जिवनशैली पत्रिका

कास्कीमा निषेधित अबधिमा नदीजन्य पदार्थ उत्खनन् र ओसार पसार गर्ने सबारी साधनलाइ कारबाही सिफारिस

पोखरा , साउन ६, नदिजन्य तथा खानीजन्य पदार्थको उत्खनन्,संकलन र बिक्री सम्बन्धि प्रक्रियाको अनुगमन गर्न गठित जिल्ला अनुगमन समिति कास्कीले निषेधित अबधिमा खोला तथा नदीमा गएर नदीजन्य पदार्थ उत्खनन् र ओसार पसार गर्ने सबारी साधनलाइ कारबाहीको लागि सिफारिस गरेको छ । समितिको शुक्रबार बसेको बैठकले ढुंगा गिटी,बालुवा उत्खनन्, बिक्री तथा ब्यबस्थापन सम्बन्धि संसोधन सहितको मापदण्ड २०७७ को दफा ३ ९ख ० बमोजिम प्रचलित ब्यबस्था अनुसार अबैध र गैर कानुनि रुपले उत्खनन् र ओसार पसार गर्ने बिभिन्न ११ वटा टिपर र… पुरा पढौ

अजुई हाङ्ग राईले चुमे पहिलो शेफ नेपालको उपाधि

नेपालको पहिलो फुड रियालिटी शो ुशेफ नेपालुको उपाधि अजुई हाङ्ग राईले चुमेका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा राई विजेता घोषणा गरिएको हो । राईसँगै अन्तिम तीन प्रतिष्पर्धीमा इङ्वा सुब्बा र विकेश श्रेष्ठ रहेका थिए । जज ९निर्णायक०मा मास्टर सेफ सन्तोष शाह, सेफ गणेश ढकाल र भान्से लक्ष्मण भण्डारी रहेका थिए । दुई वर्ष अघिदेखि तयारी गर्दै आएको यस शेफ नेपाल फुड रियालिटी शोमा एक सय प्रतियोगी छनोट गरिएको थियो । अनलाइन आवेदनमार्फत १०० प्रतिस्पर्धि छनोट भई लाइभ अडिसन… पुरा पढौ

पोखरामा हाईलक्स गाडीको ठक्करले २६ बर्षीय एक युवाको ज्यान गयो

दीननाथ बराल,पोखरा ६, साउन, पोखरामा हाईलक्स गाडीको ठक्करले २६ बर्षीय एक युवाको ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नम्बर ८ का २६ बर्षीय ईश्वर परियार हाईलक्स गाडीको ठक्करले उपचारकै क्रममा शनिबार बेलुका मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।शनिबार बेलुका ५ः४० बजेको समयमा पोखरा ६ हल्लन चोक स्थित ग ३ च ३४५७ नं. को हाईलक्स गाडी र ग ११ प ९१ नं को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक परियारको उपचारकै क्रममा गण्डकी मेडिकल कलेज पोखरामा ६ः४३ बजे… पुरा पढौ

पोखरा १६ को ढिकीडाँडामा खुल्यो ६ करोड लगानीमा रिसोर्ट

दीननाथ बराल,पोखरा ६, साउन, देशका धेरै युवाहरु रोजगारको लागि विदेश गइरहेका वेला पोखरा १६ का ८ जनाको युवा समुहले हाल स्वदेशमा केही गर्नु पर्छ भन्दै आफ्नै गाँउमा लगानी गरेका छन् । बिद्यालय जिवनमा संगै पढेका हाल विभिन्न पेशा व्यवसायमा आबद्ध भए पनि आफ्नो गाँउ ठाँउको विकासको लागि किन आफुबाटै सुरुवात नगर्ने भन्दै पोखरा १६ का ८ जनाको एक समुहले पोखराको ढिकीडाँडामा ढिकीडाँडा रिसोर्ट संचालन गरेका हुन्। प्राकृतिक मनोरम दृश्यावलोकनको समेत उत्कृष्ट गन्तव्य मध्य एकमा पर्ने उक्त स्थानमा आफुहरुले पर्यटनको सम्भावना… पुरा पढौ

पोखरा १९ को घार्मीमा ५ घर पहिरोको उच्च जोखिममा, प्लाष्टिक राखेर जमिन भाषिएको स्थान ढाकियो (भिडियो)

दीननाथ बराल, पोखरा ६, साउन, पोखरा १९ स्थित घार्मीको तल्लाकोटमा रहेको एउटा बस्ती नै सडक सहितको भाग भाषियर पहिरो जाने उच्च जोखिममा रहेको छ । यस बर्ष परेको ठुलो बर्षाले गर्दा घर भन्दा माथिको सडकको भाग भाषियर आफुहरुको घर बस्ती नै पहिरोले पुर्ने उच्च जोखिममा रहेको स्थानिय राम प्रसाद पौडेलले बताउनु भयो । पोखरा महानगरपालिका र वडामा समेत उक्त पहिरोको जोखिम भएकोले सडक मर्मत संहारसंगै आफुहरुलाई व्यबस्थापन गर्न माग गर्दा खासै चासो नदिएको उहाँले गुनासो गर्नु भयो । सडक भाषियर… पुरा पढौ

एलपी ग्यास बिक्रेता संघको पदस्थापन सवारी जाँचको नाममा व्यवसायीलाई दुःख दिइयो ः कोइराला

पोखरा, ५ साउन एलपी ग्यास बिक्रेता संघ कास्कीको नवनिर्वाचित कार्यसमितिले कार्यभार सम्हालेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको प्रमुख आतिथ्यतामा निर्वाचन समिति संयोजक तथा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष संजिवबहादुर कोइरालाले नवनिर्वाचित समितिको पदस्थापन गराएका हुन् । एलपी ग्यास बिक्रेता संघको १६ औ वार्षिक साधारण सभा तथा छैर्टौं अधिवेशनले अध्यक्षमा नारायणदत्त दाहालसहित पदाधिकारी र सदस्यहरु निर्विरोध निर्वाचित गरेको हो । समितिको निवर्तमान अध्यक्षमा बालकृष्ण कोइराला,उपाध्यक्षमा शिवकुमार श्रेष्ठ,सचिवमा हरिकृण अधिकारी,कोषाध्यक्षमा किरणकृष्ण तिवारी, सहसचिवमा गंगाधर बराल र… पुरा पढौ

यु २० बुद्धिचाल प्रतियोगिताको उपाधि इश्वरलाई

पोखरा, ५ साउन पोखरामा सम्पन्न यु २० बुद्धिचाल प्रतियोगिताको उपाधि इश्वर घिमिरेले जितेका छन् । अन्तर्राष्ट्रिय बुद्धिचाल संघ (फिडे) को एक सय औं वर्षको अवसरमा आयोजित प्रतियोगितामा एक सय पाँच प्रतिस्पर्धीलाई पछि पार्दै इश्वर च्याम्पियन बनेका हुन् । हिमालयन मित्र बाल क्लबको आयोजनामा पोखरा १७ विरौटामा भएको प्रतियोगितामा इश्वरले कुल ८ अंक प्राप्त गरे । दोस्रो भएका कौशल थापाको पनि ८ अंक रहेपनि इश्वर प्रथम हुँदा थापा दोस्रो भए । यस्तै सात अंकका साथ अनिज पोखरेल तेस्रो भए । उनीहरुले… पुरा पढौ

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीको सङ्गठन प्रशिक्षण कार्यशाला सम्पन्न

५ असार, पोखरा , नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति कास्कीले सङ्गठन परिचालन तथा व्यवस्थापन सम्बन्धी प्रशिक्षण कार्यशाला सम्पन्न गरेको छ । कास्कीका पाँच स्थानीय पालिका समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षहरुका लागि एकदिने प्रशिक्षण तथा कार्यशाला सम्पन्न गरेको हो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय समितिका सचिव रामप्रसाद पोखरेलले पेसाहरुको जननी पेसा शिक्षण कार्यमा लाग्ने हामी शिक्षकहरु सधैंभरि हँसिलो, खुसी, विषयवस्तुमा दक्ष एवम् प्रविधियुक्त हुनुपर्ने बताए । प्रशिक्षण कार्यक्रममा नराशिसं गण्डकी प्रदेश अध्यक्ष रोमहर्षण पौडेलले ूनेतृत्व विकास तथा नेतृत्व सिपू, लेखा… पुरा पढौ

बोलबम पदयात्रा तयारी पूरा

पोखरा, ५ साउन, केदारेश्वर महादेवमणि सेवाश्रम समिति, बैदामको आयोजनामा विगतका वर्षझै यस वर्ष पनि साउन सोमबार बोलबम पदयात्रा हुने भएको छ । पोखरामा झण्डै साढे दुई दशकदेखि जारी यो कार्यक्रमले यहाँ धार्मिक पर्यटन प्रवद्र्धनमा समेत सघाउ पुग्दै गएको छ । ‘बोलबमको ध्वनिले, शान्ति पाऊन् साराले’ भन्ने मूलमन्त्रका साथ आयोजना हुने यो कार्यक्रम साउनका चार वटै सोमबार बगर शुक्लागण्डकी गाईघाटस्थित १०८ धारामा स्नान गरेर ८ किमी पैदलयात्रासहित बैदामस्थित केदारेश्वरमा १०८ शिवलिंगमा जलार्पण गरिनेछ । शनिबार पत्रकार सम्मेलनमा विश्वहिन्दु महासंघका केन्द्रीय उपाध्यक्ष… पुरा पढौ

आलोचना गर्नेलाई कामबाट जवाफ दिनुपर्छ स्थायी कमिटी सदस्य अधिकारी

पोखरा ५ साउन, नेकपा ९एमाले० स्थायी कमिटी सदस्य खगराज अधिकारीले काम नगरी कुरा लगाएर मात्रै खानेका दिन गएको बताउनुभएको छ । शनिबार ४६ औं पुष्पलाल स्मृति दिवसको अवसर पारेर राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी कास्कीले आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै उहाँले राष्ट्रिय एकतासँगै पार्टी भित्रको एकताको विषयमा जोड दिनुभयो । ‘हामी गुटबन्दीको विरोध गर्छौं, अराजकताको विरोध गर्छौं, एकताको पक्षमा छौं, राष्ट्रिय एकता, पार्टी भित्रको एकता, संगठनभित्रको एकताको पक्षमा छौं, जस्ले काम गर्दैनन् कुरा लगाएर खान चाहन्छन् तिनीहरूका दिन गए’… पुरा पढौ