कास्की

यस वर्षको फेडवासन राष्ट्रिय पत्रकारिता पुरस्कार बागलुङका पत्रकार राजेशचन्द्र राजभण्डारीलाई

चितवन, १० भाद्र, बागलुङका पत्रकार राजेशचन्द्र राजभण्डारी फेडवासन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ ।खानेपानी तथा सरसफाइ राष्ट्रिय महासंघ (फेडवासन) को २२ औं स्थापना दिवसको अवसरमा चितवनमा आयोजित समारोहमा उहाँलाई सम्मान गरिएको हो । उहाँले टेलिभिजन विधामा सो पुरस्कार प्राप्त गर्नुभएको हो । अघिल्लो आर्थिक वर्षभरिमा खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा प्रकाशन प्रसारण भएका समाचारमध्येबाट फेडवासनले चार जना सञ्चारकर्मीलाई पुरस्कृत गर्दै आएको छ । राजभण्डारीका अलावा अखबारतर्फ चितवन पोष्टका होमनाथ सापकोटा, अनलाइनतर्फ उकेरा अनलाइनका जगतदल जनाला बि.क.. र रेडियोतर्फ रेडियो… पुरा पढौ

सहकारी संस्था समुदाय लक्षित हुनुपर्छ प्रमुख दाहाल

चितवन, भदौ १०, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सहकारी संस्थाहरु समुदाय लक्षित हुनुपर्ने बताउनुभएको छ । भरतपुर ९ स्थित त्रिपुरेश्वर सहकारी संस्थाको १३ वार्षिकोत्सवको अवसरमा खाद्य उद्योग भवनको उद्घाटन तथा खाद्य गोदामको शिलान्यास गर्दै प्रमुख दाहालले स्थानीय सरकार र सहकारी समुदाय केन्द्रित भएर काम गर्नुपर्ने उल्लेख गर्नुभयो । ‘अहिले सहकारीमा समस्या देखिएको छ, उहाँले भन्नुभयो,‘सबै सहकारीहरुले मर्म विपरित काम गरेका छैनन । यही समयमा राम्रो पनि सहकारी छन् भन्ने सन्देश दिन आवश्यक छ ।’ प्रमुख दाहालले कृषिको क्षेत्रमा महानगरले धेरै… पुरा पढौ

श्रीकृष्ण प्रणामी मन्दिरमा आयोजित रक्तदानमा ५० युनिट रगत संकलन

पोखरा १०, भदौं, श्रीकृष्ण प्राकट्य उत्सवको अवसरमा श्रीकृष्ण प्रणामी मन्दिर पोखरा ८ रत्नचोकमा आयोजित रक्तदानमा ५० युनिट रगत संकलन भएको छ । श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला समिति कास्कीको आयोजनामा श्रीकृष्ण प्रणामी मन्दिर परिषरमा आयोजित रक्तदान कार्यक्रममा ५० पिन्ट रगत संकलन भएको हो । नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डण्डराज शर्माले पहिलो रक्तदाता मिलन केसीलाई ब्लड ब्याग हस्तान्तरण गरी शुरु भएको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका हुन । सो अवसरमा वोल्दै रेडक्रस सोसाइटी कास्कीका सभापति डण्डराज शर्माले विभिन्न… पुरा पढौ

पोखरामा श्रीकृष्ण जन्माष्टमी मनाइदै(फोटो तथा भिडियो)

दीननाथ बराल,पोखरा १०, भदौं, श्रीकृष्ण जन्माष्टमी पर्व पोखरामा पनि मनाइदै छ । पोखराका विभिन्न कृष्ण मन्दिरहरुमा धुमधामका साथ यस पर्व मनाइदै छ । विभिन्न कृष्ण मन्दिरहरुमा आज भगवान् श्रीकृष्णको पूजा आराधना सहित र्याली सहितको झाँकी समेत प्रर्दशनी गरिएको छ । पोखरा १० रामबजारमा श्रीकृष्ण मन्दिरमा, श्रीकृष्ण मन्दिर संचालक समितिको आयोजनामा, पोखरा महानगरपालिका वडा नम्बर १५ को कार्यालय तथा श्याम श्याम सत्संग पोखरा १५ (राधे राधे) को संयुक्त आयोजनामा पोखरामा सोमबार बृहत शोभा यात्रा निकालिएको छ । त्यसै गरी पोखराका विभिन्न… पुरा पढौ

लेकसाइड पुगेर खुल्ला चौरमै दिदी बहिनीले यसरी दर खादै (डिभियो सहित)

पोखरा ९, भदौ, पोखराको लेकसाइडमै पुगेर खुला चौरमा गिता जुम्बा क्लासको टिमले तिजको गित गाउदै दर समेत खादै । आइतबार पोखराको केदारेश्वर महादेव मणि आश्रम मन्दिरको परिसरमा रहेको खुल्ला चौरमा दर खादै जुम्बा टिम । आफुहरुले नेपाली परम्परा अनुसारकै तिजको पर्वको अवसरमा दर खाने कार्यक्रममा जुटेको संस्थाका अध्यक्ष गिता पंगेनीले बताउनु भयो । साथै उहाँहरुले वालुवा वोक्ने केही श्रमिक महिलाहरुलाई समेत दर खुवाउनु भयो । यसै सम्बन्धि भिडियो सामाग्रि । https://www.youtube.com/watch?v=ouGM_JVndyU पुरा पढौ

शिभिल बचत तथा ऋण सहकारी संस्थाको पन्ध्रौं साधारण सभा सम्पन्न

पोखरा ९, भदौं, शिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पन्ध्रौं साधरण सभा शनिवार एक कार्यक्रमका बिच पोखरामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष बालाकृष्ण कोईरालाको अध्यक्षता तथा सभामा उपस्थित संस्थाका जेष्ठ सदस्य गंगा तिमिल्सिनाको प्रमुख आतिथ्यता तथा संस्थापक अध्यक्ष धर्मराज बराल ९भोला० को विषेश आतिथ्यतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष कबिता भुषाल शर्माले स्वागत मन्तब्य तथा सचिव बिनोद प्रसाल लामिछानेले कार्यक्रम संचालन गरेका थिए। कार्यक्रममा बोल्दै संचालक समिति सदस्य एल के शर्माले संस्थाको सम्पूर्ण गतिबिधिबारे प्रकाश पार्दै बजारमा जसरी सहकारीहरु जोखिममा… पुरा पढौ

ईन्टर स्कुल व्याण्ड कम्पिटिसनमा १९ स्कुल प्रतिष्पर्धामा

पोखरा, भदौ ९, पोखरामा आगामी साता हुने ईन्टर स्कुल व्याण्ड कम्पिटिसनमा १९ स्कुलले प्रतिष्पर्धा गर्ने भएका छन् । पोखरा सांगीतिक कलाकार संघ नेपालको आयोजनामा यहि भदौ १४ र १५ गते पोखरा सभागृहमा हुने दोश्रो संस्करणको खुल्ला ईन्टर स्कुल व्याण्ड कम्पिटिसनमा १९ स्कुल छनौट भएका हुन् । धेरै विद्यालयले सहभागिताका लागि आवेदन दिएपनि उनीहरुले पठाएको भिडियोको आधारमा १९ स्कुल छनौट गरिएको संघका अध्यक्ष हर्कराज गुरुङ (भाई)ले जानकारी दिए । धेरै नै स्कुलले सहभागिताका लागि आवेदन र भिडियो पठाएका थिए,उनले भने,‘तर हाम्रो… पुरा पढौ

निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयनका लागि गृहकार्य सुरु ः शिक्षा मन्त्री भट्टराई

कावासोती, भाद्र ९, गुणस्तरीय शिक्षा आवश्यक पर्ने भएकाले राज्यका तर्फबाट निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयनका लागि गृहकार्य सुरु गरिएको बताउनुभयो । नवलपुरको देवचुलीमा आइतबार आयोजित ‘बालिका अधिकार संरक्षणमा सरोकारवालाको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा मन्त्री भट्टराईले बालअधिकार स्थापित गर्न र बालबालिकाको समग्र विकास र संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बालबालिकाहरूको बाल अधिकार संरक्षणमा समेत प्रतिवद्ध भएको बताउनु भएको छ । “प्याड अभावका कारण विद्यालय शिक्षाबाट वञ्चित हुनबाट रोक्न सरकारले काम गर्ने छ”, मन्त्री… पुरा पढौ

काहुँखोला भाट समाजको रक्तदान कार्यक्रम सम्पन्न

पोखरा ९, भदौं, पोखरा महानगरपालिका वडा नं. १३ स्थित काहुँखोला भाट समाजको आयोजनामा भएको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् । पोखरा १३ का निवर्तमान वडा अध्यक्ष दर्शन लामाले पहिलो रक्तदाता गोकुल बहादुर रानाभाटलाई व्लड व्याग हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गर्दै काहुँखोला भाट समाज स्थापना काल देखि नै सामाजिक सेवामा सक्रिय रहेको वताउँदै आगामि दिनहरुमा पनि सक्रिय रहन आग्रह गरेका थिए । उनले रक्तदान भन्दा ठुलो कुनै परोपकार नभएको वताउँदै रक्तदान दिन मिल्ने सबैले रक्तदान गर्नुपर्ने वताए । सो… पुरा पढौ

माओबादी पदाधिकारी सहितको परामर्श बैठक पोखरामा

दीननाथ बराल,पोखरा ९, भदौ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पदाधिकारी, प्रदेशका केन्द्रिय सदस्य, प्रदेशका पदाधिकारी सहितको परामर्श बैठक पोखरामा सुरु भएको छ । सोमबारसम्म पोखराको लेकसाइड स्थित वर पिपल रिसोर्टमा उक्त बैठक संचालन हुने भएको माओबादी केन्द्रका केन्द्रिय सदस्य दीपक कोइराला (रुपक)ले बताउनु भयो । बैठकमा पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष द्वय अग्निप्रसाद सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल, हरिबोल… पुरा पढौ