जिवनशैली पत्रिका

अस्पतालहरुको नियमन गर्न सुझाव

दीननाथ बराल,पोखरा २६, जेठ, अस्पतालहरुको प्रभावकारी ढंगबाट नियमन तथा अनुगमन गर्न सुझाव दिइएको छ । नेपाल चिकित्सक संघले शनिबार बेलुका पोखरामा आयोजना गरेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि ऐन २०६६ पहिलो संसोधन ऐन, २०७९ को बारेमा जानकारी सहितको अन्तरकृया कार्यक्रममा सहभागिहरुले अत्यावसेक क्षेत्रमा पर्ने केही अस्पतालहरुले मापदण्ड भित्र नभएकोले त्यसको व्यबस्थापनको लागि निमयन र अनुगमन गर्न माग गर्नु भएको थियो । आम सर्वसाधारण जनताको सचेतनाको कमीले गर्दा र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनको बारेमा जानकारी नभएको हुदाँ… पुरा पढौ

शिक्षक सरुवामा विद्यालय व्यवस्थापन समितिको सहमति नचाहिने प्रावधान संसोधन नभए आन्दोलनको चेतावनी

दीननाथ बराल, पोखरा २६, जेठ, शिक्षक सरुवामा विद्यालय व्यवस्थापन समितिको सहमति नचाहिने प्रावधान तत्काल संसोधन गर्न माग गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट २०८१ साल ज्येष्ठ १३ गते जारी गरिएको “शिक्षक सरुवा सम्बन्धी निर्देशिका २०८१ र शिक्षक सरुवामा विद्यालय व्यवस्थापन समितिको सहमति नचाहिने प्रावधान ल्याउने प्रयत्नले सामुदायिक विद्यालय सञ्चालन तथा गुणस्तर कायममा बाधा पुग्ने भन्दै त्यसको संसोधनको माग गरिएको हो । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको शुक्रबार र शनिबार पोखरामा सम्पन्न भएको पदाधिकारी बैठकले सामुदायिक विद्यालयहरुको स्वामित्व… पुरा पढौ

पोखरामा पौडी खेल्ने क्रममा पर्वतका एक युवाको ज्यान गयो

पोखरा २६, जेठ, पोखरामा पौडी खेल्ने क्रममा पर्वतका एक युवाको ज्यान गएको छ । पोखरा महानगरपालिका–१७ छोरेपाटन भोटेक्याम्प नजिकै फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता हुनु भएको पर्वत, कुश्मा नगरपालिका १३ का २८ बर्षीय बिश्वास सुवेदीको आव शव भेटिएको कास्की प्रहरीले जनाएको छ । पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको खवर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण हेड क्वाटर कास्की सहित नेपाल प्रहरी र स्थानियको सहायताबाट शव निकालिएको हो । फुस्रे खोलाको २५ फिट गहिराईमा… पुरा पढौ

ठोरी नाका त्रिदेशीय नाकाको रुपमा स्थापित भएको छ, प्रमुख दाहाल

चितवन, जेठ २६ भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ठोरी नाका त्रिदेशीय नाकाको रुपमा स्थापित भएको बताउनुभएको छ । शनिवार ठोरीमा भएको नेपाल र भारतका सरोकारवालाहरूबीच अन्तरक्रिया कार्यक्रममा उहाँले नेपाल–भारत र चीन जोड्ने छोटो दुरीको नाकाको रुपमा स्थापित भएको उल्लेख गर्नुभयो । ठोरी छोटी भन्सारलाई व्यापारिक दृष्टीकोणबाट नभई पर्यटकीय हिसाबले आउने पर्यटकको सहजताको लागि २ महिनाअघि सञ्चालनमा ल्याइएको प्रमुख दाहालले बताउनुभयो । ‘ठोरी भन्सारलगायत देशका अन्य नाकालाई स्तरोन्ती गर्ने संघीय सरकारले नीति लिएको छ, उहाँले भन्नुभयो,‘ठोरी छोटी भन्सारको पनि सम्भाव्यता अध्ययन… पुरा पढौ

पोखरा १३ मा सार्वजनिक सुनुवाईः वडाका समस्यामा सवाल जवाफ

पोखरा महानगरपालिका वडा नम्बर १३ ले पहिलो पटक सार्वजनिक सुनुवाई गरेको छ । वडा कार्यालयले प्रदान गरेको सेवा प्रवाह र विकास निर्माणका विषयमा नागरिकलाई जानकारी गराउने र नागरिकबाट सुझाव लिने गरी कार्यक्रम गरिएको हो । अधिकांश सहभागीहरुले वडाले प्रभावकारी काम गरेकोमा प्रशंसा गरे । केही सुझाव पनि दिएका छन् । विशेषगरी ग्रामिण क्षेत्रहरुमा सडक सञ्जाल प्रभावकारी नभएको, यातायातको सुविधा राम्रोसँग नपुगेको, सिंचाई कुलोको मर्मत र रेखदेख नगरिएको, लागू पदार्थ दुव्र्यसनी बढी भएको लगायत गुनासो गरेका छन् । वडा र टोलहरुमा… पुरा पढौ

गण्डकी प्रदेश स्तरीय फुटबल प्रतियोगिता अन्र्तगत आइतबार सेमिफाइनलका खेलहरु हुने

पोखरा २६, जेठ, पोखरामा जारी गण्डकी प्रदेश स्तरीय पुरुष फुटबल प्रतियोगिता अन्तर्गत भोलि (आइतबार) सेमीफाइनलका खेलहरु हुने भएका छन्। प्रदेश खेलकुद परिषद गण्डकीको र गण्डकी प्रदेश फुटबल संघको आयोजनमा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत शनिबारको क्वाटरफाइनलका खेलहरु सम्पन्न भएसंगै आइतबार दुई वटा सेमिफाइनलका खेलहरु हुने भएको संघ गण्डकीका महासचिव बिनोद गुरुङले बताउनु भयो । पहिलो सेमीफाइनलमा कास्कीले म्याग्दीसंग सामना गर्नेछ भने दोश्रो खेलमा बागलुङले तनहुँसंग प्रतिष्प्रर्धा गर्ने भएको छ । शनिबार भएको पहिलो क्वाटरफाइनलमा म्याग्दीले स्याङजालाई टाइव्रेकरमा ४–३ ले स्तव्ध… पुरा पढौ

पोखरा यूनाइटेड एकेडेमीको ५ किलोमिटर सडक दौडमा चौधरी र छात्रा तर्फ भुजेल प्रथम

दीननाथ बराल,पोखरा २६, जेठ, पोखरा १२ भद्रकालि मार्गमा रहेको पोखरा यूनाइटेड एकेडेमीको आयोजनामा शनिबार पोखरामा सम्पन्न भएको ५ किलोमिटर सडक दौडमा छात्र तर्फ इन्द्र राज्य लक्ष्मी मा.वि.का सम्राट चौधरी प्रथम हुनु भएको छ । पोखरा यूनाईटेड एकेडेमीको ४ दिने अन्तर बिद्यालय एस.ई.ई. खेलकुद प्रतियोगिता अन्र्तगत पहिलो दिन शनिबार भएको ५ किलोमिटर सडक दौडमा चौधरीले निर्धारित दुरी २० मिनेट २ सेकेण्डमा पार गर्नु भएको हो । त्यसै गरी कास्की मोडनाइज एकेडेमीका प्रमोद थापा दोश्रो हुनु भएको छ । थापाले भने २०… पुरा पढौ

यू–१५ विद्यालय खेलकुद प्रतियोगिता उद्घाटन कार्यक्रम भव्य गर्ने तयारी

पोखरामा आयोजना हुने यू–१५ विद्यालय खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रम भव्य गर्ने गरी प्रदेश खेलकुद परिषद गण्डकीले तयारी थालेको छ । राष्ट्रिय खेलकुद परिषद ९राखेप० र प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा हुने उक्त प्रतियोगिताको उद्घाटन कार्यक्रम भब्य गर्ने गरी तयारी सुरु गरेको हो । यहि जेठ ३० र ३१ गते दुई दिन सञ्चालन हुने यू–१५ विद्यालय खेलकुद प्रतियोगितामा सात प्रदेशका विभिन्न ६ खेलका ६ सय ७० भन्दा वढि खेलाडीहरुको सहभागिता हुनेछ । प्रतियोगिताको तयारीका लागि शनिबार परिषदद्वारा आयोजित छालफल कार्यक्रममा सदस्य… पुरा पढौ

सीपयुक्त कोर्षमा पश्चिमाञ्चलको जोड

पोखरा, जेठ २६, पोखरा–४, गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले स्वरोजगारमूखि पाठ्यक्रममा जोड दिनेगरि योजना बनाएको बताएको छ । स्वरोजगारमूखि शिक्षा अभावमा स्वदेशमा काम नपाएको भन्दै युवायुवती धमाधम विदेश पलायन हुन थालेपछि अतिरिक्त पाठ्यक्रम पढाएर भएपनि विद्यार्थीलाई स्वदेशमै रोक्न पहल गर्ने विद्यालयको भनाई छ । शनिबार पोखराका संचारकर्मीसँगको छलफलमा विद्यालयका प्राचार्य सरोज कोइरालाले पाठ्यक्रम विकास केन्द्रले तोकेको कोर्षको भरमा मात्र विद्यार्थी स्वरोजगार बन्न सक्ने अवस्था नभएपछि अतिरिक्त कोर्षमा जोड दिएको बताए । विद्यार्थीलाई विदेशिनबाट रोक्नकै लागि भन्दै विद्यालयले पछिल्लो समय पढाई सक्नासाथ काम… पुरा पढौ

फेवातालमा डुंगा दौड प्रतियोगिता हुने

पोखरा, २५ जेठ फेवा डुंगा व्यवसायी संगठनको आयोजनामा फेवातालमा डुंगा दौड प्रतियोगिता हुने भएको छ ।संगठनले शुक्रबार पत्रकार सम्मेलन गरी संस्थाको ३० औं स्थापना दिवसका अवसरमा प्रतियोगिता एंव एक दिने मेला उत्सव आयोजना गर्ने जानकारी दिएको हो । पोखराको पर्यटन प्रवद्र्धन गर्नका लागि जेठ ३१ गने मेला र प्रतियोगिता गर्न लागिएको संगठनका अध्यक्ष बलराम गिरीले जानकारी दिए । आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा ४० टीमले सहभागिता जनाउने संस्थाका सचिव सचिव शिव जिसीले बताए । महिला र… पुरा पढौ