जिवनशैली पत्रिका

परिवर्तन युवा क्लबको अध्यक्षमा सुदिप बराल चयन

पोखरा, असार २८, पोखरा–२२ मा क्रियाशील परिवर्तन युवा क्लबको नवौं वार्षिक साधारणसभा तथा पाँचौं अधिवेशनले सुदिप बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । पोखरा २२ (पुम्दी भुम्दी) मा शनिबार सम्पन्न भएको उक्त अधिवेशनले उपाध्यक्षमा सरस्वती बराल, सचिवमा दक्षिणा बराल, कोषाध्यक्षमा श्रद्धा, वरिष्ठ सदस्यः दिपेन्द्र बराल र अन्य सदस्यहरुमा सदस्यहरूमा कमल पौडेल, तुलसी अधिकारी, प्रेरणा ढकाल र अभिषेक बराल चयन हुनु भएको हो । अध्यक्ष कमल बरालको नेतृत्वमा क्लबले अघिल्ला वर्षहरूमा विभिन्न सामाजिक, शैक्षिक तथा युवामुखी कार्यक्रमहरू सञ्चालन गर्दै आएको… पुरा पढौ

क्लबस्तरीय भलिबलः आधिखोला र पोखरा भेट्रान्सलाई उपाधिसञ्जु विक्रम शाह सर्वोत्कृष्ट खेलाडी

पोखरा, असार २८, पोखराको नदिपुरमा सम्पन्न भएको क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिताको क्लबतस्तरीयतर्फ आधिखोला न्यु दिल्ली र भेट्रान्सतर्फको उपाधि पोखरा भेट्रान्सले जितेको छ । लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा आयोजित तेस्रो संस्करणको क्लबस्तरीयतर्फ आधिखोला न्यु दिल्लीले घान्द्रुक क्रोम्छे युवा समितिलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि चुमेको हो । आधिखोलाले पहिलो सेट २५–१७ ले जितेपनि प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट २७–२५ र तेस्रो सेट २५–२२ ले जित्दै तेस्रो संस्करणको उपाधि चुम्न सफल भयो । उपाधि जितेको आधिखोलाले १ लाख २५… पुरा पढौ

पोखरामा विपि स्मृति एमेचर फुटसल साउन ६ गते हुने

पोखरा, पोखरामा विपि स्मृति एमेजर फुटसल प्रतियोगिता हुने भएको छ । आगामी साउनको ६ र ७ गते पोखरामा एमेचर फुटसल प्रतियोगिता हुने भएको हो । प्रतियोगिता बारेमा जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नयाँ गाउँ युवा क्लबका अध्यक्ष विकास गुरुङले अमित गुरुङ र अन्तिम गुरुङले आफ्ना स्वार्गारोहण भएका साथिहरुको स्मृतिमा प्रतियोगिताको आयोजना गर्न लागेको बताए । उनले फुटबलको आयोजना गर्ने योजना बनाएपनि सुरुवातमा फुटसल गर्न लागिएको सुनाए । पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्डहलमा आयोजना हुने प्रतियोगिताको विजेताले नगद एक लाख… पुरा पढौ

आदिकवि विशेष कविता वाचन सम्पन्न

पोखरा, २८ असार, २१२ औं भानु जयन्तीको अवसरमा शनिबार पोखरामा “सम्झनामा आदिकवि” विशेष कविता वाचन सम्पन्न गरेको छ । कार्यक्रममा ९ जना कविले पद्य तथा गद्यमा कविता प्रस्तुत गरे । कवि संयोग बस्यालले बाँचिन्छ आरामले र करुणा प्रस्तुत गरे । कवि सुरेश रानाभाटले माटोको वासना तथा लालुपाते शीर्षकको कविता सुनाए । यस्तै केआर ढकालले पर्ख र सस्तो पसल, सञ्जिव पौडेलले विज्ञप्ति मुर्दावाद र जानेहरू, रमा खतिवडाले भानुभक्त र असारे झ्याउरे कविता सुनाइन् । कवि रुपिन्द्र प्रभावी जोशीले प्रतिविम्ब र सास्ती… पुरा पढौ

कालोमोसो काण्डको मुख्य योजनाकारको रूपमा सुजन विक पक्राउ

पोखरा, असार २८, छोरेपाटन माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष बद्रीनाथ पहारीमाथि कालोमोसो दलिएको घटनामा संलग्न भएको आरोपमा नेकपा बहुमत निकट युवा संगठनका केन्द्रीय अध्यक्ष सुजन विक पक्राउ परेका छन्। शुक्रबार सार्वजनिक रूपमा घटेको उक्त घटनापछि जिल्ला प्रहरी कार्यालय कास्कीले तत्काल अनुसन्धान अघि बढाउँदै शुक्रबार राति नै विकलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार विक नै कालोमोसो दल्ने योजनाका मुख्य सूत्रधार हुन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाले अभद्र व्यवहार मुद्दाअन्तर्गत विकलाई पक्राउ गरिएको पुष्टि गर्दै बाँकी दुई अभियुक्तलाई समेत… पुरा पढौ

दोस्रो संस्करणको पोखरा क्लिक पुम्दीभुम्दी पर्वतीय दौड असोज पहिलो साता (भिडियो सहित)

विश्व पर्यटन दिवसको सन्दर्भमा पोखरा क्लिक अनलाइन सञ्चार गृहद्वारा आयोजना हुने दोस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिता आउँदो असोजको पहिलो हप्ता हुने भएको छ ।सञ्चार गृहले शुक्रवार आयोजना गरेको पहिलो संस्करणको पर्वतीय दौडको समीक्षा कार्यक्रम समारोहका बीच उक्त जानकारी गराएको हो । यसै सम्बन्धि भिडियो सामाग्रि । https://www.youtube.com/watch?v=Pl6LZZhB4WA कार्यक्रममा सहभागीहरूले पहिलो संस्करणमा देखिएका कमजोरीलाई सुधार्दै दौडलाई पर्यटन, स्वास्थ्य तथा खेलकुद र स्थानीय क्षेत्र प्रवद्धर्नसँग जोडेर अगाडि बढ्न सुझाव दिए । गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले प्रतियोगितालाई सफल बनाउन आफ्नातर्फबाट आवश्यक… पुरा पढौ

क्लबस्तरीय भलिबलः घान्द्रुक र आधिखोला उपाधिका लागि भिड्ने भेट्रान्स तर्फ पोखरा र युनाइटेड किङ्स भिड्ने

पोखरा, असार २७, पोखराको नदिपुरमा जारी क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिताको क्लबस्तरीयतर्फ घान्द्रुक क्रोम्छे युवा समिति र आधिखोला न्यु दिल्ली उपाधिका लागि भिड्ने भएका छन् । पोखरा–३ नदिपुर छन्त्याल समाजको भलिबल कोर्टमा भएको पहिलो सेमिफाइलनमा आधिखोला न्यु दिल्लीले एपिएफ पोखरालाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । आधिखोलाले एपिएफलाई २५–२२, २५–२१ र २६–२४ ले जित निकाल्यो । यस्तै दोस्रो सेमिफाइनलमा घान्द्रुक क्रोम्छे युवा समितिले ढुङ्गे देउराली क्लब पौवेगौवे स्याङ्जालाई पराजित गर्दै फाइनलमा स्थान पक्का… पुरा पढौ

वडा देखि पालिकासम्म भएको बेरुजु र भ्रष्टचार बिरुद्ध आवाज उठाउन सुझाव,नेकपा माओबादी केन्द्र पोखरा २२ को कार्यकर्ता भेटघाट तथा परिचयात्मक कार्यक्रम

पोखरा २७, असार, पोखरा सहित कास्कीका विभिन्न वडा देखि पालिकाहरुमा भएको बेरुजु र भ्रष्टचार बिरुद्ध आवाज उठाउन शुक्रबार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरुले सुझाव दिएका छन् । नेकपा माओवादी (केन्द्र) पोखरा महानगरपालिका–२२, (पुम्दी भुम्दी) समितिले शुक्रबार विश्व शान्ति स्तुपः नजिक इलाइट क्याफेमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा परिचयात्मक कार्यक्रममा बोल्ने वक्ताहरुले जनताले तिरेको करको व्यापक दुरुपयोग भएको जनगुनासो आएकोले वडा देखि पालिकाहरुमा भएको बेरुजु र भ्रष्टचार बिरुद्ध आवाज उठाउन नेता तथा कार्यकर्तालाई सुझाव दिनु भएको हो । कार्यक्रममा पार्टीका कास्की… पुरा पढौ

गण्डकी प्रदेशमा ५६ प्रतिशत धान रोपाई, लमजुङमा ७३, गोर्खा र पर्वतमा भने ४० प्रतिशत मात्र धान रोपाई

दीननाथ बराल, पोखरा २७, असार, गण्डकी प्रदेशमा हालसम्म करिब ५६ प्रतिशत मात्र धान रोपाई भएको छ । यही असार महिनाको २१ गते (आइतबार) सम्म यस बर्ष गण्डकी प्रदेशमा ५५.५९ प्रतिशतले ५२ हजार ३ सय ५३ हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको गण्डकी प्रदेशको कृषि बिकास निर्देशनालयका कृषि अर्थ विज्ञ मनोज पौडेलले पोखराक्लिकलाई बताउनु भयो । गण्डकी प्रदेशमा ९४ हजार १ सय ८२ हेक्टरमा धान रोपाई गर्न योग्य जमिन रहेको उहाँले जनाउनु भयो । गण्डकी प्रदेशका ११ जिल्ला मध्य हिमालपारीका दुई… पुरा पढौ

विज्ञ भन्छनः जैविक विषादी प्रयोग गर्दा किरा कम लाग्छ, उत्पादन बढ्छ, पोखरामा ४ देशका प्रतिनिधि जलवायु स्मार्ट बाली संरक्षणमा केन्द्रित

पोखरा, कृषि विज्ञहरुले जैविक विषादी प्रयोग गर्दा किरा कम लाग्ने र उत्पादन बृद्धि हुने बताएका छन् । पोखराको वाटरफन्ट रिसोर्टमा विहिबार देखि सुरु भएको ‘प्राकृतिक समाधानहरुमा केन्द्रित जलवायु स्मार्ट बाली संरक्षण’ सम्बन्धी क्षेत्रीय प्रशिक्षण तथा कार्यशाला गोष्ठीमा सहभागि कृषि विज्ञहरुले रसायनिक बिषदी भन्दा जैविक बिषादी प्रयोग गर्न सुझाव दिदै त्यसले किरा कम लाग्नुका साथै उतपादन बृद्धि हुने दाबी गरेका हुन् । https://www.youtube.com/watch?v=ln2vtm8jLhg शुक्रबारसम्म पोखरामा संचालन हुने उक्त कार्यक्रममा नेपाल सहित ४ देशका प्रतिनिधि जलवायु स्मार्ट बाली संरक्षणमा केन्द्रित हुने गरी… पुरा पढौ