जिवनशैली पत्रिका

गण्डकीमा ‘शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी’ अभियान सुरु

पोखरा, २९ साउन, नेपाली भाषाको प्रयोगमा देखिँदै आएका त्रुटि न्यूनीकरण गर्दै शुद्ध बोल्ने र शुद्ध लेख्ने संस्कृतिको विकास गर्ने उद्देश्यले गण्डकी प्रदेशमा ‘शुद्ध बोल्छ गण्डकी, शुद्ध लेख्छ गण्डकी’ अभियान सुरु गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार पोखरामा आयोजित एक औपचारिक कार्यक्रमबीच अभियानको शुभारम्भ गरेका हुन् । अभियान शुभारम्भ गर्दै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशले सुरु गरेको भाषिक शुद्धताको अभियान अन्य प्रदेशका लागि समेत सिकाइ बन्न सक्ने बताए । उनले गण्डकीबाट सुरु भएको अभियानलाई आगामी दिनमा ‘शुद्ध बोल्छ नेपाल,… पुरा पढौ

भान्छाबाट व्यवसायसम्म १२ वर्षको यूएई अनुभव बोकेर पोखरामा अरबिक स्वाद पस्कँदै मोहन शाह, बिरौटाबाट सुरु (भिडियो सहित) !

पोखरा, वैदेशिक रोजगारीका क्रममा १२ वर्ष संयुक्त अरब इमिरेट्स (यूएई) मा काम गर्दा हासिल गरेको अनुभवलाई स्वदेशमै व्यवसायमा रूपान्तरण गर्दै मोहन शाहले पोखरा–१७, बिरौटाबाट अरबिक स्वाद पस्किरहेका छन्। करिब १५ महिनादेखि सञ्चालनमा रहेको ‘याला फोर्नो एण्ड शोरमा रेस्टुरेन्ट एण्ड क्याफे’मा मानाकिस, हुमुस, कबाब, शोरमालगायतका विभिन्न अरबिक परिकार उपलब्ध छन्। यूएईमा लामो समय काम गर्दा त्यहाँको खाद्य संस्कृति, परिकार बनाउने शैली, ग्राहकको रुचि तथा रेस्टुरेन्ट व्यवस्थापनबारे नजिकबाट सिकेको अनुभवलाई शाहले स्वदेश फर्किएपछि आफ्नै व्यवसायमा प्रयोग गरेका हुन्। विदेशमा सिकेको सीप र… पुरा पढौ

मोदी खोलाको बाढीले मन्दिरमा फसेका पुजारी सहित ३ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

दीननाथ बराल,पोखरा, २९ साउन, कास्कीको अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमानास्थित नयाँपुल–बिरेठाँटी सडकखण्ड नजिकै मोदी खोलाको बीचमा रहेको माता अन्नपूर्ण मन्दिरमा बाढीका कारण फसेका पुजारी सहित तीन जनाको सशस्त्र प्रहरी बल नेपालले सकुशल उद्धार गरेको छ । गएराति परेको अविरल वर्षापछि मोदी खोलामा आएको भीषण बाढीले मन्दिरको अधिकांश भागसहित पर्वत र कास्कीतर्फ जोडिएका दुईवटा पुल बगाएपछि मन्दिरमा एक जना पुजारी र दुई जना भक्तजन फसेका थिए । घटना भएको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हे.क्वा.… पुरा पढौ

‘पोखरा घर’ भोलि शुक्रबारदेखि नै सञ्चालनमा आउने, पहिलाको गोल घर (ट्राफिक कार्यालय) रहेको स्थानमा पुस्तकालय, आर्ट ग्यालरी, सौचालय सहित स्नान गृह एकै भवनमा

दीननाथ बराल, पोखरा, २८ साउन, पोखरा महानगरपालिका–९ पृथ्वीचोकमा हालै निर्माण भएको बहुउद्देश्यीय भवन ‘पोखरा घर’ भोलि (शुक्रबार) देखि सञ्चालनमा आउने भएको छ । उक्त भवनको निर्माण सम्पन्न भएसँगै साउन २९ गते एक समारोहबीच भवनको औपचारिक उद्घाटन गर्ने तयारी गरिएको पोखरा महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले पोखराक्लिकलाई जानकारी दिनुभयो । पर्यटक, यात्रु तथा सर्वसाधारणलाई लक्षित गरी निर्माण गरिएको ‘पोखरा घर’मा स्नानघर, सार्वजनिक शौचालय, कोसेली घर, सूचना केन्द्र, पुस्तकालय, आर्ट ग्यालरी लगायतका सुविधा उपलब्ध रहेको अध्यक्ष मर्सानीले उल्लेख गर्नुभयो… पुरा पढौ

अन्ततः सरकारले तोक्यो दशौं राष्ट्रिय खेलकुदको मिति, मंसिर अन्तिम साता सुर्खेतमा हुने

पोखरा, लामो समयदेखि मिति तोकिँदै र स्थगित हुँदै आएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्ततः आगामी मंसिरमा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५औँ बोर्ड बैठकले प्रतियोगिता २०८३ मंसिर १६ देखि २९ गतेसम्म सुर्खेतमा आयोजना गर्ने निर्णय गरेको राखेपले पोखराक्लिकलाई जनाएको छ । सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा आज (बिहीबार) बसेको बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुदको नयाँ मिति तय गरेको हो। राखेपका अध्यक्ष तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको बैठकले लामो समयदेखि अन्योलमा रहेको प्रतियोगिताको आयोजनाबारे निर्णय… पुरा पढौ

पोखराको ॐकारेश्वर मन्दिरमा रु १ लाख ५५ हजार बराबरका सिसिटिभी क्यामेरा हस्तान्तरण

पोखरा, लायन्स क्लब अफ पोखरा इन्फर्मेशन टेक्नोलोजीले पोखरा–१७ स्थित धार्मिक तथा पर्यटकीय स्थल ॐकारेश्वर महादेव मन्दिर परिसरमा जडान गरिएका सिसिटिभी क्यामेरा मन्दिर सञ्चालक समितिलाई औपचारिक रूपमा हस्तान्तरण गरेको छ । बिहीबार मन्दिर परिसरमै आयोजित एक कार्यक्रमका बीच लायन्स क्लब इन्टरनेश्नल डिष्ट्रिक ३२५ आई नेपालका डिष्ट्रिक गभर्नर लायन सूर्य बहादुर केसीको प्रमुख आतिथ्यतामा रु १ लाख ५५ हजार लागतमा जडान गरिएका ८ वटा उच्च प्रविधियुक्त सिसिटिभी क्यामेरा हस्तान्तरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक गभर्नर लायन सूर्य बहादुर केसीले लायन्सको… पुरा पढौ

गण्डकी प्रदेश प्रमुखसमक्ष मुख्य न्यायाधिवक्ताको प्रतिवेदन पेस

पोखरा, २८ साउन, गण्डकी प्रदेश प्रमुख समक्ष मुख्य न्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेस गरिएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष गण्डकी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले कार्यालयको आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो । प्रतिवेदन ग्रहण गर्नुहुँदै प्रदेश प्रमुख भट्टले मुख्य न्यायाधिवक्ता मुख्यमन्त्रीका कानुनी सल्लाहकार रहेकाले प्रदेश सरकारको न्यायिक कामकारबाही नै मुख्य न्यायाधिवक्ताको प्रमुख दायित्व रहने उल्लेख गर्नुभयो । ‘प्रदेश सरकारलाई कानुनी सल्लाहका साथै न्यायिक कामकारबाहीमा सहायता प्रदान गर्ने जिम्मेवारी मुख्य न्यायाधिवक्ताको हो’ प्रदेश प्रमुख… पुरा पढौ

सिंगापुरबाट फर्किए देउवा, सनरुफबाट समर्थकलाई हात हल्लाउदै अभिवादन व्यक्त गरे देउवाले

काठमाडौं, नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साढे पाँच महिनापछि स्वदेश फर्किएका छन्। स्वास्थ्य उपचारका लागि सिंगापुर गएका देउवा बिहीबार काठमाडौं फर्किएका हुन्। तश्विर सामाजिक संजाल जेनजी आन्दोलनपछि कांग्रेसको विशेष महाधिवेशनबाट सभापति पदबाट हटाइएका देउवा उपचारका लागि देशबाहिर थिए। स्वदेश फर्किएलगत्तै उनलाई स्वागत गर्न विमानस्थलमा ठूलो संख्यामा समर्थक तथा शुभेच्छुकहरू पुगेका थिए। विमानस्थलबाट प्रहरीको स्कर्टिङ र समर्थकहरूको भीडबीच बाहिरिएका देउवाले गाडीको सनरुफबाट निस्किएर उपस्थित समर्थकलाई अभिवादन गरेका थिए। उनी सनरुफबाट बाहिरिँदा काठमाडौंमा पानी परिरहेको थियो। स्वदेश फर्किएकै दिन… पुरा पढौ

तमोरका र्‍याफ्टिङ गाइडदेखि एसियाली खेलकुदसम्म विजय र आशिषले क्यानोइङमा नेपालको चुनौती सम्हाल्ने

दीननाथ बराल,पोखरा २७, साउन, नेपालको क्यानोइङ खेलका लागि पोखराबाट अर्को अन्तर्राष्ट्रिय यात्रा तय भएको छ। आगामी सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म जापानको आइची–नागोयामा आयोजना हुने २०औँ एसियाली खेलकुदका लागि नेपालबाट कायक स्लालम तथा कायक क्रस विधामा प्रतिस्पर्धा गर्न विजय माझी र आशिष राना मगर छनोट भएका छन्। एसियाली खेलकुदका लागि राष्ट्रिय टोलीमा स्थान बनाएपछि दुवै खेलाडी अहिले पोखराको फेवातालमा प्रशिक्षणमा व्यस्त छन्। उनीहरूलाई नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघका प्रमुख प्रशिक्षक तथा पोखरामा प्रशिक्षण गराउँदै आउनुभएका निमबहादुर मगरले प्रशिक्षण दिइरहनुभएको… पुरा पढौ

पोखराबाट सरुवा भएका काठमाडौं महानगरको प्रमुख प्रशासकीय अधिकृत अर्यालले कार्यभार सम्हाले, कार्यवाहक प्रमुख ढंगोलबाट सुशासन र क्षेत्रगत समन्वयको अपेक्षा

काठमाडौं, पोखरा महानगरपालिकाबाट सरुवा भई काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त हुनुभएका मुक्तिराम अर्यालले बुधबार कार्यभार सम्हालनु भएको छ। महानगरपालिकाले उहाँसँग आज परिचयात्मक कार्यक्रमसमेत सम्पन्न गरेको छ। नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत अर्याललाई काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्वागत गर्दै चालु आर्थिक वर्षका लागि स्वीकृत नीति, योजना तथा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न परिणाममुखी नेतृत्वको अपेक्षा गर्नुभएको छ। कार्यवाहक प्रमुख डंगोलले महानगरको सेवा प्रवाहलाई थप प्रभावकारी, कर्मचारी प्रशासनलाई अनुशासित तथा मर्यादित र समग्र प्रशासनिक कार्यलाई नतिजामुखी बनाउन प्रमुख प्रशासकीय अधिकृतको… पुरा पढौ