जिवनशैली पत्रिका

पोखराका केही विद्यालय बस चालक नै मापसेमा परे, पोखरा महानगरको चासो

दीननाथ बराल, पोखरा, ४ फागुन, पोखराका केही विद्यालय बस चालकहरू नै मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने गरेका छन् । ट्राफिक प्रहरीको समन्वयमा जिल्ला प्रहरी कार्यालय कास्कीले गरेको चेकिङमा पोखराका केही स्कुल बसका चालकहरुले नै मापसे गरेर बस संचालन गरेको पुष्टि भएको हो । स्कुल बस चालकहरूले मादक पदार्थ सेवन (मा.प.से.) गरी सवारी साधन चलाउने गरेको गुनासो व्यापक आएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले चेकिङ गर्ने अभियान सुरु गरेको हो । आज (सोमबार) बिहान करिब ९ः३० बजे जिल्ला प्रहरी… पुरा पढौ

क्रियापुत्री भवन बनाउन आमा समूहको सहयोग

पोखरा, ४ फागुन, पोखरा महानगरपालिका वडा नम्बर ५, ६, ७ र १८ को संगमस्थल बासेको पधेरोमा निर्माणाधीन आवासीय क्रियापुत्री भवनका लागि आमा समूहबाट उल्लेखनीय आर्थिक सहयोग प्राप्त भएको छ। जरेवर उज्वल दिदी बहिनी समूहले भवन निर्माणका लागि ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको हो । समूहकी अध्यक्ष शान्ति पौडेलले क्रियापुत्री भवन निर्माण समितिका अध्यक्ष ठाकुरप्रसाद बराललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेकी छन् । आवासीय क्रियापुत्री भवन अभावका कारण विभिन्न जिल्लाबाट पोखरामा आएर व्यापार, व्यवसाय गर्दै… पुरा पढौ

कास्की १ का उम्मेदवार राजकाजि गुरुङ करण मादी गाउँपालिकामा मतदातासँग भेटघाटमा व्यस्त

पोखरा, प्रतिनिधि सभा क्षेत्र नं. १ का उम्मेदवार राजकाजि गुरुङले मादी गाउँपालिकामा मतदातासँग घरदैलो कार्यक्रम तीव्र पारेका छन्। कार्यक्रम वडा नंं. ५ को ठुलोस्वाँराबाट सुरु भई चित्रे मगरगाउँ, भैसे, वडा नं. ४ तारकाङ–माझाहाटी, वडा नं. ३ याङ्जाकोट–देउराली तथा वडा नं. २ को घाम्राङ र ताङतिङ लगायतका स्थानमा सम्पन्न भएको छ। घरदैलोका क्रममा ठुलोस्वाँराका भीम गुरुङले २०६४ सालमा तत्कालीन नेकपा माओवादीका उम्मेदवार देव गुरुङलाई मतदान गरेर विजयी बनाएको स्मरण गर्दै यसपटक पनि गुरुङ समुदायका छोरा राजकाजि गुरुङ उम्मेदवार बन्नु सबैका लागि… पुरा पढौ

भारतको थन्डरबोल्टलाई पराजित गर्दै मनाङ मस्र्याङदी आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा (भिडियो), मंगलबार उज्वेकिस्तानको आबा फुटवल क्लव र प्लानिङ व्वाईज भिड्ने

दीननाथ बराल, पोखरा, ४ फागुन, पोखरेलीको प्रिय टिम मनाङ मस्र्याङदी क्लव २५ औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२ को सेमिफाइनलमा प्रबेश गरेको छ । पोखरा रंगशालाको फुटबल मैदानमा आज (सोमबार) भएको तेश्रोे क्वाटरफाइनल खेलमा पाहुना टोली भारत सिक्किमको थण्डरबोल्ट नर्थ युनाइटेडलाई १—० को भिनो गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा यात्रा तय गरेको हो । https://www.youtube.com/watch?v=HRDwm2q-FMI मनाङको जितमा आसिस श्रेष्ठले निर्णायक गोल गर्नु भयो । आसिसले हेड मार्फत खेलको १ सय ५ मिनेट पछिको इन्जुरी समयमा गोल गर्नु… पुरा पढौ

स्वतन्त्र उम्मेदवार डा. निरञ्जन कोइरालालाई श्रम संस्कृति पार्टीले सघाउने गरी सहकार्य, पोखरामा सम्पर्क कार्यालय स्थापना (भिडियो सहित)

दिननाथ बराल,पोखरा, ३ फागुन कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार युवा वैज्ञानिक डा.निरञ्जन कोइरालाले आफ्नो चुनावी एजेण्डा श्रम संस्कृति पार्टीसँग मेल खाएको भन्दै सहकार्यको घोषणा गरेका छन्। शनिबार पोखरामा आयोजित कार्यक्रममा सम्पर्क कार्यालयको रिबन काटेर शुभारम्भ गर्दै उनले हर्क साङपाङ नेतृत्वको श्रम संस्कृति पार्टीसँग सघाउने गरी सहकार्य गरेको जानकारी दिए । https://www.youtube.com/watch?v=5tf070SDFRk पत्रकारहरुको जिज्ञासामा उनले स्वतन्त्र उम्मेदवार भएर पनि पार्टीसँग सहकार्य गर्नुको कारण स्पष्ट पार्दै भने, “देशलाई परनिर्भरबाट आत्मनिर्भर बनाउने, जल, जमिन र श्रम शक्तिलाई यहीँ… पुरा पढौ

चर्च व्वाइजलाई स्तब्ध पार्दै जावलाखेल युथ क्लव आहा ! रारा पोखरा गोल्डकपको सेमिफाइनलमा, सोमबार मनाङ र भारतको थण्डरबोल्ट भिड्ने (भिडियो सहित)

दीननाथ बराल, पोखरा, ३ फागुन, चर्च व्वाइज यूाइटेडलाई स्तब्ध पार्दै जावलाखेल युथ क्लव पोखरामा जारी २५ औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२ को सेमिफाइनलमा प्रबेश गरेको छ । पोखरा रंगशालाको फुटबल मैदानमा आज (आइतबार) भएको दोश्रो क्वाटरफाइनल खेलमा जावलाखेलले चर्च व्वाइज यूनाइटेडलाई ३—० को गोल अन्तरले स्तब्ध पार्दै अन्तिम चारमा यात्रा तय गरेको हो । https://www.youtube.com/watch?v=ozSyJIvJ6e4 जावलाखेलको जितमा धर्मेन्द्र कुवंर, निकोलस ओडेन ह्यामिल्टन र सुजन गुरुङले एक ÷एक गोलको योगदान दिनुभयो । पहिलो हापमा दुबै तर्फ गोल… पुरा पढौ

पोखरा ५ प्रस्याङमा सन्तानेश्वर मन्दिर पुननिर्माणको शिलान्यास, १ करोड ६५ लाख लाग्ने

पोखरा, ३ फागुन, पोखरा महानगरपालिका वडा नम्बर ५ मा प्रस्याङमा रहेको सन्तानेश्वर महादेव मन्दिरको पुनर्निमाणका लागि शिलान्यास भएको छ । शिवरात्रीको अवसर पारेर मन्दिर पुनर्निर्माणको शिलान्यास पोखरा–५ का वडा अध्यक्ष विष्णु प्रसाद बराल गरे । वडा अध्यक्ष बरालले प्रस्याङ पार्कलाई व्यवस्तिथ गर्न गुरु योजना तयार गरिएको बताए । उनले यस पार्कमा रहेको सन्तानेश्वर महादेव मन्दिरलाई पोखरा ५ को प्रमुख धार्मिक स्थल बनाउने बताए । मन्दिरको पुननिर्माण महानगरको योजना र स्थानीयको सहयोगमा गर्ने योजना छ । मन्दिर पुननिर्माण कार्यका लागि १… पुरा पढौ

शिव मन्दिरमा दर्शनार्थीको भिडः

महाशिवरात्रि पर्वको अवसरमा आज पोखरा क्षेत्रका शिव मन्दिरहरुमा विहानैदेखि भिड भएको थियो । शिवका भक्तजनहरुले दुध तथा वेलपत्र एवं फलफुल चढाउदै महाशिवरात्री पत्र मनाइएको छ । साँझमा शिवालय मन्दिर परिसरमा तथा चौताराहरुमा शिव धुनी लगाउनै उखु पड्काइएको थियो । तष्विरः पोखराक्लिक पुरा पढौ

५ औं मोहन मेमोरियल खुल्ला नेपाल अन्तर विद्यालय ब्याडमिन्टन प्रतियोगितामा दिलिसा रानालाई दोहोरो उपाधि

दीननाथ बराल,पोखरा ३, फागुन, यू–१७ राष्ट्रिय च्याम्पियन दिलासा रानाले पोखरामा आइतबार सम्पन्न ५ औं मोहन मेमोरियल खुल्ला नेपाल अन्तर विद्यालय ब्याडमिन्टन प्रतियोगिता २०८२ मा दोहोरो उपाधि जित्नु भएको छ । मदरल्याण्ड सेकेण्डरी स्कुलकी रानाले यू—१७ र यू—१९ छात्रा उमेर समुह तर्फ प्रथम हुदै दोहोरो उपाधि जित्न सफल हुनु भएको हो । उक्त दुबै विधामा मैत्रिय पाठशालाकी यू—१५ राष्ट्रिय च्याम्पियन निभा राई रानासंग फाइनल खेलमा पराजित हुदै दुबै विधामा दोश्रो हुनु भएको हो । यू—१७ तर्फ छात्रा तर्फ ग्यालेक्सी पब्लिक स्कूलका… पुरा पढौ

पोखरामा ६० र ६५ बर्ष माथि उमेर समुह बिच राष्ट्रिय स्तरकै व्याडमिन्टन प्रतियोगिता सम्पन्न, भोजपुरदेखि डोटीसम्मका जेष्ठ खेलाडी पोखरामा

दीननाथ बराल,पोखरा ३, फागुन, खेलकुदको शहर पोखरामा ज्येष्ठ व्याडमिन्टन खेलाडीहरुले नमुना प्रर्दशन गर्नु भएको छ । ६० र ६५ बर्ष माथि उमेर समुहका ज्येष्ठ नागरिकहरुले आफै व्याडमिन्टर प्रतियोगितामा उर्तिदै अन्य उमेर समुहका खेलाडीहरुलाई खेलदकुद प्रतिको लगाव र प्रेरणा दिनु भएको हो । ६० वर्ष प्लस तन्नेरी ब्याडमिन्टन क्लब नेपालको आयोजनामा शनिबारदेखि सुरु भएको प्रतियोगितामा डोटी देखि भोजपुरसम्मका ज्येष्ठ खेलाडीहरु बिच प्रतिष्प्रर्धा हुँदा धादिङका विष्णुलाल श्रेष्ठले पोखरामा आइतबार सम्पन्न तेस्रो ६० प्लस तथा प्रथम ६५ प्लस राष्ट्रिय खुल्ला मेन्स डबल ब्याडमिन्टन… पुरा पढौ