कास्की

तनहुँ माथि कास्कीको १ रनको रोमाञ्चक जित

जेष्ठ ८,पोखरा, पोखरामा जारी यु–१६ गण्डकी प्रदेश छनौंट क्रिकेट प्रतियोगितामा कास्कीले तनहुँमाथि १ रनको रोमाञ्चक जित निकालेको छ । निर्धारित ३५ ओभरको खेलमा टस जितेर व्याटिङ रोजेको कास्कीले २९.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ३० रन बनाएको थियो । प्रत्युत्तरमा जितको नजिकै पुगेको तनहुँले १ सय २९ रन जोड्दा ३१.४ ओभरमा सम्पूर्ण विकेट गुमाउन पुग्यो । कास्कीको जितमा नायक सावित भएका प्लेयर अफ द म्याच सोनु यादवले महत्वपूर्ण ३ विकेट लिए । कास्कीको ब्याटिङमा विमोचन सापकोटाले २७ रनको पारी… पुरा पढौ

मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियान” अन्तर्गत जेष्ठ १० गते शनिवार पोखरामा हुने जनसभामा पोखराबाट ५ हजार सहभागि गराउने

पोखरा ८, जेठ, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पोखरा महानगर समितिले मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियान” अन्तर्गत जेष्ठ १० गते शनिवार हुने जनसभामा पोखराबाट ५ हजार जना सहभागि गराउने दाबी गरेको छ । महानगरको तर्फबाट पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड सहितको टोलीलाई पोखरा २५ हेमजा मिलनचोकमा स्वागत सहित भेटघाट गर्ने भएको विहिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा महानगर कमिटिका अध्यक्ष हरिनारायण गिरी (विज्ञान) ले बताउनु भयो । पोखराको चिप्लेढुंगामा हुने उक्त कार्यक्रमलाई भव्य एवं सभ्य रुपमा… पुरा पढौ

युवा संघको महाधिवेशन शुक्रबार देखि पोखरामा, प्रधानमन्त्रीले उद्घाटन गर्नुहुने

पोखरा, नेकपा (एमाले)निकट युवा संघ नेपालको दशौं राष्ट्रिय महाधिवेशन शुक्रबारदेखि पोखरामा सुरू हुदैछ । महाधिवेशनको पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मध्यान्ह १२ः१५ बजे उद्घाटन गर्नुहुने कार्यक्रम छ । उहाँ बिहान ११ः३० बजे पोखरा आउनुहुने तयारी छ । प्रधानमन्त्री ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङ पनि शुक्रबार नै पोखरा आउनुहुने एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिनुभयो । जनसंगठन समन्वय संयन्त्र प्रमुखसमेत रहनुभएका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल पोखरा आइसक्नुभएको… पुरा पढौ

राइड शेयरिङ नियमावली खारेज नगरे जेठ १५ देखि गण्डकी क्षेत्रका सार्वजनिक यातायात घर ग्यारेज गर्ने चेतावनी

दीननाथ बराल,पोखरा ८, जेठ, गण्डकी प्रदेश सरकारले हालै ल्याएको राइड शेयरिङ नियमावली खारेज नगरे यही जेठ १५ देखि गण्डकी प्रदेशका सार्वजनिक यातायातका सवारी साधनहरु घर ग्यारेज गर्ने व्यवसायीहरुले चेतावनी दिएका छन् । पोखरामा आज आयोजित बिरोध कार्यक्रममा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशका संयोजक केदार पौडेलले आफुहरुको माग यही जेठ १४ गते भित्र पूरा नभए जेठ १५ देखि गण्डकी प्रदेशमा महासंघमा आबद्ध सार्वजनिक यातायातका सवारी साधनहरु संचालन नगरी घर ग्यारेज गर्ने चेतावनी दिनु भएको हो । यदि आफुहरुको… पुरा पढौ

पोखराको सर्वेश्वर व्यवसायी समिति व्यापार प्रवद्र्धन गर्न उत्तरी छिमेकी जिल्लाहरुको भ्रमणमा

पोखरा, जेठ ७, पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरु उत्तरी छिमेकी जिल्लाहरुमा व्यापार प्रवद्र्धनका लागि निस्केका छन् । सो क्षेत्रका व्यवसायीहरुको छाता संस्था सर्वेश्वर व्यवसायी समितिको आयोजनामा त्यस क्षेत्रका २९ जना व्यवसायीहरुको टोली व्यवसायीक भेटघाट, अन्र्तक्रिया तथा क्यालेन्डर वितरणका लागि उत्तरी छिमेकी जिल्लाहरुको ५ दिने भ्रमणमा निस्केको हो । समितिका अध्यक्ष तुलबहादुर थापा (राजन)को नेतृत्वमा निस्केको सो टोली पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ पुगेर व्यवसाय प्रवद्र्धन गर्ने जनाइएको छ । टोलीले पर्वतको कुस्मा, डिमुवा, पातीचौर… पुरा पढौ

कोटिहोममा निर्मित २१ फिटको शिवलिङ्ग र शिवमूर्तिले भक्तजन आकर्षित

पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ मा शिवलिङ्गले भक्तजनको ध्यान खिचेको छ। रुद्राक्षका दानाबाट निर्मित शिवलिङ्ग र त्यसको आडैमा रहेको शिवको मूर्तिले पनि भक्तजनको आकर्षण केन्द्रित गरेको छ। युवा–युवतीदेखि वृद्ध–वृद्धासम्म सबैको ध्यान अहिले शिवलिङ्ग र शिवमूर्तिमा केन्द्रित देखिन्छ। दर्शनका लागि मात्र नभई फोटो, भिडियो वा टिकटक बनाउन समेत शिवलिङ्ग अगाडि भीड लाग्ने गरेको छ। भक्तजनले पालो कुरेर फोटो खिच्ने, भिडियो बनाउने गरेका छन्। महायज्ञ प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार, उक्त शिवलिङ्ग एक करोड रुद्राक्षबाट निर्मित… पुरा पढौ

श्री गण्डकी कोटिहोम सञ्चालन भएको स्थलमा स्थानियले बनाए “कोटिहोम चोक”

पोखरा महानगरपालिका वडा नं। १७ मा अहिले ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम महायज्ञ सञ्चालन भइरहेको छ । कोटिहोम नियमित सञ्चालन भइरहेको बेला आज स्थानियहरुको सक्रियतामा कोटिहोम महायज्ञ सञ्चालन भएको स्थानको नाम कोटिहोम चोक नामकरण गरेका छन् । माछापुछ्रे टोल र पाल्पाली मार्गको नामबाट परिचित रहेको उक्त स्थानलाई अहिले कोटिहोम चोक भनेर नामकरण गरिएको स्थानिय शारदा पंगेनीले बताएकी छन् ।उनले भनिन–“अहिले हाम्रो पालोमा यति ठूलो कोटिहोम महायज्ञ सञ्चालन भएको छ । हामीहरुले अवलोकन गर्ने अवसर त पायौं तर हाम्रा भावी… पुरा पढौ

आर्यसले श्रीलंकामा एटीएफ यु–१२ टीम टेनिस प्रतियोगिता खेल्ने

जेष्ठ ७,पोखरा, पोखरेली उदीयमान खेलाडी आर्यसराज पौडेलले श्रीलंकामा हुने एटीएफ यु–१२ टीम टेनिस प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउने भएका छन् । श्रीलंका टेनिस संघको आयोजनामा यहि जेष्ठ १२ देखि १६ गतेसम्म कोलम्बोमा हुने उक्त प्रतियोगितामा नेपाल सहित बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंकाका खेलाडीले भाग लिनेछन् । यसैविच,कास्की जिल्ला टेनिस संघले बुधबार एक कार्यक्रमको आयोजना गरि आर्यसलाई विदाई गरेको छ । सो अवसरमा बोल्दै संघ कास्कीका अध्यक्ष राजकुमार गुरुङले आर्यसले नेपालमा भएका विभिन्न राष्ट्रिय प्रतियोगिताहरुमा आफ्नों उमेर समुहमा उत्कृष्टता… पुरा पढौ

शनिबार पोखरामा माओबादी केन्द्रको जनसभा हुने, माओबादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डलाई कास्कीको नयाँपुलमा स्वागत सहित भेटघाट हुने

दीननाथ बराल,पोखरा ७, जेठ, माआबोदी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई यही जेठ ९ गते कास्कीको नयाँपुलमा स्वागत सहित भेटघाट गरिने भएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्ग जनजागरण अभियान अन्तर्गत कास्कीमा अध्यक्ष प्रचण्ड सहितको टोली प्रबेश गरेसंगै स्वागत सहित भेटघाट कार्यक्रम हुने तयारी गरिएको नेकपा माओवादी केन्द्र कास्कीका ईञ्चार्ज नेत्रनाथ अधिकारीले बताउनु भयो । अध्यक्ष प्रचण्ड नेतृत्वको उक्त टोली यही जेठ ८ गते बागलुङको ताराखोला आईपुग्ने र जेठ ९ गते विहान बागलुङ बजार तथा दिउँसो पर्वतको कुस्मामा… पुरा पढौ

नवौं प्रधानमन्त्री कप एन.भी.ए. भलिबल लिग जेठ ८ देखि पोखरामा सुरु हुने,पुरुष तर्फ ८ र महिला तर्फ ६ टिम सहभागि हुने

दीननाथ बराल, पोखरा, ६ जेठ, नेपाल भलिबल संघको आयोजनामा नवौं संस्करणको प्रधानमन्त्री कप एन.भी.ए. महिला तथा पुरुष भलिबल लिग–२०८२ यही जेठ ८ गतेदेखि पोखरामा सुरु हुने भएको छ । प्रतियोगिता पोखरा रंगशालामा रहेको बहुउद्देश्यीय कभर्डहलमा यही जेठ १५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको अन्तिम तयारी पुरा भएको आज(मंगलबार) पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो । प्रतियोगितामा पुरुषतर्फ हेल्प नेपाल स्पोटर्स क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द… पुरा पढौ