गण्डकी सेरोफेरो

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले प्राप्त गर्नु भयो विश्वासको मत

दीननाथ बराल,पोखरा २८, जेठ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दोश्रो पटक विश्वासको मत प्राप्त गर्नु भएको छ । मुख्यमन्त्री पाण्डेले प्रदेश सभामा विश्वाश मत माग्दै प्रश्ताव पेश गरेकोमा उहाँले बहुमत प्राप्त गर्नु भएको हो । पाण्डेको पक्षमा ३१ मत परेको छ भने उहाँको विपक्षमा २८ मत परेको सभामुख कृष्ण धितालले बताउनु भयो । सभामुख बाहेक ५९ जना सदनमा सहभागि सांसदहरु मध्य तटष्थमा भने कोही पनि रहनु भएन् । ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७ जना सांसद रहनु भएको थियो… पुरा पढौ

न्यू ग्यालेक्सीमा एसइइ विद्यार्थी लक्षित कार्यक्रम

न्यू ग्यालेक्सी हाइयर सेकेण्डरी स्कूल एसइइका विद्यार्थीलाई लक्षित गरेर विविध कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले एसइइ दिएर वसेका विद्यार्थीहरुलाई लक्षित फुटसल, वास्केटवल अनलाईन प्रश्नोत्तर तथा विविध कार्यक्रम आयोजना गरेको हो । फुटसल तर्फ विटि ट्रेनि· सेन्टर प्रथम रतुवा एफसी द्धितीय भएका थिए । प्रथमलाई नगद ३० हजार र दोस्रा हुनेलाई १५ हजार ट्रफि मेडल प्रदान गरिएको थियो । त्यसैगरी छात्र वास्केटबल तर्फ कोटगाउन म्याग्दी प्रथम र मेसा दोस्रो भएका थिए । प्रथमलाई २० हजार र दोस्रालाई १० हजार ट्रफि… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष ह्याण्डबल असार ७ गते सुरु हुने

गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष ह्याण्डबल प्रतियोगिता असार ७ गते पोखरामा सुरु हुने भएको छ ।प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्डहल र ह्याण्डबल एकेडेमी मैदानमा सञ्चालन हुने गण्डकी प्रदेश ह्याण्डबल संघका अध्यक्ष एवं प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य केशव पाठकले जानकारी दिएका छन् । नवौं राष्ट्रिय खेलकुद सम्पन्न भएको करिव दुई वर्ष पछि यस्तो प्रतियोगिता आयोजना हुन लागेको जानकारी दिंदै अध्यक्ष पाठकले उक्त प्रतियोगितामा… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री पाण्डेले भोलि विश्वासको मत लिने तयारी

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले भोलि(सोमबार) विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री पाण्डेले सोमबार दिउँसो ३ः०० बजे प्रदेशसभाको बैठकमा विश्वासको मत लिने तयारी गर्नु भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । विश्वासको मत लिने भए पछि गण्डकी प्रदेशसभा सचिवालयमा सूचना दर्ता समेत भएको प्रदेशसभा सचिव हरिराज पोखरेलले जानकारी दिनुभयो । विश्वासको मत लिने सम्बन्धमा प्रदेशसभा सचिवालयले सूचना जारी गरिसकेको छ । नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम पाण्डे यही जेठ १६ गते मुख्यमन्त्री पदमा नियुक्त हुनुभएको थियो ।… पुरा पढौ

सञ्चारिकाको तनाव व्यवस्थापनमा सञ्चारको भूमिका विषयक कार्यक्रम

सञ्चारिका समुह नेपाल गण्डकी प्रदेशको आयोजनामा आदिवासी जनजाति महिलाहरुको लागि तनाव व्यवस्थापनमा सञ्चारको भूमिका विषयक कार्यक्रम हालै सम्पन्न भएको छ । महिलाहरुलाई तनाव नलिन र तनावलाई कसरी सजिलै व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराउन कार्यक्रमको आयोजना गरिइएको हो । पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको सहयोगमा भएको कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि ब्रह्माकुमारी ईश्वरी विशवविद्यालय पार्दीका प्रमुख ब्रहमाकुमारी अमृत दिदीले तनाव व्यवस्थापनमा ध्यान योग आवश्यक रहेको बताउनुभयो । उहाँले सञ्चारमाध्यमवाट सही सुचना सम्प्रेषण हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सहजीकरण गर्दै… पुरा पढौ

सञ्चारिकाको तनाव व्यवस्थापनमा सञ्चारको भूमिका विषयक कार्यक्रम

सञ्चारिका समुह नेपाल गण्डकी प्रदेशको आयोजनामा आदिवासी जनजाति महिलाहरुको लागि तनाव व्यवस्थापनमा सञ्चारको भूमिका विषयक कार्यक्रम हालै सम्पन्न भएको छ । महिलाहरुलाई तनाव नलिन र तनावलाई कसरी सजिलै व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराउन कार्यक्रमको आयोजना गरिइएको हो । पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको सहयोगमा भएको कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि ब्रह्माकुमारी ईश्वरी विशवविद्यालय पार्दीका प्रमुख ब्रहमाकुमारी अमृत दिदीले तनाव व्यवस्थापनमा ध्यान योग आवश्यक रहेको बताउनुभयो । उहाँले सञ्चारमाध्यमवाट सही सुचना सम्प्रेषण हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सहजीकरण गर्दै… पुरा पढौ

जनप्रिय क्याम्पसका विद्यार्थीलाई न्यायिक प्रशिक्षण

पोखरा महानगरका न्यायिक समितिले नागरिक, श्रमिक, विद्यार्थीहरुलाईन्यायिक समितिका बारेमा जानकारी गराउने उद्देश्यले प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । पोखरा महानगरपालिकाको न्यायिक समितिको संबैधानिक ब्यवस्था, गठन प्रक्रिया र अधिकार क्षेत्रका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको महानगर न्यायिक समितिले जनाएको छ । विभिन्न संघसंस्थाहरुसंग मिलेर कार्यक्रम सञ्चालन गरिहेको छ । “न्यायिक समितिसंग विद्यार्थी” कार्यक्रम अन्र्तगत आइतबार महानगर न्यायिक समितिको सहयोगमा प्रेस क्लब गण्डकीको आयोजनामा पोखराको सिमलचौरमा रहेको कन्या क्याम्पसमा अध्ययनरत छात्राहरुलाई न्यायिक समितिको बारेमा जानकारी गराइएको छ ।… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष र महिला क्रिकेट हुँदै

पोखरामा गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष र महिला क्रिकेट प्रतियोगिता हुने भएको छ ।प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पुरुष र महिलाको दुई छुट्टा–छुट्टै टि–२० क्रिकेट प्रतियोगिता हुने भएको हो । प्रादेशिक क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलका अनुसार पुरुष टि–२० क्रिकेट प्रतियोगिता यहि जेठ ३२ गतेबाट असार ६ गते सम्म पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा सञ्चालन हुनेछ भने महिलातर्फ हुने प्रतियोगिता असार ७ देखि १० गते सम्म सञ्चालन हुनेछ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक… पुरा पढौ

स्याङ्जा गण्डकी प्रदेश स्तरीय चौथो आईटिएफ तेक्वान्दो प्रतियोगितामा च्याम्पियन

तनहुँको भिमादमाशनिबार सम्पन्नभएको गण्डकी प्रदेशस्तरीय चौथो आईटिएफ तेक्वान्दो प्रतियोगितामा स्याङ्जा च्याम्पियनभएको छ । तेस्रो संस्करणमा समेत च्याम्पियनभएको स्याङ्जा यो पटक पनि१० स्वर्ण, ३ रजत र १० काश्यसहितशिर्षस्थानमा रहँदै च्याम्पियनहुन सफलभएको होे । यस्तै प्रतियोगितामाकास्की ९ स्वर्ण,५ रजत र ४ काश्यसहित दोस्रो र बागलुङ ८ स्वर्ण, २ रजत र ११ काश्यपदकसहित तेस्रो हुन सफलभएको छ । प्रतियोगितामा पुरुषतर्फ दिपालबुढामगर र महिलातर्फ सुस्मिताथापामगर सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।प्रतियोगितामा सर्वोकृष्ट हुने थापा र बुढा दुवैले प्याट्रन र स्पाईरिङ गरि २र२ स्वर्ण पदकप्राप्त… पुरा पढौ

अस्पतालहरुको नियमन गर्न सुझाव

दीननाथ बराल,पोखरा २६, जेठ, अस्पतालहरुको प्रभावकारी ढंगबाट नियमन तथा अनुगमन गर्न सुझाव दिइएको छ । नेपाल चिकित्सक संघले शनिबार बेलुका पोखरामा आयोजना गरेको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धि ऐन २०६६ पहिलो संसोधन ऐन, २०७९ को बारेमा जानकारी सहितको अन्तरकृया कार्यक्रममा सहभागिहरुले अत्यावसेक क्षेत्रमा पर्ने केही अस्पतालहरुले मापदण्ड भित्र नभएकोले त्यसको व्यबस्थापनको लागि निमयन र अनुगमन गर्न माग गर्नु भएको थियो । आम सर्वसाधारण जनताको सचेतनाको कमीले गर्दा र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनको बारेमा जानकारी नभएको हुदाँ… पुरा पढौ