जिवनशैली पत्रिका

डिस्ट्रिक ३२५ एम ,क्लस्टर १ अन्तर्गत विविध कार्यक्रम

लायन्स अन्तरास्ट्रीय ,डिस्ट्रिक ३२५ एम ,क्लस्टर एक अन्तर्गत पर्ने क्लवहरुले सेवाको कार्यलाई निरन्तरता दिएका छन | क्लस्टर १ अन्तर्गतको लायन्स क्लव अफ पोखरा डेस्टिनेसनले क्लवका पुर्व अध्यक्ष रामप्रसाद तिमिल्सिनाको जन्मदिनको अवसरमा क्लवका सदस्य एव शुभचिन्तकहरुको उपस्थिति एव सहयोगमा ब्याज रकमबाट विपन्नतामा परेका र बिपदमा परेका दुइ जनालाई सहयोग गर्ने गरी रु २,२२,२२२/- (अक्षरुपि दुइ लाख वाइस हजार दुइ सय वाइस रुपैया) को अक्षयकोष निर्माण गरेको छ | क्लवका अध्यक्ष खेमराज तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा सिग्नेचर प्रोजेक्ट एक्सपर्ट शारादामोहन काफ्ले, क्लस्टर… पुरा पढौ

पोखरा रोयल सहकारीको ६ करोड ८२ लाख नाफा

दीननाथ बराल, पोखरा ८, साउन पोखराको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक बर्ष २०८०÷०८१ मा करिब ६ करोड ८२ लाख संचालन नाफा आम्दानी गर्न सफल भएको छ । सहकारीकोले २ अर्ब ५२ करोडको कारोवार गर्दा उक्त रकम संचालन नाफा आम्दानी गर्न सफल भएको सहकारीका प्रमुख कार्यकारी अधिकृत भिम बहादुर गुरुङले बताउनु भयो । संस्थाको ६१ करोड भन्दा बढी रकम तरलता भएकोले उक्त रकम उचित कर्जा लगानीको खोजिमा रहेको उहाँको भनाई छ । सहकारीले गत बर्ष १ अर्ब… पुरा पढौ

फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघ स्थापनाको अवसरमा पोखरा आयोजित रंक्तदान कार्यक्रमबाट ८८ यूनिट रंक्त संकलन

पोखरा ८, साउन नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघ को ९ औं वर्ष पुरा गरी १० औं वर्ष प्रवेशको अवसरमा मंगलबार पोखरामा आयोजित खुल्ला रंक्तदान कार्यक्रमबाट ८८ यूनिट रंक्त संकलन भएको छ । महासंघ प्रदेश समन्वय समिति, गण्डकी प्रदेश तथा कास्की जिल्ला संघको आयोजनामा एवं सिटिजन फर्निचरको सहकार्यमा पोखराको न्यूरोडमा भएको रंक्तदान कार्यक्रमबाट उक्त यूनिट रंक्त संकलन भएको नेपाल फर्निचर तथा फर्निसिङ्ग व्यवसायी महासंघका केन्द्रीय तृतीय उपाध्यक्ष ज्ञानबहादुर नेपालीले बताउनु भयो । रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको रक्तदान… पुरा पढौ

पोखरा २४ सार्वजनिक सुनुवाई सम्पन्न, चुनावी वाचालाई पाँच वर्ष भित्र पुरा गर्ने प्रतिवद्धता

पोखरा महानगरपालिका वडा नं २४ कार्यालयद्वारा आयोजित आर्थिक वर्ष २०८०÷८१ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा पाँचै जना जनप्रतिनिधीहरुले चुनावीताका गरेका वाचालाई पाँच वर्ष भित्र पुरा गर्ने प्रतिवद्धता जनाएका छन् । दुई वर्षभित्र ४० प्रतिसतको हाराहारीमा काम भएको जानकारी दिदै वडा वासीलाई नआत्तिन पनि उनिहरुको अनुरोध थियो । शिक्षा, स्वास्थ्य, खानेपानी, पुर्वाधार निर्माण वडाको पहिलो प्राथमिकतामा रहेको भन्दै आउँदो वर्ष भित्र पामेवाट कास्कीकोट जाने वाटो पुरा गर्ने पनि उनिहरुको भनाई थियो । खानेपानी समस्या समाधानका… पुरा पढौ

प्रतिभा माविमा स्वागतःडाःथापाको सुझावः पढाईमा कहिल्यै हिम्मत नहार्नु

पोखरा, साउन ८, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. बुद्धिबहादुर थापाले कुनैपनि विषयको अध्ययनमा हिम्मत नहार्न विद्यार्थीलाई सुझाएका छन् । पोखराको पालिखेचोकस्थित प्रतिभा माविले मंगलबार कक्षा ११ का विज्ञान विषयका नवआगन्तुक विद्यार्थीका लागि आयोजना गरेको स्वागत तथा उत्प्रेरणामूलक कार्यक्रममा प्रमुख अतिथि रहेका थापाले भने, ‘पढाईमा कहिल्यै हिम्मत हार्नुहुँदैन । कुनैपनि विषय अध्ययन गर्दा हिम्मत नहारौं, अनेक चुनौती आउँछन, तर, हिम्मत हारेमा पढाई पुरा हुँदैन ।’ आफ्नो उद्देश्य प्राप्तिको लागि ध्यान दिनुपर्ने पनि उनले बताए । ‘आफ्नो उद्देश्य कहिल्यै नर्बिसनु,’… पुरा पढौ

राजदुत क्षेत्रीले गरे तेक्वान्दो टोलीको बिदाई

मित्र राष्ट्र दक्षिण कोरियामा आयोजना हुने विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगिता २०२४ मा सहभागी हुन जाने नेपाली खेलाडीहरुलाई युएईका लागी नेपाली राजदुत तेज बहादुर क्षेत्रीले बिदाइ गरेका छन । आबुधाबी स्थित नेपाली राजदुतावासमा आयोजित एक कार्यक्रमकाबीच राजदुत क्षेत्रीले सोमबार ७ गते युएईबाट प्रतिस्पर्धा गर्न जाने नेपाली खेलाडी तथा अफिसियलहरुलाई बिदाइ गरेका हुन । खेलाडीहरु लगाएत युएईका लागी कोरियाली तेक्वान्दो प्रशिक्षकलाई बिदाई गर्दै राजदुतले सफलताको शुभकामना दिएका छन । उनले बिदाईका क्रममा खेलाडिहरुको हौसला बढाउदै “रोजगारीको सिलसिलामा आफ्नो देश छोडेर विदेश आएर… पुरा पढौ

शिक्षा मन्त्रालयद्वारा समकक्षताको प्रमाणपत्रबारे छानबिन गर्न समिति गठन

काठमाण्डौ ,साउन ८, शिक्षा मन्त्रालयद्वारा समकक्षताको प्रमाणपत्रबारे छानबिन गर्न समिति गठन समिति गठन गरेको छ । सो मन्त्रालय अन्तर्गत पाठ्यक्रम बिकास केन्द्रबाट जारी हुने समकक्षताको प्रमाणपत्र प्रदान गर्दा भए गरिएका काम कारबाही सम्बन्धमा र प्रमाणपत्र लिदा अपनाउनुपर्ने प्रक्रिया , लाग्ने दस्तुर लगायतका बिषयमा छानबिन गर्न सो समिति गठन भएको मन्त्रालयका प्रबक्ता सह(सचिब केशब प्रसाद दाहालले जानकारी दिनुभयो । प्रबक्ता दाहालका अनुसार शिक्षा तथा मानब स्रोत बिकास केन्द्रका उप महानिर्देशकको संयोजकत्वमा गठित तिन सदस्यीय समितिलाई सुझाब सहितको प्रतिबेदन पेश गर्न मन्त्रिस्तरीय… पुरा पढौ

फेवाताल सरसफाई गर्यो मजेष्टिक लेक फ्रण्ट होटलले

पोखरा, साउन ८, पोखराको लेकसाईडमा रहेको मजेष्टिक लेक फ्रण्ट होटल एण्ड सुईट्स प्रालिले फेवाताल सरसफाई गरेको छ । अघिल्लो वर्षदेखि सञ्चालनमा आएको पोखरा–६ लेकसाईडको खहरेस्थित फेवाताल किनारमा रहेको मजेष्टिक लेक फ्रण्ट होटलले आफ्नो प्रथम वार्षिकोत्सव फेवाताल सरसफाई, कर्मचारी पुरस्कृत लगायतका कार्यक्रम गरेर बार्षिकोत्सव मनाएको हो । होटलको वार्षिकोत्सवको अवसरमा फेवाताल सरसफाई गरिएको होटलका सञ्चालक सुनिलबहादुर भट्टराईले जानकारी दिए । ‘तालमा रहेको जलकुम्भी झार, प्लाष्टिक, बोतललगायत बाहिर निकाल्यौं र संकलन गरेर डिस्पोज गर्नका लागि पठायौं’–उनले भने । ताल सरसफाईमा होटल सञ्चालक… पुरा पढौ

टान गण्डकीद्धारा वन्यजन्तु, प्राथमिक उपचार, ट्रेल नेभिगेसन र उद्धार तालिम प्रदान, कस्तो तालिम आवश्यक पर्छ हामी दिन्छौं ःमेयर आचार्य

पोखरा, ७ साउन, ट्रेकिङ एजेन्सिज एशाेिशयसन अफ नेपाल (टान) गण्डकीको आयोजनामा भएको २ दिने वन्यजन्तु, प्राथमिक उपचार, ट्रेल नेभिगेसन र उद्धार तालिम सोमबार सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहकार्यमा पोखराको वरपिपल रिसोर्टमा सञ्चालित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनासँगको सहकार्यमा भएको तालिम सोमबार समापन भएको हो । काम गरिरहेका पथ प्रदर्शकले पदयात्राका क्रममा भोगेका यावत समस्या समाधान गर्न सिकाउने उद्देश्यले आयोजित तालिममा ९० जनाको सहभागिता रहेको टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले बताउनु… पुरा पढौ

प्रतिभा माविमा स्वागत, पढ्दै गर्दा कति जनालाई रोजगारी दिन सकिन्छ सोच्न मेयर आचार्यको आग्रह

पोखरा, साउन ७, माध्यमिक शिक्षा परीक्षा (एसइइ) उत्तिर्ण भई हालैमात्र कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई भविश्यबारेको दिइने सुझाव के हुन सक्छ ? राम्रो पढ्नु, उचित विषय छानेर अध्ययन थाल्नुु, भविश्य हेरेर विषय छनोट गर्नु । यस्तै यस्तै सुझाव धेरैले दिन्छन । तर, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले भर्खरै ११ कक्षा अध्ययन थालेका विद्यार्थीलाई दिएको सुझाव छ–जिन्दगीमा कति जनालाई रोजगारी दिने हो, त्यो योजना डायरीमा कोर्नुस र अध्ययन थाल्नुस, त्यसले तपाँइलाई गन्तव्यमा पु¥याउन सघाउनेछ ।’ पोखराको पालिखेचोकस्थित प्रतिभा माविले सोमबार… पुरा पढौ