जिवनशैली पत्रिका

युनाइटेड क्लवद्वारा विपदमा परेका चार परिवारलाई आर्थिक सहयोग

युनाइटेड क्लव पोखराले अविरल वर्षाका कारण पहिरोमा परि ज्यान गुमाएका चार परिवारलाई आर्थिक सहयोग गरेको छ । पोखरा महानगरपालिका वडा नं ३२ चैनपुर, पोखरा २७ अर्चले र पोखरा १९ पुरनचौरमा पहिरोमा परि ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गरेको हो । क्लवले तिहारको अवसरमा आयोजित देउसीभैलो कार्यक्रममा संकलन गरिएको रकमबाट स्थापित विपद ब्यवस्थापन कोष मार्फत विपदमा परेकाहरुलाई आर्थिक सहयोग गरेको हो । आर्थिक सहयोग अन्तर्गत पोखरा ३२ चैनपुर आरती ओझाको परिवारलाई १० हजार, पोखरा २७ अर्चलेका स्वर्गीय अनमोल सुनार र स्वर्गीय… पुरा पढौ

कास्कीका क्रियाशिल फोटो पत्रकारहरुको ढिकींडाडामा मनसुन फोटो वाक (फोटो तथा भिडियो)

पोखरा ५, साउन, नेपाल फोटो पत्रकार संघ कास्कीले एकदिने मनसुन फोटो वाक २०२४ सम्पन्न गरेको छ। पोखरा १६ को अमला बिसौनी देखि घार्मी हुदै ढिकींडाडासम्म फोटो पत्रकारले पैदल यात्रा गरी ढिकींडाडा रिसोर्टमा पुगी औपचारिक कार्यक्रम गरी सम्पन्न भएको छ। करिव ५ किलोमीटरको दूरी यात्रा गरेका पत्रकारले अमला बिसौनी घार्मी हुदै ढिकींडाडासम्मका रमणीय दृश्यावलोकन गरी प्रकृति परक फोटो क्यामेरामा कैद गरेका थिए। उनीहरूले घार्मी भ्यु टावरको अवलोकन गरी त्यहाँवाट पोखराको दृश्य समेत कैद गरेका थिए। कार्यक्रम संयोजक योगेन्द्र ‌श्रेष्ठले संघले ग्रामीण… पुरा पढौ

पोखराको हर्पन खोलामा पौडी खेल्दा सगरमाथा माविका दुई बिद्यार्थीको ज्यान गयो

पोखरा ४, साउन, पोखराको हर्पन खोलामा पौडी खेल्दा पोखराकै सगरमाथा माविका दुई जना बिद्यार्थीहरुको ज्यान गएको छ । पोखरा महानगरपालिका–२३ घाँटीछिनास्थित हर्पन खोलामा शुक्रबार दिउँसो ३ः४५ बजेतिर पौडी खेल्ने क्रममा डुबेर सगरमाथा मावि प्लस टु अध्ययनरत दुई बिद्यार्थीहरुको ज्यान गएको स्थानियले बताउनु भयो । मृत्यु हुनेहरुमा पोखरा–१ मोहरियाटोल बस्ने १८ वर्षीय प्रकृत बुद्धचार्य र पोखरा–२ बाग्लुङबसर्पाकका १८ वर्षीय स्वयम् ताम्राकार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।साथीहरुका साथमा पौडी खेल्न गएका दुबै… पुरा पढौ

पोखराको एक होटलमा हत्या गरेको आरोपमा करिब ९ महिना पछि संजय बि.क.पक्राउ, भिडियो सहित

दीननाथ बराल, पोखरा ४, साउन, पोखराको एक होटलमा हत्या गरेको आरोपमा बाग्लुङका संजय बि.क. करिब ९ महिना पछि पक्राउ पर्नु भएको छ । गत मंसिर ५ गते पोखरा ८ नागढुङ्गाको एक होटलमा ३२ बर्षीया सुकु बि.क.को हत्या गरेको आरोपमा कास्की प्रहरीले २९ बर्षका संजयलाई पक्राउ गरी शुक्रबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । बाग्लुङ गल्कोट न.पा.९ मल्म घर भई पोखरा ७ घारीपाटन, सेती नागवेली मार्ग गल्ली नं.४ बस्ने संजयले सुकुको सुनको सिक्रि र मोवाइल फोनको प्रलोभमा सिरेकले मुख थुनेर… पुरा पढौ

गण्डकीका मन्त्री विन्दुुकुमार थापाले गरे कास्की कारागारको निरीक्षण

गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले कारागार कार्यालय कास्कीको निरीक्षण गरेका छन् । शुक्रबार कारागारमै पुगेर उनले बिरामी भएका ९२ जना कैदीबन्दीको स्वास्थ्य अवस्थाका बारेमा बुझेका हुन् । डेंगी लगायत विभिन्न रोग लागेर बिरामी भएका कैदीबन्दीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिइएको मन्त्री थापाले बताए । “कास्की कारागारको आज निरिक्षण गरेको छु । बिरामी भएका ९२ जना कैदीबन्दीहरुको स्वास्थ्यमा विस्तारै सुधार आएको रहेछ । उहाँहरुलाई आवश्यक पर्ने औषधि लगायत पोसिलो आहारको समेत व्यवस्था गरिएको छ ।”, उनले भने… पुरा पढौ

यु-२० बुद्धिचाल प्रतियोगिता ः पहिलो दिन पाँचौ चरणका खेल सम्पन्न

पोखरा, ४ साउन अन्तर्राष्ट्रिय बुद्धिचाल संघ (फिडे) को एक सय औं वर्षको अवसरमा आजबाट पोखरामा यु२० खुल्ला बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । हिमालयन मित्र बाल क्लबको आयोजनामा पोखरा १७ विरौटामा सुरु भएको प्रतियोगिताको पहिलो दिन पाँचौ चरणका खेलहरु सम्पन्न भएका छन् । प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य पञ्चराम गुरुङले खेलले खेलाडीको नेतृत्व विकास सँगै राष्ट्रको नाम उच्च बनाउने बताए । साथै खेलले खेलाडीलाई अनुशासन सिकाउने र अझ बुद्धिचालले विद्यार्थीहरुको बौद्धिक स्तरमा वृद्धि गर्न समेत ठूलो भूमिका खेल्ने… पुरा पढौ

डिजिटल मार्केटिङमा अवसर र चुनौती उत्तिकै हुने हुँदा सावधानि पूर्वक मार्केटिङ गर्न सुझाव

दीननाथ बराल,पोखरा ४, साउन, डिजिटल मार्केटिङमा अवसर र चुनौती उत्तिकै हुने हुँदा सावधानि पूर्वक मार्केटिङ गर्न शुक्रबार आयोजित एक कार्यक्रमका वक्ताहरुले सुझाव दिनु भएको छ । ट्रेकिङ एजेन्टस् एशोसिएसन अफ नेपाल(टान) गण्डकीको आयोजनामा, नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना अन्तर्गत शुक्रबार सम्पन्न पाँच दिने डिजिटल मार्केटिङ सम्बन्धी प्रशिक्षणको समापन समारोहमा वोल्ने वक्ताहरुले उक्त कुरा बताउनु भएको हो । विश्व व्यापी रुपमा रहेको डिजिटल मार्केटिङ रणनीति यसको महत्व र यसलाई… पुरा पढौ

पूर्व–पश्चिम महाअभियानमा निस्किएका वैज्ञानिक डा। महावीर पुन भरतपुरमा

चितवन, साउन ४, पूर्व–पश्चिम महाअभियानमा निस्किएका वैज्ञानिक डा। महावीर पुन भरतपुर महानगरपालिका आइपुग्नु भएको छ । शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, निमित्त प्रमुख प्रशासकीय अधिकृत उपेन्द्रराज पौडेललगायत महानगर परिवारसँग उहाँले अन्तरक्रिया गर्नुभएको छ । राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ महानगरपालिकाले ५ सय थान पुस्तक पनि खरिद गरेको छ । ३० वर्षदेखि बन्द रहेको वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका निमित्त सहयोग जुटाउने अभियानअनुरुप डा। पुन यस अभियानमा लागेका छन् । कार्यक्रममा भरतपुर महानगर प्रमुख दाहालले डा। पुनको अभियान सकारात्मक रहेको बताउनुभयो… पुरा पढौ

लण्डन म्याराथन दौडेर राजेन्द्रले मीरा राई ट्रेनिङ सेन्टर निर्माणका लागि ७ लाख सहयोग गर्नुभयो

चर्चीत धाविका मीरा राईले संचालन गरेको मिरा राई इनिसिएटिभलाई बेलायतमा बस्ने राजेन्द्र गुरुङले ७ लाख ३५ हजार ७ सय ७० रुपैयाँ सहयोग गर्नु भएको छ । राजेन्द्रले उक्त सहयोग रकम लण्डन म्याराथन २०२४ मा दौडेर संकलन गर्नु भएको हो । आमा काली गुरुङको स्मृतिमा म्याराथनमा सहभागिता जनाउनु भएको उहाँको परिवार, साथीभाई र इष्टमित्रहरुबाट च्यारिटी सो मार्फत उक्त रकम संकलन गर्नु भएको हो । उक्त दौड उहाँले ३ घण्टा ३२ मिनेट ५९ सेकेन्डमा पुरा गर्नु भएको थियो । रकम दक्षिणकाली नगरपालिका… पुरा पढौ

तीन तहमा पहुचका आधारमा बजेट बन्छः प्रोजेक्ट बैंकका योजनाले प्रथामिकता पाउदैनः मुख्यमन्त्री पाण्डे

दीननाथ बराल, पोखरा ३, साउन, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अझै पनि भन सुन र पहुचका आधारमा बजेट बन्ने बताउनु भएको छ । गण्डकी प्रदेशको प्रदेश नीति तथा योजना आयोगले बिहिबार पोखरामा आयोजना गरेको आयोजना अबधारणा पत्र सार्वजनिकीकरण कार्यक्रममा बोल्दै उहाँले अझै पनि स्थानिय तह, प्रदेश र संघिय सरकारका आयोजनाहरु मध्य ५० प्रतिशत जसो पहुचका आधारमा योजनाहरु छनौट हुने गरेको दाबी गर्नु भएको हो । प्रोजेक्ट बैंकबाट योजनाहरु छनौट गरी बजेट निर्माणमा त्यसलाई प्रथामिकता दिन खोज्दा देशमा हुने अस्थिर राजनीतिक… पुरा पढौ