स्वास्थ्य

गोकुलधामलाई माछापुच्छ्रेको नगद दश लाख सहयोग

पोखरा महानगरपालिका वडा नं.१४ बाच्छिवुडुवा ९वात्सायन क्षेत्र. मा सञ्चालित पुष्करिणी परोपकार गोकुलधाम ९गौशाला० लाई माछापुच्छ्रे बैकंले नगद रु।१० लाख सहयोग प्रदान गरेको छ । बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत उक्त सहयोग प्रदान गरिएको निर्देशक रोशन के।सीले बताउनुभयो । उहाँका अनुसार सडकमा छोडिएका पशुचौपायहरुलाई व्यवस्थापन गरी पालनपोषण गरिरहेको राष्ट्रिय परोपकार महासङ्घको पवित्र कार्यमा बैङ्कका तर्फबाट सहयोग गरिएको हो । छाडा पशु चौपायाको व्यवस्थापनले सडक सुरक्षामा पुग्ने अवरोधलाई न्यूनीकरण गर्न महत्त्वपूर्ण सहयोग पुग्ने के।सीको विश्वास छ । गौशालालाई उक्त सहयोग उपलब्ध गराएर… पुरा पढौ

गण्डकी प्रदेशको बजेट गत बर्ष भन्दा ४४ करोड ८७ लाखले कमी,भौतिक पूर्वाधारमा ३८.५ प्रतिशत बजेट

दीननाथ बराल , गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०८१÷०८२ को लागि अघिल्लो बर्षको तुलनामा ४४ करोड ८७ लाख कम बजे प्रस्तुतः गरेको छ । आर्थिक वर्ष २०८१÷०८२ को लागि प्रदेश सरकारले ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैया बराबरको बजेट विनियोजन गरेको हो । उक्त बजेट चालु आर्थिक बर्षको भन्दा केही कम भएको शनिबार प्रदेश सभामा आर्थिक मामिला मन्त्री डा.टकराज गुरूङले बताए । उक्त बजेटको पूँजिगत तर्फ ५९.१९ प्रतिशतले १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजारको बजेट… पुरा पढौ

पचभैयाँको शिविरमा तीन सयको सित्तैमा जाँच

नेपाल रेडक्रस सोसाइटी पोखरा ३१ उपशाखा वेगनासको आयोजना र युआरएल शिशुवाको प्राविधिक सहयोगमा पचभैयाँमा शनिबार भएको शिविरमा ३ सय ५ जनाको सित्तैमा जाँच गरिएको छ । शिविरमा सहभागीको युरिक एसिड र रगतमा हुने खराब बोसो (टिजी) सित्तैमा जाँच गरिएको हो । कार्यक्रममा वरिष्ठ बाथ तथा प्रतिरक्षा रोग विशेषज्ञ डा रामकृष्ण गिरीले वाथ रोग लाग्नुका कारण, लक्षण, उपचार प्रक्रिया आदिबारे प्रकाश पारे । उनले उनले बाथ रोगलाई बेवास्ता गरेकुँजिने, अपांगता हुने सक्ने र जीवन निकै कष्टकर बन्ने औंल्याए । डा गिरीले… पुरा पढौ

कास्कीमा ६३ कुकुरको निशुल्क बन्ध्याकरण

पोखरा, जेठ ३१, भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कास्कीको आयोजनामा कुकुरको निशुल्क बन्ध्याकरण शिविर सम्पन्न गरिएको छ ।घरपालुवा तथा छाडा कुकुर गरी ६३ कुकुरको बन्ध्याकरण गरिएको सो कार्यालयका सूचना अधिकारी सहदेव पौडेलले जानकारी दिनुभयो । सोही अवसरमा कुकुरलाई रेविजबिरुद्धको खोप पनि लगाइएको थियो । बन्ध्याकरणको लागि दैनिक आउने चापलाई व्यवस्थापन गर्न क्रमश शिविर संचालन गरिरहेको पौडेलले बताउनुभयो । बन्ध्याकरण गरिएको मध्ये १७ वटा भाले र ४६ पोथी कुकुर रहेको उहाँले बताउनुभयो । शिविरमा स्याङ्जा, तनहुँ र कास्कीका कुकुर समेत… पुरा पढौ

पर्यटन र कृषिलाई प्रथामिकता दिदै गण्डकी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्ण पाठ )

पोखरा २९, जेठ गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ को प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुतः गरेको छ । सरकारका तर्फबाट मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सभामा हस्तान्तरण गरेपछि नीति तथा कार्यक्रम प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रस्तुत गर्नुभएको हो । उहँले प्रस्तुतः गरेको नीति तथा कार्यक्रमले कृषि र पर्यटनलाई प्रथामिकता दिएको पाइन्छ । बादर नियन्त्रण देखि बाझो खेतको प्रयोग हुदै पोखरा जाऔं प्रकृति र संस्सकृतिसंग रमाऔं घोषणा गरे अनुसार आवश्यक नीतिगत सुधार गर्ने भएको छ । उहाँले आजको सदनमा प्रस्तुतः गर्नु… पुरा पढौ

पोखरा यूनाइटेड एकेडेमीमा खेलकुद प्रतियोगिता जारी, छात्र बास्केटवलमा मनकामना र छात्रा भलिवलमा शान्ता मावि विजयी

दीननाथ बराल,पोखरा २८, जेठ, पोखरा १२ भद्रकालि मार्गमा रहेको पोखरा यूनाइटेड एकेडेमीको आयोजनामा पोखरामा सोमबार तेश्रो दिनमा पनि विभिन्न खेलकुद प्रतियोगिता जारी रहेका छन् । छात्र तर्फको भलिवल खेलमा बागलुङको जुनियर युथ समुह प्रथम भएको छ । सोमबार भएको फाइनल खेलमा जुनियर युथले पोखराको ताराकुञ्ज मा.वि.लाई २५–१५, २५–२३ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । त्यसै गरी सोमबार सम्पन्न भएको छात्रा तर्फको भलिवल प्रतियोगितामा पोखरा २४ को शान्ता माविले पोखराको सृजना माविलाई पराजित गर्दै प्रथम भएको छ ।… पुरा पढौ

अस्पतालहरुको नियमन गर्न सुझाव

दीननाथ बराल,पोखरा २६, जेठ, अस्पतालहरुको प्रभावकारी ढंगबाट नियमन तथा अनुगमन गर्न सुझाव दिइएको छ । नेपाल चिकित्सक संघले शनिबार बेलुका पोखरामा आयोजना गरेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि ऐन २०६६ पहिलो संसोधन ऐन, २०७९ को बारेमा जानकारी सहितको अन्तरकृया कार्यक्रममा सहभागिहरुले अत्यावसेक क्षेत्रमा पर्ने केही अस्पतालहरुले मापदण्ड भित्र नभएकोले त्यसको व्यबस्थापनको लागि निमयन र अनुगमन गर्न माग गर्नु भएको थियो । आम सर्वसाधारण जनताको सचेतनाको कमीले गर्दा र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनको बारेमा जानकारी नभएको हुदाँ… पुरा पढौ

पोखरामा पौडी खेल्ने क्रममा पर्वतका एक युवाको ज्यान गयो

पोखरा २६, जेठ, पोखरामा पौडी खेल्ने क्रममा पर्वतका एक युवाको ज्यान गएको छ । पोखरा महानगरपालिका–१७ छोरेपाटन भोटेक्याम्प नजिकै फुस्रे खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता हुनु भएको पर्वत, कुश्मा नगरपालिका १३ का २८ बर्षीय बिश्वास सुवेदीको आव शव भेटिएको कास्की प्रहरीले जनाएको छ । पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएको खवर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण हेड क्वाटर कास्की सहित नेपाल प्रहरी र स्थानियको सहायताबाट शव निकालिएको हो । फुस्रे खोलाको २५ फिट गहिराईमा… पुरा पढौ

बिद्यार्थीलाई कुटपिट गर्ने शिक्षक पक्राउ

पोखरामा बिद्यार्थीलाई कुटपिट गर्ने एक शिक्षक पक्राउ परेका छन्। पोखरा महानगरपालिका वडा नं। ३२ स्थित युनिभर्स ईङ्लिस बोर्डिङ स्कुल कक्षा ५ मा अध्ययनरत ९ वर्षका बालकलाई गृहकार्य नगरेको र अक्षर नराम्रो भएको भनी बालकको संवेदनशिल भाग (पछाडी) लठ्ठीले प्रहार गरी घाईते बनाएको भन्ने जाहेरीको आधारमा सोही विद्यालयका शिक्षक कास्की रुपा गाउँपालिका वडा नं। ६ खोलाको छेउ बस्ने वर्ष ३२ का सुदिप अधिकारीलाई पक्राउ गरिएको छ । जेठ १३ गते पिटेका शिक्षकलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति आइतबार पक्राउ… पुरा पढौ

तनहुँको घिरिङमा यूनाइटेडको स्वास्थ्य शिविर ७ सय वढी लाभान्वित

यूनाइटेड क्लब पोखराको आयोजनामा तनहुँको घिरिङमा वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । घिरिङ गाउँपालिका वडा नं ३ रानीपोखरीमा आयोजित शिविरमा ७ सय ५५ जनाले प्रत्यक्ष स्वास्थ्य लाभ लिए । शिविरमा हाडजोर्नी, नशा, स्त्रीरोग, नाककान घाँटी, बालरोग, दन्त रोग लगायतको परिक्षण गरिएको थियो । सो अवसरमा २ सय २ जनाको सुगर परिक्षण संगै २ सय २२ जनाले इसिजी, भिडियो एक्सरेको सुविधा लिएका थिए । शिविरको उद्घाटन गर्दै घिरिङ गाउँपालिकाका अध्यक्ष होम बहादुर थापाले ग्रामिण भेगमा रहेका जनताहरुलाई लक्षित गरी… पुरा पढौ