… पुरा पढौ

तिलक रानाभाटसँग हजारौँ युवाको सहभागिता, युवा–केन्द्रित विकासमा जोड

लेखनाथ, १७ फागुन कास्की क्षेत्र नम्बर १ अन्तर्गत पोखरा महानगरपालिका वडा नम्बर ३२ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदवार तिलक रानाभाटको चुनावी घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रममा हजारौँ युवाको उल्लेख्य सहभागिता देखिएको छ । बिहानदेखि साँझसम्म सञ्चालन गरिएको अभियानमा विभिन्न टोलबस्तीका स्थानीय, युवाहरू, महिला समूह तथा पार्टीका कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । घरदैलोका क्रममा रानाभाटले आगामी विकास योजना युवा मैत्री र युवा नेतृत्व केन्द्रित हुनुपर्नेमा जोड दिँदै युवाको सक्रिय सहभागिताबिना दिगो विकास सम्भव नहुने बताए । उनले समाजका… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधी

पोखरा , पोखरामा शनिबार सम्पन्न गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष ह्याण्डबलमा कास्कीले दोहोरो उपाधी जितेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ कास्कीले बागलुङलाई २४–१५ गोलले पराजित गर्दै उपाधि जित्दा महिलातर्फ कास्कीले बागलुङलाई ९–६ ले फाइनल खेल जित्दै उपाधि जित्यो । त्यस्तै सम्पन्न प्रतियोगितामा पुरुषतर्फ तनहुँ र महिलातर्फ पर्वत जिल्ला बन्न सफल भए । प्रतियोगितामा ५ जिल्लाका महिला तथा पुरुष गरी ८ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा बिजेता टिम तथा… पुरा पढौ

चौथो हिसान गण्डकी फुटसल स् प्लस–२ तर्फ चिल्ड्रेन लाइफ र कलेजतर्फ इन्फरमेटिक्स च्याम्पियन

पोखरा , चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता २०८२ को उपाधि प्लस–२ तर्फ बागलुङको चिल्ड्रेन लाइफ बोर्डिङ स्कुल तथा विश्वविद्यालय ९कलेज० तर्फ इन्फरमेटिक्स कलेजले च्याम्पियन भएका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल ९हिसान० गण्डकीको आयोजनामा तथा सबिन मेमोरियल एफसीको व्यवस्थापनमा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा प्रतियोगिता सम्पन्न भएको हो । प्लस–२ तर्फको फाइनल खेलमा चिल्ड्रेन लाइफले पोखरा मासबारस्थित स्टेप वाई स्टेप स्कुललाई ३–१ गोलले पराजित गर्दै च्याम्पियन बन्यो । चिल्ड्रेन लाइफको जितमा आयुष पौडेलले दुई गोल तथा बरदान थापा… पुरा पढौ