कास्की

फोटोग्राफर संघ गण्डकी को फोटो प्रतियोगिता घोषणा

श्रावण १५,पोखरा, फोटोग्राफर संघ गण्डकी को स्थापना दिवस तथा १८५ औं बिश्व फोटोग्राफी दिवसको अवसरमा फोटो प्रतियोगिताको घोषणा गरेको छ । संघ ले फोटोग्राफरहरुको सम्मान प्रविधिको ज्ञान, व्यवसायिहरुलाई उत्साह र फोटोग्राफरहरुको मनोवल उच्च प्रदान गर्ने उदेश्यले उक्त प्रतियोगिताको घोषणा गरेको संस्थाका सचिव तुलसी राम सुवेदी ले जानाकारी गराए । फोटोग्राफर संघ गण्डकी को स्थापना दिवस भाद्र २० गते समापन गरिने प्रतियोगितामा मिराज राष्ट्रिय बैवाहिक फोटो प्र्रतियोगिता अन्र्तगत बिभिन्न ६ ओटा विधा सार्वजनिक गरेको छ । बेष्ट फोटो अवार्ड, ब्राईड एण्ड… पुरा पढौ

दाँत सचेतनाको ज्योति बाल्दै स्वयम्सेवी संस्था

नेपाली समाजमा दाँतको सचेतनाप्रतिको दृष्टिकोण कमजोर त छनै । दाँतमा समस्या देखिए तापनि अन्देखा गरेर बस्ने परम्परा पनि दिन प्रतिदिन बढ्दो क्रममा रहेको छ । यसका पछाडि विविध कारण छन् । किनकि, एक त प्रत्येक नागरिकमा दाँतप्रतिको दृष्टिकोणमै समस्या छ । अर्कोतर्फ उपचार पद्धति पनि खर्चिलो । यी कारणले रोग लागेर उपचार भन्दा पनि दबाएर बस्न बाध्य भएको अवस्था छ ।यस्तै अवस्थाका दाँतका बिरामी आइतवारदेखि कास्कीको पुरुन्चौरमा सञ्चालित दन्त तथा कानको सचेतना शिविरमा फेला परेका छन् । यो सबै कुराको… पुरा पढौ

जन्मदिनमा आफूले पढाएको स्कुल सम्झदै गौचन

समाजसेवी विश्वमोहन गौचनले आफ्नो ८५ औं जन्मदिन शैक्षिक सामग्री हस्तान्तरण गरेर मनाएका छन् ।गौचनले अन्नपूर्ण गाउँपालिका ३ मा अवस्थित पाउँदुर आधारभूत विद्यालयका विद्यार्थीलाई अत्यावश्यक शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।सामग्री हस्तान्तरण गर्दै गौचनले भने– आफूले २०१६ सालमा खाली चौरबाट शिक्षण शुरु गरेको विद्यालय कस्तो अवस्थामा होला भन्ने मनमा जिज्ञासा भए तापनि आज ६५ वर्षपछि सुविधा सम्पन्न अवस्थामा देख्न पाउँदा ज्यादै खुसी लागेको छ ।’उनले शिक्षकको एउटै उद्देश्य आफ्ना विद्यार्थी अब्बल बनेर निस्कुन भन्ने हुने र त्यो चाहना पूरा हुँदा जीवन… पुरा पढौ

गुप्तेश्वर गुफामा सन्ध्या आरती

पर्यटकीय राजधानी पोखराको छोरेपाटनस्थित गुप्तेश्वर गुफा परिसरमा आज सन्ध्या आरतीको आयोजना गरियो । गुफा व्यवस्थापन समितिले विगत चार बर्षदेखि प्रत्येक सोमवार आरतीको आयोजना गर्दै आएको हो । तीन जना पण्डितद्धारा सुमधुर घुन सहित एक घण्टा प्रस्तुत गरिने आरतीमा विशेष गरि धुप, ध्यू, ल्वाङदानी, कपुर, मयूरपङख, सेतोचमर, अलैंचिदाना, लाछीधागो, फुलपाती लगायतका बिभिन्न सुगन्धित वस्तुको प्रयोग गरिने गुफा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण बास्तोलाले जानकारी दिनुभयो । साउनको दोश्रो सोमवार आयोजित आरतीमा भक्तजनहरुको उल्लेखनिय सहभागिता रहेको बताउँदै उहाँले भन्नुभयो, यसबाट आरतीलाई निरन्तरता प्रदान… पुरा पढौ

पोखरा–३३ शिववस्तीमा महायज्ञ सुरु

पोखरा, १४ साउन पोखरा महानगरपालिका वडा नं ३३ शिववस्तीस्थित शुक्लेश्वर धाम प्राङ्गणमा आजदेखि श्रीमद्भागवत महापुराण, सप्ताह ज्ञान महायज्ञ, शिव महापुराण, बृहत धार्मिक श्रावण मेला एवम् बोलबम महोत्सव सुरु भएको छ । मन्दिरको सर्वाङ्गिण, भौतिक पूर्वाधार विकास निर्माण सहयोगार्थ हुन लागेको महायज्ञ यही साउन २४ गतेसम्म सञ्चालन हुनेछ । कथा शिरोमणि पण्डित दीपकप्रसाद पौडेलको प्रमुख बाचकत्वमा हुने महायज्ञमा विभिन्न देवलिला, जनचेतनामूलक नाटक सहित संगीतमय कथा प्रवचन हुने जनाइएको छ । महायज्ञको भव्य समारोहका बीच उद्घाटन गर्नुुहुँदै गण्डकी प्रदेशका कार्यबाहक मुख्यमन्त्री विन्दुुकुुमार… पुरा पढौ

प्रदेशका भौतिक मन्त्री गुरुङलाई कारवाही गर्न माग

दीननाथ बराल,पोखरा १४, साउन, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री राजीव गुरुङ (दीपक मनाङे) लाई कारवाही गर्न माग गरिएको छ । संसदीय पत्रकार मञ्च गण्डकीले सोमबार प्रदेशका कार्यवाहक मुख्यमन्त्री विन्दुकुमार थापा समक्ष कारवाहीको माग गरेको हो । नैतिक आचारणको ख्याल नगर्ने र पत्रकार माथि गैरजिम्मेवार अभिव्यक्ति दिने मन्त्री गुरुङले नामै किटेर दिएको अभिव्यक्तिप्रति गम्भिर ध्यानाकर्षण भएको मञ्च गण्डकीका अध्यक्ष भरतराज कोइरालाले बताउनु भयो । मञ्चले सोमबार ध्यानाकर्षण गराउदै नैतिक आचारणको ख्याल नगर्ने र पत्रकारमाथि गैरजिम्मेवार अभिव्यक्ति दिने… पुरा पढौ

अपडेटः पोखरामा स्कुल बस दुर्घटना हुँदा आमा र छोराको ज्यान गयो

दीननाथ बराल,पोखरा १४, साउन, पोखरामा स्कुल बस दुर्घटना हुँदा आमा र छोराको ज्यान गएको छ । पोखरा पार्दीविरौटाको एलपी देवकोटा मेमोरियल स्कुलको बस पोखरा २१ को मट्टिखान नजिक गिङ्कुको भिरबाट पल्टना पुग्दा बिद्यालयकी कर्मचारी पोखरा २१ रामदीकी ३३ बर्षकी आरती विक र उहाँको ६ बर्षको छोरा प्रिन्स बि.क.को उपचारकै क्रममा आज मृत्यु भएको प्रहरीले पोखराक्लिकलाई जनाएको छ । उहाँहरुको शव हाल पोष्टमाटमको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । बस दुर्घटनामा परी बस चालक पोखरा १७ का ५५ बर्षका… पुरा पढौ

पोखरामा स्कुल बस दुर्घटना हुँदा एक महिलाको मृत्यु, २९ जनाको पोखराका विभिन्न अस्पतालमा उपचार हुदैं, नाम सहित

दीननाथ बराल,पोखरा १४, साउन, पोखरामा स्कुल बस दुर्घटना हुँदा सहचालक(बसकी सहयोगी) एक महिलाको मृत्यु भएको छ । पोखरा पार्दीविरौटाको एलपी देवकोटा मेमोरियल स्कुल बस मट्टिखान नजिक भिरबाट पल्टना पुग्दा बसकी सहयोगी पोखरा २१ रामदीकी ३२ बर्षकी आरती विकको उपचारकै क्रममा मृत्यु भएको पोखरा २१ का वडा अध्यक्ष दीपक प्रसाद सुवेदीले पोखराक्लिकलाई बताउनु भयो ।बस दुर्घटनामा परी कृष्तिका ९ बर्षका मनमोल बि.क.गम्भिर घाइते भएको कास्की प्रहरीले जनाएको छ । आज बिहान करिब ८ः५० बजे बस दुर्घटनामा पर्दा २२ जना बिद्यार्थी सहित… पुरा पढौ

पोखरामा स्कुल बस दुर्घटनामा पर्दा २४ जना घाइते

दीननाथ बराल,पोखरा १४, साउन, पोखरामा स्कुल बस दुर्घटनामा पर्दा २४ जना घाइते हुनु भएको छ । पोखरा पार्दीको एलपी देवकोटाको स्कुल बस मट्टिखानबाट दुर्रखुमा बस पल्टदा २२ जना बिद्यार्थी सहित २४ जना घाइते भएको प्रहरीले पोखराक्लिकलाई जनाएको छ । ग १ क ६२१९ नम्बरको बस पल्टन साथ हाल प्रहरी र स्थानियको सहायताबाट उहाँहरुको गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको छोरेपाटन प्रहरी चौकीका सुर्य थापाले बताउनु भयो । पोखराको नमस्ते हस्पिटल र मणिपाल शिक्षण अस्पतालमा समेत केहीको उपचार भई रहेको छ । पुरा पढौ

पोखराको रामघाटमा पानीको सतह बढ्दा ताल बन्यो, भिडियो सहित

दीननाथ बराल, पोखरा १३, साउन, पोखराको रामघाटमा पानीको सतह बढेर ताल बनेको छ । गएरातिबाट परेको ठुलो बर्षाले गर्दा सेतीनदीमा पानीको बहाब बढ्दा रामघाटमा यस बर्षको दोश्रो पटक पानीको सतह बढेर ताल बनेको स्थानियले बताउनु भयो । आज बिहान ४ः०० बजे देखि रामघाटमा पानी थुनिदा पानीको सतह बढेर आएको र बिहान ७ः०० बजे देखि विस्तारै खोलीदै गएको स्थानिय कर्णबहादुर गुरुङले बताउनु भयो । २०७९ सालमा रामघाटमा ताल बन्दा स्थानिय ८ र विस्थापित नै हुनु परेको हाल बस्ती नजिक पानीको सतह… पुरा पढौ