जिवनशैली पत्रिका

विवाद चुलिँदै गएपछि अन्ततः गृहमन्त्री सुदन गुरुङले दिए राजीनामा

काठमाडौं, निरन्तर बढ्दो विवाद र सडक तथा सामाजिक सञ्जालमा चर्किँदै गएको दबाबपछि गृहमन्त्री सुदन गुरुङले अन्ततः राजीनामा दिएका छन्। जेनजी आन्दोलनका अगुवा सुदन गुरुङसँगको टकराव उत्कर्षमा पुगेपछि उनको बहिर्गमन अपरिहार्य बनेको हो। विशेषतः आन्दोलनका प्रमुख अगुवा सुदन गुरुङले प्रधानमन्त्री वालेन शाह समक्ष आज राजीनामा दिएका हुन् । उनको राजीनामालाई लियर मिश्रित प्रतिकृया आएको छ । केहीले सार्वजनिक पद धारणा गरेको व्यक्ति माथि शेयर कारोवार लगायतका बिषयमा विवादीत भए पछि पछि छानविन गर्न राजीनामा दिन माग गरेका थिए । पुरा पढौ

पोखराको लेकसाईड क्षेत्रमा फुटपाथ अतिक्रमण र अव्यवस्थित पार्किङ नियन्त्रणका लागि सचेतना अभियान सुरु

दीननाथ बराल ,पोखरा ९, वैशाख , पोखरा महानगरपालिका–६, लेकसाइड क्षेत्रमा सडक सुरक्षालाई ध्यानमा राख्दै फुटपाथ अतिक्रमण र अव्यवस्थित पार्किङ नियन्त्रणका लागि सक्रिय कदम चालिएको छ। व्यापारिक प्रयोजनका सामग्रीहरू सडक पेटीमा राख्दा तथा जथाभावी सवारी पार्किङ गर्दा दुर्घटनाको जोखिम बढेको निष्कर्षपछि सम्बन्धित निकायहरूले संयुक्त रूपमा यस्तो कार्य थालेका हुन्। पोखरा ६ का वडाध्यक्ष बिष्णुबहादुर भट्टराईको नेतृत्वमा, सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका अध्यक्ष ठकुर प्रसाद बराल, नगर प्रहरी तथा अन्य सरोकारवाला संस्थाहरूको सहभागितामा लेकसाइड क्षेत्रमा अनुगमन गरी अतिक्रमित फुटपाथ खाली गराइएको छ।… पुरा पढौ

युनाईटेड क्लब पोखराको १६ औं वार्षिकोत्सव सम्पन्न

पोखरा, विभिन्न सामाजिक काम गर्दै युनाईटेड क्लब पोखराले आफ्नो १६ औं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसर पारी क्लबले रक्तदान, छात्रवृत्ति अक्षय कोष र सिसि टिभि क्यामेरा हस्तान्तरण कार्यक्रम गरेको हो । क्लबले वार्षिकोत्सवको अवसर पारि पोखरा १५ फलेपाटनमा रहेको सिद्ध माविमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति अक्षयकोष स्थापना गरेको हो । सो अवसरमा वोल्दै पोखरा महानगरपालिका वडा नं १५ का अध्यक्ष तोरण बहादुर बानियाँले युनाईटेड क्लबले स्थापना कालदेखिनै सामाजिक काम गर्दै आइरहेको र शिक्षाको क्षेत्रमा पोखरा… पुरा पढौ

पोखरा स्पोर्टस अवार्डमा भूतपूर्व खेलाडी मञ्चको सहयोग

पोखरा, नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले पोखरा स्पोर्टस् अवार्डलाई प्रदान गर्दै आएको सहयोगलाई यसपटक पनि निरन्तरता दिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना तथा रारा तयारी चाउचाउको टाईटल स्पोन्सरमा आगामी वैशाख १८ गते पोखराको ईभेन्ट सेन्टरमा आयोजना गर्ने १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा प्रदान गर्दै आएको सहयोगलाई निरन्तरता दिएको हो । भूतपूर्व खेलाडी मञ्चको रजत महोत्सवको समापन, आजीवन सदस्य पुनर्मिलन समारोहत तथा राष्ट्रिय खेलकुद पुरस्कार वितरण समारोहका बीच भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष… पुरा पढौ

पोखरा म्याराथनको रजत महोत्सवमा स्व. शरदचन्द्रलाई मरणोपरान्त पुरस्कार अर्पण

पोखरा, बैशाख ८, पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको रजत महोत्सव मनाएको छ ।सोमबार एक कार्यक्रमको आयोजना गरि नेपाली खेलकुद क्षेत्रमा विशेष योगदान पु¥याएका स्वर्गीय शरदचन्द्र शाहलाई मरणोपरान्त राष्ट्रिय खेलकुद पुरस्कार प्रदान गरेर महोत्सव समापन गरिएको मञ्चका अध्यक्ष दिल बहादुर गुरुङले जानकारी दिए । स्वर्गीय शाहाका परिवारलाई नगद १ लाखसहित पदक र सम्मानपत्रले सम्मान गरिएको अध्यक्ष गुरुङले खुलाए । शाहा परिवारको तर्फबाट शाहाकि श्रमती,रमा शाहा र छोरि मिमोहि शाहालाई पोखरा महानागरपालिकाका मेयर धनराज आचार्य, गण्डकी प्रदेश खेलकुद… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिकाको पातिखोला गुफा पूर्वाधार विकास गर्न महायज्ञ हुदै (भिडियो सहित)

पोखरा , कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं। ४ र ५ को सिमाना पातिखोलामा श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ–२०८३ हुने भएको छ । https://www.youtube.com/watch?v=mzNP4eP1ItM पातिखोला गुफा संरक्षण समितिको आयोजना, माछापुच्छ्रे गाउँपालिकाको संरक्षकत्व तथा यस स्थानमा रहेका आम समूह, टोल सुधार समिति, क्लब तथा विभिन्न सामाजिक सङ्घ–संस्थाहरूको सहकार्यमा वैशाख १७ देखि २४ गते सम्म वडा नंं ४ को जोगिचौर मणि परिसरमा महायज्ञ हुन लागेको मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । माछापुच्छ्रे गाउँपालिका वडा नं। ४ र ५ को सिमानमा पर्ने… पुरा पढौ

मनुश्री र भिग्नजित राष्ट्रिय जुनियर टेनिसमा यू-१८ तर्फ दर्शिललाई स्वर्ण, यू-१२ र यू-१४ मा सारालाई दोहोरो स्वर्ण

पोखरा, कास्की जिल्ला टेनिस संघको आयोजनामा मंगलबार पोखरामा सम्पन्न यू-१८ ब्वाइज सिंगल्सतर्फ दर्शिल श्रेष्ठले स्वर्ण पदक जिते भने गर्ल्स सिंगल्सतर्फ सारा पन्तले यू-१२ र यू-१४ तर्फ स्वर्ण पदक जितेकी छन् ।सम्पन्न प्रतियोगिताको यू- १८ ब्वाइजतर्फ दर्शिलले फाइनलमा शास्वत बज्रचार्यलाई ६–४, ६–३ को सोझो सेटमा पराजित गरे । यू१६ ब्वाइजतर्फ सन्दिप विकले स्पन्दन उदासलाई ६–२, ३–६, ६–१ ले फाइनलमा पराजित गरी स्वर्ण पदक जिते भने सन्दिपले रजत पदक हात पारे । यू१६ गर्ल्सतर्फ श्वरा थापाले स्वर्ण जितिने भने ऐरा खत्री रजत… पुरा पढौ

गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस

पोखरा, ७ वैशाख, गण्डकीका प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टलाई आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८१र०८२ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख भट्टलाई पेस गर्नुभएको हो । संविधानको धारा २९४ को उपधारा ९३० को व्यवस्था बमोजिम आयोगले सोमबार एक कार्यक्रमका बीच सातौं वार्षिक प्रतिवेदन पेस गरेको हो । प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख भट्टले मुस्लिम समुदायको इतिहास र संस्कृतिको पहिचान, हकहितको संरक्षण र सम्वर्द्धन तथा सशक्तिकरणका लागि आयोग गठन भएको… पुरा पढौ

कास्कीमा कर्मचारीलाई कार्यशैली सुधार्न सांसद पौडेलको कडा निर्देशन, गुनासो आए सिधै माथिल्लो तहमा उजुरी गर्ने चेतावनी

दीननाथ बराल,पोखरा ७, वैशाख, कास्की जिल्लाका प्रशासनिक कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुखहरूसँग आज (सोमबार) पोखरामा भएको बैठकमा प्रतिनिधि सभा सदस्य उत्तम पौडेल ले कार्यशैलीमा आमूल परिवर्तन गर्न कडा निर्देशन दिएका छन्। उनले विगतमा नेताको पहुँच, भनसुन र चिटका आधारमा हुने कामको संस्कृतिलाई तत्काल अन्त्य गर्नुपर्ने बताएका हुन् । बैठकमा बोल्दै सांसद पौडेलले सुशासन नारामा मात्र सीमित नभई हरेक सरकारी कार्यालयको व्यवहार र सेवा प्रवाहमा देखिनुपर्नेमा जोड दिए। “जनताको गुनासो सुन्ने पहिलो जिम्मेवारी तपाईंहरूको हो, जनताले मसम्म आउनु पर्ने अवस्था… पुरा पढौ

छोरेपाटन मा.वि.मा होटल व्यवस्थापनको पढाइ हुने

पोखरा, ७ बैशाख, पोखरा १७ स्थित छोरेपाटन माध्यमिक विद्यालयले आगामि शैक्षिक सत्रदेखि होटल व्यवस्थापन समूह (एचएम्) तर्फको पढाइ सुरु गर्ने भएको छ । त्यसका लागि विद्यालयले तयारी अन्तिम चरणमा पु¥याएको छ । जसका लागि सुरुमा कक्षा ११ तर्फ ४० जना विद्यार्थी भर्ना गरिने प्रधानाध्यापक डिल्लीराम शर्मा भुषालले जानकारी दिनुभयो । पोखरा पर्यटकीय शहर हो, यहाँ वर्षिनी लाखौं पर्यटक घुम्नका लागि आउनुहुन्छ, यहाँको भौगोलिक सुन्दरताले पनि पर्यटकको मन लोभ्याएकै छ, वि.एच.एम्लाई पनि मध्येनजर गरी कक्षा ११, १२ तर्फ यस वर्षदेखि पठनपाठन… पुरा पढौ