कास्की

मौलिकता जोगाएर नेपाली गीत संगीतको संरक्षण र विकास गरिनुपर्दछः प्रदेश प्रमुख भट्ट

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले मौलिकता जोगाएर नेपाली गीत संगीतको संरक्षण र विकास गरिनुपर्नेमा जोड दिनुभएको छ । पोखरामा आयोजित दोस्रो राष्ट्रिय संगीत अवार्डमा बोल्दै उहाँले मौलिक संस्कृति, संगीत र कला विश्वमाझ देशको प्रमुख पहिचान तथा चिनारी बनेको बताउनुभयो । प्रदेश प्रमुख भट्टले भन्नुभयो – ‘विश्व संगीतको बजारमा प्रभाव पार्ने संगीत हामीसँग छ । संगीतकर्मीहरुले नेपाली मौलिक संगीतप्रति मोह बढाउने काम गर्न आवश्यक छ । मौलिकता रहने गरी संगीतलाई समयसापेक्ष विकास गर्नुपर्दछ।’ उहाँले पश्चिमा संगीतको दबदबा भइरहेको बेलामा नेपाली संगीकर्मीहरुले… पुरा पढौ

नयाँबजारको महायज्ञमा कथावाचन आजसम्म

पोखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा आज(आइतबार) सम्म कथावाचन हुनेछ । कथा सुन्न भक्तजनको भीड बढेको छ । महायज्ञको छैटौंं दिन शनिबार सार्वजनिक बिदा भएकोले भक्तजनको उपस्थिति बाक्लो थियो । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी ज्ञानानन्द सरस्वतीजी महाराज कथावाचन गर्न पहिलो पल्ट यहाँ उपस्थिति छन् । उनको मुखारबिन्दबाट कथा सुन्न विशेषगरी युवासहित ज्येष्ठ नागरिकको आकर्षण छ । नयाँ वर्षको पहिलो दिनदेखि सुरु भएको महायज्ञमा ३ गतेदेखि सप्ताहव्यापी पाठपरायण, प्रवचन तथा अनुष्ठान वैशाख ९ आइतबारसम्म चल्नेछ । १०… पुरा पढौ

राष्ट्रिय माविका १५ जना पूर्व विद्यार्थीहरु सम्मानित

पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माध्यामिक विद्यालयले स्थापनको ७५ वर्ष प्रवेशको अवसर पारी आयोजित हीरक महोत्सव तथा वृहत पुनर्मिलन कार्यक्रममा विद्यालयका १५ जना पूर्व विद्यार्थीहरुलाई सम्मान गरिएको छ । विद्यालयले पूर्व विद्यार्थी कृषि विज्ञ डा. अनिल सुवेदी, महिला शसक्तिकरण अभियन्ता तथा समाजसेवी कर्मा गुरुङ, नेपाल सरकारका पूर्व मुख्य सचिव एवं प्रमुख निर्वाचन आयुक्त केशवलाल राजभण्डारी, उद्योगपति तथा विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष गणेश बहादुर श्रेष्ठ, वरिष्ठ चिकित्सक डा. जगदिशलाल बैद्य, वरिष्ठ पत्रकार तिलकमान गुभाजू, नेपाल ओलम्पिक कमिटीक उपाध्यक्ष तेज बहादुर… पुरा पढौ

पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी सघंको कार्यालय उद्घाटन

पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी संघले नयाँवर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रम संगै संघको कार्यालयको उद्घाटन गरेको छ । संघको कार्यालयको उद्घाटन गर्दै लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी संघका केन्द्रीय अध्यक्ष बिनोद श्रेष्ठले लोकदोहोरी रेष्टुरेण्ट व्यवसाय सम्मानित, मर्यादित र सुरक्षित बनाउनका लागि ब्यवशायीहरुनै लाग्नुपर्नेमा जोड दिए । आफुहरुको ब्यवसाय कोरोना अगाडि सम्म नेपाल सरकारमा सुचिकृत नभएका कारण त्यतिवेला प्रहरी प्रसासनबाट सास्ती खेप्नुपरेको वताउदै कोरोना पछि ब्यवसायलाई सुचिकृत गरी मापदण्ड र अनुसुची बनाएको र त्यसपछिमात्र हाल आएर रात्रिकालिन ब्यवसायलाई चौबिसै घण्टा खोल्न सरकार… पुरा पढौ

पोखराका ५० वटा छाडाचौपाय गौशालामा व्यब्स्थापन गरियो, छाडाचौपाय छाड्ने उपर कार्वाही हुने

दीननाथ बराल, पोखरा ७, वैशाख, पोखरा महानगर क्षेत्रका ५० वटा छाडा पशुचौपायहरु गौशालामा व्यबस्थापन गरिएको छ । पोखरा महानगरपालिकाले पोखराका मुख्य चोक देखि पोखरा क्षेत्रका सडकमा बेवारिसे अवस्थामा रहेका ५० बढी छाडापशुचौपायहरु राष्ट्रिय परोपकार महासङ्घको व्यवस्थापनमा पोखरा महानगरपालिका वडा नं.१४ बाच्छिबुडुवा (वात्सायन क्षेत्र) मा सञ्चालित पुष्करिणी परोपकार गोकुल धाममा व्यबस्थापन गरिएको पोखराका मेयर धनराज आचार्यले बताउनु भयो । महानगरको बगर, चिप्लेढुंगा, महेन्द्रपुल, पृथ्वीचोक, सृजनाचोक, जिरो, छोरेपाटन, विरौटा, लेखनाथ लगायतका क्षेत्रमा रहेका ५० बढी छाडा गाई गोरु र बाच्छाबाच्छीहरुलाई महानगरिय प्रहरीको… पुरा पढौ

महायज्ञमा भक्तजनको आकर्षण

पोखरा, ७ वैशाख पोखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ मा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी ज्ञानानन्द सरस्वतीजी महाराज कथावाचन गर्न पहिलो पल्ट यहाँ उपस्थिति छन् । उनको मुखारबिन्दबाट कथा सुन्न विशेषगरी युवासहित ज्येष्ठ नागरिकको आकर्षण छ । महायज्ञको पाँचौं दिन शुक्रबार भक्तजनको उपस्थिति बाक्लो थियो । ज्ञानानन्द सरस्वतीजी महाराजले धनसम्पत्ति नहोस्, तर सन्तोष होस् भन्दै मुर्खको संगत नगर्न सुझाए । महायज्ञ मूल आयोजक समिति अध्यक्ष एवं महायज्ञ संयोजक लक्ष्मण पौडेलले लोकको कल्याणका… पुरा पढौ

गण्डकी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित, प्रतिपक्ष दलद्धारा बैठक बहिष्कार

पोखरा ७, वैशाख, गण्डकी प्रदेशसभाको बैठक अनिश्चितकालको लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राप्रपाले उक्त बैठक बहिष्कार गरे पछि उक्त बैठक अनिश्चितकालको लागि स्थगित भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।प्रतिपक्षी दलले बैठक बहिष्कार गरेपछि सभामुख कृष्ण धितालले प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको बताउनु भएको थियो । आजको बैठक सुरु भएसंगै बैठक बहिष्कार गरेका प्रतिपक्ष दलका सांसदहरूलाई बैठक कक्षमा आउन आग्रह गर्नु भएको थियो तर प्रतिपक्ष दलका सांसदहरु सहभागि नभएको हुदा… पुरा पढौ

नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी, ज्ञानपानको अवसर

पोखरा, ६ वैशाख, पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र अहिले ज्ञानमय बनेको छ । महायज्ञमा बिहान साढे ४ देखि राति ९ बजेसम्म विभिन्न कार्यक्रम हुने गरेका छन् । दिउँसो १ देखि साढे ४ बजेसम्म नियमितरुपमा भइरहेको श्रीमद्भागवत् कथा प्रवचन श्रवण गर्न भक्तजनको उल्लेख्य उपस्थिति हुने गरेको महायज्ञ मूल आयोजक समिति अध्यक्ष एवं महायज्ञ संयोजक लक्ष्मण पौडेलले बताए । बिहीबार पनि मुख्यवाचक हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित… पुरा पढौ

पोखरा २२ (पुम्दी भुम्दी) का डाँडै पिच्छे पर्यटकीय गन्तव्य, छिट्टै संचालनमा आउँदै छ नियाले डाँडामा बुद्ध पार्क

दीननाथ बराल,पोखरा ६, वैशाख, मौसम खुलेको समय होस पोखरा २२ पुम्दी भुम्दीका जुन सुकै डाँडामा पुगेर हिमाल, फेवाताल, पोखरा लगायतका दृश्यावलोकन एकै स्थानबाट सहज रुपमा गर्न सकिन्छ । ५ दशक अघि विश्व शान्ति स्तुपाःले जुन रुपमा चर्चा र परिचर्चासंगै पोखरा २२ को धार्मिक एवं पर्यटन प्रबद्र्धनमा टेवा पुर्यायो त्यसै गरी पछिल्लो केही बर्ष देखि पुम्दीकोटमा बिशाल महादेवको मूर्तिले सायद पोखराको नयाँ तथा प्रमुख पर्यटकीय गन्तव्य जस्तै नै बनेको छ । पोखरा आएका आन्तरिक ताथ बाह्यि पर्यटकहरु मध्य अधिकांश पर्यटकहरुको पहिलो… पुरा पढौ

यूनाइटेड क्लबद्धारा पोखरा आरोग्य आश्रममा खाद्यान्न सामाग्री वितरण

यूनाइटेड क्लब पोखराले पोखरा १५ टुटुङामा रहेको पोखरा आरोग्य आश्रममा खाद्यान्न सामाग्री वितरण गरेको छ । क्लबले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहब्यापी कार्यक्रमको छैठौ दिन बिहीबार पोखरा आरोग्य आश्रममा आश्रितहरुलाई लक्षित गरी खाद्यान्न सामाग्री वितरण गरेको हो । खाद्यान्न सामाग्री हस्तान्तरण गर्दै पोखरा महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष तोरण बानियाँले पोखरा आरोग्य आश्रममा आश्रितहरुलाई लक्षित गरि खाद्यान्न सामाग्री वितरण गरेकोमा क्लव परिवार प्रति आभार प्रकट गर्दै यूनाइटेड क्लबको सामाजिक कार्यलाई लक्षित गरि आगामी आर्थिक वर्षदेखी वडाले रातो… पुरा पढौ