तनहुँको यातायात र पूर्वाधार कार्यालयमा भौतिकमन्त्रीको निरीक्षण
पोखरा, १३ मंसिर, गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले तनहुँस्थित यातायात व्यवस्था कार्यालय, डुम्रे र पूर्वाधार विकास कार्यालयको निरीक्षण गरेका छन् । मन्त्री केसी, मन्त्रालयका सचिव कमलकुमार अधिकारी, योजना अनुगमन मूल्यांकन तथा पूर्वाधार महाशाखा प्रमुख डा। महेन्द्र बानियासहितको टोली निरीक्षणमा पुगेको हो । मन्त्री केसीले यातायात कार्यालयका निमित्त प्रमुख गोपाल ओली र पूर्वाधार कार्यालयका निमित्त प्रमुख रविन्द्र तिवारीसँग कामकारबाहीको ब्रिफिङ लिए । निमित्त प्रमुख ओलीले कर्मचारी अभाव भएकाले निकै प्रेसरमा काम गर्नुपरेको सुनाए । ट्रायल…
पुरा पढौ
४१ देशका पर्यटक पोखरा सहित गण्डकी प्रदेशमा, दैनिक ७ हजार खर्च गर्ने
दीननाथ बराल,पोखरा ११, साउन, पर्यटनको राजधानि पोखरा सहित गण्डकी प्रदेशमा करिब ४१ देशका पर्यटकहरु सहज ढंगले आउने गरेका छन्। प्रदेशमा भित्रिएका पर्यटकहरु एउटा अध्ययन तथा सर्वेक्षणमा उक्त सङख्यामा पर्यटक आउने गरेको खुलेको हो । नेपालमा पर्यटकको बसाई अवधि २२ दिन रहेको पाइयो भने गण्डकी प्रदेशको हकमा १२ दिन हुने गरेको नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयले गरेको सर्वेक्षणमा उल्लेख छ । ४ सय पर्यटकहरुबाट सिएको नमुना परिक्षणको आधारमा उक्त रिपोर्ट तयार पारिएको नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयल निर्देशक विना ढकाल पौडेलले…
पुरा पढौ
गण्डकी प्रदेशका विभिन्न तीन राष्ट्रिय खेलकुद प्रतियोगिताका बिजेता खेलाडीहरुलाई पुरस्कृत
गण्डकी प्रदेशका विभिन्न तीन राष्ट्रिय खेलकुद प्रतियोगिताका बिजेता खेलाडीहरुलाई पुरस्कृत गरिएको छ । प्रदेश खेलकुद परिषद गण्डकीले पोखरामा शनिबार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई नगदसहित पुरस्कृत एवं सम्मान गरिएको हो । बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता, १४औं केन्द्रियस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड र यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका बिजेता १ सय ७८ जना खेलाडीहरुलाई पुरस्कृत गरिएको छ । खेलाडीहरुलाई गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री एवं प्रदेश खेलकुद परिषदका संरक्षक सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री बिन्दु कुमार थापा, प्रदेश खेलकुदका…
पुरा पढौ
गण्डकीका खेलाडीहरु पुरस्कृत हुँदै, मनाङ र मुस्ताङका खेलाडीहरु पदक विहिन
प्रदेश खेलकुद परिषद गण्डकीले प्रदेशका विभिन्न खेलका बिजेता खेलाडीहरुलाई नगद सहित पुरस्कृत गर्ने भएको छ ।आर्थिक वर्ष २०८०/०८१ मा सम्पन्न राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा बिजेता खेलाडीहरुलाई नगद सहित पुरस्कृत गर्न लागेको हो । बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता, राष्ट्रपति कप र यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका बिजेता खेलाडीहरुलाई पुरस्कृत गर्न लागिएको परिषदका अधिकृत तोपलाल भुसालले जानकारी दिए । सम्पन्न बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता, राष्ट्रपति कप र यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता गरी तीन विभिन्न राष्ट्रिय प्रतियोगितामा कुल १ सय ७५ जना खेलाडीहरुलाई पुरस्कृत गर्न…
पुरा पढौ
प्रदेशका २१ जना खेलाडी तथा प्रशिक्षकलाई जनही २० हजार सहित सम्मान
दीननाथ बराल,पोखरा २१, असार, गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले प्रदेशका २१ जना खेलाडी तथा प्रशिक्षकहरुलाई नगद २० हजार सहित सम्मान गरेको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी भई पदक जितेका खेलाडी र प्रशिक्षकहरुलाई शुक्रबार मन्त्रालयमा नै एक कार्यक्रमका बीच नगद सहित सम्मान गरेको हो । खेलाडीहरुलाई सम्मान गर्दै सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले प्रदेश सरकारले खेलाडीलाई उत्साह थप्ने काम गर्दै आएको दाबी गर्नु भयो । खेलबाट भविष्य बनाउने बाटो खुुलेको र प्रदेश सरकारले…
पुरा पढौ
गण्डकी प्रदेशस्तरीय स्क्वास छनौट प्रतियोगितामा कास्कीको वर्चश्व
दीननाथ बराल,पोखरा १८, असार, गण्डकी प्रदेशस्तरीय स्क्वास छनौट प्रतियोगितामा कास्कीका खेलाडीहरुको वर्चश्व रहेको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश स्क्वास र्याकेट संघको व्यवस्थापनमा सोमबार बेलुका पोखरा रंगशालामा सम्पन्न भएको उक्त प्रतियोगितामा कास्कीकै अधिकांश खेलाडीहरुको वर्चश्व रहेको हो । राउण्ड रोविनको आधारमा दुई दिन सम्म सञ्चालन भएको प्रतियोगितामा पुरुष ४ मध्य ३ जना कास्कीका खेलाडी छनौट हुनु भएको छ भने महिला तर्फ गोर्खाकी कृष्णा थापालाई प्रारम्भिक छनौट छरणमा सिधै छनौट गरिएको छ भने अन्यलाई छनौट प्रतियोगिताबाट छनौट…
पुरा पढौ
शहिद लखन गाउँपालिकाको बजेट ६० करोड ७ लाख
दीननाथ बराल,पोखरा ७, असार, गोर्खाको शहिद लखन गाउँपालिकाको आर्थिक बर्ष २०८१÷०८२ को लागि ६० करोड ७ लाख ४४ हजारको बजेट प्रस्तुतः गरेको छ । शहिद लखन गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवारीले शुक्रबार गाउँसभाको १५ औं बैठकमा आउदो बर्षको लागि उक्त बजेट प्रस्तुतः गर्नु भएको हो । उक्त बजेट चालु आर्थिक बर्ष भन्दा ६.२ प्रतिशत कम विनियोजन भएको उहाँले जनाउनु भयो । चालु तर्फ ७५.८६ र पूँजीगत तर्फ २४.१३ प्रतिशत रकम विनियोजन गरिएको बजेटमा उल्लेख गरिएको छ । २.६ प्रतिशत रकम आर्थिक…
पुरा पढौ
गण्डकी प्रदेशको बजेट गत बर्ष भन्दा ४४ करोड ८७ लाखले कमी,भौतिक पूर्वाधारमा ३८.५ प्रतिशत बजेट
दीननाथ बराल , गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०८१÷०८२ को लागि अघिल्लो बर्षको तुलनामा ४४ करोड ८७ लाख कम बजे प्रस्तुतः गरेको छ । आर्थिक वर्ष २०८१÷०८२ को लागि प्रदेश सरकारले ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैया बराबरको बजेट विनियोजन गरेको हो । उक्त बजेट चालु आर्थिक बर्षको भन्दा केही कम भएको शनिबार प्रदेश सभामा आर्थिक मामिला मन्त्री डा.टकराज गुरूङले बताए । उक्त बजेटको पूँजिगत तर्फ ५९.१९ प्रतिशतले १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजारको बजेट…
पुरा पढौ
पर्यटन र कृषिलाई प्रथामिकता दिदै गण्डकी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्ण पाठ )
पोखरा २९, जेठ गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷८२ को प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुतः गरेको छ । सरकारका तर्फबाट मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सभामा हस्तान्तरण गरेपछि नीति तथा कार्यक्रम प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रस्तुत गर्नुभएको हो । उहँले प्रस्तुतः गरेको नीति तथा कार्यक्रमले कृषि र पर्यटनलाई प्रथामिकता दिएको पाइन्छ । बादर नियन्त्रण देखि बाझो खेतको प्रयोग हुदै पोखरा जाऔं प्रकृति र संस्सकृतिसंग रमाऔं घोषणा गरे अनुसार आवश्यक नीतिगत सुधार गर्ने भएको छ । उहाँले आजको सदनमा प्रस्तुतः गर्नु…
पुरा पढौ
गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले प्राप्त गर्नु भयो विश्वासको मत
दीननाथ बराल,पोखरा २८, जेठ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दोश्रो पटक विश्वासको मत प्राप्त गर्नु भएको छ । मुख्यमन्त्री पाण्डेले प्रदेश सभामा विश्वाश मत माग्दै प्रश्ताव पेश गरेकोमा उहाँले बहुमत प्राप्त गर्नु भएको हो । पाण्डेको पक्षमा ३१ मत परेको छ भने उहाँको विपक्षमा २८ मत परेको सभामुख कृष्ण धितालले बताउनु भयो । सभामुख बाहेक ५९ जना सदनमा सहभागि सांसदहरु मध्य तटष्थमा भने कोही पनि रहनु भएन् । ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७ जना सांसद रहनु भएको थियो…
पुरा पढौ