जिवनशैली पत्रिका

सहारा एकेडेमीको सहयोगार्थ सहारा यूकेद्वारा एक लाख १८ हजार सहयोग

पोखरा, ३१ साउन, सहारा एकेडेमीको सहयोगार्थ पोखरामा आयोजित ‘समर हाइकिङ फर च्यारिटी–२०८३’ अभियानलाई सहारा यूकेले एक लाख १८ हजार ९ सय २९ रुपैयाँ सहयोग गरेको छ । सहारा क्लब पोखराले सञ्चालन गर्दै आएको सहारा फुटबल एकेडेमीको दिगो व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले आयोजित हाइकिङ अभियानमा सहारा यूकेले उक्त रकम सहयोग गरेको सहारा यूकेका अध्यक्ष सारदा गुरुङले बताउनु भयो । सहारा क्लबले लामो समयदेखि कठिन परिस्थिति तथा विपन्न परिवारका बालकलाई आवासीय सुविधासहित फुटबल प्रशिक्षण र शिक्षाको अवसर प्रदान गर्दै आएको सहारा एकेडेमीको… पुरा पढौ

रेडक्रसको जिल्लास्तरीय वक्तृत्वकलामा अमरसिंह माविकी मानसी प्रथम

पोखरा, साउन ३० नेपाल रेडक्रस सोसाइटी, कास्कीको आयोजना तथा नेपाल जुनियर रेडक्रस सर्कल, बालमन्दिर मावि, पोखरा(३, नदीपुरको व्यवस्थापनमा सम्पन्न कास्की जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा अमरसिंह माविकी मानसी खनाल प्रथम भएकी छन् । कास्कीका ३४ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा कास्की मोडर्नाइज्ड एकेडेमीकी श्रेया क्षेत्री द्वितीय, मदरल्यान्ड माविकी दीपशिखा क्षेत्री तृतीय तथा लक्ष्मीआदर्श माविकी किन्सल पौडेल र त्रिभुवनशान्ति माविका टङ्कबहादुर चर्माले सान्त्वना स्थान प्राप्त गरेका थिए । ‘मानवता र सेवामा जुनियर युवाः वर्तमान चुनौती, अवसर र हाम्रो जिम्मेवारी’ शीर्षकमा भएको प्रतियोगिताका निर्णायकहरूमा बाबुराम… पुरा पढौ

शुभ अधिकारी ट्राभल्सले ल्यायो थप लक्जरियस बस, पोखरा–काठमाडौं रुटमा दिवा तथा रात्रि सेवा भदौं ३ गते संचालन हुने

पोखरा, पर्यटकीय राजधानी पोखराबाट काठमाडौं आवतजावत गर्ने यात्रुलाई लक्षित गर्दै शुभ अधिकारी ट्राभल्स एन्ड टुर प्रा.लि.ले अत्याधुनिक सुविधासहितका लक्जरियस बस सञ्चालनमा ल्याउने भएको छ। करिब ६ करोड रुपैयाँ लगानीमा ल्याइएका नयाँ बसमार्फत कम्पनीले आगामी भदौ ३ गतेदेखि पोखरा–काठमाडौं रुटमा दिवा तथा रात्रिकालीन सेवा सुरु गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । पोखरामा आयोजित एक कार्यक्रमबीच नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले नयाँ बस सेवाको औपचारिक शुभारम्भ गर्नुभयो। लामो समयदेखि यातायात क्षेत्रमा सेवा दिँदै आएको शुभ अधिकारी ट्राभल्सले यात्रुको… पुरा पढौ

निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न ।

साउन ३०, पोखरा, नेपाल प्रहरी श्रीमती संघको ४२ औँ वार्षिकोत्सवको अवसरमा नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश, पोखराको आयोजनामा महिला प्रहरी कर्मचारी तथा प्रहरी कर्मचारीका परिवारलाई लक्षित गरी स्तन क्यान्सर तथा स्त्री रोग सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेश प्रहरी अस्पताल, पोखराको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा महिलामा हुने स्तन तथा पाठेघरको क्यान्सर लगायतका स्त्री रोग सम्बन्धी स्वास्थ्य परीक्षण तथा आवश्यक स्वास्थ्य परामर्श प्रदान गरिएको थियो । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक… पुरा पढौ

सहारा एकेडेमीको सहयोगार्थ ‘समर हाइकिङ फर च्यारिटी’ सम्पन्न (भिडियो सहित)

दीननाथ बरालपोखरा, ३० साउन, सहारा फुटबल एकेडेमीको सहयोगार्थ पोखरामा आयोजना गरिएको ‘समर हाइकिङ फर च्यारिटी–२०८३’ सम्पन्न भएको छ । पोखरा महानगरपालिका–९ को समन्वय तथा सहारा क्लब पोखराको आयोजनामा भएको हाइकिङमा २ सय १५ जनाको सहभागिता रहेको क्लबले जनाएको छ । https://www.youtube.com/watch?v=E_tqCyo2F04 पोखरा–९ स्थित फल्चाबाट सुरु भएको हाइकिङ रानीपौवा, चापापानीचोक हुँदै पर्यटकीय क्षेत्र काहुँडाँडामा पुगेर समापन भएको थियो । हाइकिङको उद्घाटन पोखरा महानगरपालिका–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले रिबन काटेर गर्नुभएको थियो । काहुँडाँडामा आयोजित समापन समारोहमा बोल्दै वडाध्यक्ष मर्सानीले सहारा क्लबले… पुरा पढौ

विजयपुर खोलाले दुई बालकलाई बगायो, खोजी कार्य जारी

पोखरा, पोखरा–२६, सक्नेरीस्थित भगवती हाइड्रोपावर नजिकै विजयपुर खोला तर्ने क्रममा दुई बालकलाई खोलाले बगाएको छ। शनिबार दिउँसो करिब १ बजे विजयबस्तीबाट सक्नेरीतर्फ जाने क्रममा १४ र १५ वर्षीय दुई बालकलाई खोलाले बगाएको स्थानियले बताएका छन् । खोलाले बगाउनेमा स्याङ्जाको बिरुवा गाउँपालिका–७ घर भई हाल पोखरा–१४ छिनेडाँडास्थित आर्मी पल्टनमा बस्दै आएका १४ वर्षीय निकसन गुरुङ र खोटाङ घर भई हाल पोखरा–१४ चाउथेमा बस्दै आएका १५ वर्षीय ओमन राई रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी विरेन्द्रकुमार पासवानले पोखराक्लिकलाई बताए । उनीहरूको… पुरा पढौ

कृषि, पशुपन्छी तथा जडीबुटी बीमाको पहुँच बढाउन जनप्रतिनिधि र कृषकसँग अन्तरक्रिया

स्याङ्जा, श्रावण २९, कृषि, पशुपन्छी तथा जडीबुटी बीमाको आवश्यकता, महत्व र बीमा दाबी भुक्तानी प्रक्रियाबारे स्थानीय जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी तथा कृषकलाई जानकारी गराउने उद्देश्यले स्याङजाको अर्जुनचौपारी गाउँपालिकामा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ। युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको आयोजना तथा अर्जुनचौपारी गाउँपालिकाको सहयोगमा गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा निजीवन बीमाअन्तर्गत सम्पत्ति बीमा, मोटर बीमा, हवाई बीमा, पशुपन्छी तथा जडीबुटी बीमालगायत विभिन्न प्रकारका बीमाको आवश्यकता, महत्व, जोखिम न्यूनीकरण तथा दाबी भुक्तानी प्रक्रियाबारे विस्तृत जानकारी गराइएको थियो। कार्यक्रममा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका गण्डकी… पुरा पढौ

स्टेप बाई स्टेप मा.वि.मा चेस प्रतियोगिता

पोखरा, २९ साउन, पोखरा मासवारमा रहेको स्टेप बाई स्टेप माध्यमिक विद्यालयमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीबीच चेस प्रतियोगिता उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। विद्यार्थीहरूमा तार्किक सोच, एकाग्रता, धैर्यता तथा निर्णय क्षमता विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विद्यालयका १५५ जना छात्र तथा छात्राले सहभागिता जनाएका थिए। प्रतियोगिताको अवसरमा विद्यालयका प्राचार्य निर्मला बरालले चेस खेलले विद्यार्थीहरूको बौद्धिक तथा तार्किक क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताइन्। उनले अध्ययनसँगै यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीको समग्र व्यक्तित्व विकासमा समेत सहयोग पुग्ने धारणा व्यक्त गरिन्। त्यसैगरी… पुरा पढौ

पोखराको मालेपाटनमा भोलि मैत्रीपूर्ण लाखे नाच प्रदर्शन हुँदै

पोखरा, साउन २९, तायाःमचा नाच समिति पोखरा–५ मालेपाटनको आायोजनामा भोलि शनिबार तेस्रो मैत्रीपूर्ण लाखे नाच प्रदर्शन हुने भएको छ । मालेपाटनस्थित वाराही माविको खेलमैदानमा बिहान १० बजेदेखि राति १० बजेसम्म लाखे नाच प्रदर्शन गर्न लागिएको हो । लाखे संस्कृति संरक्षण, सम्वद्र्धन, प्रवद्र्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले आयोजना हुने कार्यक्रममा पोखरा र आसपासका विभिन्न स्थानका २० वटा लाखे समूहले एउटै मञ्चमा लाखे नाच प्रदर्शन गर्नेछन् । सो अवसरमा विविध सांस्कृतिक कार्यक्रमसँगै नेवारी खाना, खाजा र स्थानिय उत्पादनको प्रदर्शन तथा बिक्रीसमेत हुने… पुरा पढौ

पर्वतीय पत्रकारितामा योगदान पु¥याए वापत पत्रकार भुपाल गुरुङ सम्मानित

पोखरा पर्वतीय पत्रकारितामा योगदान पु¥याएको भन्दै पत्रकार भुपाल गुरुङ सम्मानित हुनुभएको छ । नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेशले गुरुङलाई पर्वतीय पत्रकारितामार्फत हिमाल, पदयात्रा, पर्वतारोहण, प्रकृति तथा हिमाली जीवनका विषयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसम्म पु¥याउन महत्वपूर्ण योगदान गरेको भन्दै नगद सहित सम्मान गरेको हो । संघको पोखरामा आयोजित १८ औँ वार्षिक साधारण सभा तथा ८औँ अधिवेशनको अवसरमा नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पा, गण्डकी प्रदेशका अध्यक्ष विकास गुरुङ र सचिव मनशान्त घिमिरे, पोखरा पर्यटन परिषद अध्यक्ष तारानाथ पहारीलगायतले गुरुङलाई नगद,… पुरा पढौ