जिवनशैली पत्रिका

पोखरामा कपाल काट्ने निशुल्क तालिमको अवसर खुल्यो

पोखरामा निशुल्क कपाल काट्ने तालिमको अवसर रहेको छ । स्वरोजगारीको लागी “सिप सिकौ आत्मनिर्भर बनौ” भन्ने मुल नाराका साथ रास्वपा केन्द्रिय सार्वजनिक मामिला बिभाग र हेलो एजुकेशन प्राली ले सम्युक्त रुपमा सिमित सिटमा कपाल काट्ने निस्शुल्क तालिमको ब्यवस्था गरेको छ । युवालाइ देशभित्र नै स्वरोजगार बनाउने र बैदेशिक रोजगारी कम होस भन्ने हेतुका साथ ३ महिने कपाल काट्ने तालिम पोखरामा संचालन गर्न लागिएको रास्वपा सार्वजनिक मामिला बिभागका सदस्य उत्तम पौडेलले बताए । छिमेक मुलुक भारतबाट आएर सोही पेशा गरेका लाखौ… पुरा पढौ

खेलकुद मन्त्री श्रेष्ठद्वारा ब्याडमिन्टन प्रतियोगिता उद्घाटन

युवा तथा खेलकुद मन्त्री माननिय विराज भक्त श्रेष्ठले अन्तराष्ट्रिय ब्याडमिन्टन बिकास केन्द्र, लोकन्थलीद्वारा आयोजित दोश्रो भक्तपुर जिल्ला वडास्तरिय ब्याडमिन्टन प्रतियोगिताको आज शुक्रबार एक कार्यक्रमविच उद्घाटन गरे । प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष युगल, यु–१५ एकल र मास्टर्स ४५ युगल गरि ५ विधामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक सविन ढुङ्गेलले जानकारी गराए । प्रतियोगितामा भक्तपुर जिल्लाका २०२ खेलाडीहरुले विभिन्न ५ बिधामा प्रतिस्पर्धा गर्ने छन् । कुल पुरस्कार रासी २ लाख रहेको प्रतियोगितामा बिजयी खेलाडीहरुले मेडल, ट्रफी र प्रमाणपत्रका साथै शिर्ष तीनमा… पुरा पढौ

गण्डकी प्रदेश प्रमुख भट्ट र बागमती प्रदेश प्रमुख शर्माबीच भेटवार्ता

गण्डकी प्रदेश प्रमुख डिल्ली राज भट्ट र बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माबीच विहीबार भेटवार्ता भएको छ ।गण्डकी प्रदेश प्रमुख निवास, पोखरामा गण्डकी प्रमुख भट्टले बागमती प्रमुख शर्मालाई स्वागत गर्नुभयो । यस्तै, हालै प्रमुख प्रदेश नियुक्त हुनुभएकोमा बागमती प्रमुख शर्माले भट्टलाई बधाई ज्ञापन गर्नुभयो । प्रमुखद्वयले आ–आफ्ना प्रदेशको परिचय आदानप्रदानका साथै दुई प्रदेशबीच थप सम्बन्ध प्रगाढ बनाउँदै सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँहरुले काम र अनुभवहरू पनि साटासाट गर्नुभयो । भेटका अवसरमा आपसी कार्यानुभव आदान प्रदान गर्नुका साथै… पुरा पढौ

काली गण्डकी करिडोरका होटल व्यवसायीलाई स्वच्छ र पर्यटक मैत्री सेवा प्रवाह तालिम

होटल व्यवसायी महासंघ गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले होटल व्यवसायी र मजुदरहरुलाई स्वच्छ र पर्यटकमैत्री सेवा प्रवाहका सम्बन्धमा तालिम दिन सुरु गरेको छ । यस सम्बन्धी तालिम पहिलो चरणमा कालिगण्डकी करिडोर अन्तर्गतका होटल क्षेत्रका जनशक्तिका लागि आयोजना गरिएको हो । त्यसैगरी मस्र्याङदी करिडोरका व्यवसायीलाई समेत तालिमको योजना रहेको छ । होटल व्यवसायी महासंघ गण्डकीले आज नवलपरासीको गैँडाकोटमा पत्रकार सम्मेलन आयोजना गरी यही चैत २४ र २५ गते कालीगण्डकी करिडोरका होटल व्यवसायीहरु तथा त्यसमा काम गर्ने कामदारहरुलाई स्वच्छता… पुरा पढौ

लायन्स सेन्ट्रल गार्डनद्वारा एसइइ विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा

लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले एसइइ विद्यार्थीलाई निःशुल्क प्राविधिक शिक्षा दिने भएको छ । क्लबले सन् २०१६ देखि हरेक वर्ष विद्यार्थीलाई उद्घोषण, भाषणकला, कार्यक्रम प्रस्तोता, नेतृत्व विकास, आधारभूत कम्प्युटर र पत्रकारिता विषयमा निःशुल्क तालिम सञ्चालन गर्दै आएको छ । लायन वर्ष २०२३÷२४ का अध्यक्ष तुलबहादुर रानाभाटले क्लबको वार्षिक कार्यक्रम पढाऔं अभियान अन्तर्गत यो वर्ष पनि विद्यार्थीलाई प्राविधिक तालिम दिन लागिएको बताए । क्लबले अघिल्लो वर्ष २१ जना विद्यार्थीलाई झण्डै दुई लाख राशि बराबरको निःशुल्क प्राविधिक तालिम प्रदान गरेको संस्थापक… पुरा पढौ

अन्तर्राष्ट्रिय कला प्रतियोगितामा पुरस्कृत २३ अन्तराष्ट्रिय कलाकार पुरस्कृत

नगेन आर्ट डट कम द्वारा आयोजित “कलाकारका लागि कलाकार” अन्तराष्ट्रिय खुला अनलाइन कला प्रतियोगिता तथा प्रदर्शनी २०२२ को अवसरमा २३ जना अन्तराष्ट्रिय कलाकार पुरस्कृत भएका छन् । प्रतियोगितामा अरनिको इन्टरनेशनल अवार्डबाट सिनान यास्दिमन९तुर्की०, लियोनार्दो दा भिन्ची इन्टरनेशनल अवार्डबाट सना घरशिन९पाकिस्तान०, पाब्लो पिकासो अन्तराष्ट्रिय अवार्डबाट डा। ९एचसी० सोनजय मौर्य९भारत०, जॉक्सन पोलक इन्टरनेशनल अवार्डबाट डा। प्रोफेसर। ओरहान सेब्राइलोघु९तुर्की०, विन्सेनेट वानगोघ अन्तराष्ट्रिय अवार्डबाट एस राज कुमार९भारत०, पॉल गाउगिन इन्टरनेशनल अवार्डबाट मोहम्मद मोहिउद्दीन अहमद९ बंगलादेश० जे।एम।डब्ल्यू। टर्नर इन्टरनेशनल अवार्डबाट प्रदीब अधिकारी९नेपाल०, माइकलोंगोलो इन्टरनेशनल अवार्डबाट… पुरा पढौ

तेश्रो मनुश्रीरभिग्नाजित जुनियर टेनिस स् यू–८ गर्ल्सतर्फ अमेरा च्याम्पियन, अन्य खेल जारी

तेश्रो मनुश्रीरभिग्नाजित जुनियर टेनिस यू–८ गर्ल्स सिंगल्समा अमेरा गुप्ता च्याम्पियन बनेकी छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस सेन्टरमा जारी प्रतियोगितामा अमेराले श्रेयाश्री पाण्डेलाई सुपर टाइव्रेकमा १०–३, १०–४ ले पराजित गरेकी हुन् । जारी प्रतियोगितामा यू–१६ व्वाइज सिंगल्स ओपनतर्फ फाइनलमा दर्शिल र सृजन भट्टराई फाइनलमा आमने सामने हुनेछन् । सम्पन्न सेमीफाइनलमा दर्शिलले अमन नेपालीलाई ६–०, ६–१ ले र सृजनले शास्वत बज्रचार्यलाई ७–६, ६–४ को सोझो सेटमा पराजित गरेका थिए । यता गर्ल्सतर्फ सुनिरा थापाले आयशा म्याक्ग्लानलाई ६–०,… पुरा पढौ

सुपर भ्वाईस अफ त्रिवेणीको फाइनल शनिबार, उपाधिका लागि २० प्रतिस्पर्धी भिड्ने

सुपर भ्वाईस अफ त्रिवेणीको फाइनल शनिबार हुने भएको छ । जसमा उपाधिका लागि २० प्रतिस्पर्धी भिड्ने भएका छन् । त्रिवेणी संगीतालय पोखराद्वारा आयोजित गण्डकी प्रदेश स्तरीय गायन रियालिटी शो सुपर भ्वाईस अफ त्रिवेणीका लागि प्रतियोगीहरु भिडने भएका हुन् । पोखरा उद्योग बाणिज्य संघ गैह्रापाटनको सभाहलमा हुने फाइनलमा प्रतियोगीहरुको सांगीतिक प्रतिस्पर्धा हुने आयोजक संस्थाका निर्देशक नवराज बरालले जानकारी गराए । उनका अनुसार माघ महिनाबाट सुरु भएको सुपर भ्वाईस अफ त्रिवेणाीमा १०५ जना प्रतियोगीहरुको सहभागिता थियो । जसबाट २० जना प्रतियोगी फाइनलमा… पुरा पढौ

प्रदेश प्रमुख शर्मा र नगर प्रमुख आचार्य बिच भेतवार्ता

बाग्मति प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य बिच भेतवार्ता भएको छ । भेतवार्ताका क्रममा पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गर्न सफल भएको भन्दै प्रमुख आचार्य लगायत सम्पूर्ण पोखरेलीहरुलाई प्रदेश प्रमुख शर्माले बधाई ज्ञापन गर्नुभयो । आफुहरुको लामो समयको निरन्तर प्रयत्न पछि पोखरेलीहरुको चाहाना र भावना अनुसार पोखरालाई पर्यटन राजधानी घोषणा गरिएको प्रमुख आचार्यले सुनाउनुभयो । यस क्षेत्रमा हुने असंख्य पर्यटन गतिविधिहरुले पोखरा पर्यटनलाई चलायमान बनाउन र संसार भरीका पर्यटकहरुलाई पोखरासम्म ल्याइपुर्याउनका महत्वपूर्ण सहयोग पुगेको उहाँले… पुरा पढौ

पोखराको काहुँडाँडामा दोस्रो अन्तर्राष्ट्रिय योग फेस्टिवल शुरु

पोखराको काहुँडाँडामा दोस्रो अन्तर्राष्ट्रिय योग फेस्टिवल शुरु भएको छ । पोखरा महानगरपालिका वडा नं। ११ स्थित काहुँडाँडामा शुक्रबार देखि योग फेस्टिवल सुरु भएको हो । तीन दिनसम्म चल्ने योग फेस्टिवलमा तीन दर्जन भन्दा बढी विदेशी नागरिकको सहभागिता छ । योग कनेक्शनको आयोजनामा भएको महोत्सवको इभेन्ट म्यानेजमेन्ट प्रचार नेपाल र स्पेक्स फोर्टिनले गरेको छ । नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, पोखरा पर्यटन परिषद् र पोखरा वडा नं। ११ को सहयोगमा भएको दोस्रो संस्करणको महोत्सव पनि पहिलो संस्करण जस्तै सफल रुपमा सम्पन्न… पुरा पढौ