जिवनशैली पत्रिका

गण्डकी प्रदेश प्रमुख र राष्ट्रियसभा उपाध्यक्षबीच भेटवार्ता

पोखरा , गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट र राष्ट्रिय सभाका उपाध्यक्ष लिलाकुमारी भण्डारीबीच भेटवार्ता भएको छ । पोखरा स्थित प्रदेश प्रमुख निवासमा भएको भेटवार्ताका क्रममा प्रदेश प्रमुख भट्टले संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभामा निर्विरोध निर्वाचित हुनुभएकोमा उपाध्यक्ष भण्डारीलाई हार्दिक बधाईका साथ सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । प्रदेश प्रमुख भट्टले संघ र प्रदेशबीचको समन्वय तथा सहकार्यमा जोड दिनुहुँदै प्रदेशमा कानुन निर्माण प्रक्रिया तथा त्यसको कार्यान्वयन, नीति निर्माणसँग सम्बन्धित विषयहरू साझा गर्नुभएको थियो । संवैधानिक पदाधिकारीहरूबीचको औपचारिक छलफलका क्रममा… पुरा पढौ

पोखरा हङकङ बजारका व्यवसायीहरूले अत्यधिक भाडा वृद्धिको विरोध गर्दै टेण्डर खारेज गर्न माग (भिडियो सहित)

दीननाथ बराल,पोखरा १३, वैशाख, पोखराको पृथ्वीचोकस्थित हङकङ बजारका व्यवसायीहरूले अत्यधिक भाडा वृद्धिको विरोध गर्दै टेण्डर खारेज गर्न माग गरेका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरूले हालको भाडादरभन्दा ५ देखि १२ गुणासम्म वृद्धि हुनेगरी टेण्डर आह्वान गरिएको भन्दै यसले साना व्यवसायी विस्थापित हुने अवस्था सिर्जना गरेको गुनासो गरेका हुन् । ठेकेदार कम्पनीले अत्यधिक उच्च दरमा बजार ठेक्कामा लिएपछि त्यसको प्रत्यक्ष असर व्यवसायीमाथि पर्ने भएको भन्दै पोखरा हङकङ बजार व्यवस्थापन समितिका अध्यक्ष सुरेशकुमार श्रेष्ठले उक्त टेण्डर खारेज गरी बैज्ञानिक भाडा दर… पुरा पढौ

पूर्वाधार निर्माणका योजनाहरुको म्याद थप तथा मूल्य समायोजन हुनुपर्ने माग

दीननाथ बराल,पोखरा १३, वैशाख, गण्डकी प्रदेश निर्माण व्यवसायी संघले इन्धन तथा निर्माण सामग्रीमा भएको तीव्र मूल्यवृद्धिका कारण पूर्वाधार निर्माण क्षेत्र संकटमा परेको भन्दै योजनाहरुको म्याद थप तथा मूल्य समायोजन गर्न माग गरेको छ । पछिल्लो समय डिजेल, पेट्रोल लगायत इन्धनमा भएको लगातार मूल्यवृद्धिले निर्माण उद्योग लगभग ठप्प हुने अवस्थामा पुगेको जनाउदै संघले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वाधार निर्माण क्षेत्र संकटमा परेको भन्दै योजनाहरुको म्याद थप तथा मूल्य समायोजन गर्न माग गरेको हो । इन्धनसँगै बिटुमिन, सिमेन्ट, डण्डी जस्ता… पुरा पढौ

पोखरा १३ मा दोस्रो साहित्य पर्व–२०८३

पोखरा, १३ वैशाख, पोखराको सांस्कृतिक र साहित्यिक गतिविधिलाई थप सशक्त बनाउने उद्देश्यसहित दोस्रो साहित्य पर्व–२०८३ भएको छ ।पोखरा महानगरपालिका वडा नं. १३ को आयोजनामा वडा कार्यालय परिसरमा साहित्य पर्व भएको हो । उक्त कार्यक्रमको लेखक तथा पत्रकार नारायण वाग्लेले शनिबार उद्घाटन गरेका हुन् । यस साहित्य पर्वलाई स्थानीयस्तरमै सिर्जनात्मक अभिव्यक्ति र बौद्धिक छलफलको साझा मञ्चका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ । कार्यक्रममा लेखक तथा पत्रकार वाग्लेले आफ्नो लेखन क्षेत्रको प्रेरणाको स्रोत पुस्तकाल रहेको बताए । उनले पुस्तका पुग्दा आफ्नै… पुरा पढौ

खेलाडी उत्पादन वर्षका रुपमा मनाउन अध्यक्ष गुरुङको आग्रह, खेलाडीमा अनुशासन आवश्यक

पोखरा, गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगनबहादुर गुरुङले २०८३ साललाई ‘खेलाडी उत्पादन वर्ष’ का रूपमा मनाउन आग्रह गर्नु भएको छ । पोखरा महानगरपालिका तेक्वान्दो विकास समितिको आज (आइतबार) पोखरामा सम्पन्न भएको दोस्रो वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले नयाँ बर्ष २०८३ मा खेलाडी उत्पादन हुने गरी विभिन्न प्रशिक्षण तथा प्रतियोगिताहरु संचालन गर्न आग्रह गर्नु भएको हो । गण्डकी प्रदेश खेलाडी उत्पादनमा अपेक्षाकृत कमजोर देखिएको उल्लेख गर्दै अध्यक्ष गुरुङले भन्नुभयो “ महानगर, जिल्ला स्तरका खेलकुदका गतिविधिहरु आयोजना गर्नुहोस हामीले सकेको सहयोग गछौं,… पुरा पढौ

गीतकार नेपाल रानाभाटको ‘सायद मैले सकिनँ कि।’ को म्युजिक भिडियो सार्वजनिक

पोखरा, वैशाख १३, गीतकार नेपाल रानाभाट ‘सुबोध’ को ‘सायद मैले सकिनँ कि।।।’ बोलको नयाँ गीतको म्युजिक भिडियो आइतवार पोखरामा सार्वजनिक गरिएको छ । गीतकार प्रतिष्ठान, नेपालको आयोजनामा भएको कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले भिडियो विमोचनपछि बोल्दै साहित्यकाररगीतकारहरू समाजकै अङ्ग भएकाले समाजसापेक्ष सिर्जना लेख्ने गरेको धारणा राखे । जीविकोपार्जनका लागि पेसागत रूपमा विविध क्षेत्रमा क्रियाशील भए पनि गीतकार, सङ्गीतकार र कलाकारले आफूभित्रको सिर्जनशीलता प्रस्तुत गर्ने कुरामा लाग्नुपर्ने सरुभक्तको भनाइ थियो । उनले नेपाल रानाभाट शैक्षिक प्रशासनका क्षेत्रमा… पुरा पढौ

एकै थलोमा जनआन्दोलन, भूकम्प र जेनजी आन्दोलनको फोटो

पोखरा, १३ वैशाख, राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८३ का अवसरमा नेपाल फोटो पत्रकार संघ, कास्कीले जनआन्दोलन, भूकम्प र जेनजी आन्दोलनको फोटो प्रदर्शन गरेको छ । पोखरा महानगरपालिका वडा नम्बर ३ को सहयोगमा संघले आइतबार पोखरा–३ नदिपुरस्थित कोर्टयार्डको प्रांगणमा फोटोमा ‘६२, ७२ र ८२’ फोटो प्रदर्शनी गरेको हो । नेपालमा पछिल्लो ३ दशक यता हरेक १०÷१० वर्षमा ठूला घटनालाई फोटोका माध्यमबाट प्रदर्शन गरिएको आयोजकले जनाएको छ । प्रदर्शनीमा २०६२÷०६३ को जनआन्दोल, २०७२ को भूकम्प र २०८२ मा भएको जेनजी आन्दोलनको फोटो… पुरा पढौ

अर्जुन चोखालको नेतृत्वमा नेपाल उद्योग व्यापार महासङ्घ, गण्डकी प्रदेशको अध्यक्षमा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन

बागलुङ, नेपाल उद्योग व्यापार महासङ्घ, गण्डकी प्रदेशको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन बागलुङमा सम्पन्न भएको छ। अधिवेशनले अर्जुन चोखालको नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। कार्यक्रममा महासङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्याम श्रेष्ठ प्रमुख अतिथि तथा नेकपा गण्डकी प्रदेश इञ्चार्ज श्रीनाथ बराल विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। महासचिव खेमनारायण पराजुली, विभिन्न स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। अध्यक्ष जनकराज पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन गोकुल प्रसाद कँडेलले गर्नुभएको थियो। कार्यक्रममा अध्यक्षीय तथा कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत… पुरा पढौ

पोखरामा आधुनिक प्रविधिसहित पोखरा सभागृह अब पुनःनिर्माण हुने तयारीमा

पोखरा, वैशाख १२, करिब चार दशकअघि २०४४ सालमा निर्माण गरिएको पोखरा सभागृह अब आधुनिक प्रविधिसहित पुनःनिर्माण हुने भएको छ। जीर्ण अवस्थामा पुगेको यस ऐतिहासिक संरचनालाई करिब २९ करोड रुपैयाँको लागतमा रेट्रोफिटसहित नयाँ स्वरूप दिइने तयारी गरिएको हो। पोखरा महानगरपालिकाले परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको छ भने छिट्टै टेण्डर प्रक्रियामा जाने योजना बनाएको छ। मेयर धनराज आचार्यका अनुसार नगर विकास कोष र महानगरपालिकाको साझेदारीमा लगानी गरिनेछ, जसमा सहुलियतपूर्ण ऋणसमेत प्रयोग गरिनेछ । नयाँ डिजाइनअनुसार सभागृहमा अन्डरग्राउन्ड पार्किङको सुविधा हुनेछ,… पुरा पढौ

पोखरा रात्रिकालीन सडक दौडलाई नयाँ ब्राण्डका रूपमा स्थापित गर्न सुझाव

पोखरा, १२ वैशाख, “जाग्छ पोखरा, दौडाउँछ पोखरा” मूल नाराका साथ पोखरामा गत चैत्र २८ गते आयोजना पोखरा रात्रिकालीन सडक दौड (पोखरा नाइट स्ट्रिट रेस) प्रतियोगिता २०८३ लाई पोखराको नयाँ ब्राण्डका रूपमा विकास गर्न सरोकारवालाहरूले जोड दिएका छन् । शनिबार पोखरा–१७, दोबिल्लास्थित सहारा एकेडेमी परिसरमा आयोजित समीक्षा तथा शुभकामना एवं मैत्रिपूर्ण फुटबल कार्यक्रममा सहभागी वक्ताले प्रतियोगितालाई अझ व्यवस्थित, प्रभावकारी र अन्तर्राष्ट्रियस्तरको बनाउन सुझाव दिएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै पोखरा महानगरपालिका वडा नं. ९ का वडाध्यक्ष दिपेन्द्र मर्सानीले पत्रकारहरूलाई नयाँ र… पुरा पढौ