जिवनशैली पत्रिका

नवआदर्श सामुदायिक विकास समाजमा दिनेश

पोखरा, २८ पुस, नवआदर्श सामुदायिक विकास समाज, पोखराको अध्यक्षमा दिनेश भण्डारी निर्वाचित भएका छन् । संस्थाको शनिबार २८ औं साधारणसभा तथा १५ औं अधिवेशनले भण्डारीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको हो । कार्यसमिति प्रथम उपाध्यक्षमा अर्जुन भण्डारी, द्वितीय उपाध्यक्षमा हरिबहादुर थापा, सचिवमा शोभा बानियाँ, कोषाध्यक्ष विष्णुमाया बानियाँ, सहसचिव राजकुमार पौडेल र सहकोषाध्यक्ष निर्मल पौडेल छन् । सदस्यमा निराजन बस्नेत, प्रकाश थापा, गीता भण्डारी र लक्ष्मी छन्त्याल चयन भए । रिक्त ४ सदस्यीय कार्यसमितिको बैठकले मनोनीत गर्ने नवनिर्वाचित… पुरा पढौ

नेपाल पर्यटन यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकीको छैटौं वार्षिक साधारणसभा

पोखरा, २८ पुस नेपाल पर्यटन यातायात व्यवसायी संघ(एनटिभिए) गण्डकी प्रदेशको छैटौं वार्षिक साधारणसभा तथा बनभोज कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको एक समारोहका बीच गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्रालयका सचिव कुमानसिंह गुरुङले उद्घाटन गर्नुुभयो । कार्यक्रममा सचिव गुरुङले पर्यटनको विविधिकरण भएको बताउँदै उहाँले समग्र पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्र र सरकार सँगसँगै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुुभयो । पर्यटन यातायातको हरियो प्लेट पहिचान भएको बताउँदै उहाँले यो पहिचान कायम हुनुपर्ने आवश्यकता औंल्याउनुुभयो । एनटिभिए गण्डकीका अध्यक्ष दुुर्गादत्त दहालले इम्बोष्ट… पुरा पढौ

कोन सहकारीको अध्यक्षमा माधवप्रसाद सिग्देल

पोखरा, २७ पुष अवकास पछिको जीन्दगी सपना धेरैको घुम्ने, तीर्थ यात्रा गर्ने, घुमफिर गर्ने, आराम गरेर घरमै नाति नातीनिको हेर्ने हुन्छ । तर माधव प्रसाद सिग्देल अवकास पछि पनि सहकारीमा सक्रिय देखिए । आजभन्दा २५ वर्ष अघि स्थापना भएको थियो कोन सहकारी । सिग्देल नेपाल राष्ट्र बैंकमा कार्यरत रहेकै बेला सभागृह चोकमा यस गरिमामय संस्थाले आफ्नो अस्तित्वको पहिलो किरण देख्यो । आर्थिक संस्थामा काम गरेका सुनौला अनुभवहरु लिएर यस संस्थाको उज्ज्वल भविष्यको कामना सहित सिग्देल कोनमा जन्मको साक्षी बन्ने सु–अवसर… पुरा पढौ

भ्रष्टचारलाई नियन्त्रण नगरी देशको विकास हुदैनः पूर्व गृह तथा उपप्रधानमन्त्री श्रेष्ठ

सागर सुनारपोखरा २७, पुष पूर्व उपप्रधान तथा गृहमन्त्री एवं नेकपा माओबादी (केन्द्र) का बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देशमा भ्रष्टचारलाई नियन्त्रण नगरी आर्थिक विकास र समृद्धि हासिल गर्न नसकिने बताउनु भएको छ । प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको आज (शनिबार) पोखरामा सम्पन्न भएको छैठौं अधिवेशनको उद्घाटन गर्दै देशको आर्थिक बिकास र समृद्धिको मुख्य बादक भ्रष्टचार भएकोले त्यसलाई नियन्त्रण नगरी विकास नहुने दाबी गर्नु भएको हो । देशमा भ्रष्टचार बिरुद्धको अभियान नचलाई नहुने बरिष्ठ उपाध्यक्ष श्रेष्ठको भनाई थियो । उहाँले भन्नुभयो“नेपालको… पुरा पढौ

प्रेस सेन्टर कास्कीको अध्यक्षमा बराल

पोखरा २७, पुष, प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको आज (शनिबार) पोखरामा सम्पन्न भएको छैठौं अधिवेशनले दीननाथ बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकोे छ । बरालको नेतृत्वमा आगामी ३ बर्षको लागि नयाँ कार्यसमिति सर्वसम्वत रुपमा चयन भएको हो । त्यसै गरी उपाध्यक्ष (खुल्ला) मा पुष्पराज दाहाल, उपाध्यक्ष (महिला) शोभा बराल सचिवमा लिलाचन्द्र अधिकारी (सरोज), सहसचिवमा अर्जुन हिताङ र प्रतिभा अधिकारी, कोषाध्यक्षमा खगेन्द्र प्रसाद अर्याल रहनु भएको छ भने अन्य सदस्यहरुमा कोपिला सुनार, अल्चना श्रेष्ठ, बलराम तिमिल्सिना, श्रीकान्त अधिकारी, सागर गिरी,… पुरा पढौ

पोखरा महोत्सवमा युनाईटेड छात्राबासका लागि सहयोग आउने क्रम शुरु

पोखरा २६, पुष, पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा युनाईटेड क्लबले पोखराको लेखनाथ स्थित अर्चलेमा निर्माण गरिने युनाईटेड छात्राबास निर्माणको सहयोगार्थ सहयोग आउन शुरु भएको छ । युनाईटेड क्लबको परियोजना युनाईटेड छात्राबास निर्माणका लागि ५१ हजार सहयोग प्राप्त भएको हो । कास्की पोखरा १६ अर्मलाकोट पुरानो घर भइ हाल पोखरा १२ अन्नपूर्ण टोल निवासी स्वर्गीय छोेरा देव गुरुङको स्मृतिमा बाबा कमल बहादुर गुरुङ आमा रनसुबा गुरुङले युनाईटेड क्लब पोखराको परियोजना युनाईटेड छात्राबास निर्माण सहयोगार्थ ५१ हजार दान स्वरुप पोखरा महोत्सव… पुरा पढौ

‘अपाङ्गता भएका व्यक्तिहरू समतामूलक समाजको हिस्सा हुन्’– प्रदेश प्रमुख भट्टनेत्रदान गर्ने प्रतिवद्धता

पोखरा, २६ पुस, गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले अपाङ्गता भएका व्यक्तिहरू समाजका अभिसाप नभई समतामूलक समाजको हिस्सेदार रहेको बताउनुभएको छ । कास्की नेत्रहीन संघको आयोजनामा भएको सम्मान कार्यक्रममा प्रमुख अतिथि भट्टले मुलुकमा समग्र जनसंख्याको दुई प्रतिशत बढी अपाङ्गता भएका व्यक्तिहरू रहेको तथ्यांक रहेकाले अपाङ्गता भएका व्यक्तिभित्रको विविधताको सम्मान गर्दै नीति तथा योजना निर्माणमा उनीहरुको सार्थक सहभागिताको सुनिश्चितता गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । अपाङ्गता भएका व्यक्तिहरूले आत्मसम्मान र पहिचानसहित स्वतन्त्र रुपले हिँडडुल गर्न पाउने अधिकार रहेको उल्लेख गर्दै उहाँले उनीहरूलाई… पुरा पढौ

विन्ध्यवासिनी माविको रक्तदान कार्यक्रमबाट ३९ युनिट रंक्त संकलन

पोखरा २६, पुष, पोखरा १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा आयोजित रक्तदानमा ३९ युनिट रगत संकलन भएको छ । विद्यालयको ७८ औं वार्षिकोत्सवको अवसरमा युवा रेडक्रस सर्कलले शुक्रवार विहान आयोजना गरेको कार्यक्रमको गण्डकी प्रदेश सभाका पुर्व सदस्य कृष्ण थापाले पहिलो रक्तदाता मातृशिशु मितेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धर्मराज थापालाई ब्लड व्याग हस्तान्तरण गरी शुरुवात गर्नुभयो । कार्यक्रममा पुर्व सांसद थापाले शैक्षिक उन्नयनमा सफलता हासिल गरेको विद्यालयले सामाजिक कार्यमा समेत उत्तिकै भुमिका खेलेको वताउनु भयो ।विद्यालयका सल्लाहकार समेत रहेका थापाले विद्यालयका पुर्व… पुरा पढौ

ऋामा समुह स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

पोखरा, पुष २६, पोखरा महानगर पालिका वडा नं– ६ स्थित महिला सञ्जाल को आयोजना मा आयोजित वक्तृत्वकला प्रतियोगिता मा संञ्जीबनी नारी समुहकी शोभा पाण्डे प्रथम भएकी छन । अन्नपूर्ण आमा समुहको संयोजकत्वमा पोखरा महानगर पालिका वडा नं– ६को आर्थिक सहयोग र महिला सञ्जाल पोखरा– ६ को आयोजनामा आयोजित प्रतियोगितामा पोखरा महानगर पालिका वडा नं–६मा रहेका १८ वटा आमा र महिला समुहको सहभागिता रहेको प्रतियोगितामा शुक्रबार सम्पन्न भएको हो । पोखरा महानगर पालिका वडा नं ६लाई “सम्मुनत वडा बनाउन आमा र… पुरा पढौ

भेटघाटको थलो बन्यो लेखनाथ महोत्सव

लेखनाथ, २६ पुस, पुस १८ गतेदेखी कास्कीको लेखनाथमा जारी २० औं संस्करणको लेखनाथ महोत्सव भेटघाटको थलो बनेको छ । वर्षेनी आयोजना हुने महोत्सवमा विभिन्न जिल्लाबाट महोत्सव हेर्न आउने कारण आफन्त र साथीभाइको लामो अन्तरालमा भेट हुने गरेको छ । पोखरा–३२ निवासी भरत ओझाले भने कति “साथी यहाँ भेटेर अचम्म लाग्यो, १४ वर्षपछि मैले पुरानो साथी योगेन्द्र गुरुङलाई भेट्न पाएँ” यसरी अचम्म पर्नेमा ओझा मात्र होइन थुप्रै दर्शक थिए । पोखरा २७ का कृष्ण रानाभाटले ४८ सालमा भेटेका आफनो आत्मीय साथी… पुरा पढौ