कास्की

भरतपुरको मुख्य सडकमा भएको भूमिगत विद्युतिकरणको ब्रेकथ्रु

चितवन ११, माघ, भरतपुरको मुख्य सडकमा भएको भूमिगत विद्युतिकरणको शुक्रबार ब्रेकथ्रु गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आन्तरिक राजस्व कार्यालय भरतपुर परिसरमा रहेको आरएमयुको स्वीच अन गरेर ब्रेकथ्रु गर्नुभएको हो । नेपाल विद्युत प्राधिकरण अन्तर्गतको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले ०७९ साल भदौदेखि भरतपुरमा काम सुरु गरेको थियो । परीक्षण स्वरुप प्रशारण गरिएको विद्युत भरतपुर अस्पताल, पुरानो मेडिकल कलेज, जिल्ला प्रहरी कार्यालयमा आपूर्ति भएको नेपाल विद्युत प्राधिरण भरतपुर वितरण केन्द्रले जनाएको छ । ब्रेकथ्रुपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रमुख… पुरा पढौ

टाइगर कपको पहिलो खेल भोलि बिहान १० बजेबाट सुरु हुने

पोखरा ११, माघ, एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता भोलिदेखि सुरु हुँदैछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा भोलिदेखि पाँचौं संस्करणको टाइगर कप भलिबल प्रतियोगिता सुरु हुन लागेको हो । प्रतियोगिताको पहिलो खेल बिहान १० बजेबाट सुरु हुनेछ । प्रतियोगितामा सहभागी हुने एक विदेशी टोली आउन ढिलाई भएका कारण ट्राईसिट निकाल्न ढिलाई भएको प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । भारतको सुनिल भलिबल क्लब आउन ढिलाई हुँदा ट्राई… पुरा पढौ

पोखरा युनाइटेड एकेडेमीले ‘फुड फेस्टिभल एण्ड कन्सर्ट–२०८१’ गर्ने

पोखरा १०, माघ, पोखरा महानगरपालिका वडा नं १२ स्थित पोखरा युनाइटेड एकेडेमीले पहिलो पटक ‘फुड फेस्टिभल एण्ड कन्सर्ट–२०८१’ आयोजना गर्ने भएको छ । कक्षा ११ र १२ मा होटल व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ । कार्यक्रम माघ १५ गते हु्ने र सो अवसरमा विभिन्न १५ प्रकारका खानाका परिकार प्रस्तुत गरिने बिहीबार आयोजित पत्रकार सम्मेलनमा विद्यालयका प्राचार्य बयानबहादुर गोदारले जानकारी दिए । कार्यक्रम दिउँसो २ बजेदेखि सुरु भएर साँझसम्म चल्नेछ ।फेस्टिभलमा पोखराका नाम… पुरा पढौ

खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा घर्ती मगर गण्डकी प्रदेशमा खेलकुदको अथाह सम्भावना छः मन्त्री थापा

पोखरा १०, माघ, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको अध्यक्षमा मानबहादुर घर्ती मगर (एमबीआस्था) निर्वाचित भएका छन् । मञ्चको आज बिहिबार पोखरामा सम्पन्न भएको तेश्रो अधिवेसन तथा छैटौं साधारण सभामा एमबीआस्थाले निकटतम प्रतिद्धन्द्धी सुरज श्रेष्ठलाई ९ मत अन्तरले पराजित गर्दै दुई बर्षीय कार्यकालको लागि निवर्जाचित भएका हुन् । ७४ मतदाता मध्य ६४ जनाले मतदान गर्दा एमबीआस्थाले ३६ मत पाउँदा श्रेष्ठले २७ मत प्राप्त गरे । त्यसै गरी उपाध्यक्षमा राजाराम पौडेल सर्वसम्वत निर्वाचित भएभने समावेसी उपाध्यक्षमा उमा आलेमगर निर्वाचित भइन् । आले… पुरा पढौ

टाइगर कप भलिबलः आयोजक टोलीबाट खेल्न ३ विदेशी खेलाडी पोखरा आइपुगे

पोखरा १०, माघ, एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा आयोजक टोलीमा अनुबन्ध भएका ३ विदेशी खेलाडी पोखरा आइपुगेका छन् । थाइल्यान्डका जान्तिमा नोराथात, नान्तिकान टुनिपो र अम्फा सोमसुरात आयोजकबाट टोलीबाट टाइगर कप खेल्न बिहीबार साँझ पोखरा आइपुगेका हुन् । उनीहरुलाई स्वागत गर्न कप्तान अरुणा शाही, प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङ, गण्डकी प्रदेश भलिबल प्रशिक्षक रमेश केसीसहितका टोली पोखरा विमानस्थल पुगेका थिए ।आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले पहिलोपटक आयोजक महिला टोली… पुरा पढौ

राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु, मेलाको नाममा पैसा बाहिर जानु भएन ः मुख्यमन्त्री

पोखरा, १० माघ, पोखरामा ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१,१२ औं क्यान इन्फोटेक २०२५ तथा चौथो मोवाइल एक्सपो २०२५ को शुभारम्भ भएको छ । पोखरा उद्योग वाणिज्य संघ आयोजक रहेको मेलाको गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे । मुख्यमन्त्री पाण्डेले हातमा रहेको स्वीच दबाएपछि मञ्चको अगाडि रहेको बत्ति स्वतः बलेको थियो । बाल्नको लागि लाइटर वा सलाई प्रयोग गर्नै नपर्ने,नजिक जानै नपर्ने त्यो अत्याधुनिक बत्तिको निर्माण इञ्जिनियर कापलिक खनालले गरेका हुन् ।समुद्घाटन मन्तव्य व्यक्त गर्दै… पुरा पढौ

सूर्य नेपाल वेस्टर्न ओपन सुरु, निरज शीर्षस्थानमा

पोखरा, माघ ९: सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गतकोचौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिननिरज तामाङ दुई स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा रहेकाछन। पोखराको हिमालयन गल्फ कोर्समा ४-अन्डर ६५ कोस्कोरमा निरजले पहिलो दिन युवराज भुजेल र भुवन कुमाररोक्कालाई २ स्ट्रोकले पछि पारेका हुन। २-अन्डर ६७ कोस्कोरमा युवराज र भुवन संयुक्तरुपमा दोस्रो स्थानमा रहेकाछन। धन बहादुर थापा र सञ्जय लामाले १-अन्डर ६८ मा पहिलोदिनको खेल सकाए। उनीहरू संयुक्तरुपमा चौथो स्थानमारहे। रामे मगर र जयराम श्रेष्ठले छेटौं स्थान बाँडे। उनीहरूलेआज इभन-पार ६९… पुरा पढौ

लोक कवि अलि मियाँको स्मृतिमा चौँथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता पोखरामा हुने

पोखरा, ९ माघ, लोक कवि अलि मियाँको स्मृतिमा चौँथो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल मुस्लिम युवा समिति पोखरा–१३ को आयोजनामा माघ १३ देखि २० गतेसम्म उक्त प्रतियोगिता हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । समितिका अध्यक्ष अब्बास अलिमियाँले आउदो माघ १३ देखि २० गतेसम्म प्रतियोगिता गर्न लागिएको जानकारी दिए । २०७८ सालमा तेस्रो संस्करणको प्रतियोगिता सम्पन्न गरेको समितिले प्रतियोगितालाई निरन्तरता दिदैँ चौँथो संस्करण आयोजना गरिएको जनाएको छ । प्रतियोगितामा… पुरा पढौ

पोखरामा भोलिबाट राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव हुने

पोखरा ९, माघ, पोखराको नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा भोलि (विहिबार) देखि राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१,१२ औं क्यान इन्फोटेक २०२५ तथा चौथो मोवाइल एक्सपो २०२५ आयोजना हुँदैछ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा हुने मेलाको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष गोकर्ण कार्कीले बताए । उनका अनुसार मेलामा देशका सातवटै प्रदेशका मौलिक र हस्तकलाका उत्पादनहरुको प्रदर्शनीको अलावा औद्योगिक उत्पादन,घरायसी सामान, कम्प्यूटर र मोवाइल, पुष्प प्रदर्शनीलाई पनि समाहित गरिएको छ । मेलामा हामी… पुरा पढौ

पुम्दिकोटमा धार्मिक महोत्सव हुने तयारी

पोखरा ८, माघ, पुम्दिकोट कोट विकास समितिको आयोजनामा पोखरा २२ पुम्दिकोटमा शिव महापुराण ज्ञान महायज्ञ एवम् पुम्दिकोट धार्मिक महोत्सव २०८१ हुने भएको छ । समृद्धि र विकास, बेरोजगार र विदेश पलायन हुनेहरुका लागि निकास भन्ने मुल नाराका साथ कैलाशधाम निर्माण परिकल्पना गर्दै धार्मिक महोत्सवको आयोजना गरिएको आयोजक पुम्दिकोट कोट विकास समितिले जनाएको छ । महोत्सव आगामी फाल्गुन ९ गतेदेखी १५ गतेसम्म चल्नेछ । यस अघि पुम्दिकोटमा वि स २०७३ र ०७९ सालमा धार्मिक महोत्सव सम्पन्न भइसकेका छन् । पर्यटकीय राजधानी… पुरा पढौ