जिवनशैली पत्रिका

फागुन ७ गतेदेखि पोखरा २२ मा दोस्रो त्रिभुवन स्मृती कप ५ ए साइड फुटवल प्रतियोगिता हुने

पोखरा, पोखरा–२२ को परिवर्तन युवा क्लबको आयोजनामा आउँदो फागुन ७ गतेदेखि दोस्रो त्रिभुवन स्मृति कप ५ ए साइड फुटबल प्रतियोगिता २०८२ आयोजना हुने भएको छ । खेलकुदको विकास सहित खेलाडी उत्पादन गर्ने उद्धेश्यले क्लवले दोस्रो सस्करणको उक्त प्रतियोगिता फागुन ९ गतेसम्म पोखरा २२ को सिम्लेपाखा खेलमैदानमा संचालन हुने तयारी गरिएको शनिबार पोखराको शिल्भर प्लेट पार्टी प्यालेसमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । “समाज निर्माणमा आजका युवा र खेलकुद” भन्ने मूल नारासहित आयोजना हुन लागेको यो प्रतियोगिताले खेलकुदमार्फत युवालाई… पुरा पढौ

कुमदिनी होम्समा सरस्वती पूजा र महाआरती

पोखरा, सरस्वती पूजा (श्रीपञ्चमी) माघ शुक्ल पञ्चमीका दिन विद्या, बुद्धि, कला र संगीतकी देवी सरस्वतीको पूजा आराधना गरी देशभर मनाइने प्रमुख पर्व हो। यस दिनलाई वसन्त ऋतुको सुरुवात (वसन्त पञ्चमी) मानिन्छ। विद्यार्थी, कलाकार र शिक्षकहरूले कलम, कापी, वाद्ययन्त्र आदिको पूजा गर्छन् र बालबालिकालाई अक्षराम्भ (अक्षर चिन्न सुरु) गराउने चलन छ। यसै मान्यताअनुसार पोखरा महानगरपालिका वडा नं ४ मा अवस्थित यस क्षेत्रकै प्रतिष्ठित शैक्षिक संस्था कुमुदिनी होम्स माध्यमिक विद्यालयमा सरस्वती पूजा र आरती भव्यताका साथ सम्पन्न भएको छ । विगतमा जस्तै… पुरा पढौ

स्याङजाको होराइजन क्लव २६ औं आदर्श कपको सेमिफाइनलमा प्रबेश

दीननाथ बराल, पोखरा, १० माघ वालिङ—स्याङजाको होराइजन क्लब पोखरामा जारी २६ औ संस्करणको आदर्श कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ । आदर्श युवा क्लवको आयोजनामा पोखरा २९ भण्डारढिक खेल मैदानमा जारी उक्त प्रतियोगिता अन्र्तगत शनिबार भएको क्वाटरफाइनल खेलमा होराइजन क्लवले आयोजक आर्दश युवा क्लव माथि १—० को गोल अन्तरले पराजित गरेको हो । होराइजनको जितमा विश्व थापाले निर्णायक गोल गर्नुभयो । खेलको ८१ औ मिनेटमा उहाँले गरेको हेड गोल नै निर्णायक बन्न पुग्यो । सन्दीप श्रेष्ठले प्रहार गरेको वल… पुरा पढौ

पिएम कप ः लेखनाथ र अरण्यज्योति विजयी

पोखरा, प्रधानमन्त्री कप (पिएम कप) कास्की जिल्ला क्लबस्तरीय एक दिवसीय क्रिकेटमा शनिबार २ खेल सम्पन्न भएका छन् । पोखरा र लेखनाथस्थित क्रिकेट मैदानमा भएको खेलमा लेखनाथ र अरण्यज्योतिले आ–आफ्नो खेलमा जित हासिल गरेका छन् । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा लेखनाथले गण्डकी स्पोट्र्स क्लबलाई ४८ रनले हराएको छ भने अरण्यज्योतिले एभरेष्टलाई १९३ रनले हराएको छ । लेखथनामा लेखनाथ क्रिकेट क्बलले गण्डकी स्पोट्र्स क्लबलाई हराएको हो । १९१ रनको विजयी लक्ष्य पाएको गण्डकी ४१ ओभरमा १३७ रन बनाउँदै अलआउट… पुरा पढौ

कस्केली अधिकृत समाजको साधारणसभा तथा अधिवेशन सम्पन्न

पोखरा, १० माघ, कस्केली अधिकृत समाजको ११ औं साधारणसभा तथा आठौं अधिवेशन एक समारोहका बीच आज सम्पन्न भएको छ ।कार्यक्रमको प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशका अध्यक्ष विष्णुुप्रसाद नेपालले उद्घाटन गर्नुभयो । कार्यक्रममा अध्यक्ष नेपालले समाजका माध्यमबाट कास्की जिल्ला मात्र नभै समग्र गण्डकी प्रदेशलाई नेतृत्व गर्नुुपर्ने आवश्यकता औंल्याउनुुभयो । समाजको महिमा र गरिमालाई उचो बनाउनका लागि लाग्न आग्रह गर्दै उहाँले सुशासनसँगै सभ्य समाज निर्माणमा यसको महत्वपूर्ण भूमिका हुने धारणा राख्नुुभयो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा.भरतबहादुर खत्रीले मानव जीवनमा निरन्तरको… पुरा पढौ

२६ औँ आदर्श कप पोखरामा सुरु, उद्घाटन खेलमा नेपाल प्रहरी गण्डकी प्रदेशको विजयी सुरुवात

दीननाथ बराल,पोखरा, ९ माघ, पोखरा–२९ भण्डारढिकमा रहेको आदर्श युवा क्लबको आयोजनामा आज (शुक्रबार) देखि २६ औँ संस्करणको आदर्श कप फुटबल प्रतियोगिता २०८२ सुरु भएको छ । शुक्रबार भएको उद्घाटन खेलमा घरेलु टिम कास्की जिल्ला फुटबल संघ (कास्की ११) लाई पराजित गर्दै नेपाल प्रहरी गण्डकी प्रदेशको टोलीले टाईब्रेकरमा ५—३ को गोल अन्तरले पराजित गरेको हो । ४५÷४५ मिनेटको निर्धारित समय मा दुबै तर्फ एक÷एक र थपिएको १०÷१० मिनेटको अतिरित्त समयमा दुबै तर्फ गोल हुन नसके पछि खेल टाईब्रेकरमा पुगेको हो ।… पुरा पढौ

१४ औं पोखरा महोत्सव समापन नजिकिँदै गर्दा झनै भब्य

पोखरा , पोखराको अमरसिंंह खेल मैदानमा जारी १४ औं संस्करणको पोखरा महोत्सव ११ दिनमा जारी रहेको छ । महोत्सवको समापन दिन नजिकिदै गर्दा झनै भब्य बन्दै गइरहेको छ । महोत्सवमा दर्शकहरुको सहभागीता उल्लेख्य रुपमा बढेको छ । महोत्सवमा दिन प्रतिदिन दर्शकको सहभागीता संगै महोत्सव स्थलमा राखिएको स्टलको कारोबार समेत बढिरहेको महोत्सव सचिवलाय संयोजक शान्त बहादुर थापाले जानकारी दिए । महोत्सव समापन नजिकिदै गर्दा दैनिक हजारौं दर्शकहरुले महोत्सवको प्रत्यक्ष अवलोकन गरेको थापाले बताए । महोत्सव सफल हुनुमा विषम परिस्थितीमा समेत प्रायोजक… पुरा पढौ

पिएम कप ः सांग्रिलाको लगातार दोस्रो जित

प्रधानमन्त्री कप (पिएम कप) कास्की जिल्ला क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा सांग्रिला क्रिकेट क्लबले लगातार दोस्रो जित निकालेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको शुक्रबार भएको खेलमा सांग्रिलाले लेकसाइड क्रिकेट क्लबलाई १३४ रनले हराउँदै दोस्रो जित निकालेको हो । लेकसाइडले बलिङतर्फ उत्कृष्ट प्रदर्शनी गरेपनि ब्याटिङमा भने निकै कम्जोर देखियो । १८७ रनको विजयी लक्ष्य पाएपनि लेकसाइड १७ ओभरमा ५२ रनमै अलआउट हुन पुग्यो । लेकसाडका केशव सुनार र सुमित रौनियार बाहेक अन्य ब्याटरले खासै अंक जोड्न… पुरा पढौ

संस्कृत माध्यमिक विद्यालयको १२५ औं अभिभावक दिवस सम्पन्न

पोखरा, ९ माघ गण्डकी प्रदेशकै जेठो संस्कृत माध्यमिक विद्यालय, पोखराको १२५ औं अभिभावक दिवस, पुरस्कार वितरण तथा सम्मान समारोह एक कार्यक्रमका बीच आज सम्पन्न भएको छ । समारेहको पोखरा महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले उद्घाटन गर्नुुभएको हो । कार्यक्रममा महाशाखा प्रमुख आचार्यले गण्डकी प्रदेशको ऐतिहासिक यस विद्यालयले पछिल्ला वर्षमा शैक्षिक गुणस्तरीयता बढाउँदै गएको भन्दै यसलाई महत्वपूर्ण शैक्षिक गन्तव्यका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिनुुभयो । विद्यालयका तर्फबाट महाशाखाबाट निरन्तर सहयोग भैरहेको बताउँदै उहाँले आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिइने… पुरा पढौ

एनसेल छैटौँ टाइगर कप भलिबल पोखरामा सुरु (भिडियो), एपीएफ, आर्मी र न्यू डायमण्डको विजयी सुरुवात

दीननाथ बराल, पोिखरा ९, माघ, विभागिय टोली शसस्त्र प्रहरी बलको (एपीएफ), त्रिभुवन आर्मी क्लब र न्यू डायमण्ड स्पोट्र्स क्लबले विजयी सुरुआत गरेका छन् । पोखरामा आज (शुक्रबार) देखि सुरु भएको एनसेल छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रण क्लब भलिबल प्रतियोगितामा पहिलो दिनको खेलमा पुरुष तर्फ जित हासिल गर्दै एपिएफ र आर्मीले विजयी सुरुवात गर्दा महिला तर्फ न्यू डायमण्डले विजयी सुरुवात गरेको हो । https://www.youtube.com/watch?v=uYiONMFbbAQ पहिलो खेलमा महिलातर्फ न्यू डायमण्डले आर्मीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । न्यु… पुरा पढौ