जिवनशैली पत्रिका

वौद्द धर्मगुरु रिन्पोचेद्वारा सहारा आधारभूत विद्यालयमा खाजा सहयोग

पोखरा २, मंसिर, पोखरा ९, बसपार्कमा रहेको सहारा बाल आधारभूत विद्यालयमा जन्गचोब चोइलिङ् गुम्बा हेम्जाका वौद्द घर्म गुरु दुपसिङ् रिन्पोचेको जन्मदिनको अवसर पारेर विद्यालयका सम्पूर्ण विद्यार्थीहरुलाई २ दिनको लागि खाजा वितरण गरेका छन् । विद्यालयको खाजा समय पारेर सञ्चालन गरिएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लोचना अधिकारीले गुरु रिन्पोचेलाई हार्दिक धन्यवाद व्यक्त गर्दै गुरु स्वयम् उपस्थित नभएपनि विद्यालयलाई माया गरेर मिठो खाजाको कोसेली पठाउनु भएकोमा धन्यवाद व्यक्त गर्दै जन्मदिनको शुभकामना व्यक्त गरेकी थिइन् । विद्यालयमा अध्ययन गर्ने २६० जना विद्यार्थीहरुलाई खाजा प्रदान… पुरा पढौ

फोटो प्रतियोगितामा प्रदिपको तस्विर उत्कृष्ठ

मंसिर २ ,पोखरा, फोटोग्राफर संघ गण्डकी प्रदेशले आयोजना गरेको मिराज राष्ट्रिय बैबाहिक फोटोप्रतियोगितामा प्रदिप श्रेष्ठ विजेता बनेका छन् भने अको विधा नेचर एण्ड लैण्डस्केप फोटो प्रतियोगितामा सजिनमणि पौडेलको फोटो विजेता बनेको छ।फोटोग्राफर संघ गण्डकी प्रदेशको चौथोे साधारण सभा तथा दास्रो अधिवेशनको अवसरमा उक्त प्रतियोगिताको पुरस्कार वितरण गरेको हो। संस्थाले मिराज राष्ट्रिय बैबाहिक फोटोप्रतियोगिता र नेचर एण्ड लैण्डस्केप फोटो प्रतियोगिता गरि २ बिधामा प्रत्येक वर्ष फोटो प्रतियोगिता गर्ने गरेको छ । करिव २ सय जना फोटोग्राफरहरु सहभागी रहेको प्रतियोगितामा करिव एघार… पुरा पढौ

पोखरा चाइल्ड स्टारको उपाधि कृष्मा र आश्रयलाई

पोखरा, २ मंसिर, पोखरा चाइल्ड स्टार सिजन–३ को उपाधि कृष्मा जिसी र आश्रय भुषालले जितेका छन् । बाल प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले नन्द इन्टरटेनमेन्ट हाउस आयोजनामा शनिबार पोखरामा सो प्रतियोगिताको ग्राण्ड फिनाले भएको हो । मिस पोखरा चाइल्ड स्टार बनेकी कृष्मा सिर्जना आवासीय माविकी हुन् । यस्तै, स्टेप बाई स्टेप स्कुलका आश्रयले अरुलाई पछि पार्दै मिस्टर पोखरा चाइल्ड स्टारको उपाधि जितेका हुन् । ऋषभ राना फस्ट रनर अप भए । उनले इन्टेलेक्चुअल अवार्डसमेत जिते । मिस पोखरा चाइल्ड स्टारतर्फ फस्ट… पुरा पढौ

बागलुङका योजना निरीक्षणमा गण्डकीका भौतिकमन्त्री

पोखरा, २ मंसिर, गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले बागलुङमा सञ्चालित योजनाहरुको निरीक्षण गरेका छन् । मन्त्री केसीसहित मन्त्रालयको टोलीले शुक्रबार र शनिबार बागलुङका चार वटा योजनाको निरीक्षण गरेको हो । टोलीले शुक्रबार गल्कोट–हरिचौर–हिल्ल्तार–म्याग्दी सडक, शनिबार बुर्तिबाङ–तमानखोला–लमेला सडक र गाडीखोला– ढोरपाटन सडकसँगै चक्ती खोलामा बनेको पुलको निरीक्षण गरेको हो । गल्कोट–हरिचौर–म्याग्दी १०।८९४ किलोमिटर सडक स्तरोन्नतीका लागि २०७६ साल कात्तिक २७ मा २८ करोड १५ लाख ७ हजारमा एमएस एपेक्स खड्का कृष्ण जेशीसँग सम्झौता भएको… पुरा पढौ

कर दिवसमा पहिलो करदातालाई पोखरामा सम्मान

पोखरा २, मंसिर, कर दिवसको अवसरमा पोखरामा जारी कर सप्ताह कार्यक्रम अन्र्तगत दोश्रो दिन आइतबार पोखरामा पहिलो सेवाग्राहीलाई सम्मान गरिएको छ । कर प्रणालीको सार, लगानीको आधारू भन्ने मुल नारा सहित आयोजित कर सप्ताह कार्यक्रम अन्र्तगत पहिलो सेवा ग्राही यम बहादुर हमाललाई सम्मान गरिएको आन्तरिक राजश्व कार्यालय पोखराले जनाएको छ । उहाँलाई फुलमालाले सम्मान गरिएको कार्यालयका प्रमुख कर अधिकृत शिव शर्माले बताउनु भयो । पुरा पढौ

बाँझोपन समस्या समाधानको लागि पोखराको फिस्टेल हस्पिटलमा आईभिएफ सेवा सुरु

दीननाथ बराल,पोखरा २, मंसिर, बाँझोपन समस्या समाधानको लागि पोखराको फिस्टेल हस्पिटलमा आईभिएफ (बाँझोपन बिशेषज्ञ) सेवा सुरु हुने भएको छ । भोलि (सोमबार) देखि पोखराको फिस्टेल हस्पिटलमा आईभिएफ सेवा संचालन हुने भएको हस्पिटलका पूर्व अध्यक्ष असोक पालिखेले बताउनु भयो । गण्डकी प्रदेश र पोखरा क्षेत्रमा बाँझोपनको समस्या भएकोले त्यसको उपचार पोखरामै गराउने उद्धेश्यले आफुहरुले अनुभवी चिकित्सकको साथमा अत्याधुनिक मेसिन समेत व्यबस्थापन गरेको उहाँले जनाउनु भयो । स्त्री तथा प्रसुती एवं बाँझोपन बिशेषज्ञ डा.अनु हिराचनको नेतृत्वको टोलीले हाल उक्त सेवा संचालन गर्ने… पुरा पढौ

उत्पादन र रोजगारीलाई शिक्षासँग जोड्न आवश्यक : मन्त्री थापा

पोखरा २, मंसिर, गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुुद मन्त्री विन्दु कुमार थापाले उत्पादन र रोजगारीलाई शिक्षासँग जोड्न आवश्यक रहेको बताएका छन् । शनिबार पोखरा १६ स्थित विन्ध्यवासिनी क्याम्पसको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री थापाले परम्परागत शैलीको शिक्षाले मात्र सोचेजस्तो उपलब्धी हासिल नहुने बताए । “ परम्परागत शिक्षाले सोचेजस्तो उपलब्धी हासिल हुन सकेन । परिवर्तनको कडी नै शिक्षा हो । शिक्षाको माध्यम बाट नै समृद्धि प्राप्त हुन्छ । उत्पादन र रोजगारी सङ्ग शिक्षालाई जोड्नपर्छ । व्यवसायिक र सीपयुक्त… पुरा पढौ

पोखराको उन्नति बचत तथा ऋण सहकारीको १६ औँ साधारण सभा

पोखरा,१ मंसिर पोखरा महानगरपालिका–९ नयाँबजारमा अवस्थित उन्नति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारणसभा आज शनिबार पोखरामा सम्पन्न भएको छ । साधारणसभाको सहकारी संस्थाका ज्येष्ठ सदस्य पोखरा महानगरपालिका–३१ निवासी ८१ वर्षीया चिजमाया गुरुङले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । सभामा सहकारीका अध्यक्ष राजेश रानाभाटले सदस्यहरुको हित र लगानीलाई संरक्षणलाई प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँले पछिल्लो समय केही सहकारी संस्थामा देखिएको अपचलनका घटनाले राम्रो गरेका र वित्तिय अनुसासन भएका सहकारीमा समेत असर पुगेको बताउनुभयो ।अध्यक्ष रानाभाटले भन्नुभयो,“सहकारीका विषयमा… पुरा पढौ

डा श्रेष्ठलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड, पत्रकार शर्मालाई पुरस्कार

पोखरा, २, मंसिर, युआरएल फाउन्डेसनले यस वर्षको लाइफ टाइम एचिभमेन्ट अवार्डबाट डा खगेन्द्रबहादुर श्रेष्ठ र राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कारबाट पत्रकार जमुना वर्षा शर्मालाई सम्मान गर्ने भएको छ । नेपालको जनस्वास्थ्य क्षेत्रमा सामाजिक उत्तरदायित्वसहित लामो समय योगदान गर्ने चिकित्सक श्रेष्ठलाई २०८१ को लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गर्न लागिएको हो । ललितपुरको कुपन्डोल निवासी डा श्रेष्ठ पूर्वराजा वीरेन्द्र शाहका शाही चिकित्सकसमेत हुन् । ८९ वर्षीय श्रेष्ठ अहिले ब्लुक्रम अस्पतालका मेडिकल डाइरेक्टर छन् । नेपालसहित भारत, बेलायत, अमेरिकाबाट चिकित्साबारे अध्ययन र तालिम… पुरा पढौ

पोखरामा कर दिवस मनाउन सुरु, शनिबार प्रभातफेरी सम्पन्न

पोखरा १, मंसिर आन्तरिक राजस्व कार्यालय पोखराले राष्ट्रिय कर दिवस शनिबार देखि मनाउन थालेको छ । शनिबार पोखरामा प्रभातफेरीको आयोजना गरी कार सप्ताहव्यापी कार्यक्रमको सुरु वात गरिएको हो । पहिलो दिन प्रभावतफेरि गरी राष्ट्रिय कर दिवसको शुरु गरेको छ । कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले कर सप्ताह पछि राज्यले गर्ने व्यवहारमा र व्यवसायीक वातावरणमा फरक पन आउने विश्वास व्यक्त गर्नु भयो । उद्योगी व्यवसायीहरु कर तिर्न तयार रहेको बताउदै उनले कर तिर्ने सहज वातावरण सृजना गर्न… पुरा पढौ