जिवनशैली पत्रिका

व्यवसाय दर्ता र कर सचेतनाका लागि पोखरा महानगरले गर्‍यो क्याम्पसहरू सँग समझदारी

पोखरा महानगरपालिकाले पोखराका विभिन्न विश्वविद्यालय तथा क्याम्पसहरूसँग प्रशिक्षार्थी विद्यार्थी परिचालन सम्बन्धमा समझदारी गरेको छ । महानगरपालिकाले पोखरा विश्वविद्यालय, पृथ्वीनारायण क्याम्पस, जनप्रिय बहुमुखी क्याम्पस र कालिका क्याम्पससँग प्रशिक्षार्थी विद्यार्थी परिचालन सम्बन्धमा समझदारी गरेको हो । समझदारीमा महानगरपालिका र पोखरा विश्वविद्यालय सहित उल्लेखित क्याम्पसहरू बिचमा व्यवसाय दर्ता, कर सचेतना तथा राजश्व सङ्कलन कार्यमा जानकारी प्रदान गर्न स्नातक वा स्नातकोत्तर तहमा अध्ययन गरिरहेका विद्यार्थीहरूलाई प्रशिक्षार्थीको रूपमा परिचालन गर्ने उल्लेख छ । समझदारी अनुसार पोखरा विश्वविद्यालय वा अन्य क्याम्पसहरूबाट सिफारिस गरिएका मध्ये स्वयंसेवी खटाउने… पुरा पढौ

उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त गर्ने भएको छ । प्रतिभा छनोट समितिको सिफारिसलाई आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको कार्यसमिति बैठकले अनुमोदन गरेसँगै सहारालाई अवार्ड अर्पण गर्ने निश्चित भएको हो । छैटौँ सस्करणसम्म यो विधामा खेल संघलाई मात्र अवार्ड प्रदान गरिदै आएकोमा सातौँ संस्करणबाट खेल संघ वा क्लब मध्येबाट उत्कृष्ट छान्ने व्यवस्था गरिएको थियो । यो अवार्ड पाउने सहारा पहिलो क्लब बन्नसफल भएको मञ्चका महासचिव राजाराम पौडेलले… पुरा पढौ

महेन्द्रपुल युथ क्लवको आयोजनामा प्रथम यू–२३ बास्केटबल प्रतियोगिता हुने तयारी

दीननाथ बराल,पोखरा २३, वैशाख, “स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ महेन्द्रपुल युथ क्लवको आयोजनामा प्रथम यू–२३ बास्केटबल प्रतियोगिता यही वैशाख २८ देखि पोखरामा हुने भएको छ । पोखरा रंगशालामा हुने उक्त प्रतियोगिता यही वैशाख ३० गतेसम्म चल्ने भएको आइतबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । पोखरा महानगरपालिका वडा नम्बर ९ को सहयोगमा हुने प्रतियोगितामा विजेतालाई ४० हजार, उपविजेतालाई २५ हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिने भएको क्लवका अध्यक्ष आनन्दकुमार तत्रझ्या(काजी) ले बताउनु… पुरा पढौ

पोखरामा पौडी खेल्ने क्रममा एक बालकको ज्यान गयो

दीननाथ बराल,पोखरा २३, वैशाख, पोखरामा पौडी खेल्ने क्रममा एक बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नं. १८ खपौदी स्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा एक बालकको ज्यान गएको कास्की प्रहरीले जनाएको छ । पोखरा महानगरपालिका– ५ मालेपाटन बस्ने करिब १५ का सोनम सुवेदी पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी बसन्तकुमार शर्माले बताउनु भयो । पौडी खेल्ने क्रममा बेपत्ता हुनु भएको सुवेदीको मृत्यु भएको अबस्थामा भेटिएको कालिका गणका गणपति एसपी अरुण पौडेल शर्माले बताउनु… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डमा एमए कन्स्ट्रक्सन प्रालिको साथ, लाइभ पार्टर पब्लिक फो के टेलिभिजन

आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८० लाई एम।ए। कन्स्ट्रक्सन प्रा।लि।ले सहयोग गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख २८ गते पोखरा सभागृहमा आयोजना गर्ने अवार्डमा सहयोग गर्ने सम्बन्धमा आइतबार कम्पनीका तर्फबाट अध्यक्ष दीपक बराल र मञ्च अध्यक्ष दीननाथ बरालविच समझदारीपत्रमा हस्ताक्षर भयो । सम्झौतावापत कम्पनीले मञ्चलाई ५० हजार रुपैयाँ सहयोग गर्ने छ । काठमाडौको कान्तिपथमा केन्द्रीय कार्यालय रहेको कम्पनीले जलविद्युत् तथा रंगशाला लगायतका आयोजना निर्माण गर्दै आएको छ । रंगशालासम्बन्धी विशेष दक्षता राख्ने कम्पनीले पोखरा र दाङ… पुरा पढौ

लाइफटाइम अचिभमेन्ट अवार्ड ईन्द्रा मल्ललाई अर्पण गरिने

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको ‘आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८०’मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी ईन्द्रा मल्ललाई अर्पण गरिने भएको छ । प्रतिभा छनोट समितिको बैठकले सिफारिस गरेकोमा मञ्चको कार्यसमिति बैठकले त्यसलाई अनुमोदन गरेसँगै यसपाली मल्लले अवार्ड पाउने निश्चित भएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । मल्ललाई वैशाख २८ गते दिउँसो ३ बजेबाट पोखरा सभागृह हलमा सुरु हुने भव्य कार्यक्रममा चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्ला सहित सम्मान अर्पण गरिनेछ । यस अगाडि मञ्चले यो अवार्डबाट कृष्ण थापा,… पुरा पढौ

मार्सल आर्ट फेस्टिभल सुरु, रंगशालामा मुख्यमन्त्री र कास्कीका ४ पालिका प्रमुख ..

पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा शनिवारदेखि पोखरा महानगरपालिका मार्सल आर्ट फेस्टिभल प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका विविध खेलकुद महोत्सव तथा मार्सल आर्ट फेस्टिभल जेठ १५ गतेसम्म जारी रहने छ । मार्सल आर्ट फेस्टिभलको उद्घाटन गर्दै नगर प्रमुख धनराज आचार्यले व्यक्तिगत स्वास्थ्य तथा सामाजिक एकता कायम गर्न खेलकुदको भूमिका महत्त्वपूर्ण साबित हुँदै आएको बताउनुभयो । विश्वलाई नेपाल चिनाउन र सामाजिक विकास गर्न खेलकुद अपरिहार्य रहेको उहाँले बताउनुभयो । पोखरालाई खेलकुदको हबका रूपमा विकास गर्न महानगरपालिका प्रतिबद्ध रहेको प्रमुख… पुरा पढौ

गौ सेवाका लागि सञ्चालित महायज्ञमा रु।४६ लाख बचत

राष्ट्रिय परोपकार महासंघ नेपालले सप्ताहव्यापी श्रीमद् भागवत ज्ञान महायज्ञको आयव्यय विवरण सार्वजनिक गरेको छ । महायज्ञमा रु।७० लाख ७ हजार ७६७ दान सङ्कलन भएको महायज्ञ मूल आयोजक समितिका कोषाध्यक्ष कुशकुमार कार्कीले जानकारी दिनुभयो । महायज्ञ सञ्चालनका क्रममा रु।२३ लाख ७२ हजार ७२७ खर्च भएको आयोजकले जनाएको छ । महायज्ञमा रु।४६ लाख ३५ हजार ४० बचत भएको छ । सङ्कलित दान रकममा रु।१ लाख ६६ हजार ६६६ बराबरको चेक नसाटिएको आयोजकले जनाएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गोकुलधामलाई पोखराको… पुरा पढौ

कास्कीका सिडिओ घिमिरेको जोडीलाई खुल्ला सिडिओ कप व्याडमिन्टन प्रतियोगिताको उपाधि

दीननाथ बराल,पोखरा २२, वैशाख, खुल्ला सिडिओ कप व्याडमिन्टन प्रतियोगितामा कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) वासुदेव घिमिरे र राष्ट्रिय खेलकुद परिषदका सुदिप योन्जनको जोडिले उपाधि जित्नु भएको छ । खेलकुदको शहर पोखरामा शनिबार भएको फाइनल खेलमा सिडिओ घिमिरे र योन्जनको जोडीले विनोद अधिकारी र बासु कलाउनीको जोडीलाई २१—१५, १६—२१ र २१—१९ को सेटमा पराजित गर्दै उपाधि जित्नु भएको हो । नेपालमै पहिलो पटक आयोजना भएको उक्त प्रतियोगिता कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा प्रतियोगितामा विजेता जोडीले प्रथम पुरस्कार स्वरुप ५० हजार उपविजेता… पुरा पढौ

जलारी दिदिबहिनी समुहद्वारा उद्घोषण तथा नेतृत्व बिकास तालिम

पोखरा ६ बैदाममा रहेकोे जलारी दिदिबहिनी समुहको आयोजना तथा स्वतन्त्र पत्रकार संघ नेपाल कास्की शाखाको सहयोगमा ३ दिने उद्घोषण, नेतृत्व बिकास तथा माइन्युट लेखन तालीम शनिबारदेखि सुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं। ६ का वडा अध्यक्ष बिष्णु बहादुर भट्टराईले उद्घाटन गर्दै वडा कार्यलयबाट उपलब्ध सेवा सुबिधालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले वडा भित्रका लक्षित बर्गलाई प्राथमिकता दिई विभिन्न तालिम दिनुका साथै आय आर्जनमा जोड्ने किसिमका तालीम दिइने बताए । पोखरा ६ की… पुरा पढौ