जिवनशैली पत्रिका

प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टद्वारा शुभकामना व्यक्त

पोखरा, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले ७५ औं प्रजातन्त्र दिवसको अवसरमा गण्डकी प्रदेशबासीका साथै सम्पूर्ण नेपालमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रदेश प्रमुख भट्टले बिहीबार एक शुभकामना सन्देश जारी गर्दै नागरिक अधिकार सुनिश्चित तथा लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्नका लागि भएका संघर्षहरूमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । उहाँले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौं आन्दोलनहरूलाई पथप्रदर्शन गरेका अग्रजहरूप्रति हार्दिक सम्मान एवम् श्रद्धा प्रकट गर्नुभएको छ । प्रदेश प्रमुख भट्टले मुलुकको सार्वभौमसत्ता जनतामा… पुरा पढौ

नेसनल प्याव्सनको गण्डकी प्रदेश अध्यक्षमा सिकन्दर

पोखरा, गीता राणा केन्द्रीय अध्यक्ष रहेको नेसनल प्याव्सनको गण्डकी प्रदेश अध्यक्षमा सिकन्दर गुरुङ चयन भएका छन् । बुधवार पोखरामा सम्पन्न दोस्रो प्रदेश अधिवेशनले यस अघि गण्डकी प्रदेश सचिव रहेका तनहुँका गुरुङको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो । केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश समन्वय उपसमिति संयोजक तिलक चौहानको अध्यक्षतामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा कास्कीका चेतनारायण भण्डारी,सचिवमा तनहुँका बालचन्द्र घिमिरे,कोषाध्यक्षमा नवलपूरका शिव गुरुङलाई चयन गरेको छ । यसै गरी सदस्यहरुमा तनहुँका तारा भट्टराई, बागलुङ्गका गण्ोश मल्ल,कास्कीका प्रेम भण्डारी र भोजराज अधिकारी… पुरा पढौ

मनाङलाई सडेन डेथमा पराजित गर्दै आयोजक सहारा क्लव आहा ! रारा पोखरा गोल्डकपको फाइनलमा (भिडियो सहित) विहिबार हुने सेमिफाइनलमा जावलाखेल बिरुद्ध उज्वेकिस्तानको आबा क्लव भिड्ने

दीननाथ बराल, पोखरा, ६ फागुन, ६ पटक उपाधि सहित आहा रारा पोखरा गोल्ड कपमा सर्वाधिक सफलता हासिल गरेको मनाङ मस्र्याङदी क्लवलाई सडेन डेथमा पराजित गर्दै आयोजक सहारा क्लव २५ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२ को फाइनलमा प्रबेश गरेको छ । पोखरा रंगशालाको फुटबल मैदानमा आज (बुधबार) भएको पहिलो सेमिफाइनल खेलमा सहाराले मनाङलाई टाईब्रेकरको सडेन डेथमा ७—६ को गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो । https://www.youtube.com/watch?v=iftXBSnRKb8 सडेन डेथमा मनाङका सविन खड्काले प्रहार गरेको पेनाल्टी सुट सहाराका… पुरा पढौ

पोखरा जगदम्बा ट्राभल्सले पोखरा–काठमाडौँ रुटमा ईभी बस सेवा सुरु , प्रति यात्रु भाडा शुल्क ९ सय (भिडियो सहित)

दीननाथ बराल, पोखरा ६, फागुन पर्यटनको राजधानी पोखरामा यात्रु बहाक बस सेवामा गुणस्तरिय तथा लक्जरी बस सेवा संचालन गर्दै आएको पोखरा जगदम्बा ट्राभल्सले समय सापेक्षा आफुलाई परिमार्जन गर्न थालेको छ । पोखरादेखि काठमाण्डौं रुट मात्र नभई पोखरा देखि भारतको दिल्लीसम्म प्रभावकारी सेवा संचालन गरेको यस कम्पनीले पोखरा काठमाण्डौं रुटमा इभि बस सेवा सुरु गरेको हो । https://www.youtube.com/watch?v=ssgetczxnxM पोखरादेखि काठमाडौं धुलीखेल तथा वनेपासम्मको लागि ईभि बस सेवा आज ९बुधबार० देखि सुरु गरिएको पोखरा जगदम्बा ट्राभल्सका अध्यक्ष केशबप्रसाद अधिकारीले बताउनु भयो ।… पुरा पढौ

घान्द्रुक पर्यटन महोत्सव सुरु, अन्नपूर्ण गाउँपालिकालाई समृद्ध बनाउने मुख्य आधार कृषि र पर्यटनः अध्यक्ष केसी

पोखरा, ६ फागुन, कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुकमा घान्द्रुक पर्यटन महोत्सव सुरु भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड ९घान्द्रुक०को संयुक्त आयोजनामा बुधबारदेखि सुरु भएको महोत्सवको उद्घाटन अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले गरे । महोत्सवको उद्घाटनपछि बोल्दै गाउँपालिका अध्यक्ष केसीले गाउँपालिकालाई समृद्ध बनाउने मुख्य आधार पर्यटन क्षेत्र रहेको बताए । ‘अन्नपूर्ण गाउँपालिकालाई समृद्ध बनाउने मुख्य आधार कृषि र पर्यटन हो, हामीले वडा नम्बर ७ देखि ११ वडालाई पर्यटकीय क्षेत्रका रुपमा घोषणा गरेका छौं, बाँकीलाई… पुरा पढौ

भरतपोखरी विकास मञ्चद्वारा जनतासँग उम्मेद्‍वार साक्षात्कार कार्यक्रम सम्पन्न

पोखरा, भरतपोखरी विकास मञ्च, पोखरा ३३ ले आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट दलगत तथा स्वतन्त्र रूपमा उम्मेद्वारी दिएका उम्मेद्वारहरूसँगको साक्षात्कार कार्यक्रम सम्पन्न गरेको छ । बुधवार पोखरा(३३, भरतपोखरी, भगवती चौतारास्थित अन्नपूर्ण स्वास्थ्य चौकीको चौरमा भएको ‘जनतासँग उम्मेद्‍वार (उम्मेद्‍वारसँग जनता’ विषयक साक्षात्कार कार्यक्रममा कास्की क्षेत्र नम्बर २ बाट उम्मेद्‍वारी दिएका उम्मेद्‍वारहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको मञ्चका अध्यक्ष डिल्लीराम बरालले जानकारी दिए । ‘मातृभूमिप्रतिको उच्च सम्मान, समृद्धिको सङ्कल्पका लागि असल नेतृत्व छनोटमा साझा अभियान’… पुरा पढौ

गोरखा दरबार संग्रहालयमा नागरिक समाज कास्कीको पहलमा कलात्मक बोर्ड

पोखरा, ६ फागुन , संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभागअन्तर्गत गोरखा दरबार संग्रहालयमा कलात्मक कार्यालय बोर्ड राखिएको छ । बुधबार नागरिक समाज कास्कीको पहलमा काठको कलात्मक बोर्ड राखिएको हो । यसअघि, टिनसहित फ्लेसको तुलनामा अहिलेको बोर्डले पुरातात्विक एवं ऐतिहासिक संग्रहालयको महत्व झन् बढेको छ । बोर्ड हस्तान्तरणका लागि नागरिक समाज कास्कीका संस्थापक संयोजक रामबहादुर पौडेलको नेतृत्वमा बुधबार एक टोली गोरखा सदरमुकाम पुगेको थियो । टोलीले संग्रहालयका नासु हरि सारू मगरलाई बोर्ड हस्तान्तरण गरेको हो ।नागरिक समाज कास्कीको यो… पुरा पढौ

फोटो पत्रकार अक्षयकोषमा सहारा अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेलको सहयोग

पोखरा, ६ फागुन, नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष सिद्धार्थ पौडेलले आर्थिक सहयोग गरेका छन् । व्यवसायसँगै सामाजिक सेवामा सक्रिय पौडेलले अक्षयकोषका लागि नगद १० हजार रुपैयाँ सहयोग गरेका हुन् । सहारा क्लब पोखराले सञ्चालन गरेको आरा रारा पोखरा गोल्डकपमा सहभागी भएको समयमा पौडेलले नेपाल फोटो पत्रकार संघ, कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । हिमाअस एजुकेशनका प्रवन्ध निर्देशक समेत रहेका पौडेल आहारारा पोखरा गोल्डकपका लागि नेपाल… पुरा पढौ

शुक्रबार पोखरा रंगशालामा धन बहादुर गुरुङ सांगीतिक साँझ हुने

पोखरा, ६ फागुन, पोखरा रंगशालामा यही फागुन ८ गते (शुक्रबार) ‘धन बहादुर गुरुङ साँझ २०८२’ हुने भएको छ । तमु (गुरुङ) कलाकार संघ नेपाल, गण्डकी प्रदेशको आयोजनामा हुने कार्यक्रमको तयारी पुरा भएको आयोजकले आज (बुधबार) पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । गायक धन बहादुर गुरुङको सम्मान र ‘तमु (गुरुङ) कलाकार कल्याणकारी कोष’ स्थापनार्थ हुने कार्यक्रमको तयारी भव्य भइरहेको तमु (गुरुङ) कलाकार संघ नेपाल, गण्डकी प्रदेशका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । कार्यक्रममा स्रष्टा गुरुङका वि.सं. २०४५ देखि हालसम्मका… पुरा पढौ

बागलुङमा  इटालियन प्रजातिका स्याउ फलाउने किसान देखि गण्डकी प्रदेशका ५ पालिकाका ५५ जना उद्यमी पोखरामा (भिडियो सहित)

दीननाथ बराल,पोखरा, ५ फागुन “उद्यमशील गण्डकी” अभियानअन्तर्गत छनोट भएका गण्डकी प्रदेशका पाँच पालिकाका ५५ जना उत्कृष्ट ग्रामीण उद्यमी तीन दिने आवासीय नवप्रवर्तनशील नेतृत्व तथा व्यवस्थापन कार्यशालाका लागि पोखरामा भेला भएका छन् । समृद्धि उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रममार्फत ग्रामीण अर्थतन्त्रलाई रोजगारी सिर्जनाको गतिशील इन्जिन बनाउने लक्ष्यका साथ उक्त कार्यक्रम सुरु भएको हो । https://www.youtube.com/watch?v=ZPITTfJ6HfY इटालियन प्रजातिका स्याउ फलाउने किसान । कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले ग्रामीण उद्यमशीलता समावेशी आर्थिक विकासको आधार भएको उल्लेख गरे। “यी… पुरा पढौ